Nepal Press

Nepal Press Bringing you the latest news, captivating photos, and events from Nepal and around the globe. we provide national & international news !!!

तीन महिना तलब बिना, तर नगर सफा गर्न अघि सर्ने हातहरू !बारा : जीतपुर सिमरा उपमहानगरपालिकाको फोहोर व्यवस्थापनमा खटिएका श्र...
05/08/2025

तीन महिना तलब बिना, तर नगर सफा गर्न अघि सर्ने हातहरू !

बारा : जीतपुर सिमरा उपमहानगरपालिकाको फोहोर व्यवस्थापनमा खटिएका श्रमिकहरू वडा नं. ७ जितपुरका श्रमिकहरु तीन महिना देखि तलब नपाए पनि आफ्नो कर्तव्यबाट पछि हटेका छैनन् । भीषण वर्षाका बीच पनि सडकमा पसिना बगाउँदै उनीहरूले सहरलाई सफा राख्न र स्वच्छता कायम राख्न निरन्तर परिश्रम गरिरहेका छन्।

श्रमिकहरूको गुनासो छ - प्रशासनले फोहोर उठाउने कामलाई प्राथमिकता दिन्छ तर श्रमिकहरूको पारिश्रमिकको कुरा आउँदा नजरअन्दाज गर्छ। उनीहरूले आफ्नो मिहिनेतको सम्मान गर्न र तलब तत्काल उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

"हामीले तीन महिनादेखि तलब पाएका छैनौं," भन्दै ती श्रमिकहरूले नेपाल प्रेसलाई आफ्नो पीडा सुनाए ।

तस्विर : ऋषिकेश सहनी

02/08/2025

उद्योगको लापरवाही, एक ज्यानको बलिदानी – स्थानीय सरकार मौन !

बारा : जीतपुर सिमरा उपमहानगरपालिका - ५ बकुलियाका संदीप मुखिया आज बिहान एक खोलामा मृत अवस्थामा फेला परेका छन् । उक्त घटनापछि आक्रोशित स्थानीय बासिन्दाहरूले त्रिभुवन राजमार्ग अवरुद्ध गर्दै चक्काजाम गरेका छन् । उनीहरूले आफ्नो पीडा सरकारलाई सुनाउन बाध्य भएर सडकमा उत्रिएको बताएका छन् ।

स्थानीय बासिन्दा अजय सहनीका अनुसार, घटनाको मुख्य कारण गनपती उद्योगको लापरवाही र प्रदूषित पानी हो । उनले खुला रूपमा औद्योगिक फोहोर बिना शुद्धिकरण खोलामा बगाइने गरेको आरोप लगाउँदै भने, “गनपती उद्योगले निरन्तर खोला र वातावरणलाई विषाक्त बनाउँदै आएको छ, जसले गर्दा यस्तो दुर्घटना घटेको हो ।”

स्थानीयहरू मृतकका परिवारलाई न्याय दिलाउन र दोषी उद्योगमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्। चक्काजामका कारण राजमार्गको आवागमन केही समयका लागि प्रभावित भएको छ ।

२० रुपैयाँ केजीमा, सपना यही फोहोरमा खोजिन्छबारा : जीतपुर सिमरा उपमहानगरपालिका–७, पहाडी टोल, शहरको फोहोरमा अरूले घिन देखा...
01/08/2025

२० रुपैयाँ केजीमा, सपना यही फोहोरमा खोजिन्छ

बारा : जीतपुर सिमरा उपमहानगरपालिका–७, पहाडी टोल, शहरको फोहोरमा अरूले घिन देखाउँछन्, तर यही फोहोर कसैको जीवन चलाउने आधार बनेको छ। एकजना स्थानीय युवक बिहानैदेखि फोहोरको थुप्रोमा काम लाग्ने प्लास्टिक, बोतल, र रद्दी संकलन गरिरहेका देखियो। ती सामग्रीहरू संकलन गरी स्क्र्याप डिलरलाई प्रति केजी २० रुपैयाँमा बिक्री गर्ने उनको दैनिक प्रक्रिया हो। यही आम्दानीबाट उनी आफ्नो परिवारको गुजारा चलाइरहेका छन्।

यो केवल एक व्यक्तिगत संघर्ष होइन, यो त्यो वर्गको प्रतिनिधित्व हो जुन सहरको छायाँमा बाँचेको छ, न उनीहरूको सामाजिक सुरक्षा छ, न स्थायी आयको स्रोत।
फोहोर टिपेर कमाएको पैसाले उनीहरू बिहान बेलुकाको छाक टारिरहेका छन्। तर, उनीहरूकै श्रमले सहर सफा देखिन्छ ।

यस्ता दृश्यहरूले प्रश्न उठाउँछ ! सहरलाई सफा देखाउने हातहरूका लागि राज्य र समाजले के व्यवस्था गरेको छ?

