14/09/2025
( बालेनको आगामी राजनैतिक यात्रा, सुशिलाको हातमा 🙄)
--------------------------------------------------------------------------------
हालसम्म, म कुनै राजनैतिक पार्टीमा छैन तर देश तथा विदेशको राजनैतिक परिवर्तनलाई नजिकबाट बुझ्ने कोसिस गर्ने एउटा शिक्षित , सचेत र भर्खरै ZenZ समूह पार गरेको नेपाली नागरिक हुँ म।
आज मलाइ , नेपालको हालको तरल राजनैतिक अवस्थामा मेरो र धेरै नेपालिको भरोसाको रुपमा उदाएका एक युवा तथा काठमाडौ महानगरका नगर प्रमुखक "बालेन शाह " को बारे २/४ शब्द खर्चिन मन लाग्यो ।
हिजोसम्म बालेनको , आगामी राजनैतिक भबिस्य उचाइमा जाँदै गरेको देखेको मान्छे म, आज उनको राजनैतिक भविष्य अत्यन्तै risk मा गएको स्पष्ट देख्न सकिन्छ । प्रमुख कारण एउटै छ "२१, फाल्गुन सम्म सरकारको performance" अथवा अब उनको राजनैतिक भविस्य उनको हातमा नभएर शुशिला कार्कीको हातमा गएको छ ।
आगामी राजनैतिक भविस्यको जम्मा दुई मार्ग :-
१. यदि, शुशिला कार्किले आम नेपाली जनताको आशा र GenZ को भावना र मर्म बुझेर, यो ६ महिनामा केही आशा जगाउन सके र समयमा चुनाव गराउनसके ,अबको १० बर्ष नेपालको राजनीति बालेनको हातमा जाने पक्का छ 🤗
२. तर, यो सरकार ,चुनावी सरकार( अंतरिम सरकार ) मात्र भएको र ६ महिनाभित्र चुनाव गराउन सक्नुलाइनै अबको लक्ष्य मानियो भने, बालेन सहित ZenZ पुस्ताको सम्पुर्ण राजनैतिक भविस्य , एउटा कुनै इतिहासमा सिमित रहने कुरामा दुईमत छैन।
बालेनलाई भगवान मान्ने ZenZ पुस्ताले उनैको आशा-भरोसामा यो protest गरेको सर्वविदितै छ । उहाँहरुको अथक प्रयास साथै केही आक्रोशले protest पनि सफल भयो र एक्कासी उहाँहरु प्रती ; म र म जस्ता आम नेपालिहरुको आशा झनै बढेर बढेर पनि गयो । १/२ दिन खुशी पनि साटियो।
तर protest सफल भएको खण्डमा के गर्ने ? कसरी जाँने ? कसरी जाँदा आगामी राजनैतिक बाटो सहज हुन्छ ? अनि आम नेपालीहरुले सोचेको जस्तो नेपालको परिवर्तन र political stability कसरी हुन्छ ? जस्ता आम चासोका विषयमा भने स्पष्ट खाका नहुनु र सरकार बनाउँदा गम्भीर त्रुटि हुनुले ; म जस्तो आम नेपालिहरुको मन अमिलो त भयोनै, बालेनको अगाडीको बाटो अत्यन्तै साँघुरो भएर गएको ,अब जो- कोहिलाइ पनि बुझ्न कठिन छैन ।
यो सरकारले अपेक्षाकृत काम गर्न कठिन , कारणहरु:-
क) धेरै निकायहरु जस्तै,पुलिस , अख्तियार , कर्मचारी , अदालत आदि पुरानै भ्रष्टहरुको कब्जामा हुँदा ती सबै निकायहरुबाट सहयोग नमिल्ने छर्लङ्ग छ।
