ArthaDabali

ArthaDabali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ArthaDabali, Media/News Company, Kathmandu.

25/03/2025
25/03/2025
25/03/2025

काठमाडौँ / नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।...

25/03/2025

डोटी जिल्लाको सिमाना भएर बग्ने सेती नदीको किनारमा रहेका खेतका फाँट र गहुँबाली ।
तस्वीर : सुशील भण्डारी/रासस

18/03/2025

विप्लवको उद्घोष :
५ वर्षसम्म एउटै सरकार चल्ने प्रणालीको परिकल्पना गर्न जरुरी छ ।

पोखराबाट छेन्दुतर्फ प्रस्थान गर्दै सिचुवानएक सय २७ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दु तर्फ प्रस...
18/03/2025

पोखराबाट छेन्दुतर्फ प्रस्थान गर्दै सिचुवान

एक सय २७ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दु तर्फ प्रस्थान गर्दै सिचुवान एयरलाइन्सको विमान । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा चीनको छेन्दुबाट उक्त विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान सुरु भएको हो ।
तस्बिरः युनिश गुरुङ/रासस

WOW परियोजनाले एक वर्ष पूरा गर्दै: नेपालमा दिगो विकास र फोहोर व्यवस्थापनमा महत्वपूर्ण योगदानवर्ल्ड रिसाइक्लिङ डेको अवसरम...
18/03/2025

WOW परियोजनाले एक वर्ष पूरा गर्दै: नेपालमा दिगो विकास र फोहोर व्यवस्थापनमा महत्वपूर्ण योगदान

वर्ल्ड रिसाइक्लिङ डेको अवसरमा खालिसिसि र कोका-कोला बेभरेजेज नेपालले WOW (Well-being Out of Waste) परियोजनाको एक वर्ष पूरा भएको घोषणा गरेका छन्। दिगो विकास, महिला सशक्तीकरण, र फोहोर व्यवस्थापनमा योगदान पुर्‍याउँदै आएको यो परियोजना फेब्रुअरी २०२४ मा सुरु भएको थियो।

एक वर्षको अवधिमा परियोजनाले १,४४,००० के.जी. PET बोतलहरू ल्यान्डफिलमा जानबाट जोगाएर पुनःउपयोगी स्रोतमा रूपान्तरण गरेको छ। बुढानीलकण्ठमा स्थापना गरिएको मटेरियल रिकभरी फ्यासिलिटी (एमआरएफ) मा विभिन्न स्रोतहरूबाट संकलित PET बोतलहरू छान्ने, बन्डल बनाउने, र पुनःप्रक्रियाका लागि नवपरासीस्थित रिसाइकलरमा पठाउने काम गरिन्छ।

दिगो विकास र महिला सशक्तीकरणमा योगदान
खालिसिसिका सीईओ अमुन थापाले भने:
"WOW परियोजना केवल फोहोर व्यवस्थापन मात्र होइन, यो सामाजिक समानता र दिगोपनको यात्रासमेत हो। हामी महिलाहरू र फोहोर व्यवस्थापनमा संलग्न मजदुरहरूलाई सशक्त बनाउँदै, फोहोरलाई अवसरमा बदल्दैछौं।"

परियोजनामा संलग्न ८०% महिलाहरू (३५ महिला) को आर्थिक सशक्तीकरण भएको छ। साथै, ५० जना अनौपचारिक फोहोर संकलनकर्ताहरू (खालिसिसि फ्रेन्ड्स) लाई गल्ली म्याप्स न्याभिगेसन, डिजिटल साक्षरता, बैंकिङ, र सामाजिक सञ्जालको प्रयोगबारे तालिम दिइएको छ, जसले उनीहरूको आत्मनिर्भरता र जीवनस्तर सुधार्न मद्दत पुर्‍याएको छ।

स्थानीय सरकार र साझेदारहरूको प्रतिबद्धता
बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले भने:
"हामी ‘सफा बुढानीलकण्ठ पहल’ अन्तर्गत हरियाली र सफा सहर बनाउने लक्ष्यमा छौं। WOW परियोजना सर्कुलर इकोनोमीलाई प्रवर्द्धन गर्दै फोहोरमुक्त बुढानीलकण्ठ निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।"

कोका-कोला बेभरेजेज नेपालका पब्लिक अफेयर्स, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर स्नेह राजभण्डारीका अनुसार:
"हामीले दिगो व्यापार अभ्यासमार्फत सकरात्मक परिवर्तन ल्याउने लक्ष्य राखेका छौं। WOW परियोजना फोहोर व्यवस्थापन सुधार गर्दै समुदायलाई सशक्त बनाउने हाम्रो प्रतिबद्धताको प्रमाण हो।"

भविष्यतर्फको कदम
WOW परियोजनाले २० वटा संकलन केन्द्रहरू, विद्यालय, कलेज, खेलकुद केन्द्र, र सार्वजनिक कार्यालयहरूमा जिम्मेवार फोहोर व्यवस्थापन अभ्यासहरू प्रवर्द्धन गरिरहेको छ। नेपालका युवाहरूलाई रिसाइक्लिङ गर्ने बानी बसाल्न प्रेरित गर्दै, यो परियोजना दिगो भविष्य निर्माणतर्फ अघि बढिरहेको छ।

WOW परियोजना, फोहोरमुक्त समाजको दिशामा महत्वपूर्ण कोसेढुंगा सावित हुने आयोजकहरूको विश्वास छ।

नेपाली सेनाको प्रदर्शनी
30/01/2025

नेपाली सेनाको प्रदर्शनी

30/01/2025

Whats

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when ArthaDabali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share