Gen Z

Gen Z likes

अनेरास्ववियु, नेपाल इन्जिनियरिंग कलेज, चाँगुनारायण को टिमद्वारा सामुहिक राजिनामा र कमिटि बिगठन
08/09/2025

अनेरास्ववियु, नेपाल इन्जिनियरिंग कलेज, चाँगुनारायण को टिमद्वारा सामुहिक राजिनामा र कमिटि बिगठन

काठमाडौंको बानेश्वरमा भएको जेनजी पुस्ताको आ'न्दोलनको क्रममा प्रहरीले गो'ली चलाउँदा बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्...
08/09/2025

काठमाडौंको बानेश्वरमा भएको जेनजी पुस्ताको आ'न्दोलनको क्रममा प्रहरीले गो'ली चलाउँदा बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ का गोरखाली सुवास बोहराको पनि मृ'त्यु भएको छ। यसरी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या २० पुगेको छ भने ३५० भन्दा बढी घा'इते भएका छन्।💔

B***n says: तेरो भरौटेहरूको पो बा भइस् ।साँच्चै नै कहिले बा हुन पाएको  भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।यस्तो आत...
08/09/2025

B***n says: तेरो भरौटेहरूको पो बा भइस् ।

साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।

यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।

त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।

धरानका मेयर हर्क साम्पाङ पनि GEN Z हरूलाई समर्थन गर्न भोलि बाट आन्दोलनमा आउने भएका छन् ।❤️
08/09/2025

धरानका मेयर हर्क साम्पाङ पनि GEN Z हरूलाई समर्थन गर्न भोलि बाट आन्दोलनमा आउने भएका छन् ।❤️

नक्खु कारागारबाट सभापति रवि लामिछानेको हार्दिक अपिलआदरणीय दाजुभाई तथा दिदीबहिनीहरू,आज भदौ २३ गते कुशासन र भ्रष्टाचारका न...
08/09/2025

नक्खु कारागारबाट सभापति रवि लामिछानेको हार्दिक अपिल

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू,

आज भदौ २३ गते कुशासन र भ्रष्टाचारका नाइकेहरुले १९ भन्दा बढी कलिला विद्यार्थीको रगत पिए र सयौँलाई घाइते बनाए । यी आततायीहरुलाई अब कुनै माफी दिन सकिँदैन, न अब बाँकी एक मिनेट पनि यिनलाई सत्तामा झेल्न सकिन्छ ।

आफ्नै बिन्दास संसारमा रमाउने उमेर का Gen Z लाई सडकमा आउन कसले बाध्य पाऱ्यो ? यिनै आततायीका सनक, कुशासन र भ्रष्टाचारले । यिनीहरु अयोग्य, भ्रष्ट मात्र होइन अत्यन्त क्रुर पनि छन् भन्ने तथ्य स्कुले पोशाक लगाएका ती निर्दोष, निरपराध र अबोध बालबालिकालाई के थाहा ? सिपालु सिकारीले चरा मारेझैँ यिनीहरुले कलिला केटाकेटीहरुलाई ताकि-ताकि गोली हानेर मारे । म स्तब्ध र विक्षिप्त भएको छु, यो नेपाली इतिहासको सबैभन्दा कालो दिन हो ।

Gen Z र सिंगो देशलाइ मेरो अपिल छ, अब आततायीहरुलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न । यिनीहरुकै वर्चस्व रहेको संसदसँग पनि अब जनादेशको वैधता छैन । आफ्नै अपराधबाट तर्सिएर बनेको र तर्साएर जोगाएको यो सरकार इतिहासकै कलंकित बनेर सकिएको छ । कालकोठरीबाट भएपनि जिम्मेवार राजनीतिक नेताका रूपमा यो विषम परिस्थितिमा मैले देशलाई केही समाधान सुझाउनैपर्छ । ती यस्ता छन् :

१) सकेसम्म छिटो Gen Z सहितको अन्तरिम नागरिक सरकार गठन होस् ।

२) ०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा होस् । त्यसयताका सबै उच्चपदस्थ र तीनका परिवारको सम्पत्तिको छानबिन गर्ने गरी आयोग गठन होस् ।

३) आगामी संसदबाट अनुमोदन हुने गरी संविधान संशोधन वा पुनर्लेखनका लागि विज्ञहरुको उच्चस्तरीय समिति बनोस् ।

४) आजको हत्याकाण्डको छानबिनका लागि न्यायिक आयोग बनोस् र त्यसले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका अपराधहरुको अनुसन्धान गरोस् ।

यी आततायीलाई अझै यो देश लुट्न र जनताका सन्तानको हत्या गर्न दिन सकिन्न । देशलाई ३८ वर्षसम्म लुटेका यिनको अनुहार अब त निर्दोष, निरपराध र अबोध केटाकेटीका रगतले समेत राताम्य भइसकेको छ । यिनीहरु शासन होइन, दण्डका भागेदार हुन् । सबै Gen Z शहिदका परिवारप्रति मेरो हार्दिक समवेदना छ । सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । इतिहासले एक दिन यो बलिदानको हिसाब र न्याय खोज्नेछ ।

