Volunteer's Circle

Volunteer's Circle Volunteers are the one who help everyone how they can . It may be any aspect in the society

नेपाल पोखरीगौरीशंकर गाउँपालिका–७ स्थित सिद्धीखर्क नजिकै देखिएको पोखरी हो । चार हजार नौ सय मिटर उचाइमा अवस्थित यस पोखरीाक...
21/06/2026

नेपाल पोखरी
गौरीशंकर गाउँपालिका–७ स्थित सिद्धीखर्क नजिकै देखिएको पोखरी हो । चार हजार नौ सय मिटर उचाइमा अवस्थित यस पोखरीाको नामाङंकन भएको रहेनछ अहिलेसम्म । त्यसैले यसको आकृति, प्रकृति हेर्दा ७७ वटै जिल्ला जस्तो देखिन्छ । चुच्चे नक्सा पनि देखिन्छ । तसर्थ यसको नाम नेपाल पोखरी भनि मैले नामाङंकन गर्ने अवसर जुर्यो ।
Photo : Jeewan lama

Congratulations to all the 12 graduates
19/06/2026

Congratulations to all the 12 graduates

बुढानीलकण्ठ–३ का सुबास सापकोटाले दिए स्वदेशमै उद्यम गर्ने सन्देशBro’s Burger Hub सञ्चालनमा ल्याउँदै बुढानीलकण्ठ वडा नं. ...
14/05/2026

बुढानीलकण्ठ–३ का सुबास सापकोटाले दिए स्वदेशमै उद्यम गर्ने सन्देश

Bro’s Burger Hub सञ्चालनमा ल्याउँदै बुढानीलकण्ठ वडा नं. ३ का युवा विद्यार्थी सुबास सापकोटाले स्वदेशमै सीप र श्रमको सदुपयोग गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन्। नेपालमा पछिल्लो समय अध्ययन र रोजगारीका लागि युवाशक्ति विदेशिने क्रम तीव्र भइरहेका बेला उनले भने “विदेश नै भविष्यको एकमात्र विकल्प होइन” भन्ने सन्देश दिन खोजेका छन्।

हाल कलेज अध्ययनरत सापकोटाले आफूले सिकेको सीपलाई व्यवहारमा उतार्दै आधुनिक शैलीको बर्गर व्यवसाय सुरु गरेका हुन्। “स्वदेशमै केही गरौँ” भन्ने सोचसहित सुरु गरिएको उक्त व्यवसायले स्थानीय स्तरमै सकारात्मक चर्चा बटुल्न थालेको छ।

उनका अनुसार “Bro’s Burger Hub” ले विभिन्न प्रकारका बर्गर तथा फास्टफुड परिकार अनलाइन माध्यमबाट ग्राहकसम्म पुर्‍याउने सेवा सञ्चालन गरिरहेको छ। ग्राहकहरूले घरमै बसेर अर्डर गर्न सक्ने व्यवस्था गरिएको छ भने Takeaway System सहित लोकप्रिय फुड डेलिभरी प्लेटफर्म Foomandu Apps मार्फत पनि सेवा उपलब्ध गराइएको छ।

युवा व्यवसायी सापकोटाले आफ्नो उद्यममार्फत आफू मात्र आत्मनिर्भर बनेका छैनन्, अन्य २ देखि ३ जना युवालाई समेत रोजगारी प्रदान गरेका छन्। सानो सुरुवातले पनि रोजगारी सिर्जना गर्न सकिने उदाहरण उनले प्रस्तुत गरेका छन्।

उनले आगामी दिनमा “Bro’s Burger Hub” लाई विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना रहेको बताएका छन्। साथै आफूजस्तै सीप भएका युवाहरूलाई विदेशिनुभन्दा स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।

“नेपालमै अवसर खोज्न सकिन्छ। मेहनत र निरन्तरता भए युवाले आफ्नै देशमा पनि सम्मानजनक भविष्य बनाउन सक्छन्,” सापकोटाले बताए।

स्थानीय युवामाझ उद्यमशीलताको सकारात्मक सन्देश फैलाइरहेको “Bro’s Burger Hub” ले स्वदेशमै केही गर्न चाहने युवाहरूका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

The lifestyle of indigenous community of Nepal Raute community Pic credit : Ramesh Hamal
22/04/2026

The lifestyle of indigenous community of Nepal
Raute community
Pic credit : Ramesh Hamal

Volunteer circle टिमको तर्फबाट नयाँ वर्षा २०८३ सालको सम्पूर्ण दाजु भाई दिदि बहिनीहरुलाईलाई शुभकामना ।।
13/04/2026

