हाम्रो सम्पदा हाम्राे संस्कृति

  • Home
  • Nepal
  • Kathmandu
  • हाम्रो सम्पदा हाम्राे संस्कृति

हाम्रो सम्पदा हाम्राे संस्कृति आध्यात्मिक चेतना जगाउने तथा सम्पदा संरक्षण का लागि हातेमालो गर्दे बिसंगति का लागि सदा खबरदारी गरिरहने ।

01/04/2025

काठमाडौ मा हजुरलाई आरामदायी छात्रावास कुन ठाउमा चाहिन्छ https://www.facebook.com/share/18JvHSdGcC/?mibextid=qi2Omg ले आफ्नो भय आफ्नोमा नभय बिना कूनै शुल्क हजुर लाई छात्रावास , छात्रबास मिलाउने छ । 9851355288 मा कल गर्नु हाेला ।।
१ कल छात्रावास खाेज्ने समस्या हल ।

Located beside Pathshala Nepal. Foundation with access to Apollo,Excel,CCA,Nobel,WhiteHouse Colleges.

07/01/2025

वैदिक शास्त्रमा भूकम्पलाई प्रायः प्राकृतिक शक्तिहरूसँग सम्बन्धित गरी व्याख्या गरिएको छ। यो कुनै दैवी संकेत, पापको परिणाम, वा प्रकृतिमा असन्तुलन भएको संकेतका रूपमा लिइन्छ। विभिन्न ऋग्वेद, अथर्ववेद, र अन्य शास्त्रीय ग्रन्थहरूमा भूकम्पलाई उल्लेख गरिएको छ, तर आधुनिक विज्ञानको दृष्टिकोणभन्दा धार्मिक र आध्यात्मिक रूपमा यसको व्याख्या गरिएको छ।

भूकम्पसम्बन्धी वैदिक दृष्टिकोण:

1. दैवी संकेत:
भूकम्पलाई देवताहरूको क्रोध वा सन्देशको रूपमा व्याख्या गरिन्छ। जब पृथ्वीमा धर्म, सत्य, र न्यायको कमी हुन्छ, त्यस्ता प्राकृतिक घटनाहरू हुने विश्वास गरिन्छ।

2. पृथ्वीको स्थिरता:
अथर्ववेदमा पृथ्वीलाई सहनशील र स्थिरताको प्रतीकका रूपमा वर्णन गरिएको छ। तर, जब मानवले धर्म र प्रकृतिको सन्तुलन बिगार्छ, तब पृथ्वी हलचलमा आउँछ।

अथर्ववेद (12.1.1) मा पृथ्वीलाई "धारणकर्त्री" भनिएको छ, जसले सम्पूर्ण जीव-जगतलाई धारण गर्छ।

3. ऋषिहरूको उपाय:
भूकम्पजस्ता प्राकृतिक आपदाहरूमा शान्तिका लागि यज्ञ, होम, र मन्त्रजपको सिफारिस गरिएको छ। यज्ञले प्राकृतिक तत्वहरूलाई सन्तुलनमा राख्ने विश्वास गरिन्छ।

4. मन्त्रजप र प्रार्थना:
वैदिक मन्त्रहरूमा पृथ्वी, अग्नि, वायु, जल र आकाशलाई शान्त बनाउनका लागि प्रार्थना गरिन्छ। भूकम्प आएपछि ऋषिहरूले देवी-देवताहरूसँग क्षमायाचना र प्रार्थना गर्ने चलन थियो।

वैदिक मन्त्रहरूसँग सम्बन्धित व्याख्या:

ऋग्वेद 1.1.8: अग्निदेवलाई शान्त पार्नको लागि आह्वान गरिएको छ, किनकि अग्नि र अन्य प्राकृतिक तत्वहरूको असन्तुलनले भूकम्पजस्ता घटनाहरू ल्याउन सक्छ।

अथर्ववेद: यसमा भूमिदेवतालाई सम्बोधन गर्दै पृथ्वीको शान्ति र स्थिरताका लागि प्रार्थना गरिन्छ।

निष्कर्ष:

