08/06/2025
एक सङ्गठित जनसागर
केहि समयअघि फेरि अर्को परिवर्तनको लहर आँधीझैँ आएको थियो, तर त्यो आँधी झरीमा पनि रुपान्तरण सम्भव भएन—यो दुर्भाग्यपूर्ण कुरा हो । हो–हल्लाबीच ‘आउ’ भन्दैमा नेपाली जन्तालाई रमिता र तमासाको हिस्सा बन्न बाध्य तुल्याइयो ।
कुनै पनि व्यवस्था परिवर्तन गर्न भीड मात्र जम्मा गरेर हँुदैन; त्यसका लागि कुशल नेतृत्व आवश्यक पर्छ, जुन अहिलेको राजावादीहरुले आयोजना गरेको कार्यक्रमहरुमा देखिन सकिएको छैन ।
अहिलेको अवस्था हेर्दा, हो—यो केवल कार्यक्रम मात्र भएर सीमित भएको छ । जनताले आफ्नो उपस्थिति देखाएर यसलाई आन्दोलनको रुप दिन चाहे पनि, अन्ततः यो “हात्ती आयो, हात्ती आयो, फुस्सा” भन्ने उखानजस्तै बन्न गयो ।
राजाले दिनुभएको वक्तव्य र देशप्रतिको चासोलाई संयुक्त जनआन्दोलन परिचालन समितीका अधिकारीहरुले मजाक बनाइदिएका छन् ।
“राजा आऊ, देश बनाऊ” भन्ने नारालाई केही सय नेपाली जनताले लगाउँदैमा त्यो साकार हुने कुरा होइन—यो केवल कार्यक्रम मात्र होइन, आन्दोलन पनि होइन, र यो राजा र जानताबीचको साझेदारी त झन् पक्कै होइन; यो नेपाल राष्ट्रलाई जोगाउने एक सङ्गठित जनसागर हो । तर गफाडी र हल्लाखोरहरुको हातमा यो जनसागरलाई सुम्पेर यसले सुनामिको रुप लिन सक्दैन— यसरी यो कहिल्यै सफल हुन सक्दैन ।
राजा र जानताबीचको साझेदारी स्थापित हुनका लागि राजाले स्वयं नेपथ्यमा बसेर होइन, अग्रपक्तिमा—कमान्डरको भूमिकामा उभिएर— जनताको भरोसा जित्नुपर्छ । यदि यस्तो गर्न सकिएन भने, अब राजतन्त्र केवल इतिहास र सपनामा मात्र सिमीत रहनेछ । राजतन्त्र पुनःस्थापनाको सम्भावना समाप्त हुने खतरालाई उहाँले स्वयं निम्त्याइसक्नुभएको छ ।
रुखबाट फल झार्दा केही पात र हागाँहरु भाँचिन्छन्—यहाँ सवाल देशको अस्तित्वको हो । यदि साँच्चिकै नेपाल आमालाई जोगाउनु छ भने, निःस्वार्थ भावना र सच्चा देशप्रेम बोकर सारा नेपाली—यहाँ स्मरण रहोस्, कुनै पार्टी वा समूह होइन—नेपाली भएर अगाडि आउनुपर्छ । र, जबसम्म हामी सबैले मिलेर यो व्यवस्थालाई फाल्दैनौँ, तबसम्म यो सङ्घर्ष कुनै पनि हालतमा रोकिने छैनौँ ।
देशको माया छ भने, नेपाली भएर आऔँ । अबको सङ्घर्ष परिर्वतनको नाममा हुनेछ ।
बुद्धले ज्ञानको ज्योति छरुन् र पशुपतिनाथले सबैको रक्षा गरुन ।
जय नेपाल! जय नेपाल! जय नेपाल!