Khusi Ban

Khusi Ban खुशी बन।
दाँत देखाएर बाँच्नेहरू मात्र।
Bagmati ले फर्काएका सपना, खोक्रो मुस्कान।

प्रिय गगन थापा ज्यू,नमस्कार!म खुसी बन यो देशको एक सामान्य नागरिक, जसले वर्षौंदेखि नेपाली कांग्रेसलाई आशा र विकल्पको रूपम...
15/01/2026

प्रिय गगन थापा ज्यू,

नमस्कार!

म खुसी बन यो देशको एक सामान्य नागरिक, जसले वर्षौंदेखि नेपाली कांग्रेसलाई आशा र विकल्पको रूपमा हेर्दै आएको छु। तर आज यो पत्र लेख्न बाध्य भएको छु किनभने मनभित्रको पीडा र निराशा अब लुकाउन सकिरहेको छैन।

तपाईंलाई थाहा नै छ, आजको नेपाली कांग्रेस यस्तो अवस्थामा पुगेको छ
**भ्रष्ट कांग्रेस**
**प्रष्ट कांग्रेस**
**छरपस्ट कांग्रेस**
र सबैभन्दा ठूलो कुरा अझै पनि ढिँढोरा पिट्दै "हामी नै विकल्प हौं" भन्ने कांग्रेस।

जब देशमा भ्रष्टाचारले सर्लक्कै खाइरहेको छ, सहकारी ठगीदेखि ठूला आयोजनासम्म सबैतिर कमिसनको कुरा चल्छ, तब कांग्रेसका पुराना नेताहरूको चुपचाप र मौनताले मन दुख्छ। जब नातावाद, कृपावाद र परिवारवादले पार्टीको टाउकोदेखि पाउसम्म छोपेको छ, तब नयाँ पुस्ताले गरेको संघर्षलाई पनि "अनुशासनहीनता" को नाम दिएर कारबाही गरिन्छ। यो सब देख्दा लाग्छ यो पार्टी अब सुशासन र पारदर्शिताको कुरा गर्न योग्य पनि बाँकी रहेनछ।

तपाईंले पटक-पटक भ्रष्टाचारविरुद्ध बोलेर, आयोग बनाउनुपर्छ भनेर आवाज उठाउनुभयो। तपाईंले युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टीभित्र परिवर्तनको प्रयास गर्नुभयो। तर आज तपाईंलाई नै निष्कासनको सजाय दिइएको छ। यो कस्तो विडम्बना हो जसले भ्रष्टाचारको विरोध गर्छ, उसैलाई "अनुचित कार्य" गरेको आरोप लगाएर बाहिर निकालिन्छ।

अब प्रश्न यो छ
यो पार्टीले कहिले आफैंलाई हेर्ने?
कहिले भ्रष्टाचारको विरुद्धमा साँच्चै लड्ने?
कहिले "हामी नै विकल्प हौं" भन्ने ढोंग छोडेर वास्तविक विकल्प बन्ने?

मलाई थाहा छ, तपाईं अहिले पनि हार मान्नु भएको छैन। विशेष महाधिवेशनबाट नयाँ बाटो खोज्ने प्रयास जारी छ। तर यो बाटो सजिलो छैन। देशले अब केवल बोली होइन, व्यवहारमा सुशासन देख्न चाहन्छ। कांग्रेसले यदि साँच्चै परिवर्तन चाहन्छ भने, पहिला आफैंलाई सफा गर्नुपर्छ भ्रष्टहरूको संरक्षण छोड्नुपर्छ, परिवारवादको जन्जिर तोड्नुपर्छ, र साँच्चै जनताको पार्टी बन्नुपर्छ।

तपाईंलाई यो पत्र लेख्दै गर्दा मेरो मनमा एउटै आशा छ तपाईंहरूको यो संघर्ष व्यर्थ नजाओस्। तपाईंहरूले उठाएको आवाजले कांग्रेसलाई पुरानो बन्द बाकसबाट बाहिर निकालोस्। र एक दिन यो देशले फेरि भन्न सकोस् "कांग्रेस भनेको नै विकल्प हो।"

जनताको तर्फबाट एक सानो आवाज।

धन्यवाद।

खुसी बन
मिति: २०८२ माघ १ (January 15, 2026)

भ्रष्ट कांग्रेस  प्रस्ट कांग्रेस  छरपस्ट कांग्रेस  अनि सबैभन्दा ठूलो अझै पनि "हामी नै विकल्प हौं" भन्ने कांग्रेस
15/01/2026

भ्रष्ट कांग्रेस
प्रस्ट कांग्रेस
छरपस्ट कांग्रेस
अनि सबैभन्दा ठूलो अझै पनि "हामी नै विकल्प हौं" भन्ने कांग्रेस

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Khusi Ban posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khusi Ban:

Share