वैदिक शास्त्रले भूकम्पलाई प्राकृतिक शक्तिहरूसँग जोडेर मात्र नभई धार्मिक र आध्यात्मिक दृष्टिकोणले पनि हेरेको छ। भूकम्प आउँदा मानवले प्रकृतिप्रति सम्मानजनक व्यवहार गर्ने, धर्मपालन गर्ने र यज्ञ-प्रार्थनाको माध्यमबाट सन्तुलन पुनःस्थापना गर्नुपर्ने सन्देश दिन्छ।

05/09/2024

भाेली २०८१ भदाै २१ गते तीज व्रत | हिन्दु बिबाहित महिला हरूले श्रीमानकाे आयु धन सुख बढाउन र अविवाहित महिलाले असल श्रीमान प्राप्ति काे कामना गरि व्रत पूजा
आराधना गर्ने पर्व काे शुभकामना सहित Astro Sabin Shiwakoti ले याे पर्व बारे दिनु भयकाे केही जानकारी ।

सवैभन्दा शुद्ध र राम्राे चिज देवतालाई समर्पण गर्ने हैन र? यो भनाइमा हजुर  पुर्ण सहमत हुनुहाेलानि हैन र ?  जे चढाईन्छ, का...
30/08/2024

सवैभन्दा शुद्ध र राम्राे चिज देवतालाई समर्पण गर्ने हैन र? यो भनाइमा हजुर पुर्ण सहमत हुनुहाेलानि हैन र ? जे चढाईन्छ, कालन्तरमा त्यहि प्राप्तहुने हाे, खाद्यप्रयाेजनका लागि अनुपयुक्त बट्टामानै लेखेर , वेचिरहेका छन।। देवतालाई अखाद्य घिउ चढाउनु अपराधहाे।। हवन गर्नका लागि आज्य वनाउने प्रकृया र मन्त्रहरु अग्निस्थापना पद्धतिमा छन् नै पुजामा यस्ताे घिउ प्रयाेग नगर्नुहाेला,उपभोक्ता सचेत बनाै।।

ऋषितर्पणी पूर्णिमाका विषयमा  ताेयराज नेपाल २०८१/५/ २ श्रावणशुक्ल पूर्णिमालाई  ऋषितर्पणी  पूर्णिमा भनिन्छ। यस दिन जनै लगा...
18/08/2024

