News Diary

News Diary ब्रेकिङ न्युज | अपडेट | विशेष रिपोर्ट
किनकि तथ्य महत्वपूर्ण छ।

प्रत्यक्षदर्शी भन्छन्- प्रहरीले गणेश नेपालीलाई कुटेको थियो
10/07/2026

प्रत्यक्षदर्शी भन्छन्- प्रहरीले गणेश नेपालीलाई कुटेको थियो

10/07/2026

ब्रेकिङ न्यूज

आत्मदाह प्रयासको घटनापछि गृहमन्त्री सुदन गुरुङ ले घटनाबारे विस्तृत जानकारी लिन काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, महानगर प्रहरी प्रमुख तथा कार्यवाहक मेयर सुनिता डंगोललाई मन्त्रालयमा बोलाएका छन्।
घटनाको वास्तविक अवस्था, नगरप्रहरीको भूमिकालगायत सम्पूर्ण विषयमा जानकारी लिएर आवश्यक निर्देशन दिने तयारी गरिएको जनाइएको छ। घटनाबारे सम्बन्धित निकायबाट थप अनुसन्धान जारी रहेको छ।

23/06/2026

त्यो डाकालाई खोज्नु पर्यो रे 😁

23/06/2026

प्रधानमन्त्री बस्ने रिसोर्टमा सबै सीसीटीभी बन्द गरिएको, बाहिरी पाहुना तथा आगन्तुकलाई समेत प्रवेशमा रोक लगाइएको विषय सार्वजनिक भएपछि विभिन्न प्रश्न उठ्न थालेका छन्। यदि त्यहाँ कुनै गलत गतिविधि नभएको हो भने यति धेरै गोपनीयता अपनाइनुको कारण के हो भन्ने चासो सर्वसाधारणमा बढेको छ। घटनाबारे स्पष्ट जानकारी र पारदर्शिताको माग समेत हुन थालेको छ।

नयाँ कीर्तिमान, फेरि एकपटक अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको नाममा! 🇦🇷👑लियो मेस्सी फिफा विश्वकप इतिहासमा सर्वाधिक १७ ...
22/06/2026

नयाँ कीर्तिमान, फेरि एकपटक अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको नाममा! 🇦🇷👑
लियो मेस्सी फिफा विश्वकप इतिहासमा सर्वाधिक १७ गोल गर्ने पुरुष खेलाडी बनेका छन्।
बधाई छ, मेस्सी! 👏⚽

चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’को अमेरिकामा निधन भएको छ।उनको निधनको खबर हास्य कलाकार मनोज गजुरेलले सामाजिक सञ्जालम...
21/06/2026

चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’को अमेरिकामा निधन भएको छ।

उनको निधनको खबर हास्य कलाकार मनोज गजुरेलले सामाजिक सञ्जालमार्फत पुष्टि गर्दै गहिरो समवेदना व्यक्त गरेका छन्।

शर्मा लोकप्रिय टेलिश्रृंखला ‘चतुरेको दाउपेच’बाट दर्शकमाझ परिचित बनेका थिए। उनको निधनले नेपाली हास्य क्षेत्रलाई अपूरणीय क्षति पुगेको कलाकार तथा शुभेच्छुकहरूले बताएका छन्।

प्रधानमन्त्री बालेन शाह छोरीलाई काखमा बोकेर भरतपुर आइपुगेका छन्। उनी सहभागी हुने कार्यक्रमअघि खिचिएको उक्त तस्बिर नेपाल ...
21/06/2026

प्रधानमन्त्री बालेन शाह छोरीलाई काखमा बोकेर भरतपुर आइपुगेका छन्। उनी सहभागी हुने कार्यक्रमअघि खिचिएको उक्त तस्बिर नेपाल फोटो लाइब्रेरीले सार्वजनिक गरेको हो।

🛑 ब्रेकिङ न्युज 🛑📢 ड्राइभिङ लाइसेन्स रिन्यू गर्न आवश्यक छैन : 📢 सांसद हर्क साम्पाङको भनाइ“ड्राइभिङ लाइसेन्स बारम्बार रिन...
21/06/2026

🛑 ब्रेकिङ न्युज 🛑

📢 ड्राइभिङ लाइसेन्स रिन्यू गर्न आवश्यक छैन :

