25/08/2013
उम्मेद्वार छनौटमा चितवनका राजनितिक दल
चितवन, भदौं ९ ।
संबिधानसभा निर्वाचनको मिति नजिकिएसँगै प्रमुख राजनीतिक दलहरु उम्मेद्वार छनोटमा केन्द्रित हुन थालेका छन् । चितवनस्थित राजनीतिक दलहरुले उमेद्वारहरुको संभावित नामावली केन्द्रलाई सिफारिस गर्न तयारी गरिरहेका छन् । यतिखेर एमाओबादी, कांग्रेस र एमाले मंसिर ४ मा तोकिएको संबिधानसभा चुनावका लािग धमाधम उम्मेद्वार छनौटमा ब्यस्त छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि संभावित उमेद्वारको सुचि बनाएको जिल्ला अध्यक्ष बद्री प्रसाद तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार चितवन जिल्ला क्षेत्र नम्बर १ बाट मानकुमार चौधरी, रामहरी सेढाई, गुणबहादुर बिसुराल मध्ये एकलाई उमेद्वार बनाउने तयारी भएको छ । त्यस्तै, क्षेत्र नम्बर २ बाट नन्दप्रसाद भट्टराई, चन्द्रदेव चौधरी, हेमबहादुर नेपाल र जानुका चौधरी, क्षेत्र नम्बर ३ बाट बद्रिप्रसाद तिमिल्सिना, बिष्णुप्रसाद खरेल, क्षेर नम्बर ४ बाट गीता लम्साल, जीवलाल पुरी र क्षेत्र नम्बर ५ बाट दिलिप पाण्डे, केदार देवकोटालाई संभावित उमेद्वारका रुपमा प्रस्तुत गरेको छ ।
प्रमुख ३ वटै दलले भने नयां उम्मेदवारलाई प्राथमिकतामा राखेर समाबेशीको आधारमा छनौट गरेर केन्द्रमा सिफारिस गर्ने जनाएका छन् । सबै दलले युबालाई उम्मेदवार बनाउन प्राथमिकतामा राखेका छन् । एकीकृत नेकपा माओवादीले क्षेत्र नं ४ घर भएका अध्यक्ष पुष्पकमल दाहालको नाम सिफारिसमा गर्ने जनाएको छ । यसअघि संबिधानसभाको निर्वाचनमा विजयी नारायण दाहाललाई क्षेत्र नम्बर ३ बाट निरन्तरता दिने संभावना छ भने चित्रबहादुर श्रेष्ठको नाम क्षेत्र नम्बर ४ र अमिक सेरचनको नाम क्षेत्र नम्बर ५ को संभावित सुचिमा राखिएको श्रोतले बताएको छ । क्षेत्र नं १ बाट प्रेम रिमाल, सिंहबहादुर गोले, मानबहादुर स्याङ्वो, राजु अम्गाईं, गोपीकृष्ण श्रेष्ठ उमेद्वारको संभावित सुचिमा छन् ।
क्षेत्र नं २ मा बिष्णुहरि तिमिल्सेना, संगिता भट्टराई, महेन्द्र श्रेष्ठ, रमेश रेग्मी र इश्वरी भट्टराई, क्षेत्र नं ३ मा नारायण दाहाल, रामध्वज डल्लाकोटी, इश्वर सापकोटा र गोपाल कुँवर, क्षेत्र नं ४ मा पुष्पकमल दाहाल, चित्रबहादुर श्रेष्ठ, सुदर्शन पौडेल, रामलाल महतो, बिष्णु महतो, शान्ता न्यौपाने र घनश्याम दाहाल केन्द्रमा सिफारिस गर्ने तयारी एमाओबादीको छ ।
त्यस्तै क्षेत्र नं ५ मा नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, शन्देश पौडेल, यमबहादुर परियार र घनश्याम दाहालको नाम चर्चामा छ ।
कांग्रेसले क्षेत्र नं १ बाट भीमप्रसाद थपलिया, सावित्री बोगटी, राजेन्द्र बुर्लाकोटी, लिलाभक्त उप्रेती, राजेन्द्र चौधरी, हरिलाल उप्रेति, क्षेत्र नं २ बाट शेषनाथ अधिकारी, जीतनारायण श्रेष्ठ, तिर्थ खनिया, एकनाथ रानाभाट, कुमार कार्की, त्रिलोचन ढकाल, सावित्री चौधरी, क्षेत्र नं ३ बाट विकास कोइराला, प्रकाश अधिकारी, भीमबहादुर श्रेष्ठ, प्रमोद श्रेष्ठ, गीता वाग्ले, राजेश्वर खनाल, सुबोध प्रधान, शम्भु अर्याल र राजकुमार राजभण्डारीको नाम उम्मेदवारका लागि चर्चामा छन् । क्षेत्र नं ४ मा दिनेश कोइराला, कृष्णलाल सापकोटा, टेकप्रसाद गुरुङ, रामकृष्ण घिमिरे, जगन्नाथ पौडेल, उमा रेग्मी, बलराम पौडेल, क्षेत्र नं ५ बाट हरि पौडेल, पृथ्वीमान गूरुङ, शिवनारायण गुरौ, मायाराम चौधरी र सविता बरालको नाम सिफारिस हुने संभावना रहेको कांग्रेसले जनायो ।
एमालेले क्षेत्र नं १ बाट जागृतप्रसाद भेटवाल, जिल्ला अध्यक्ष जेएन थपलिया, सुरेन्द्र पाण्डे, लालमणि चौधरी, दावा लामा, प्रभा बराल, क्षेत्र नं २ मा काशीनाथ अधिकारी, कृष्ण खनाल, महादेवी खतिवडा, क्षेत्र नं ३ बाट देवी ज्ञवाली, शैलेन्द्र पिया, केशवलाल श्रेष्ठ, बिष्णु घिमिरे, सूर्यबदना हमाल, ४ मा पार्वती रावल, रामजी सापकोटा, शंकर थपलिया, बिष्णुहरि तिवारी, शिवकुमारी गोतामे, क्षेत्र नं ५ बाट बिजय सुबेदी, कृष्ण भुर्तेल, सरस्वती बिष्ट र दानबहादुर बिष्टको नाम चर्चामा रहेको पार्टी स्रोतले जनायो । साना दलहरु राष्ट्रिय जनमोर्चा, नेकपा माले, राप्रपा, मधेशी जनअधिकार फोरम, सदभावना, मजदुर किसान पार्टी लगायतले समेत धमाधम उम्मेदवारको सिफारिसको तयारी गरिरहेका छन् ।