Golche Sanchar गोल्चे सञ्चार

Golche Sanchar गोल्चे सञ्चार सबैको संचार गोल्चे संचार Golche Sanchar is one of the most valuable channel . which gives various News, Funny video, Live performance & all kind of music video..

Golche Sanchar is one of the News & Entertainment channel of nepal. We would like you.

गायिका Roshna Lungba को सांगीतिक यात्रा र उनको हालै सार्वजनिक भएका तामाङ सेलो नयाँ गीत “Visani Lagyo Pardeshko” जानकारी ...
10/06/2025

गायिका Roshna Lungba को सांगीतिक यात्रा र उनको हालै सार्वजनिक भएका तामाङ सेलो नयाँ गीत “Visani Lagyo Pardeshko” जानकारी

**g गायिका Roshna Lungba को जीवन र संगीत | Visani Lagyo Pardeshko Song Review यस च्यानलमा रहेको गीत, संगीत र कुनै पन...

स्वस्थ्य जीवनशैलीका ५ सुनौलो मन्त्रहरू
08/06/2025

स्वस्थ्य जीवनशैलीका ५ सुनौलो मन्त्रहरू

यस च्यानलमा रहेको गीत, संगीत र कुनै पनि Video हरु copy download गरि अन्य च्यानलमा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्.....

जिरे खोर्सानी — एउटा साधारण मसला, असाधारण फाइदा!
31/05/2025

जिरे खोर्सानी — एउटा साधारण मसला, असाधारण फाइदा!

जिरे खोर्सानी — एउटा साधारण मसला, असाधारण फाइदा!यस भिडियोमा हामीले नेपाली भान्सामा दैनिक प्रयोग हुने जिरे खोर्सा...

Amrit Tamang द्वारा अभिनित “TAMANGKO CHHORO” New Tamang Selo हालै सार्वजनिक। Biru ghalan/ Sumina Lo
26/05/2025

Amrit Tamang द्वारा अभिनित “TAMANGKO CHHORO” New Tamang Selo हालै सार्वजनिक। Biru ghalan/ Sumina Lo

यस च्यानलमा रहेको गीत, संगीत र कुनै पनि Video हरु copy download गरि अन्य च्यानलमा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्.....

Ashman Lopchan र Melina Rai को स्वरमा भिडियो सहित सार्वजनिक
23/05/2025

Ashman Lopchan र Melina Rai को स्वरमा भिडियो सहित सार्वजनिक

यस च्यानलमा रहेको गीत, संगीत र कुनै पनि Video हरु copy download गरि अन्य च्यानलमा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्.....

Why You Should Eat Banana Daily? | स्वस्थ शरीरको लागि केरा
21/05/2025

Why You Should Eat Banana Daily? | स्वस्थ शरीरको लागि केरा

यस च्यानलमा रहेको गीत, संगीत र कुनै पनि Video हरु copy download गरि अन्य च्यानलमा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्.....

19/05/2025

What Are The Health Benefits Of Crab Seafood / स्वास्थ्य शरिरका लागि गङ्गटा Protein को स्रोत यस च्यानलमा रह...

भगवान गौतम बुद्धको जन्मजयन्तीको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमा-बुबा, दाजु-भाइ, दिदी-बहिनीहरूमा हार्द...
12/05/2025

भगवान गौतम बुद्धको जन्मजयन्तीको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमा-बुबा, दाजु-भाइ, दिदी-बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

सिन्धुपाल्चोक तामाङ समाज युएईको प्रथम अधिवेशन सम्पन्न, सर्वसम्मत नयाँ नेतृत्व चयनदुबई, मे ४ – “तामाङ जातिको परिवर्तन, शै...
06/05/2025

सिन्धुपाल्चोक तामाङ समाज युएईको प्रथम अधिवेशन सम्पन्न, सर्वसम्मत नयाँ नेतृत्व चयन