ख) प्रतिनिधि-सभा नरहेको अवस्थामा रास्टृय सभाले काम गर्ने छ , जहाँ पुरानोहरुको मात्र हालिमुहाली छ।
ग) प्रतिनिधि-सभा विघटन भएपनी सभामुख र राष्ट्रिय-सभा कायमै छ , जहाँबाट निरन्तर, यो सरकार असफल बनाउने खेल खेलिने छ ।
घ) प्रदेश र स्थानीय निकायहरू हालसम्म कायमै रहेको हुँदा , त्यहाँबाट पनि असहयोग हुने निश्चितनै छ ।
ङ) जुनसुकै काम गर्न पनि ,अदालत द्वारा पर्खाल लगाइने कुरा झनै निश्चित छ ।
च ) ZenZ युवाहरू राजनैतिक नभएको र मिल्ने अवस्थानै नरहेको पक्का छ । उनिहरुलाइ फुटाउन पुरानाहरु लागिरहेको घाम जस्तै छर्लङ्ग छ।
छ) Protest सफल हुने बित्तिकै रास्वपा सभापतिलाई कुकुर खेदाइ खेद्नुले उनिहरुको धर्यता मापन त भएको छनै , गाह्रो पर्दा बैकल्पिक मानिएको रास्वपाले पनि अब आगामी गाह्रोहरुमा खुलेर काँध नहाल्ने आँकलन गर्न सकिन्छ।
ज) पुरानाहरुले चारैतिरबाट छेक्ने कुरा सर्वविदितै छ , जुन शुरु भैसकेको पनि छ ।
झ) कसैसँग सरकार चलाउने अनुभव नरहेको समुहले, सर्वाधिक ध्वस्त भएको नेपाल बनाउन कहाँबाट शुरु गर्ने र कहाँ पुग्ने लक्ष्य लिने भन्ने कुनै concrete plan आउनेमा पनि शंका छ। मेरो तर्फबाट भन्नुपर्दा १०० % नै छ । समय पनि ६ महिना मात्र।
त्रुटि कहाँ भयो ? 😥
Protest सफल भएपछि , सबै पुरानाहरु भागिसकेको अवस्था थियो ,सेना र पुलिसको तर्फबाट भरपुर सहयोग थियो। उक्त बेला संविधान भन्दा माथी people's voice भन्ने universal principle लाई आधार मानेर रास्ट्रपति भवन , सिंहदरबार , र संसद भवन कब्जा भएसङ्गै ,रोडबाटै "नागरिक सरकार"announce गर्नसक्नुपर्थो, संविधान र रास्ट्रपतिलाई निलम्बन गरि हाललाइ ८/१० बुँदे अन्तरिम संविधान जारी गरि कुनै बाधा र अड्चन बिना नगरिकलाइ मन छुने काम गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली , संासद मन्त्री बन्न नपाइने , कार्यकारीले अत्यन्तै बिज्ञलाई समेटेर मन्त्रीमण्डल गठन गर्न सकिने लगायतका मुल एजेन्डाहरु सहित १ बर्षको समयभित्र चुनावमा होमिएको भए, पुरानोहरुले अबको २५/३० बर्ष टाउको उठाउन सक्ने अवस्था थिएन । तर ,त्यो अब शुन्य जस्तै छ ।😥
conclusion : हातखुट्टा बाँधिएको अव्स्थामा नागरिकको भावना र मर्म अनुसार ६ महिनाभित्र कुनै परिवर्तन गर्न नसकिने , चाहिने भन्दा बढी आशाको चाङ , चैतर्फी हमला, विध्वंस नेपाल अनि अनुभवहिन नेतृत्व र धैर्यताबिहिन ZenZ समुहलाई सम्हाल्नुपर्ने कठोर यात्रामा रहेका ,अहिलेको protest को डिजाइनर मानिएका " बालेन शाह" को , अगामी राजनैतिक यात्राको पुर्णविराम लाग्ने संभावनालाई नकार्न सकिदैन ।
Thanks,
Comments plz🙏