ऋषितर्पणी पूर्णिमाका विषयमा
ताेयराज नेपाल
२०८१/५/ २
श्रावणशुक्ल पूर्णिमालाई ऋषितर्पणी पूर्णिमा भनिन्छ। यस दिन जनै लगाउने जति सबैले नित्यकर्म गरेपछि गुरु शिष्य सबै मिलेर नदी जलाशयमा गएर सङ्कल्पपूर्वक श्रावणी स्नान गर्नुपर्छ। धेरै जना मिलेर गरिने स्नान भएकाे हुँदा यसलाई गणस्नान पनि भनिन्छ। तर--
´´सङ्क्रान्तौ ग्रहणे चैव सूतके मृतके S पि वा।
गणस्नानं न कुर्वीत नारदस्य वचाे यथा।`` अर्थात् सङ्क्रान्ति , ग्रहण, जुठोसूतकमा याे स्नान गर्न निषेध छ। यसमा दश किसिमकाे स्नान गर्नुपर्दछ। जाे यस प्रकार छन्। --
´´भस्म- गाेमय- मृद्-वारि-गाेमूत्रं गाेमयं पयः।
दध्याज्यं दर्भ इत्येते विहिताः क्रमशाे दश।।``
( ´´दध्याज्यं दर्भ-मन्त्राश्च विहिताः क्रमशाे दश।।``
इति पाठन्तरम्।
१-भस्मस्नान २-गाेमयस्नान ३-मृत्तिकास्नान ४ - जल५- गाेमूत्र ६- गाईकाे दूध , ७- दधि ८- आज्यम् ९-कुश र १०-मन्त्रसमेत प्रयोगगरी दश किसिमका स्नान हुन्छन्। स्नान पछि भस्म, चन्दन आदि धारण गरेर स्नानाङ्ग तर्पण गर्नुपर्छ। अनि सूर्याेपस्थान, सन्ध्यावन्दनादि सकेर उपाकर्म गर्नुपर्छ।--
´´श्रावण्यां प्रौष्ठपद्यां वा Sप्युपाकर्म यथाविधि। युक्तश्छन्दांस्यधीयीत मासान् विप्राेSर्धपञ्चमान्``।
´´सम्प्राप्ते श्रावणस्यान्ते पौर्णमास्यां दिनाेदये।
स्नानं कुर्वीत मतिमान् श्रुतिस्मृतिविधानतः।।
उपाकर्मादिकं प्राेक्तमृषीणाञ्चैव तर्पणम्। शूद्राणां मन्त्ररहितं स्नानं दानं च शस्यते। उपाकर्मणि कर्तव्यमृषीणाञ्चैव पूजनम्।।`` भविष्यपु•
´´ श्रावण्या प्रौष्ठपद्या वा प्रतिपत् षड्मुहूर्तकैः।विद्धा स्याच्छन्दसां तत्रोपाकर्त्सर्जनं भवेत्।।`` निर्ण•सि• चूडा- २२९
अथ यजुर्वेद्युपाकर्मनिर्णयः-
´´पौर्णमास्याः खण्डत्वे यदा पूर्णिमा मुहूर्ताद्यनन्तरं प्रवृत्ता द्वितीयदिने षड्मुमुहूर्तव्यापिनी तदा सर्वयाजुषाणामुत्तरैव।
पूर्वदिने मुहूर्ताद्यनन्तरं प्रवृत्ता द्वितीयदिने मुहूर्तत्रयादिव्यापिनी षड्मुहूर्तन्यूना तदा तैत्तिरीयैरुत्तरा ग्राह्या ,
तैत्तिरीयभिन्नयाजुषैः पूर्वा ग्राह्या।
(धर्मसि•सुधा-१२२)
अथ काण्वमाध्यन्दिनोपाकर्म
निर्णयः -
´´तिथेः खण्डत्वे षड्मुहूर्ताधिक्ये षड्मुहूर्तन्यूनत्वे पूर्वा ग्राह्येत्यादिः।`` ध•सि•- सुधा-१२३
२ दिन पूर्णिमा हुँदा उदयमा ६ मुहूर्त भन्दा बढिभए त्यसैदिन गर्नुपर्दछ ६ मुहूर्तभन्दा कमी भए अघिल्लादिन चतुर्दशीकादिन उपाकर्म गर्नुपर्दछ। उपाकर्म भनेकाे वेदाध्ययनकाे आरम्भकाे उत्सव हाे। याे कर्म आजबाट आरम्भ गरेर साढे पाँच महिना सम्म प्रत्येक दिन आआफ्ना शाखाका वेद अध्ययन गर्दै अन्त्यमा पौष वा माघमा राेहिणी नक्षत्र परेका दिन नदीतटमा गएर विधि पूर्वक उत्सर्जन अर्थात् अध्ययन समाप्तिकाे उत्सव गर्नुपर्दछ। उपाकर्मका दिन अरुन्धती सहित कश्यपादि सप्तर्षिकाे पूजा गर्नुपर्दछ। सप्तर्षिहरू यसप्रकार छन् १- कश्यप २-अत्रि ३- भरद्वाज ४- विश्वामित्र ५- गौतम ६- जमदग्नि २-वसिष्ठ र अरुन्धतिकाे पनि पूजा गर्नुपर्दछ। अनि रुद्राभिषेक गर्नुपर्दछ।