Ashakakiran

Ashakakiran Digital News Portal From Nepal

19/10/2025

काठमाडौंको ६२ ठाउँमा बालेनको नेतृत्व रहेको काठमाडौं महानगरले संचालनमा ल्यायो मास्ट लाईट !

19/10/2025

पत्रकारको खरो प्रश्नमा केपी ओलीको यस्तो जवाफ

19/10/2025

जेनजी आन्दोलनपछि पहिलोपटक पत्रकारसँग आमने सामने हुँदै एमाले अध्यक्ष केपी ओली

विपदमा यसरी जनताको सेवामा खट्दै छ काठमाडौं महानगर प्रहरी । Balen Shahले अहोरात्र जनताको सेवामा दत्त चित्त भएर लाग्न निर्...
04/10/2025

विपदमा यसरी जनताको सेवामा खट्दै छ काठमाडौं महानगर प्रहरी । Balen Shahले अहोरात्र जनताको सेवामा दत्त चित्त भएर लाग्न निर्देशन दिएका थिए ।

जहाँ विपद त्यहाँ महानगर प्रहरी । बालेनले सशक्त बनाएको काठमाडौं महानगर प्रहरी काठमाडौंवासीको सेवामा ।
04/10/2025

जहाँ विपद त्यहाँ महानगर प्रहरी । बालेनले सशक्त बनाएको काठमाडौं महानगर प्रहरी काठमाडौंवासीको सेवामा ।

04/10/2025

विपदमा बालेन । काठमाडौं महानगर प्रहरी जनताको साथमा ।

काठमाडौँ महानगरको पहल: गोठदेखि ओठसम्म दुध र दुग्धजन्य खाद्य पदार्थको स्वच्छतामा ध्यान दिनुपर्नेमा जोड‘स्वच्छ खाना, उत्कृ...
28/09/2025

काठमाडौँ महानगरको पहल: गोठदेखि ओठसम्म दुध र दुग्धजन्य खाद्य पदार्थको स्वच्छतामा ध्यान दिनुपर्नेमा जोड

‘स्वच्छ खाना, उत्कृष्ट व्यापार’ नारासहित डेरी व्यवसायीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपभोक्ताले स्वच्छ दूध र दुग्धजन्य पदार्थ उपभोग गर्न पाउनुपर्छ र व्यवसायीको व्यवसायलाई सुदृढ तथा व्यवस्थित बनाउनुपर्छ भन्ने उद्देश्यले ‘स्वच्छ खाना, उत्कृष्ट व्यापार’ नारासहित डेरी पसल र साना दूध तथा दुग्ध पदार्थ प्रशोधन व्यवसायी सुधारका लागि क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा दूध र दुग्धजन्य व्यवसायसँग सम्बन्धित कानुनी प्रावधान, व्यवसाय सञ्चालनमा अपनाइएका र अपनाउनुपर्ने अभ्यास, खाद्य स्वच्छता कायम गर्ने तरिका, बिक्री–वितरण र प्रशोधन स्थलको अवस्था, आवश्यक भौतिक संरचना, लेबलिङ प्रक्रिया, उत्पादनको स्वाद परीक्षणलगायत विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षकहरूले विशेष गरी जनावरबाट उत्पादित दुग्धजन्य पदार्थमा 'गोठदेखि ओठसम्म' खाद्य स्वच्छता कायम गर्नुपर्नेमा जोड दिइएको थियो ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार दूषित खानपानका कारण विश्वभर करिब ६० करोड मानिस बिरामी पर्ने र वार्षिक ४ लाख २० हजारको मृत्यु हुने गरेको तथ्य प्रस्तुत गर्दै रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिइयो। यही कारणले काठमाडौँ महानगरपालिकाले खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रमलाई प्राथमिकता दिँदै आएको काठमाडौँ महानगरपालिकाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीले बताउनु भयो ।

