Bimal Shrestha

Bimal Shrestha Journalist/ Content writers :
Exploring the world/NEPAL of economic politics, business & markets.
(1)

We track market trends, financial data, and policy decisions to provide insightful analysis and updates for investors and business enthusiasts."

28/08/2026

तिब्बततर्फ ड्याम फुटेपछि भोटेकोशीमा बढ्यो पानीको बहाव, सतर्क रहन आग्रह

रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा आज मिति २०८३ भाद्र १२ गतेको १२२० बज...
28/08/2026

रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा आज मिति २०८३ भाद्र १२ गतेको १२२० बजेसम्म टिमुरे, स्याफ्रुवेशी, मैलुङ लगायतका इलाकाहरुबाट १७ जना विदेशी (१३ भारतिय र ४ जर्मन) नागरिक सहित ४४९ जनाको उद्धार गरिएको। साथै, प्रभावित जिल्लाहरुमा नेपाली सेनाको करिब ४ हजार ५ सयभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण कार्य भइरहेको।

विप्लवले दिए एकतालाई आधार दिने विषय (१) पहिलो, हामीले समग्र कम्युनिस्ट आन्दोलनका बारेमा गम्भीर समीक्षा गर्नुपर्दछ। केही ...
24/08/2026

विप्लवले दिए एकतालाई आधार दिने विषय
(१) पहिलो, हामीले समग्र कम्युनिस्ट आन्दोलनका बारेमा गम्भीर समीक्षा गर्नुपर्दछ। केही फुट वैचारिक,राजनीतिक मतभेदका कारणले भएको देखिए पनि यति बिघ्न फुटहरू स्वभाविक र सहज देखिँदैन। हो, केही फुटहरु क्रान्तिकै भविष्यसँग जोडिएका र त्यसो नगरी कम्युनिस्ट मिसन नै ध्वस्त हुन्छ भन्ने भएपछि भएका छन् जसलाई स्वाभाविकै मान्नुपर्दछ। ऐतिहासिक आवश्यकतासँग जोडिएका विभाजनलाई स्वीकार गर्नु पनि पर्दछ। परन्तु विचार कार्यदिशा, कार्यनीतिसम्म मिल्नेहरूको बीचमा पार्टी विभाजन हुनु या अलगअलग भएर विभाजित भइरहनु आवश्यक नै ठहर्दछ। तसर्थ स साना समूहमा छितरिएर बस्ने अस्तित्ववादी खालको सोचलाई हामीले सच्याउँदै एकताबद्ध हुने सोचाइको विकास गर्नुपर्दछ।
(२) दोस्रो, निकै महत्वपूर्ण प्रश्न के हो भने आज नेपाली कम्युनिस्ट आन्दोलन विरुद्ध निकै तीखो र कडा घेराबन्दी घुसपैठ हुँदै गएको छ। यसको सही जवाफ दिन सकिएन भने नेपालको कम्युनिस्ट आन्दोलनलाई विसर्जनमा पुर्याउने पक्का छ। यो मामिला बारे पनि सबै कम्युनिस्टहरू गम्भीर बन्न जरुरी देखिन्छ । हामीले बुझ्नै पर्ने विषय यो हो कि पार्टी पिच्छे जसरी असहिष्णुता आरोप, प्रत्यारोप, गुटबन्दी, फुट आदि देखा परिरहेका छन् यसमा साम्राज्यवादी विस्तारवादी शक्तिहरूको परोक्ष अपरोक्ष प्रभाव छ । उसको प्रभाव रहने स्थितिसम्म एकताको कल्पनै नगरौँ। कुनै पनि उपलब्धि हात लाग्ने छैन। तसर्थ यसको मुकाबिला गर्न पनि क्रान्तिकारीलाई एकताबद्ध गर्न जरुरी छ।
(३) तेस्रो नेपाली समाजको रूपान्तरणको प्रभाव कम्युनिस्ट पार्टीसँग नै छ। जो कुरा दलाल पुँजीवादी पार्टीहरूसँग छैन ।जनताको आशा भरोसा पनि हालसम्म कम्युनिष्ट पार्टीहरू तिर नै छ मुद्दाका दृष्टिले या प्रस्तावहरूको दृष्टिले धेरै थोरै जति मिल्छ कम्युनिस्टहरूको बीचमा नै बढी मिल्दछ। यसकारणले पनि एकताबद्ध आन्दोलनका लागि हामीले सही बनाउनुपर्दछ
(४) चौथो, नेपालमा दलाल पुँजीवादी राज्य सत्ता छ यो राष्ट्रिय स्वाधीनता जनअधिकार र जनजीविकाको विरुद्धमा छ। दलाल पुँजीवादी राज्य सत्तालाई ढाल्नु कम्युनिस्ट पार्टीको नेतृत्वमा जनताको राज्य सत्ता निर्माण गर्नु पनि कम्युनिस्टहरूको नै जिम्मेवारी हो। हो कम्युनिस्ट पार्टीहरूको बीचमा राजनीतिक र कार्यनीतिक अन्तरहरू छन्। तथापि पुँजीवादी राज्य सत्ताको अन्त्य गर्ने र जनताको राज्य व्यवस्था निर्माण गर्ने उद्देश्यमा खासै अन्तर र बेमेल हुनुपर्ने अवस्था होइन । यदि हामीले राज्य व्यवस्था निर्माण गर्ने पक्षलाई मुख्य बनाउँदछौँ र त्यसको बुझाइमा मेल हुन्छ भने एकताबद्ध हुन तथा संयुक्त प्रकारले आन्दोलनमा योगदान गर्न सोच्नै पर्दछ।