त्यसपछि ऋषिलाई तर्पण गर्नुपर्दछ। ऋषिलाई तर्पण गर्ने पर्व भएकाेले यस पर्वकाे नाम नै ऋषितर्पणी पूर्णिमा भनिन्छ। यसैदिन यज्ञाेपवीतकाे( जनैकाे) संस्कार गरी यज्ञेपवीत धारण गर्नुपर्दछ। यज्ञाेपवीतसंस्कारमा पहिले तन्तुदेवताकाे आवाहन गरी पूजा गर्नुपर्छ ।तन्तुमा- १-ॐकार २- अग्नि३- नाग ४- साेम, ५-पितृ ६-प्रजापति ७-वायु ८- यम र ९- विश्वेदेवहरू रहन्छन्। तिनकाे आवाहन गरी पूजा गर्नुपर्छ। त्यसपछि ग्रन्थि शिखामा १-ब्रह्मा २-विष्णु र ३- रुद्रकाे आवाहन र पूजा गर्नुपर्दछ। त्यस पछि
ऋषिश्राद्ध गर्ने विधान छ। यो श्राद्ध नगर्दा प्रत्यवाय नलाग्ने र गर्दामा बढिफल प्राप्तहुने हुँदा गर्नेलाई फलप्राप्ति हुन्छ ,
नगर्नेलाई पाप लाग्दैन।
त्यस पछि पितृलाई र ब्राह्मणलाई यज्ञाेपवीत अर्पण गरी आफुले धारण गर्नुपर्छ। यज्ञाेपवीत धारण गर्दा आचमन गरेर विनियाेग गर्नुपर्दछ - ॐयज्ञाेपवीतमितिमन्त्रस्य परमेष्ठी ऋषिः लिङ्गाेक्ता देवता
श्रौतस्मार्तकर्मानुष्ठानसिद्ध्यर्थं नूतनयज्ञाेपवीतधारणे विनियाेगः। त्यसपछि यज्ञाेपवीतलाई दुबैहातमा लिएर हातजाेडी दशपटक गायत्रीमन्त्रले अभिमन्त्रण गर्नुपर्दछ ।अनि तलकाे मन्त्र उच्चारण गरी यौटा एक्ले जनै लिएर दाहिने हात ठाडाे पारेर पहिले हातबाट छिराएर पछिशिरबाट धारण गर्नुपर्दछ। मन्त्र यसप्रकार छन् -´´ॐ यज्ञाेपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात्। युष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञाेपवीतम्बलमस्तु तेजः।। ॐयज्ञाेपवीतमसि यज्ञस्य त्वा यज्ञाेपवीतेनाेपनह्यामि।। ``। त्यसपछि अर्को एक्ले जनै लिएर पहिले जस्तै गरी पहिले दाहिने हातबाट र पछि शिरबाट छिराउनुपर्दछ।अनि पुरानु यज्ञाेपवीत निकालेर त्याग गर्नुपर्दछ।पुरानो जनै त्याग गर्दा याे मन्त्र पढ्नुपर्छ।- ´´एतावद्दिनपर्यन्तं ब्रह्मत्वं धारितं मया। जीर्णत्वात्तत्परित्यागाे गच्छ सूत्र यथासुखम्।।`` यसपछि आचमन गरेर यथाशक्ति गायत्री जप गरी जप अर्पण गर्नुपर्दछ ।´´अनेन नवीनयज्ञाेपतीतधारणार्थे कृतेन यथाशक्तिगायत्रीजपाख्येन कर्मणा भगवान् सूर्यनारायणः प्रीयतां न मम।``
ॐ तत् सत् परब्रह्मार्पणमस्तु।
यसै दिन रक्षाबन्धनकाे पूजा गरेर धारण गर्नुपर्छ।
यसकाे मन्त्र यस प्रकार छ।-
´´ येन बद्धाे बली राजा दानवेन्द्राे महाबलः। तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल।। `` इति।
( बली राजामा राे रि सूत्रले दीर्घ भएकाे हाे)
यसदिन विभिन्न थरीका गेडागुडीहरू ३ ,४ दिन अघि नै भिजाएर उम्रेपछि क्वाँटी पकाएर यसको रस पिउँदा वर्षाकालमा लागेकाे चिसाे जान्छ, भन्ने प्रचलन विशेषगरी नेवारजातिमा छ।
ॐ हरये नमः।।