📢 सांसद हर्क साम्पाङको भनाइ

“ड्राइभिङ लाइसेन्स बारम्बार रिन्यू गरिरहन आवश्यक छैन,”
भन्दै सांसद हर्क साम्पाङले आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ।

उनका अनुसार,
👉 “एक पटक लाइसेन्स पाएपछि चालकले नियम सिकिसकेको हुन्छ, त्यसैले बारम्बार रिन्यू गर्नु समय र पैसाको अनावश्यक खर्च हो।”

यस विषयमा विभिन्न पक्षबाट प्रतिक्रिया आउन थालेको छ भने नीति निर्माण तहमा छलफल आवश्यक रहेको देखिन्छ।

---

📰 थप अपडेटका लागि प्रतीक्षा गर्नुहोस्

21/06/2026

⚠️ सधैं सचेत रहौं, सुरक्षित रहौं!

🔥 भिजेको कम्बल/कपडाले आगो कसरी निभाउने?

✅ १. कपडा वा कम्बल भिजाउनुहोस्

पानीले राम्रोसँग भिजाउनुहोस् (सुक्खा नहोस्)

धेरै निचोर्नु पर्दैन, हल्का भिजेको भए पुग्छ

✅ २. सानो आगोमा मात्र प्रयोग गर्नुहोस्

यो तरिका सानो आगो (जस्तै भान्साको आगो, कपडामा लागेको आगो) मा मात्र सुरक्षित हुन्छ

ठूलो आगोमा प्रयोग नगर्नुहोस्

✅ ३. आगोलाई छोप्नुहोस् (Smother technique)

भिजेको कम्बल/कपडा सिधै आगोमाथि राखेर छोप्नुहोस्

यसले अक्सिजन बन्द गर्छ र आगो निभ्छ

✅ ४. आफ्नो शरीर जोगाउनुहोस्

हात जोगाउन कपडा वा दस्तो प्रयोग गर्नुहोस्

अनुहार टाढा राख्नुहोस्

---

⚠️ महत्वपूर्ण सावधानी:

तेल वा ग्यासको ठूलो आगोमा यो प्रयोग नगर्नुहोस्

बिजुलीको आगोमा पानी प्रयोग गर्नु हुँदैन ⚡

आगो नियन्त्रण बाहिर गए तुरुन्त बाहिर निस्कनुहोस् र दमकल बोलाउनुहोस्

🧠 टिप:
👉 “आगो = अक्सिजन + तातो + इन्धन”
👉 अक्सिजन बन्द गर्‍यो भने आगो निभ्छ

⚠️ सधैं सचेत रहौं, सुरक्षित रहौं!

Source: Social Media (Facebook)

❌️FIFA STRICT RULES विश्वकपमा मुख छोपेर बोल्दा रातो कार्डफिफा विश्वकप २०२६ अन्तर्गत पाराग्वे र टर्कीबीच भएको खेलमा पाराग...
21/06/2026

❌️FIFA STRICT RULES
विश्वकपमा मुख छोपेर बोल्दा रातो कार्ड

फिफा विश्वकप २०२६ अन्तर्गत पाराग्वे र टर्कीबीच भएको खेलमा पाराग्वेका मिगुएल अल्मिरोनले मुख छोपेर बोलेको कारण रातो कार्ड पाएका छन्।

इन्ज्युरी समयको तेस्रो मिनेटमा फललाई लिएर दुई टोलीका खेलाडीबीच विवाद भएको थियो। सोही क्रममा अल्मिरोनले टर्कीका एक खेलाडीसँग मुख छोपेर संवाद गरेका थिए।

फिफाले प्रतियोगिता सुरु हुनुअघि नै मुख छोपेर बोल्दा विवादास्पद अभिव्यक्ति लुकाउन सकिने र खेलमा तनाव बढ्न सक्ने भन्दै यस्तो व्यवहारलाई कडा कारबाही गरिने चेतावनी दिएको थियो।

खेलका रेफ्रीले भिएआर (VAR) को सहायता लिएर अल्मिरोनले मुख छोपेर बोलेको पुष्टि गरेपछि उनलाई सिधै रातो कार्ड देखाएका हुन्।

Address

Kathmandu
Sirsa
44600

Website

Alerts

Be the first to know and let us send you an email when News Diary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Diary:

Shortcuts

Share