Aadhar Nepal News

Aadhar Nepal News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aadhar Nepal News, News & Media Website, Kathmandu.

19/02/2025

विदेशी पर्यटकमाथी हवाईभाडामा बह्मलुट, मन्त्री मौन ।

16/07/2024

पानी परेपछिकाे त्रिपुरेश्वर ।
भिडियो: Aadhar Nepal News

नेपाली र भारतीयको संयुक्त लगानीमा विकास गर्न खोजिएको प्रस्तावित ४८० मेगावाट क्षमताको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्...
19/05/2024

नेपाली र भारतीयको संयुक्त लगानीमा विकास गर्न खोजिएको प्रस्तावित ४८० मेगावाट क्षमताको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना तत्काल कार्यान्वयन हुनेमा आशंका उत्पन्न भएको छ ।
भारतीय कम्पनी एनएचपीसी लिमिटेडले उत्पादित बिजुलीको निश्चित प्रतिशत नेपाललाई नि:शुल्क दिने सम्झौतामा पुनर्विचार गर्न खोज्नु र भारतीय कम्पनीलाई उक्त आयोजना विकास गर्न दिने सरकारी निर्णयको विरोधमा सर्वोच्च अदालतमा दायर रिटका कारण आयोजना तत्काल कार्यान्वयन हुनेमा आशंका उत्पन्न भएको हो ।

विकट चेपाङबस्तीमा पुग्यो बिजुलीकाठमाडौं, ६ जेठ २०८१ । अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङ र चितवनका विकट...
19/05/2024

विकट चेपाङबस्तीमा पुग्यो बिजुली
काठमाडौं, ६ जेठ २०८१ । अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युतीकरण गरिएको छ । नेपाल विद्युत प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ ।
प्राधिकरणले विद्युत्को पहुँच विस्तारका लागि मिटर नै किन्न नसक्ने पिछडिएका तथा आर्थिक रुपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको छ । मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत प्राधिकरणले विपन्न वर्गलाई निः शुल्क मिटर उपलब्ध गराएर विद्युत जडान गरिदिंदै आएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिंदैन ।
चितवनको इच्छाकामना गाउँपालिका–१ कालिङमा गरिएको शनिबार गरिएको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँपालिकालाई पूर्ण विद्युतीकरण भएको घोषणा गर्नुभयो । साथै, कार्यकारी निर्देशक घिसिङले गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदायलाई निःशुल्क मिटर पनि वितरण गर्नुभयो ।
प्राधिकरणले इच्छाकामना गाउँपालिकाका ७ वटा वडाहरुको विद्युतीकरणका चालू आर्थिक वर्षमा मात्र १५ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ ।
कार्यकारी निर्देशक घिसिङले सरकारले उपलब्ध गराएको बजेट, प्राधिकरणले कमाएको नाफा र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुमार्फत सहुलियतपूर्ण ऋण लिएर देशलाई पूर्ण विद्युतीकरण गर्ने कार्य भइरहेको बताउनुभयो ।
‘७÷८ वर्ष अघि राष्ट्रिय प्रणालीबाट करिब ६० प्रतिशत जनसङ्ख्यामा मात्र विद्युतको पहुँच पुगेको थियो, विद्युत् पुगेको ठाउँमा पनि लोडसेडिङ थियो भने अन्य ठाउँ अन्धकारमै थिए, हाल लोडसेडिङ अन्त्य भई इतिहास बनेको छ, ९५ प्रतिशत जनजङ्ख्यामा राष्ट्रिय प्रणालीको विद्युत् पुगेको छ, शतप्रतिशत विद्युतीकरणका लागि ठेक्का सम्झौता सम्पन्न भई काम भइरहेको छ’, घिसिङले भन्नुभयो । ‘पहिले विद्युत् चाहियो भनेर प्राधिकरणका कार्यलयहरुमा धाउनु पथ्र्यो भने अहिले विद्युत् नपुगेको घर खोज्दै हामी हिंडेका छौं, विकट क्षेत्रमा रहेको एउटा घरमा विद्युत् पुर्याउन लाखौं रुपैयाँ खर्च गरिएको छ, कुनै घरमा पनि छुट्नु भएन, छुटेको पाइएमा खबर गर्नुहोला ।’
विद्युत खपत बढाउन विद्युतीय चुलोको प्रयोग गरी ग्याँसलाई विस्थापन गर्न उहाँ आग्रह गर्दै जग्गाधनीपूर्जा नभएका सुकुम्बासीले विद्युत मिटर लिंदा राख्नु पर्ने एक हजार धरौटी रकम व्यवहारिक नदेखिएकाले यसलाई हटाउन आवश्यक निर्णय गरिने बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिकालाई विभिन्न स्रोतबाट एक वर्षमा प्राप्त हुने बजेटभन्दा बढी रकम प्राधिकरणले इच्छाकामनाको विद्युतीकरणमा विनियोजन गरी काम अगाडि बढाएकाले पूर्ण रुपमा विद्युतीकरण सम्भव भएको बताउनुभयो । अध्यक्ष गुरुङले सकुम्बासीले विद्युत् जडान गर्दा राख्नु पर्ने एक हजार रुपैयाँ धरौटी रकम गाउँपालिकाले राखिदिने व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।
प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले विद्युत सुरक्षित रुपमा प्रयोग गर्न र महसुल समयमै तिर्न आग्रह गर्नुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष माया सिलवाल र १ नं वार्डका वडध्यक्ष सन्त बहादुर मगरले पालिकाका बासिन्दाहरु अँध्यारोमा बस्नु पर्ने अवस्थाको अन्त्य भई त्यस क्षेत्रको आर्थिक क्रियाकलाप बढ्ने बताउनुभयो ।