तस्विर : ऋषिकेश सहनी

जीतपुर सिमरा - ७ मा सडक सफाइमा खटिएका सफाइकर्मीहरू : शहरका गुमनाम नायक ।बारा : जीतपुर सिमरा उपमहानगरपालिका - ७ मा बिहानक...
26/07/2025

जीतपुर सिमरा - ७ मा सडक सफाइमा खटिएका सफाइकर्मीहरू : शहरका गुमनाम नायक ।

बारा : जीतपुर सिमरा उपमहानगरपालिका - ७ मा बिहानको समयमा सडक सफाइमा समर्पित सफाइकर्मीहरूलाई देख्न सकिन्छ, जो शहरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउन दिनरात खटिरहेका छन् ।

फोहोर, धुलो र प्लास्टिकका थुप्रो हटाउँदै उनीहरूले सडकलाई हिँड्न मिल्ने बनाइरहेका छन्। नगरको सरसफाइमा यिनको योगदान कहिल्यै देखिँदैन, तर अनुभव गरिन्छ।

स्थानीय बासिन्दाले यस्ता कर्मयोगीहरूको योगदानको कदर गर्दै सम्मान प्रकट गर्नुपर्ने आवाज उठाउँदै आएका छन्।

सन्देश स्पष्ट छ:
"शहर सफा राख्न खटिने यी नायकहरूलाई नदेखिएको नायकजस्तै व्यवहार नगरौं,
बरु उनीहरूको सम्मान गरौं किनभने स्वच्छता उनीहरूको दायित्व मात्र होइन, हाम्रो पनि कर्तव्य हो ।

तस्विर : ऋषिकेश सहनी

परिवारको एक छाकका लागि उभिएको पसिना र ईमान ।बारा : तापक्रम ३९ डिग्री सेल्सियस पुगेको यो झुलाउने गर्मीमा पनि यी युवाहरू ब...
24/07/2025

परिवारको एक छाकका लागि उभिएको पसिना र ईमान ।

बारा : तापक्रम ३९ डिग्री सेल्सियस पुगेको यो झुलाउने गर्मीमा पनि यी युवाहरू बिना कुनै गुनासो आफ्नो पसिनालाई श्रममा बदल्दै घरको पेट पाल्न अहोरात्र मेहनत गरिरहेका छन्। शरीर थकित छ, तर मनमा जिम्मेवारीको बोझ छ, परिवारको सपना, भोलिको भरोसा। पसिनाले लथालिङ्ग भए पनि आँखा अझै उज्यालो भविष्यको खोजीमा टोलाइरहेका छन्। आजका यी युवा नै समाजको मेरुदण्ड हुन्, जसले कठिनाइसँग लडेर परिवारको खुसी निर्माण गरिरहेका छन् ।

तस्विर : ऋषिकेश सहनी

खुला आकासमुनी निद्राबारा : जीतपुर सिमरा उपमहानगरपालिका–७ मा केही स्थानीय नागरिकहरू रातको समयमा सडक छेउमै खुला आकासमुनि स...
22/07/2025

खुला आकासमुनी निद्रा

बारा : जीतपुर सिमरा उपमहानगरपालिका–७ मा केही स्थानीय नागरिकहरू रातको समयमा सडक छेउमै खुला आकासमुनि सुतेको दृश्यले धेरैको ध्यान तानेको छ। मानव जीवनका न्यूनतम आवश्यकताहरू मध्ये सुरक्षित आवासको अभावमा खुला ठाउँमा रात बिताउन बाध्य भएका यिनीहरूको अवस्था अत्यन्तै दुखद र चिन्ताजनक देखिन्छ।

शरीरमा ओढ्ने केही कम्बल, थोरै सामाग्री, ग्याँस सिलिण्डर र झोला बोकेर बाँच्नुपर्ने बाध्यता सहरको विकास भनिएको ठाउँमा अझै पनि बिपन्न वर्गको जीवन कति कठिन छ भन्ने कुराको प्रमाण हो। सम्बन्धित निकाय र स्थानीय प्रशासनले यस्ता असहाय व्यक्तिहरूको बासस्थान, सुरक्षाको प्रत्याभूति र मानवोचित जीवनको सुनिश्चितता गराउनेतर्फ गम्भीर ध्यान दिन जरुरी छ ।

तस्विर : ऋषिकेश सहनी

गम्भिरा सहनी / बारा - जीतपुर सिमरा उपमहानगरपालिका–७ क्षेत्रभित्र सडक छेउमै जीवन यापन गरिरहेका बेघर परिवारहरूको अवस्था दय...
12/07/2025

गम्भिरा सहनी / बारा - जीतपुर सिमरा उपमहानगरपालिका–७ क्षेत्रभित्र सडक छेउमै जीवन यापन गरिरहेका बेघर परिवारहरूको अवस्था दयनीय देखिएको छ।
शुक्रबार बिहान खिचिएको यो तस्वीरमा देखिएअनुसार केही महिला र बालबालिका खुला सडकमा बसेका छन्। उनीहरूले सिरक, कम्बल र केही सामानहरू लिएर सडक किनारमै रात बिताएका छन्।

