Hemsri khanal

Hemsri khanal When individuals prosper, families prosper,If the family is prosperous then the society is prosperous

28/06/2023

के गर्या 🐂 ??

10/06/2023
10/06/2023

29/06/2020

आज असार १५, मानो रोपेर मुरी उब्जाउने दिन तर वास्तविकता यस्तो छ।

नेपालीले गत वर्ष भारतबाट आयातित २ अर्ब ६५ करोड १८ लाख ८५ हजार रुपैयाँ बराबरको खसी तथा बोकाको मासु, १ करोड १५ लाख ७१ हजार रुपैयाँ बराबरको राँगाको मासु र १७ लाख ७९ हजार रुपैयाँ बराबरको भेडा तथा च्यांग्राको मासु खाए ।

करीब २७ अर्बको तेलमा मासु भुट्नुपर्‍यो । तेलमा भुटेर, तारेर मात्र कहाँ हुन्छ र ? मासु पकाउन ४ अर्ब ८५ करोडको प्याज, ३० करोडको गोलभेडा, ४३ करोडको कागती, ६१ करोडको लसुन, ८ करोडको अदुवा, १६ करोड ७६ लाखको बेसार, १७ करोड १३ लाख बराबरको तोरी पनि भारतबाटै आएको हाल्नुपर्‍यो ।

उता मासु पाक्दै, चाख्दै गर्दा टेलिभिजनमा इन्डियन कार्यक्रम पनि हेर्नुपर्‍यो । मासु मात्रै खाँदा त मज्जा आउने कुरा भएन । विदेशबाट आयात गरेको करीब २२ अर्ब जतिको मदिरा पनि पिउनुपर्‍यो । मदिरा पिउँदै झण्डै १२ करोड ६१ लाख रुपैयाँ बराबरको १ करोड ११ लाख प्याकेट आयातित तास पनि खेल्नै पर्‍यो ।

बुद्धको देशमा अहिंसामा विश्वास गर्ने हामीले मासु त खायौं तर बाहुन भएर जातै फाल्नु त भएन, त्यसैले जनैपूर्णिमा १ अर्ब बराबरको आयातित जनै पनि लगाउनै पर्‍यो ।

ताजा तथ्यांक त थाहा भएन तर केही वर्षअघि वर्षको ६४ करोड १० लाख रुपैयाँ बराबरको खुर्सानीले जिब्रो पिरो पनि नबनाएको होइन । यो त भयो मासु खानेको कुरा ।

गुन्द्रुक खाने पनि कहाँ कम छौं र ? आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब २१ करोड ९२ लाख ७० हजार रुपैयाँ बराबरको गुन्द्रुक आयात गरेर पनि खाएकै हो । त्यति मात्रै कहाँ हो र ? सुपारी, ल्वाङ, सुकमेल पनि भारतबाटै आएको खाइयो । त्यसपछि खाएको मासु अपच हुन्छ कि भनेर भारतबाटै आउने हाजमोला पनि खाइयो । मासु पचेपछि बाँकी कामका लागि ट्वाइलेटमा भारतमै बनेको कमोटमा बसरे भारतबाटै आएको ट्वाइलेट पेपरले आची पनि पुछियो ।

बोर्डर पारिको हजामले चलाएको सैलुनमा गएर आफूलाई चिटिक्क बनाएर नयाँ हिन्दी फिल्ममा करिना कपुरले लगाएको जस्तै लेहङ्गा लगाएर करीब १ अर्ब ८६ करोड बराबरको आयातित कस्मेटिक्सले सजिएकी पत्नी/प्रेमिकालाई सरर इन्डियन मोटरसाइकल र कारमा राखेर फिल्म हलमा गई नेपाली फिल्म हेर्न लायक नै छैन भन्दै ‘फस्ट डे फस्ट शो’ हिन्दी फिल्म हेर्न पनि छुटाइएन ।

बिहान पकाएको मासु टन्न खाएपछि सोफामा लम्पसार पल्टिएर राष्ट्रवादको नाममा अर्थर गन र अरू थुप्रैलाई पटक–पटक भोट हालेर आफूलाई नेपाली हुँ भनेर चिनाउन पनि पछि परिएन तर जनकपुरमा बस्ने तराईबासी, जसले पुस्तौंदेखि आफ्ने देशमा खेतीकिसानी गर्दै केही हदसम्म भए पनि भारतीय आयात रोक्ने कोशिस गरिरहेको छ, उसलाई कहिल्यै पनि नेपाली हो भनेर मनले स्वीकार गर्दैनौं । धूप भारतबाट आयात गरेर पनि प्रयोग गरिरहेकै छौं।
अरू देशको संगीत सुन्नु हुन्न, फिल्म हेर्नु हुन्न भन्ने पनि होइन तर आफ्नो संस्कृति, सामाजिक मूल्यमान्यता र अर्थ व्यवस्थालाई धरासायी बनाएर अरूलाई पोस्ने काम पनि त गर्नुभएन । पहिचान झण्डा, टोपी, सगरमाथा, बुद्धमा होइन, आत्मानिर्भरतासँग गाँसिएको हुन्छ ।
८ अर्ब ९७ करोड ८६ लाख रुपैयाँको वनस्पति तथा जैविक घ्यू, कफी तथा चिया ६ अर्ब ८६ करोड, वार्षिक ५० करोडको चुइगम, ५ करोड ४५ लाख रुपैयाँको टीका, टिकुली, ब्याङ्गल र पोते, २ अर्ब ४७ करोडको मेहन्दी, जमरा वार्षिक १ करोड २२ लाखको जौ, तिहारमा १ अर्ब ४६ करोडको मसला र ६१ करोड ५५ लाखको बत्ती आयात हुन्छ । हामी जन्मनु अघिदेखि मृत्यु संस्कार हुँदै श्राद्ध गर्दासम्म पनि अरुमा निर्भर गर्छौं ।

यी त केवल थोरै उदाहरण मात्र हुन् । वाह ! कस्तो विलासी जीवनशैली छ हाम्रो ! होइन त ? यही हो हामी नेपालीको तीतो यथार्थ!!! #

त कुकुर थिस,कुकुर होस र कुकुर नै रहने छसतेरो मुख कुकुर जस्तो छ,तेरो दिमाग पनि कुकुरको जस्तै छ,तेरो हुनेवाला बच्चा पनि कु...
09/02/2018

त कुकुर थिस,कुकुर होस र कुकुर नै रहने छस
तेरो मुख कुकुर जस्तो छ,तेरो दिमाग पनि कुकुरको जस्तै छ,तेरो हुनेवाला बच्चा पनि कुकुर जस्तै हुने छन👇
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
🐶
यस्तो भनेर कुकुर्नी कुकुर 🐕संग रिसाएर गैइ😝😝😝

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hemsri khanal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hemsri khanal:

Share