Volunteer circle टिमको तर्फबाट नयाँ वर्षा २०८३ सालको सम्पूर्ण दाजु भाई दिदि बहिनीहरुलाईलाई शुभकामना ।।

काठमाडौं–जोरपाटीस्थित न्युटन इन्टरनेशनल कलेजद्वारा आयोजना गरिएको ‘’ बार्षिक कार्यक्रम भव्य तथा आकर्षक रूपमा सम्पन्न भएको...
05/04/2026

काठमाडौं–जोरपाटीस्थित न्युटन इन्टरनेशनल कलेजद्वारा आयोजना गरिएको ‘’ बार्षिक कार्यक्रम भव्य तथा आकर्षक रूपमा सम्पन्न भएको छ।
न्यूटन कलेजले आफ्नो वार्षिक कार्यक्रममा शैक्षिक, सांस्कृतिक तथा समसामयिक विषयहरू समेटिँदै विद्यार्थीहरूको विविध प्रतिभा प्रस्तुत गरिएको थियो।
सोही अवसरमा लामो समयदेखि सेवा प्रदान गर्दै आएका शिक्षकहरूलाई सम्मान गर्नुका साथै नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत र विविध विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो।

कार्यक्रमका गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले निजी तथा सामुदायिक दुवै खाले शैक्षिक संस्थाहरूको सुधार आवश्यक रहेको उल्लेख गर्दै नगरपालिकाले शिक्षा क्षेत्रमा सहकार्य, सहयोग तथा नजिकबाट सुपरीवेक्षण गरिरहेको जानकारी दिए।त्यस्तै गरि कलेजका अध्यक्ष तथा नेपाली सेनाका पूर्व प्रधानसेनापति प्यारजंग थापाले देशभित्रै रोजगारी र उद्यमशीलताको विकास गर्ने खालको शैक्षिक वातावरण आवश्यक रहेको र स्थानीय तहबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राखिएको स्पष्ट पारे।

त्यसैगरी कलेजका प्रिन्सिपल दीपेश आचार्यले वर्तमान समयअनुसार दक्ष, सक्षम तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न कलेज प्रतिबद्ध रहेको उल्लेख गर्दै गुणस्तरीय र समयसापेक्ष शिक्षामा जोड दिइएको बताए।
कार्यक्रममा विभिन्न शैक्षिक संघ–संस्थाका प्रतिनिधि, अभिभावक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कलेजले कक्षा ११ र १२ देखि स्नातक तथा स्नातकोत्तर तहसम्म (BBS, BSW, BA, MA in MCJ तथा Development Studies) का विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र साह र सम्पूर्ण मन्त्रीमण्डल लाई बधाई तथा सफल कार्यकालको शुभकामना !!!
29/03/2026

नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र साह र सम्पूर्ण मन्त्रीमण्डल लाई बधाई तथा सफल कार्यकालको शुभकामना !!!

नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र साहको सपथ ग्रहण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। अब उहाँले देशको नेतृत्व गर्दै ...
27/03/2026

नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र साहको सपथ ग्रहण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। अब उहाँले देशको नेतृत्व गर्दै सुशासन, विकास र जन अपेक्षालाई पूरा गर्ने जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको छ र सम्पूर्ण मन्त्रीमण्डल लाई बधाई तथा सफल कार्यकालको शुभकामना !!!

सम्पूर्ण भाई बहिनीहरुलाई २०८२ को SEE परीक्षाको सफलताको शुभकामना SEE EXAM तालिकापरीक्षा समय: बिहान ८ बजे - ११ बजे
23/03/2026

सम्पूर्ण भाई बहिनीहरुलाई २०८२ को SEE परीक्षाको सफलताको शुभकामना
SEE EXAM तालिका
परीक्षा समय: बिहान ८ बजे - ११ बजे

विश्व समाजिक कार्य दिवसको अवसरमा सम्पूर्ण सामजिक कार्यमा संलग्न सम्पूर्णलाई मानुभावहरुलाई धेरैं धेरैं शुभकामना ।।Happy W...
19/03/2026

विश्व समाजिक कार्य दिवसको अवसरमा सम्पूर्ण सामजिक कार्यमा संलग्न सम्पूर्णलाई मानुभावहरुलाई धेरैं धेरैं शुभकामना ।।
Happy World Social Work Day

Address

Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when Volunteer's Circle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Volunteer's Circle:

Shortcuts

Share