'चाडबाडको समयमा दुग्धजन्य वस्तुको अत्यधिक खपत हुन्छ। हाम्रा घरमा बालबालिका र वृद्धवृद्धाले यस्ता वस्तु उपभोग गर्छन्, जो स्वास्थ्यको दृष्टिकोणले सबैभन्दा जोखिममा हुन्छन्। त्यसैले, उहाँहरूले उपभोग गर्ने खाद्यवस्तु सुरक्षित हुनुपर्छ भन्ने हाम्रो पहिलेदेखिको प्राथमिकता हो। यसपटक चाडबाडमा विशेष ध्यान दिएर यो कार्यक्रम आयोजना गरेका हौँ,' गिरीले थप्नु भयो 'चाडबाडमा दुग्धजन्य पदार्थको ठूलो परिमाणमा किनबेच हुन्छ। धेरै परिमाणमा व्यवसाय हुँदा स्वच्छता र भण्डारणमा ध्यान नपुग्न सक्छ। त्यसैले, व्यवसायीहरूलाई यस्ता प्राविधिक कुराहरूको ज्ञान दिन यो कार्यक्रम आयोजना गरिएको हो। उपभोक्ताको हितका लागि महानगरपालिकाले यो कदम चालेको हो।'
काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेले भन्नुभयो, “महानगरपालिकाले उपभोक्ताको हितका लागि खाद्य स्वच्छता कायम राख्न विविध कार्यक्रम गर्दै आएको छ । सोझै अनुगमन गर्नुभन्दा अघि व्यवसायीका कुरा पनि सुनौँ, उहाँहरूले के–कसरी व्यवसाय सञ्चालन गर्नुभएको छ, त्यो बुझौँ र सुधार गर्नुपर्ने कुरामा सचेत गराऔँ भन्ने उद्देश्यले कार्यक्रम राखिएको हो ।”

न्यौपानेका अनुसार दुध र दुग्धजन्य पदार्थ प्रायः सबै उपभोक्ताले उपभोग गर्ने भएकाले सानो गल्ती हुँदा पनि ठूलो संख्यामा मानिस बिरामी पर्न सक्ने सम्भावना रहन्छ । त्यसैले दुधमा प्रयोग हुने पानीको गुणस्तर, विक्री–वितरणका लागि प्रयोग हुने प्लास्टिक वा रबरको गुणस्तर, भण्डारणको तरिका आदिमा व्यवसायीहरू निकै सचेत हुनुपर्छ । न्यौपानेले भन्नुभयो, “संक्रमण सानो लापरबाहीबाट हुने भएकाले यो उपभोक्ताको मात्र होइन, व्यवसायीको पनि हितको कुरा हो । त्यसैले महानगर अनुगमन गर्ने भनेर व्यवसायीलाई तर्साउन चाहँदैन, हामी सबैले आफ्नो कर्तव्य र जिम्मेवारी नभुलौँ ।”
महानगरपालिकाका विज्ञ सल्लाहकार जीवनप्रभा लामाले भन्नुभयो, “स्वच्छता सम्बन्धी प्रशिक्षण कार्यक्रम मात्र नभई व्यवसायीले गरिराख्नुभएको कामलाई अझ स्वच्छ र अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले यो ज्ञान आदान–प्रदान गर्ने अवसरका रूपमा आयोजना गरिएको हो । कतिपय व्यवसायी व्यवहारमै राम्रो काम गर्दै आउनुभएको हुन सक्छ, त्यसैले उहाँहरूको अनुभव र सुझाव लिने र हाम्रो ज्ञान र अनुभव दिने उद्देश्यले यस्तो कार्यक्रम गरिएको हो ।”

लामाका अनुसार यसअघि माछामासु, होटल–रेष्टुरेन्ट, मिठाई व्यवसायीलाई प्रशिक्षण दिइएकोमा यस पटक दशैँ–तिहारमा दुध र दुग्धजन्य पदार्थको उपभोग बढ्ने भएकाले डेरी व्यवसायीलाई लक्षित गरी तालिम दिइएको हो । यस्ता अन्तर्क्रियात्मक कार्यक्रमहरूले हामी सबैको व्यवहार सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउँछ भन्ने हाम्रो विश्वास छ ।