यस्ता दृश्यले स्थानीय सरकार तथा सामाजिक संघसंस्थाको ध्यान खिच्न जरुरी देखिन्छ।
बर्षा, चिसो वा गर्मी जस्तोसुकै मौसम होस्, यस्ता परिवारहरू खुल्ला आकाशमुनि बस्न बाध्य छन्।
यी मानिसहरूलाई सुरक्षित आवास, स्वास्थ्य र खानपानको व्यवस्था मिलाउनु आजको आवश्यकता हो।

स्थानीय बासिन्दाहरूले पनि यस्ता परिवारहरूको स्थितिमा सुधार ल्याउन सामूहिक रूपमा सहयोग गर्नुपर्ने आवाज उठाएका छन्।

तस्विर : ऋषिकेश सहनी

नेपाल टेलिभिजनको युट्युब च्यानल हरायो, आठ लाखभन्दा बढी ग्राहकसमेत गुम्योकाठमाडौं - नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल...
07/07/2025

नेपाल टेलिभिजनको युट्युब च्यानल हरायो, आठ लाखभन्दा बढी ग्राहकसमेत गुम्यो

काठमाडौं - नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजन को युट्युब च्यानल अचानक हराएको छ, जसले डिजिटल माध्यममा जोडिएका हजारौँ दर्शकलाई अचम्मित बनाएको छ।

प्राप्त जानकारी अनुसार, नेपाल टेलिभिजनले अल जजिराको एउटा भिडियो आफ्नो युट्युब च्यानलमा राखेको थियो, जसपछि सम्भवतः प्रयोग अनुमति बिना भिडियो राखिएको भन्दै युट्युबले च्यानल हटाएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि अहिलेसम्म नेपाल टेलिभिजन वा युट्युबबाट कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

नेपाल टेलिभिजनको च्यानलमा ८ लाखभन्दा बढी ग्राहक (सब्सक्राइबर) थिए। उक्त च्यानलमा समाचार, वृत्तचित्र, गीतसंगीत, पुराना कार्यक्रमहरू र राष्ट्रिय पर्वको विविध सामग्री प्रसारण हुँदै आएका थिए। च्यानल गायब भएपछि दर्शकले आफू मन पराएका कार्यक्रम हेर्न नपाउने स्थितिमा पुगेका छन्।

नेपाल टेलिभिजनका एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने,

“प्राविधिक टोली यो समस्याको समाधानमा लागिपरेको छ। हामी च्यानल फिर्ता ल्याउने प्रयत्नमा छौँ।”

यो घटनाले डिजिटल माध्यममा काम गर्दा सरकारी संस्थाहरूले समेत अत्यन्त सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको छ। दर्शकहरू नेपाल टेलिभिजनको च्यानल पुनः फर्कने आशामा प्रतीक्षा गरिरहेका छन्।

माल्ती गिरिको चेतावनी: अंश नदिए माईतीघरमा अनशन बस्छु ।जीतपुर : गृहमन्त्रालयको आदेशअनुसार नेपाल प्रहरीले १५२ दिन नपुग्दै ...
28/01/2025

माल्ती गिरिको चेतावनी: अंश नदिए माईतीघरमा अनशन बस्छु ।

जीतपुर : गृहमन्त्रालयको आदेशअनुसार नेपाल प्रहरीले १५२ दिन नपुग्दै अनशन तोडे पनि माल्ती गिरिको संघर्ष रोकिएको छैन। न्यायको खोजीमा अडिग उनले देवरलाई अंश दिनका लागि एक महिनाको अल्टिमेटम दिँदै आफ्नो अडान स्पष्ट पारिन्। माल्तीको भनाइ छ, "यदि समयमै अंशको व्यवस्था भएन भने, म काठमाडौंको माईतीघर मण्डलामा अनशन बस्न बाध्य हुनेछु"

अन्सनमा बसेको गिरी परिवार १५२ दिन पूरा गर्न नपाउँदै नेपाल प्रहरी द्वारा अन्सन तोडिएको तथा बर बिछ्यौना लिएर जाँदै गरेको द...
27/01/2025

अन्सनमा बसेको गिरी परिवार १५२ दिन पूरा गर्न नपाउँदै नेपाल प्रहरी द्वारा अन्सन तोडिएको तथा बर बिछ्यौना लिएर जाँदै गरेको दृश्य।

26/01/2025

मालती गिरी र विनोद गिरीको न्यायको आवाज: गिरी परिवारबाट आफ्नो हिस्साका लागि १५२ दिनको भोक हड्ताल ।✊💔

Address

Jeetpur Simara Sub Metropolitan City/3
Kathmandu
44300

Alerts

Be the first to know and let us send you an email when Nepal Press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Press:

Share