🕉️🔱🇳🇵🐂 आमन्त्रण  🕉️🔱🇳🇵🐂  भारतबाट विश्व चर्चित कथा वाचक तथा गाै सेवक  अति आदरणीय अनिरुद्ध आचार्य  श्री अनिरूद्ध आचार्य जी...
03/08/2024

🕉️🔱🇳🇵🐂 आमन्त्रण 🕉️🔱🇳🇵🐂

भारतबाट विश्व चर्चित कथा वाचक तथा गाै सेवक अति आदरणीय अनिरुद्ध आचार्य श्री अनिरूद्ध आचार्य जी महाराज पाशुपत क्षेत्रमा चलिरहेको कोटिहोममा दर्शन तथा आशिर्वचन प्रदान गर्न आज १२ बजे आउदै हुनुहुन्छ धर्म अनुरागि मन हरू आयर दर्शन श्रवण गरि पुन्य लाभ लिनु हाेला ।
Manav Sewa Foundation
नेपाल माहात्म्य - २०८१
Pashupatinath Temple
Balyogeshwor Vijay KrishnaMurti Ji Maharaj
विजय कृष्णमूर्ति जी महाराज

याे पेज फ्लाे गर्नु भयका अति आदरणीय मन हरूBrl SuRac, Astro Sabin Shiwakoti, Milan Shrestha, Tej Prasad Poudel, Khagendra...
27/07/2024

याे पेज फ्लाे गर्नु भयका अति आदरणीय मन हरूBrl SuRac, Astro Sabin Shiwakoti, Milan Shrestha, Tej Prasad Poudel, Khagendra Bhattarai, Roshan Shrestha, Sudarshan Shrestha, Bina Poudel, Deepak Dawadi, Rina Mishra, निल कण्ठ अशोक, Aneal Dhakal, Saukat Ali Miya सनतान धर्मकाे रक्षाका लागि हजुरहरूकाे सहयाेग महत्त्वपूर्ण रहने छ।

20/07/2024

प्रबचन सुननजेल मात्रै हैन जिवनभर पालना गरे किन हामीले आश्रम खाेल्न पर्थ्याे सबैले मनमा मनन गराै।।

गुरु को हो ?किन मान्नु पर्दछ ?कस्ले सर्वप्रथम गुरु मानेको थियो ?गुरु मान्नाले के फाइदा हुन्छ भनेर धेरैको जिज्ञसा भएकोले ...
20/07/2024

