25/12/2023
कोरियाली रोजगारको झन्झटिलो प्रक्रियाले थिचिँदा थिचिँदै खारिएको एकजना इपिएस कामदारको बास्तबिकता ❗️
पाँचथर घर भएका एकजना साथी आज दक्षिण कोरिया ह्वासाङको फारान बजारमा भेटिनु भो । उहाँले कोरियाको रोजगारका लागि गरेको कडा मेहनत, संघर्स र लक्ष्यमा पुग्न दिएको निरन्तरता सुनेर निकै अचम्म लाग्यो । यसले तपाईंहरु पास भएर प्रोसेसमा रहनुभएको र परिक्षाको तयारीमा रहनु भएको साथीहरुलाइ पनि केही पाठ सिक्न मद्दत पुग्छ भनेर शेयर गरेका छौँ ।
उहाँ अर्थात पाँचथरको साथी चाहिँ सन २०१३ बाट कोरियन भाषाको तयारीमा लाग्नुभएको रहेछ । भाषा तयारीको क्रममा मेहनत गर्दा गर्दै पनि लगातार दुईपटकको परिक्षामा असफल हुनु भएछ । त्यसपछी पनि हिम्मत नछाडिकन मेहनत लगातार जारी नै राख्नु भएछ । सन २०१७ मा एग्रीकल्चर तथा पशुपालन क्षेत्रमा पहिलो पटक पास हुनुभएछ । दुई बर्स राेष्टरमा बस्दा पनि रोजगारदाताको छनौटमा नपरेपछी पुन: सन २०१९ मा उत्पादन क्षेत्रमा आबेदन दिएर भासा परीक्षा र स्किल टेस्ट दुबैमा पास भएर फेरि राेष्टरमा चढ्नुभएछ ।
तर बिडम्बना ! त्यतीबेला पनी दुइबर्स सम्म रोजगारदाताले छनौट नगर्दिदा सन २०२२ को पहिलो चरणको एग्रीकल्चर तर्फ परिक्षा दिएर उत्तिर्ण हुनुभएछ । सन २०२३ को दोस्रो लटमा मात्र पहिलो पटक Issue भएछ। तर छनौट गरेको कम्पनीले लेभर कन्ट्र्याक दिएर , CCVI जारी गरेर अन्तिममा क्यान्सिल गरिदिएछ । उहाँले CCVI फाराम बुझाएर , कोरिया आउने पुरै तयारी गरेर बस्नुभएको रहेछ । त्यतीबेला चाहिँ उहाँलाई सबैभन्दा बढि पीडा भएछ । त्यसपछी सन २०२३ को तेस्रो चरणको कामदार जारी प्रक्रिया (Issue) मितिमा पुन: कामदार जारी issue भएर बल्लतल्ल कोरिया छिर्नुभएको रहेछ ।
यो क्रममा उहाँले भोग्नुभएको दुख: पीडा,अभाब, मान्छे, समाज, आफन्त र स्वयम् परिबारले गरेको हेलाहोचो, त्यसले आफैंमा आएको नैराश्यता र नैराश्यतालाइ पटक पटक हिम्मतमा बदलेको निरन्तर संघर्षको बास्तबिकतालाई कोर्न कयौं अक्षर खर्चिएर पनि नसकिने रहेछ ।
दक्षिण कोरियाली रोजगार प्रक्रिया कति लामो र संघर्स र चुनौती पूर्ण छ भन्ने उहाँ साथी एउटा ज्वलन्त उदाहरण नै हुनुहुन्छ । यो प्रक्रियालाई पूर्णत बुझेर मात्रै मनमा चाहना र रहर पाल्नुहोला । कोरियाली रोजगार प्रक्रिया सोचे र सुने जस्तो पक्कै सहज छैन । बुझेर र हिम्मत गरेर लाग्नु भो भने एकदिन सफलता भने पक्कै मिल्नेछ ।
स्रोतः Eps news Nepal