KehiPal

KehiPal तपाईको हरपलको साथी We are your go-to resource for anything Nepali. We have you covered for everything from breaking news to touching stories. Namaste!

We proudly showcase our dynamic culture, motivational tales, and the worldwide Nepali community. Please note that some content may be sourced from various external sources.

खिर्खिरे कुद्ने बुढि बाग्मती को बगर लाइ रमणीय  बनाउने कोसिस गर्नु भो, यहि गल्ती गर्नुभयो!
25/05/2025

खिर्खिरे कुद्ने बुढि बाग्मती को बगर लाइ रमणीय बनाउने कोसिस गर्नु भो, यहि गल्ती गर्नुभयो!

नगिजोल्नुस्— मौनताको अर्थ स्वीकार्यता कदापी होइन

दुई–चार जना न्यूज रुममा राखेर दिउसभरी स्टूडियोबाटै चिच्याउने अनि अन्तर्वार्ता नै अन्तर्वार्ता लिएर टेलिभिजन भर्ने, कन्टेन्ट क्रिएसन गर्ने जनशक्ति नराखी एउटै समाचारलाई विहानदेखि बेलुकीसम्म बजाइरहने त्यो राष्ट्रिय भनाउँदो एउटा टेलिभिजनले प्रशारण गरेको बाईट विनाको रिपोर्ट, स्थलगत दृष्य विनाको रिपोर्ट, गफ र बनावटी कथा बुनिएको त्यो रिपोर्ट देख्दा ज्यादै उदेक लागेको छ ।

के मिडिया नै अदालत हो ?
रिपोर्टको शुरुवातीमै भनिएको छ, भ्रष्टाचार भएकोमा त्यस टेलिभिजनलाई धेरै अगाडिदेखि नै भ्रम थिएन रे । के अहिले चाहीं भ्रम उजागर भयो ? के अदालत हो, टेलिभिजन ? शब्द प्रयोगको पनि हेक्का राख्नुपर्छ नि । कथा, साहित्य होइन, पत्रकारिता । न्यायाधिश हुन्, त्यो टेलिभिजनका पत्रकार ? जनताको विश्वास जित्नका लागि कन्टेन्टमा विश्वसनीयता चाहिन्छ । शब्दजाल होइन ।

खाल्डो खनेपछि पोखरी बनेको हो ?
राष्ट्रिय भनाउँदो मिडियाले के लेखेको र के बोलेको ? सिक्दै गरेका युट्युबका पत्रकार भन्दा उपल्लो दर्जामा राखेर मूल्यांकन गरिने राष्ट्रियस्तरका पत्रकारले के यस्ता शब्द लेख्छन् र बोल्छन् ? के खाल्डो भएपछि ताल बनाउन लागेको हो ? कि ताल बनाउनका लागि खाल्डो खनिएको हो ? के त्यहाँ जंगल थियो ? रुख काटेर ताल बनाएको हो ? प्रविधि बुझेको मिडियाले २०७४ अघिको गुगल म्याप खाजेर हेरे भएन ? लेख्न पाएँ र बोल्न पाएँ भन्दैमा जे पनि बोल्ने छुट छैन । अभिव्यक्ति स्वतन्त्रताको उपभोग सहि ढंगले गर्नुपर्दछ । त्यस्ता शब्दजाल बुन्न सक्नेले दृष्यमा प्रमाण देखाउनुपर्दैन ? जे बोलिदिए पनि हुन्छ ?

अख्तियारले डामेको ?
के हो यो शब्द ? डामेको भनेको के हो ? के पत्रकारितामा यस्तै शब्द प्रयोग हुन्छन् ? लुटेर खाए भनिएको छ । कहाँ लुट्न गएँ म ? के लुटेँ ? मैले बनाएको ताल के मेरो नाममा रजिष्ट्रेशन गरिएको छ ? बजेट सत्यानाश गर्ने योजना भनेको के हो ? मधेश प्रदेशको हर्कत ? के हो हर्कत ?