गुरु को हो ?किन मान्नु पर्दछ ?कस्ले सर्वप्रथम गुरु मानेको थियो ?गुरु मान्नाले के फाइदा
हुन्छ भनेर धेरैको जिज्ञसा भएकोले मिति २०८१साल श्रावण ६ गते आइतबार पूर्णिमा तिथि दिउसो ४.१६ बजेसम्म त्यस उप्रान्त श्रावण कृष्ण प्रतिपदा तिथि आरम्भ ,यो दिन गुरुपूर्णिमा ,गुरुव्यासपूजा भएकोले गुरुपूर्णिमा सन्दर्भलाई लिएर तयार पारिएको पढौं !
यो नित्यमच्युतपदाम्बुज -युग्मरुक्म व्यामोहतस्त दितराणि तृणाय मेने।
अस्मद् गुरोर्भगवतो sस्य दयैकसिन्धो :रामनुजस्य चरणौ शरणं प्रपद्दे।।
श्रीयोगिराज रघुनाथगुरो :प्रशिष्यम्,श्रीमज्जनार्दनगुरुत्तम शिष्यरत्नं।
वेदान्तयुग्मनिपुणं सुलभंशुशिलम,श्रीदेवराज गुरुवर्य शरणं प्रपद्दे।।
जसले मनुस्यहरुलाई सदमार्गमा लाग्नको लागि अभिप्रेरित गर्दै सामाजिक परिवेशको पाठ सिकाउँदै समाजमा शिक्षाको ज्ञान बाँड़दै नर {मानिस }लाई नारायण बनाउने काम गर्दछ ,भुक्ति र मुक्ति दिनेगर्दछ त्यहि गुरु हो। "गु "अर्थात् अन्धाकार ,"रु "अर्थात् प्रकाशदिनेवाला ,जसले अँध्यारोबाट उज्यालोतिर ,अज्ञानबाट -सद्ज्ञानतर्फ उन्मुख गराउँदछ त्यो गुरु हो। ब्रह्मतत्वलाई जानेको ,अनुभूत गरेको ,बताउनसक्ने ,दक्ष शिक्षकहरुलाई गुरु भनिन्छ। गुरु आफुपनि फुकेको र अरुलाई पनि फुकाउन सक्ने हुनुपर्दछ। बाँधिएको गुरुले अरुलाई फुकाउन सक्दैन ,आफुपनि मुक्तिहुनेवाला र अरुलाई पनि मुक्तिसम्मदिनसक्ने हुनुपर्दछ।किन मान्नु पर्दछ भन्दा गुरु बिना ज्ञान नहुनेहुँदा ज्ञान प्राप्त गर्नको लागि गुरुलाई शाक्षात इश्वर मान्नु पर्दछ। त्यसपछि "एवं गुरुपदेशेन मनो निश्चलतां नयेत्। न तु स्वेन प्रयत्नेन तद् बिना पतनं भवेत्"//अर्थात् गुरुको उपदेशले मनलाई स्थिरगरेर आफ्नु मिहिनेतले होइन किनकि बिना गुरुको उपदेशले जीवको पतन हुन्छ। त्यसैले तृष्णारुपी सियोले प्वाल पारिएको ,बिषयरुपी घिउले भिजाईएको र राग -द्वेषरुपी आगोले पकाइएको मानवलाई मृत्युले अवश्य खान्छ त्यसैले मृत्युको मुखबाट बचनकोलागि गुरुको वचन मानी उहाँको पछिलाग्नु पर्दछ। "धर्मस्य तत्वं निहितं गुहायां महाजनो यन गत :स पन्था "अर्थात् धर्मतत्व आत्मभित्र {हृदयमा }आच्छादित हुन्छ। त्यसर्थ महात्मा गुरुहरु जुन मार्गमा हिड्नुहुन्छ त्यहि मार्ग नछोड्नु नै धर्म प्राप्तगर्ने सहज उपाय हो। सर्वप्रथम भगवान नारायणलाई ब्रम्हाजिले गुरु मान्नुभएको,ब्रम्हालाई नारदले र त्यसपछि शिष्य परम्परा चल्दै आएको थियो। गुरु मान्नाले "गुरुमुख्या :क्रिया :सर्वा :भुक्तिमुक्तिफलप्रदा :/तस्माद् सेव्यो गुरुर्नित्यं मोक्षार्थिभि :समाहितै ://अर्थात् गुरु सबैको भुक्ति -मुक्तिको कारकतत्व हुनुहुन्छ। मोक्ष वा योग्यता चाहने शिष्यहरुले गुरुको सेवागर्दै बिद्दा आर्जन गरोस। यसरी आर्जन गरेको बिद्दाबाट आफुले पद र प्रतीष्ठा प्राप्त गर्न सकिन्छ। त्यसैले भगवान श्री कृष्णले सान्दिपनिलाई गुरु मानेर चौंसठ्ठी दिनमा चौंसठ्ठीकला बिद्दा प्राप्त गर्नुभएकोले गुरुमान्नु पर्दछ।