प्रचण्डको दाबी : मुलुक सुगौली सन्धिपछि कै भयानक संकटमानेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सुगौली सन्धिपछि कै ग...
23/08/2026

प्रचण्डको दाबी : मुलुक सुगौली सन्धिपछि कै भयानक संकटमा

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सुगौली सन्धिपछि कै गम्भीर संकटमा रहेको बताएका छन्। उनले राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिका लागि कम्युनिस्ट शक्तिबीच एकता आवश्यक रहेको बताए। वैदेशिक हस्तक्षेप र राष्ट्रिय मुद्दालाई प्राथमिकता दिन नसक्दा संकट आएको भन्दै उनले दलहरूलाई सामूहिक आत्मसमीक्षा गर्न आग्रह गरे।

23/08/2026


२0५१ सालमा शेरबहादुर देउवाको विवाह - भोज सकेर फर्किदै गर्दा कृष्णप्रसाद भट्टराईले " ल देउवाजी , आजको दिनसम्म कांग्रेस हुनुहुन्थ्यो अबदेखि राणाको हुनुभयो ; बधाई छ" भनेका थिए । त्यसक्रममा देउवाले - चिन्ता नलिनुस् किसुनुजी यिनीहरू सि क्लासका राणा हुन " भनेका थिए । काठमाडौस्थित USA का राजदूत जुलिया चाङ्को पहलमा भएको विवाह भट्टराईले बेङ्ग्य गरेका थिए । उता कम्बोडियाका राजकुमारको विवाह फ्रान्सका एकजना धनाढ्यकी छोरीसँग गराएर कम्वोडियासँगको सम्बन्ध सुधार्ने अमेरिकी योजनालाई कम्वोडियाली राजपरिवारले स्विकार गरेन ।...

22/08/2026

गरिमा चौधरीका हत्यारालाई कारवाही हुन्छ तर ‘तत्काल मृत्युदण्ड’ असम्भव : गृहमन्त्री

(पूरा समाचार कमेन्टमा)

22/08/2026

❤️👇️

कस्तो संयोग धेरै पछि नाटकघरमा भेट भयो नीर शाह दाजुसँग...
21/08/2026

कस्तो संयोग धेरै पछि नाटकघरमा भेट भयो नीर शाह दाजुसँग...

सहिद रामवृक्ष यादव को हुन् ?! Follow❤️उनको बारे तपाईंलाई के था छ कमेन्टमा लेख्नुस् है ।उच्च सम्मानसहित भावपूर्ण श्रद्धास...
18/08/2026

सहिद रामवृक्ष यादव को हुन् ?! Follow❤️
उनको बारे तपाईंलाई के था छ कमेन्टमा लेख्नुस् है ।
उच्च सम्मानसहित भावपूर्ण श्रद्धासुमन। उनको बलिदान र योगदान सधैँ स्मरणीय रहने माओवादीले जनाएको छ ।

स्वागत छ तपाईंलाई
18/08/2026

स्वागत छ तपाईंलाई

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Bimal Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share