06/09/2026
बालेनको पछिल्लो अभिव्यक्तिको विजयकुमार पाण्डेले गरे स्वागत
वरिष्ठ पत्रकार पाण्डेले सामाजिक सञ्जाल एक्समा लेखेका छन्– समस्याहरूको समाधान हामीले फगत राजनीतिक, आर्थिक कार्यक्रमहरू वा सोसल मिडिया पर्फर्मेन्सका आधारमा मात्र खोज्यौँ भने, धेरै टाढा पुगिँदैन। एकअर्काका कमीकमजोरीप्रति बाह्रमासे खिसीट्युरी र निन्दा गर्ने अघिल्लो ‘आँचे पुस्ता’ (आलोचनात्मकवाला पुस्ता) हुँदै आज हामी बाढीमा हराएका पतिको जीवनरक्षाका लागि राज्यसँग रुँदै याचना गरिरहेकी महिलामाथि पढ्नै नसकिने ज्यानमारा अपशब्द लेख्ने पुस्तासम्म नेपाली समाज आइपुगेको छ।
शनिबार प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा लेख्नुभएको छ– ‘आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो। एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो। हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ। यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ।’
प्रधानमन्त्रीको पछिल्लो पोस्टले हामी सबैलाई आत्मनिरीक्षणको मौका दिन्छ। म प्रधानमन्त्रीज्यूको यो अभिव्यक्तिको स्वागत गर्छु। It's also time to re-establish empathy. यो हामीले एकअर्काप्रति सहयोग र समानुभूति पुनर्स्थापित गर्ने समय पनि हो...