प्रशिक्षार्थीका रूपमा आउनुभएकी दुग्ध विकास संस्थानकी प्राविधिक अलिसा उलले भन्नुभयो, “महानगरले दुध र दुग्धजन्य व्यवसायीलाई दिएको यो प्रशिक्षण अत्यन्तै उपयोगी छ । किसानदेखि उपभोक्तासम्म सबै तहमा स्वच्छता सम्बन्धी ज्ञान लिन र दिन जरुरी छ । गोठदेखि ओठसम्म नै स्वच्छता कायम गर्ने सोच अपनाउनुपर्छ । सबै सरोकारवाला आ–आफ्नो क्षेत्रबाट जागरूक भएमा लक्षित उपलब्धि हासिल गर्न सकिन्छ ।”

त्यस्तै प्रशिक्षार्थीका रूपमै आउनुभएका नेपाल डेरी एसोसिएसनका केन्द्रीय सल्लाहकार व्यवसायी रमेश सञ्जेलले भन्नुभयो, “अहिले व्यवसाय केही अस्तव्यस्त देखिएको छ । यसलाई व्यवस्थित गर्नका लागि महानगरको यो पहल निकै राम्रो छ । साना डेरी व्यवसायीलाई आफूले उत्पादन गर्ने सामानको गुणस्तरबारे थाहा हुँदैन । यस्तो प्रशिक्षणले साना व्यवसायीलाई आफ्नो उत्पादनको गुणस्तर बुझ्न र सुधार गर्न सहयोग पुर्‍याउँछ । साथै, महानगरले बोलाउँदा व्यवसायीको आत्मबल पनि बढेको छ ।”
खाद्य सुरक्षा प्रशिक्षक एवं अडिटर नवीन कर्माचार्यले पनि व्यवसायीले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिजुभयो । उहाँले भन्नुभयो, “यसपछि महानगरले अनुगमन पनि गर्नेछ । अनुगमनको उद्देश्य गल्ती पत्ता लगाएर कारबाही गर्नु मात्र होइन, सुधार गर्नु हो भन्ने कुरा बुझ्न जरुरी छ । महानगरपालिकाले गरेको यो पहल अत्यन्त प्रशंसनीय छ । देशका अन्य पालिकाले पनि यस्तै पहल गरे व्यवसायी सचेत हुने र उपभोक्ताले स्वच्छ खाद्यवस्तु उपभोग गर्न पाउने अवस्था छिट्टै आउँछ ।”
नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपकप्रसाद धमलाले प्रशिक्षण निरन्तर हुनुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो, “प्रत्येक वर्ष नयाँ व्यवसायी थपिन्छन्, नयाँ प्रविधि पनि भित्रिन्छ । मानिसले जानेर पनि कतिपय कुरा व्यवहारमा अपनाउँदैनन् । त्यस्ता व्यक्तिलाई यस्ता प्रशिक्षणले घचघच्याउने भएकाले समय समयमा यस्तो तालिम हुनु जरुरी छ ।”

त्यस्तै, नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य रविशरण थापा भन्नुहुन्छ, “मानिसहरू अहिले विभिन्न रोगका कारण मासुजन्य भन्दा शाकाहारी पदार्थतर्फ आकर्षित भएका छन् । महानगरले खाद्य स्वच्छतासम्बन्धी सुरु गरेको अभियानलाई यहाँ मात्र सीमित नराखी, साना–ठूला सबै व्यवसायीलाई प्रत्येक वडास्तरमै तालिम दिन सकियो भने अझ राम्रो उपलब्धि मिल्ने थियो ।”
डेरी पसल तथा दुग्ध पदार्थ प्रशोधन व्यवसायी सुधारका लागि आयोजित यस क्षमता विकास कार्यशालामा विज्ञ सदस्य जीवनप्रभा लामा, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जन, नवीन कर्माचार्य, डा. आलोक श्रेष्ठ, अभितोष ढुंगेल, निर्बेक श्रेष्ठ, राकेश कुश्माललगायतका खाद्य स्वच्छता विज्ञहरूले प्रशिक्षण दिनुभएको थियो ।