दुबई, मे ४ – “तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सशक्तिकरण” भन्ने मूल नाराका साथ सिन्धुपाल्चोक तामाङ समाज युएईको प्रथम अधिवेशन – २०२५ युएईको दुबईस्थित अक्सेस ग्राफिक हलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष श्री राजु नगरकोटी तामाङले गर्नुभएको थियो। कार्यक्रममा विशेष अतिथि सिन्धुपाल्चोक तामाङ समाज केन्द्रीय सदस्य श्री अनिल स्याङ्बो, वरिष्ठ सल्लाहकार श्री खिल ब स्याङ्बो, तथा सल्लाहकार श्री जनक गोलेको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवातमा संस्थाले पछिल्ला २ वर्षमा गरेका क्रियाकलाप, अनुभव र भविष्यका योजनाहरूबारे टिमका प्रतिनिधिहरूले आफ्नो सुझाव र अनुभव बाँडेका थिए। त्यसपछि खुल्ला सत्रको रूपमा छलफल कार्यक्रम सञ्चालन गरिएको थियो।

करिब २ घण्टासम्म चलेको विचारमूलक छलफल पछि संस्थाको आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो। चयन भएका पदाधिकारीहरू निम्नानुसार छन्:
• अध्यक्ष: श्री राजु नगरकोटी तामाङ
• वरिष्ठ उपाध्यक्ष: श्री खिल ब स्याङ्बो
• उपाध्यक्षहरू: श्री देलेक लामा, श्री सेर्की स्याङ्बो
• महासचिव: श्री राम तामाङ
• सचिव: श्री लक्ष्यमण स्याङ्बो
• सह-सचिव: श्री पूजा तामाङ
• कोषाध्यक्ष: श्री समिर वाइबा
• सह-कोषाध्यक्ष: श्री सबिना तामाङ
• महिला विभाग प्रमुख: श्री छिरिङ थोकार
• सदस्यहरू: श्री बसन्त तामाङ, श्री करण बोम्जन, श्री शुष्मा तामाङ, श्री उषा तामाङ
• वरिष्ठ सल्लाहकार: श्री जनक गोले
• सल्लाहकार: श्री दावा दोर्जे तामाङ

कार्यक्रमले समाजमा एकता, पहिचान र सशक्तिकरणको भावना बलियो बनाउने विश्वास गरिएको छ। नयाँ कार्यसमितिले तामाङ समुदायको हितमा अझ बढी सक्रिय भएर कार्य गर्ने प्रतिबद्धता जनाएको छ।

विदेशमा निधन भएकी अन्जु तामाङको शव नेपाल पठाउन सफल — सिन्धुपाल्चोक तामाङ समाज युएईको सराहनीय पहलदुबई, युएई — वैदेशिक रोज...
29/04/2025

विदेशमा निधन भएकी अन्जु तामाङको शव नेपाल पठाउन सफल — सिन्धुपाल्चोक तामाङ समाज युएईको सराहनीय पहल

दुबई, युएई — वैदेशिक रोजगारीको क्रममा युएईमा रहँदै आएकी सिन्धुपाल्चोक जिल्ला पाचपोखरी थाङ्पल गाउँपालिका–२, बरुव निवासी २९ वर्षीया अन्जु तामाङको अप्रिल १६ तारिखका दिन दुर्भाग्यपूर्ण निधन भएको खबरले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध बनाएको थियो। यस दुःखद घडीमा सिन्धुपाल्चोक तामाङ समाज युएई ले एकजुट भई मृतकको शव नेपाल पठाउने अभियान सञ्चालन गरी मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

आज, अप्रिल २९ तारिख, समाजको अथक प्रयास तथा सहयोगी नेपालीहरुको योगदानका कारण अन्जु तामाङको शव युएईबाट नेपाल पठाइएको छ। साथै, मृतकको बहिनी डोल्मा तामाङको लागि हवाई टिकटको समेत व्यवस्था गरिएको कुरा सिन्धुपाल्चोक तामाङ समाज युएइको अध्यक्ष रजु नगरकोटी तामाङ्ले बताएको छ ।

यस अभियानमा कार्गो व्यवस्था, कागजी प्रक्रिया, आर्थिक व्यवस्थापन, र भावनात्मक सहयोग प्रदान गर्ने सम्पूर्ण सहयोगी मनहरूप्रति सिन्धुपाल्चोक तामाङ समाज युएई ले गहिरो आभार व्यक्त गरेको छ। समाजका महासचिव सन्जय लामाले नेपालमा शव रिसिभ गरेर परिवारमा हस्तान्तरण गर्ने ।गरी शव नेपाल पठाएको छ।

समाजले विगतदेखि आपतकालीन अवस्थाहरूमा यस्तै मानवीय सेवाहरू गर्दै आएको छ र आगामी दिनहरूमा पनि पीडामा परेकाहरूको पक्षमा सहयोग गर्न प्रतिबद्ध रहेको कुरा पुनः दोहोर्‍याइएको छ।