धनगढीका मेयर Gopi Hamal ले `Fire Bike´ बनाएका छन।जुन Bike अचानक आगलागी भएको ठाउमा दमकल भन्दा अगाडि गएर fire gas cylinder...
20/12/2023

धनगढीका मेयर Gopi Hamal ले `Fire Bike´ बनाएका छन।
जुन Bike अचानक आगलागी भएको ठाउमा दमकल भन्दा अगाडि गएर fire gas cylinder बाट आगो निभाउने प्रयास गर्नुका साथै दमकल जान नसक्ने सांघुरो ठाउमाहरुमा पानीको पाइप बिछ्याउने लगायतका अति Emergency कामहरु गर्नेछ ।😮

ढुंगामा बाघको आकृति - चितवनको माडी नगरपालिका–५ स्थित सोमेश्वरगढी जाने बाटोमा ढुंगामा कुँदिएको बाघको आकृति । मन्दिरसम्म म...
20/12/2023

ढुंगामा बाघको आकृति - चितवनको माडी नगरपालिका–५ स्थित सोमेश्वरगढी जाने बाटोमा ढुंगामा कुँदिएको बाघको आकृति । मन्दिरसम्म मानिसहरुको आकर्षण बढाउन एक दर्जनभन्दा बढी ढुंगा कुँदेर नेपालको मौलिक संस्कृति तथा धार्मिक आस्था झल्काइएको छ । तस्बिर : कृष्ण आचार्य/रासस

पैसावाल हुनु र धनी हुनु एकै होईन । हरेक पैसावाल धनी हुन्न । हरेक धनी पैसावाल हुन्न ।लक्ष्मिी पुजाको शुभकामना 🪔🪔
12/11/2023

पैसावाल हुनु र धनी हुनु एकै होईन । हरेक पैसावाल धनी हुन्न । हरेक धनी पैसावाल हुन्न ।
लक्ष्मिी पुजाको शुभकामना 🪔🪔

टी–२० विश्वकप छनोट खेलको फाइनल खेल ओमानले सुपर ओभर मार्फत जितेकाे छ ।
05/11/2023

टी–२० विश्वकप छनोट खेलको फाइनल खेल ओमानले सुपर ओभर मार्फत जितेकाे छ ।

टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।
05/11/2023

टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।

मिति २०८०।०७।१७ गते जाजरकोट र रुकुम पश्चिम जिल्लामा आएको भूकम्पमा घाइते भई उपचारको लागि त्रि.वि. शिक्षण अस्पताल काठमाडौं...
04/11/2023

मिति २०८०।०७।१७ गते जाजरकोट र रुकुम पश्चिम जिल्लामा आएको भूकम्पमा घाइते भई उपचारको लागि त्रि.वि. शिक्षण अस्पताल काठमाडौं ल्याइएका व्यक्तिहरूको विवरण ।
Source: Nepal Police

५ बजे सम्मको अपडेट...मिति २०८०।०७।१७ गते २३:४७ बजे जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर  भुकम्प जाँदा भएको क्षतिको विव...
04/11/2023

५ बजे सम्मको अपडेट...
मिति २०८०।०७।१७ गते २३:४७ बजे जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर भुकम्प जाँदा भएको क्षतिको विवरण ।
Source: Nepal Police

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरुलाई थप उपचारका लागि चौरजहारीबाट काठमाडौ ल्याइएको छ । घाइतेहरुला...
04/11/2023

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरुलाई थप उपचारका लागि चौरजहारीबाट काठमाडौ ल्याइएको छ । घाइतेहरुलाई त्रि.वि शिक्षण अस्पतालतर्फ लैजान सहयोगगर्दै सुरक्षाकर्मीहरू:
Source: Nepal Police

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Aadhar Nepal News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aadhar Nepal News:

Share