गुरु सबैको आश्रय दाता हो किनकि गुरुको अनुग्रहले शिष्यको लौकिक आचार -ब्यबहारको ज्ञान -बिज्ञान प्राप्ति हुँदै अनि मोक्ष पद प्राप्त हुन्छ। "सर्वेषामेव लोकानं यथा सूर्य :प्रकाशक :/गुरु :प्रकाशकस्तद्वच्छिष्यणां बुद्धिदानत :"//अर्थात् सूर्य सम्पूर्ण लोकको प्रकाशित गर्नुहुन्छ तेस्तै प्रकार गुरु शिष्यको उत्तम बुद्धिदिएर अन्तरजगतको प्रकाशपूर्ण बनाइदिनुहुन्छ। जस्तो - सूर्य दिनमा प्रकाश दिनुहुन्छ ,चन्द्रमा रातमा प्रकाश दिनुहुन्छ र दियोले केवल घरको भित्र मात्र उज्यालो दिन्छ तर गुरुले आफ्नु शिष्यको हृदयको सदा प्रकाश फैलाउनुहुन्छ अनि शिष्यको अज्ञानमय अन्धकार नाश हुन्छ। त्यसैले शिष्यको लागि गुरु सवैभन्दा ठुलो उत्तम तिर्थ हो। यो सम्झेर शिष्यले उचित सवतरिकाले प्रसन्न {खुसि }राख्दै गुरुको पुण्य जानेर उहाँलाई मन ,वाणी र शरीरले आराधना गर्नुपर्दछ। "निन्दयेद्वा गुरूं देवं वेदं वा सोपबृंहणम् /"कल्पकोटिशतां साग्रं रौरवे पच्यते नर :"//अर्थात् जो गुरु ,देवता ,वेद अथवा इतिहास ,पुराणको निन्दा गर्दछत्यो मानिस सयकरोड बर्षभन्दा धेरै कालसम्म रौरव नरकमा पर्दछ। त्यसैले निन्दा गर्नु हुँदैन ,गुरुको सद्वचनमा बिश्वास गर्नु, गुरुको पूजा भगवान सम्झेर गर्नु,गुरुले दिएको जे पनि मन्त्र हुन्छ त्यो जप्ने गर्नु यदि आफुलाई शंका लागेमा "तद्वीद्धि प्रणिपातेन परिप्रश्नेन सेवया। उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्वदर्शिन ://अर्थात् त्यो ज्ञान प्राप्तगर्न गुरुलाई साष्टाङ्गदण्डवत् गरि सेवाका साथ अत्यन्त विनितभावले प्रश्न गर्नु पर्दछ अनि ज्ञानी र तत्वदर्शी गुरुहरुले उपदेश गर्नेछन र"गुरुर्वाक्यं सदा सत्यं " गुरुले दिएको ज्ञानलाई सधैं सत्य पूर्णविश्वास भयोभने मोक्ष पनि हुन् बेरलाग्दैन। त्यसैले बालक ध्रुवले गुरु नारद ऋषिले दिएको मन्त्रले ध्रुवलोक भेट्टाए ,प्रल्हाद मोक्ष भए। गुरु सानो, ठुलो, बुढो ,युवक ,तन्नेरी,जड ,चेतन ,थावर ,जङ्गम भन्ने हुँदैन जो बाट ज्ञान पाइन्छ त्यो गुरु हो। जस्तो दत्तात्रेयले जस -जसबाट ज्ञान प्राप्त गर्नुभयो त्यस -त्यसलाई चौबिस गुरु मान्नु भएको थियो। गुरुको महिमा धेरै अपरम्पारछ र गुरुको परिक्षा कसैले गरेमा असल ,ज्ञानी गुरुले श्राप दिएमा लाग्छ जस्तो भगवान श्री कृष्णको छोराहरु शाम्व आदिले जिस्काएकोले "बिश्वामित्रो असित:कण्वो दुर्वासा भृगुरङ्गीरा :/कश्यपो वामदेवो अत्रिर्वसिश्ठो नारदादय :"//अर्थात् विश्वामित्र ,असित ,कण्व ,दुर्वासा ,भृगु ,अङ्गिरा ,कश्यप ,बामदेव ,अत्रि ,वसिष्ठ र नारद ऋषिहरुलाई द्वारकाको नजिक पिण्डारकक्षेत्रमा छोरा मान्छेलाई छोरी मान्छे बनाएर परिक्षा गरेकोले ऋषिहरुले रिसाएर "मुसलं कुलानाशनम् "अर्थात् मूसल पैदा हुन्छ। जसले तिमीहरुको कुलनै नाश गर्नेवाला हुन्छ भनेर श्राप दिएकोले यदुबंसी कृष्णको सखाप भए। त्यसैले गुरुको परिक्षा गर्नु हुँदैन। गुरु भन्ने चिनेर मान ,फरकपर्ला इश्वरको बिधान!
साभार :- Shiwakoti Astro Center

15/07/2024

श्री पशुपतिनाथ कोटिहोम तथा नेपाल माहात्मय महा महोत्सव ।

भोलि साउन-१ गते देखि ३१ गते सम्म Pashupatinath हंशमण्डप मा भाेलि बमट १ हप्ता Radhika Daasi ji काे प्रवचन बिहान ८ बजे बाट प्रारम्भ ।

पबित्र श्रावण मास भरि चल्ने यस दिब्य कोटिहोम उत्सवमा सहभागी बन्नुहोस ।
आयोजक - @मानव सेवा फाउण्डेसन नेपाल नेपाल माहात्म्य - २०८१
#पशुपतिनाथ
#धर्म रक्षा

04/07/2024
ऐतिहासिक रूपमा, पहिलो पटक Pashupatinath Temple परिसरमा आयोजना  हुन लायकाे श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व...
29/06/2024

ऐतिहासिक रूपमा, पहिलो पटक Pashupatinath Temple परिसरमा आयोजना हुन लायकाे श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ - २०८१ मा एकबार अवश्य आउनुहोस्।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो सम्पदा हाम्राे संस्कृति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share