गाउँपालिका ?
बागमती नगरपालिका हो । गाउँपालिका कि नगरपालिका भन्ने कुरा नबुझी लेख्नेले कति कुरा नबुझी लेखेका होलान् ? उदेक लाग्छ । यस्तो पत्रकारिताले मुलुकमा नकारात्मकता फैलाउन मलजल गरिरहेको छ ।

अन्तमा: मिडियाप्रति मेरो सम्मान छ । पत्रकारप्रति त झनै सम्मान छ । तर, मिडिया र त्यसमा कार्यरत पत्रकारका पनि आफ्नै सिमाहरु छन् । ति सिमा नाघ्नु हुँदैन भन्ने कुरा सम्झाईरहनुनपर्ला । कोठाभित्र बसेर कथा बुनेर, कसैलाई देवत्वकरण गर्ने अनि कसैलाई दानवीकरण गर्ने प्रपञ्च नगर्न र शब्दरुपी हतियार नतिखार्न म विशेष अनुरोध गर्दछु ।

सक्नुहुन्छ भने आउनुस्, फिल्डमा आएर रिपोर्टिङ गर्नुस् । अनि देखाउनुस्, सत्य के हो ? तपाईं आफैं थाहा पाउनुहुन्छ । यसरी कथा लेखेर साहित्यकार नबन्नुस्, तपाईं पत्रकार हो भने पत्रकार बन्नुस् ।

धन्यवाद !

12/05/2025

सोमबार राति कावासोती-दुम्कीवास खण्डको बीचमा पर्ने चोरमारा पुल भाँच्चिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात ठप्प भएको छ । विस्तृत समाचारकाे लिंक कमेन्ट बक्समा :

05/05/2025

हिजो ललितपुर सुनधाराबाट राताेमच्छिन्द्रनाथकाे रथ जात्राको क्रममा ईट्लीबाट नेपाल भ्रमणमा रहेका नगरिककाे महत्त्वपूर्ण डाटाहरू रहेकाे Redmi Note 8 Pro mobile हराएको हुनाले देख्नु/पाउनु हुने महानुभवले नजिकैको प्रहरि कार्यालयमा पुर्‍याई दिनुभएमा उचित पुरस्कार सहित सधन्यबाद दिईनेछ। अतिथि देव: भवः ।
Source: Prakash Maharjan

28/03/2025
.....नेपालमा राजा हटेर गणतन्त्रको अनुभूति नै हुन पाएन । किनभने कहीं न कहीं राजाहरू रहिरहे । नयाँ अवतारमा नयाँ राजाहरू प्...
19/03/2025

.....नेपालमा राजा हटेर गणतन्त्रको अनुभूति नै हुन पाएन । किनभने कहीं न कहीं राजाहरू रहिरहे । नयाँ अवतारमा नयाँ राजाहरू प्रकट भइरहे । २०/३० वर्षसम्म एउटै नेताबाट शासित हुनुपर्छ भने त्यो लोकतन्त्र होइन, राजतन्त्र हो चाहे नाम जेसुकै होस् ।...........के पञ्चायतको रक्षामा पञ्चहरूले प्रदर्शन गरेनन् र ? तर त्यसले पञ्चायत जोगियो ? व्यवस्था बचाउने कामले हो, भाषण र प्रदर्शनले होइन ।......

राजतन्त्र र शक्ति प्रदर्शन कुनै अनौठा कुरा होइनन् । नेपालको इतिहासमा राजतन्त्रले अढाइ सय वर्षदेखि नै शक्ति प्रद....

11/03/2025

Hit like and subscribe to support this page! Every bit of support is truly appreciated!

https://www.facebook.com/share/1DV3gf8cXc/?mibextid=wwXIfr

Welcome to ! 🚀 Level up, conquer challenges, and embrace epic wins & hilarious fails. Join the adventure—this is gaming at the next level! 🎮🔥

11/01/2025
09/01/2025

  काठमाडौँ । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिह....

05/01/2025

काठमाडौँ । इसेवाको बैंक खातामा करोडौँ अवैध रकम जम्मा भएको खुलासा भएको छ । क्रिप्टो कारोबार, वानएक्स बेट जस्ता जुव....

31/12/2024

काठमाडौँ : अंग्रेजी नयाँ वर्षदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ। निगमले पेट्रोल.....

29/12/2024

सोल । दक्षिण कोरियामा भएको विमान दुर्घटना स्थलमा ८५ जनाको शव फेला परेको बीबीसीले जनाएको छ । आइतबार मुआन अन्तर्रा.....

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when KehiPal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share