मृतक अञ्जु तामाङप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै, यस्ता कठिन परिस्थितिमा समेत मानवता र एकताको बलले सम्भव बनाइने कार्यहरूको लागि सिन्धुपाल्चोक तामाङ समाज युएई सम्पूर्ण नेपाली समुदायको तर्फबाट प्रशंसा योग्य रहेको छ।

24/04/2025

दुबईको नेपाल फेस्टिभलमा हजारौ दर्शकको सहभागि
बिहिबार, ११ वैशाख २०८२

दुबई । नेपाली कला, संस्कृति, पर्यटन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक दुबईको क्रिक पार्कमा आयोजना गरिएको ‘नेपाल फेस्टिभल-२०२५’ भव्य रूपमा सम्पन्न भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा अप्रिल २० का दिन सम्पन्न उत्सवले युएईमा बसोबास गर्ने नेपाली समुदायबीच एकताको सन्देशका साथै नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न उल्लेखनीय भूमिका खेलेको गैरआवासीय नेपाली संघ यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम नेपाली राजदूतावास, अबुधाबीको संरक्षकत्व र समन्वयमा, गैरआवासीय नेपाली संघ, युएई, नेपाली समाज युएई, तथा युएईमा क्रियाशील विभिन्न ८० भन्दा बढी सामाजिक संघ–संस्थाहरुको संयुक्त पहलमा आयोजना गरिएको थियो।

मन्त्री पौडेलले नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिएको देश भएको बताउँदै नेपाली संस्कृति, भाषा, कला, संगीत र पर्यटनलाई विश्वसामु चिनाउने जिम्मेवारी सबैको भएको उल्लेख गरे । उनले विदेशी नागरिकहरुलाई नेपाल भ्रमणको आह्वान गर्दै, पर्यटन मार्फत मुलुकको समग्र आर्थिक विकासमा योगदान पुर्‍याउन सकिने बताए ।

यस्तै, नेपाल–युएई सम्बन्ध थप प्रगाढ बनाउने गरी स्वास्थ्य, शिक्षा, कृषि, व्यापार र लगानीका क्षेत्रहरूमा सहकार्यको अपार सम्भावना रहेको भन्दै मन्त्री पौडेलले द्विपक्षीय सहकार्यमा जोड दिए।

यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपाल फेस्टिवलले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाएको भन्दै सांस्कृतिक कूटनीतिका माध्यमबाट नेपाल–युएई सम्बन्धलाई नयाँ उचाइमा पु-याएको बताए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले युएईस्थित नेपाली समुदायलाई नेपालको समृद्धिमा भूमिका निर्वाह गर्न आग्रह गरे भने, एनआरएनए युएईका अध्यक्ष विकास शाहीले सबैलाई सफल आयोजनाको लागि आभार प्रकट गरे।
कार्यक्रममा नेपालको परम्परागत झाँकी, नृत्य, तथा नेपालबाट आएको सांगीतिक समूह सुरसुधासहित ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहेको थियो। साथै, नेपाली संस्कृति झल्काउने ५० वटा स्टलहरूमा नेपाली खाना, हस्तकला, पर्यटन सामग्री आदि प्रदर्शन गरिएका थिए।
फेस्टिवलमा युएईका उच्च पदाधिकारी, विदेशी कूटनीतिज्ञ, विभिन्न अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत नागरिकहरु तथा नेपाली समुदाय सहित करिब ३५-४० हजार दर्शकहरूको उपस्थिति रहेको नेपाली राजदूतावास, अबुधाबीले एक विज्ञप्तिमार्फत जनाएको छ। कार्यक्रम विहान १०:०० बजे सुरू भए पनि औपचारिक कार्यक्रम भने साँझको ७ बजेदेखि सुरु भई राति ९:००बजेसम्म सञ्चालन गरिएको थियो।
कार्यक्रमको सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण संघसंस्था, स्वयंसेवक, कलाकार तथा नेपाली समुदायप्रति दूतावासले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Golche Sanchar गोल्चे सञ्चार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Golche Sanchar गोल्चे सञ्चार:

Share

Our Story

Golche Sanchar is one of the most valuable channel . which gives various News, video, Live performance & all kind of music video it is one of the News & Entertainment channel of nepal. We would like you.