27/09/2025

जेन जि आन्दोलपछि केपी ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा | फोन रेकर्ड चेक गरेर सार्वजनिक गरेर सरकारलाई आफुलाई कारवाही गर्न केपी ओलीको चुनौती |

सुरक्षा दिन नसक्ने अनी भाग्न खोज्यो भनेर हल्ला चलाउने : केपी ओली
27/09/2025

सुरक्षा दिन नसक्ने अनी भाग्न खोज्यो भनेर हल्ला चलाउने : केपी ओली

काठमाडौं महानगरद्वारा ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु महानगर सेवाबाट नागरिकलाई अधिक सेवा दिन्छौँ - अध्यक्ष र ...
23/09/2025

काठमाडौं महानगरद्वारा ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु

महानगर सेवाबाट नागरिकलाई अधिक सेवा दिन्छौँ - अध्यक्ष र उपाध्यक्षहरु

असोज ७, २०८२

काठमाडौँ । काठमाडौं महानगरपालिकाले प्रदान गरेको एम्बुलेन्सबाट ग्रामीण स्वास्थ्य सेवामा टेवा पुगेको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले धारणा राख्नुभएको छ । महानगरपालिकाले वितरण गरेका एम्बुलेन्स ग्रहण गर्न आज राष्ट्रिय सभा गृहमा आउनुभएका उहाँहरुले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाँ भन्नुहुन्छ, 'हाम्रा लागि यो ठुलो सहयोग हो ।'

सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत भन्नुहुन्छ, 'यो जनता जननता विचको मधुर सम्बन्ध विकासको नमूना हो ।' वैतडी जिल्लाको सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामी भन्नुहुन्छ, 'एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि बनाउँछौँ । कार्यविधिले सबैको पहुँचमा समान अवसर दिनेछ ।'

आ.व. २०८२/८३ को बजेट तथा कार्यक्रममा व्यवस्था गरेअनुसार देशभरका विभिन्न ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको छ।

यसअघि आ.व. २०८०/८१ को बजेटमा समेत निरन्तरता दिइएको कार्यक्रमअन्तर्गत नगरसभाको निर्णयबाट ३५ थान ‘बी-क्लास’ एम्बुलेन्स खरिद गरी वितरण गर्ने तयारी भएको थियो। बोलपत्र प्रक्रियामार्फत श्री अग्नि इन्करपोरेटेड प्रा.लि.सँग सम्झौता भई आपूर्ति भएका एम्बुलेन्सलाई प्राविधिक निरीक्षण टोलीमार्फत परीक्षण गरि प्रतिवेदन प्राप्त भएपछि वितरण प्रक्रिया अघि बढाइएको हो।

आ.व. २०८१/८२ मा समेत रु. ८ करोड १० लाख विनियोजन भई सोही गाउँपालिकामा एम्बुलेन्स सहयोग गरिएको र चालु आ.व. २०८२/८३ को नीति तथा कार्यक्रममा पनि निरन्तरता दिइँदै, बजेट शीर्षक नं. २५३१२ मा रु. ८ करोड १० लाख रकम छुट्याइएकाे छ।

महानगरले प्राप्त अनुरोध तथा मापदण्डका आधारमा छनोट भएका गाउँपालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो।

23/09/2025

दुर्गा प्रसाईको पत्रकार सम्मेलन

17/09/2025

जेन जिको आन्दोलनपछि जलेर यस्तो भएको रहेछ ललितपुरको मन्त्री क्वार्टर

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ashakakiran posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ashakakiran:

Share