03/12/2025
धुर्मुस-हुण्डी फाउन्डेसन-
अहिले जताततै ‘राँडो रुवाई’ गर्दै हिँडेका धुर्मुसको कुरा गरौँ । जुन १८ करोडको उधारोको कुरा छ, त्यो मुख्य इस्यु हुँदै होइन के । रंगशाला अहिलेको अवस्थामा जस्तो बनेको छ, त्यसका लागि सामान चाहिन्छ र अवश्य नै, त्यसको भुक्तानी हुनुपर्छ । यसमा, भरतपुर महानगरले कानूनी प्रक्रिया अपनाएर सहजीकरण गर्नैपर्छ, त्यसको विकल्प छैन ।
तर, यहाँ १८ करोडको कुरा लिएर बाँकी दुईवटा ठूला अपराध लुकाउन खोजिएको छ । पहिलो हो, करिब २५/२६ करोड बराबरको हुण्डी कारोवार । अनि, दोस्रो त्यत्रो सामान किन्दा कानूनी खरिद प्रक्रिया नअपनाएर गरिएको कमिशनखोरी । पहिला जाउँ हुण्डीतर्फ ।
अहिलेसम्म रंगशालामा करिब ६० करोड खर्च भएको देखिएको छ । त्यसमा ९ करोड महायज्ञबाट उठ्यो, १८ करोड उधारो छ । २७ करोड भयो । बाँकीमध्ये ४/५ करोड नेपालमै रहेका शुभचिन्तकले दिए, त्यसमा पनि प्रश्न उठेन । बाँकी रहेको २८ करोड कहाँबाट आयो ?
सरल जवाफ छ, विदेशबाट । विदेशबाट पनि करिब २ करोडजति सिधै फाउन्डेसनको खातामा आयो । त्यसमा पनि समस्या रहेन । तर, बाँकी करिब २६ करोड चाहिँ ?
रंगशाला बनाउन भन्दै प्रचार शुरू भएपछि साउदी अरब, दुबई, कतार, मलेसिया, कोरिया, पोर्चुगल, अमेरिका र अन्य देशहरूमा सामाजिक सञ्जालमार्फत एउटा समूह बनाएर पैसा उठाउन थालियो । रंगशालालाई सहयोग अभियान भनेर खोलिएका कतिपय फेसबुक ग्रुपहरू अहिलेपनि भेटिन्छन ।
ती समूहहरू चलाउने हुण्डी कारोवारी थिए । अनि, तत्-तत् देशहरूमा पैसा संकलन गरियो, उक्त पैसा त्यहीं राखियो । अनि, नेपालको कालोधन फाउन्डेसनलाई भुक्तानी गरियो । त्यो रकम करिब २५/२६ करोडको हाराहारीमा छ ।
यदि हुण्डी भनेको के हो र कुन स्तरको अपराध हो भनेर कसैले बुझेको छैन भने, एआईलाई सोध्नुस । सबै जिम्मेवारी मेरो मात्र होइन । हुण्डीमा अनुसन्धान हुने हो भने धुर्मुसको सिधा-सिधा अपराध देखिन्छ, किनभने जुन हुण्डी एजेन्ट बाहिर बसेर पैसा उठाइरहेका थिए, तिनैका मुखियासँग धुर्मुसको उठबस हुन्थ्यो ।
दोस्रो, छड, सिमेन्ट, बालुवा जस्ता निर्माण सामग्रीहरू अन्धाधुन्ध किनिए । त्यसमा कति कमिसनको खेलो हुन्छ भन्ने त सबैलाई थाहै होला । १० प्रतिशत कमिसन नै भएपनि ६० करोडमा ६ करोड त कमिसनमै हिंडेको छ । यसबारे धुर्मुस किन बोल्दैनन् ? सप्लायर्सबाट भ्याट बिल काटेको होला, त्यो खै देखाएको ? अनि कुन मूल्यमा कति सामान किनियो, त्यसलाई सार्वजनिक गर्नु पर्दैन ?
न वेबसाइट बनाएको छ, न कहीं कतै खर्च सार्वजनिक गरेको छ । न पारदर्शिता छ । यही बेला हो, रुँदै हिड्ने हो भने कम्तीमा चुनाव लडे पनि जित्न सकिन्छ भन्ने जसरी धुर्मुसको बिचौलिया टीमले उनलाई ब्रिफिङ गरेको छ, Toyota को Rav4 मा चढाएको छ, क्यामेरा देख्नेबित्तिकै रुन लगाएको छ । बिरामी छोरीलाई देखाएर आफ्नो अपराध लुकाउन खोजीरहेको छ । मानसिक सन्तुलन गुमाएको अभिनय गरिरहेको छ ।
के भन्ने, कठै मेरो देश, कठै मेरो देशका गहना कलाकारहरू !🙏
तस्वीर- सामाजिक सन्जाल
Copied: Ishwor Aryal 🌺