13/01/2024
आज सुटुक्क एउटा ज्ञान लिनुहोस्।
Narcissistic personality disorder (NPD) अथवा “नार्सिसिस्टिक व्यक्तित्व विकार”भन्नाले जो व्यक्ति आफुकेन्द्रित, स्वार्थि, अहंकारी सोच र व्यवहार भएको, अत्यन्तै मान खोज्ने, अन्य व्यक्तिहरूप्रति सहानुभूतिको कमी भएको, मूर्ख, जालझेल वा धोकाधडी गर्ने र प्रशंसाको अत्यधिक चहाना राख्ने खालको व्यवहार भएको व्यक्तित्व भनेर जनाउँदछ। नार्सिस्टिक व्यक्तित्व विकारका लक्षणहरू भन्नालेः मपाइँ वा आत्माभिमान भएको, शक्ति, सौन्दर्य, वा सफलताको संधै ईर्ष्या गर्ने, आफ्नो स्वार्थ अनुरुप महत्त्वपूर्ण वा विशेष व्यक्तिहरूको वरपर मात्र हुन चाहने, आफ्नो स्वार्थको लागि मानिसका व्यक्तिगत भावनाको शोषणगर्ने, धोकादिने, अहंकारी, सहानुभूति र तारिफको संधै भोको, अनि कि अरूको ईर्ष्या गर्ने कि अरूले तिनीहरूको ईर्ष्या गर्छन् भनेर सोच्ने खालका हुन्छन्। के तपाईंको वरपर पनि त्यस्ता मानिसहरु छन्? यदि छन् भने तिनिहरुवाट बच्ने एउटै उपाए भनेको तिनिहरुलाई बेवास्ता / ईग्नोर गर्नु हो! उनिहरुलाई सम्झाउने बुझाउने, सिकाउने वा उनिहरुको गल्ति औंल्याउनु भनेको आँफै उनिहरुको नजरमा अझै नराम्रो हुनु हो।