देश आन्दोलन होइन, क्रान्तिमा प्रवेश गर्दैछ भनेर हामीले शान्तिपूर्ण रुपमा उपस्थिति जनाएका थियौँ। यिनले सुनेनन् , टेरेनन् बरु उल्टो नागरिक आवाज बन्द गर्नतिर लागे । अझै पनि क्रान्तिलाई संयमित र शान्तिपूर्ण बनाउन सकिन्छ र म सबैलाई संयमित हुन हार्दिक अपिल गर्दछु । यो क्रान्ति केवल यी आततायीहरुलाई दण्डित गर्न मात्र होइन, देश बदल्ने तहमा पुग्नुपर्छ । नत्र Gen Z को बलिदान खेर जानेछ । मेरो हातमा हत्कडी लागे पनि तपाईँहरुका हातले यिनका हातबाट तस्करले दिएको घडी खोस्नुहोला । यिनले जोगाएका आफ्ना पार्टीका अपराधीहरू र यिनले बन्द गरेका फाइलहरूको धुलो टक्टक्याउनु होला । गृह मन्त्रालयको एउटा दराजमा मैले अनुसन्धान गर्ने भनी संसदमा प्रण गरेको २५ वटा काण्डको लिस्ट छ । खोज्नु होला, खोस्नु होला । नबिर्सनु होला, ममाथि लागेका सबै मुद्दाहरु रमेश लेखक गृहमन्त्री भएपछि मात्रका हुन् ।

प्रिय रास्वपा सांसदहरू,

उल्लेखित मागहरू पूरा नभए संसदबाट राजीनामा दिन पर्ने हुनसक्छ । तयार रहनुहोला ।



रवि लामिछाने

सभापति

नक्खु कारागार, ललितपुर



(आज दिउँसो नक्खु कारागारबाट निजी सचिवालयसँगको टेलिफोन वार्ता पश्चात्, आज दिनभरि भेटघाट बन्द गरियो, ५ बजेपछि टेलिफोन सम्पर्क समेत बन्द गरिएको छ: सचिवालय)

आज ज्यान गुमाउनेहरुको आत्माको शान्तिको कामना गर्दै कीर्तिपुरमा दीप प्रज्वलन गरिएको छ।😥🕊️
08/09/2025

आज ज्यान गुमाउनेहरुको आत्माको शान्तिको कामना गर्दै कीर्तिपुरमा दीप प्रज्वलन गरिएको छ।😥🕊️

08/09/2025

BREAKING: गोली हान्न आदेश दिने काठमाडौँका सीडिओ देश छाडेर भाग्न लागेका हुन् ?
Gen-Z News Update: गोली हान्न आदेश दिने काठमाडौँका सीडिओ छवि रिजाल फेसबुक डिएक्टिभ, फोन अफ गर्दै भूमिगत बनेका छन्। घरसमेत नपुगेका उनी नेताको संरक्षणमा रहेको अथवा दुवै छोरी विदेशमा रहेकाले उनी विदेश भाग्न लागेको आशंका समेत छ भने तत्काल उनको राहदानी रद्ध गर्न दबाब बढेको हो ।

उनी हुन् Civil Engineering पढ्दै गरेका विद्यार्थी सुलभ राज श्रेष्ठ, जसले आज GenZ आन्दोलनमा जीवन गुमाउन पुगे ।  उनी घरका ...
08/09/2025

उनी हुन् Civil Engineering पढ्दै गरेका विद्यार्थी सुलभ राज श्रेष्ठ, जसले आज GenZ आन्दोलनमा जीवन गुमाउन पुगे । उनी घरका एक्ला छोरा समेत हुन् । 💔

08/09/2025

यो कालो दिनको मूल्य एक एक चुकाउनै पर्छ 😭
नालायक सरकार 👎️

08/09/2025

News: काठमाडौं महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

हत्याको समाधान राजिनामा होईन । प्रधानमन्त्री र गृहमन्त्रीलाई हत्याको अभियोगमा प्रकाउ गरिनुपर्छ 🛑
08/09/2025

हत्याको समाधान राजिनामा होईन । प्रधानमन्त्री र गृहमन्त्रीलाई हत्याको अभियोगमा प्रकाउ गरिनुपर्छ 🛑


सरकारले १९ जना मारेपछि गृहमन्त्री लेखकले दिए राजीनामा !तपाईंलाई कस्तो लाग्यो ?
08/09/2025

सरकारले १९ जना मारेपछि गृहमन्त्री लेखकले दिए राजीनामा !
तपाईंलाई कस्तो लाग्यो ?

Address

Kathmandu

Telephone

+9779821548753

Website

Alerts

Be the first to know and let us send you an email when Gen Z posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share