नागरिक विद्रोह

नागरिक विद्रोह Official Website:
www.nagarikbidroha.com This portal is regulated by Project Media Pvt.Ltd.

Tourism Headlines is one of the leading tourism news portal in Nepal to explore, promote and extend of horizon of tourism industry in Nepal as for example mountaineering, trekking, travels, tours, hotels, jungle safari, paragliding, hiking, airlines, bungee jumping etc. We have daily more than 31 thousand visitors so, we have faith and confidence that we will able to brand and promote any companie

s or organizations through www.tourismheadlines.com related to tourism industry. which is registered in company register office Tripureshwar having registration number 133203/071/072 and also register in TAX office Putalisadak having VAT 602482800.

नेपालमा यसकै लागि जनतालाई ठग्दै राजनीति गर्दै आएका हुन्, तिनले बलिदान गरेका हैनन् लगानी गरेका हुन्। नं १ ठगहरू नेताहरू ह...
13/02/2025

नेपालमा यसकै लागि जनतालाई ठग्दै राजनीति गर्दै आएका हुन्, तिनले बलिदान गरेका हैनन् लगानी गरेका हुन्। नं १ ठगहरू नेताहरू हुन्। भ्रष्टाचार, ठगी र अपराध गर्ने र सुरक्षित हुने अचुक दाउ भनेकै राजनीतिमा लाग्नु हो।

Record: B***n Shah’s new song “Ma Nepal Haseko” is trending (Music) at No. 1 on YouTube in Nepal with around 1.9 million...
13/02/2025

Record: B***n Shah’s new song “Ma Nepal Haseko” is trending (Music) at No. 1 on YouTube in Nepal with around 1.9 million views within 2 days of its released which is one of the rare. 😯

21/01/2025

पछिल्ला वर्षहरूमा सामाजिक उद्यामशिलतामा युवाको चासो निकै बढेको देखिन्छ । सामाजिक उद्यमशिलता र सामाजिक प्रभाव अ...

मुलुकले २००७ सालको क्रान्ति यता अनेकन पटक राजनीतिक आन्दोलनको आरोह अवरोह खेप्यो । तर, असलमा नागरिकलाई आर्थिक रुपमा सम्पन्...
16/11/2024

मुलुकले २००७ सालको क्रान्ति यता अनेकन पटक राजनीतिक आन्दोलनको आरोह अवरोह खेप्यो । तर, असलमा नागरिकलाई आर्थिक रुपमा सम्पन्न गराउने काम त्यस यताको सात दशकमा चित्तबुझ्दो ढंगले हुन सकेन । मुलुकको राजनीतिक जीवनमा २००७ सालयता २०१५ सालको निर्वाचन, जननिर्वाचित सरकारको परिवर्तनकारी एजेण्डा सहितको सरकार, लगतै २०१७ सालको राजनीतिक “कू” हुदै २०३७ सालको विद्यार्थी आन्दोलनले मुलुलाई जनमत संग्रहमा पुर्‍यायो यो जनमत संग्रहपछि पनि राजनीतिक स्वतन्त्रता पाउनका लागि अर्को एक दशक पर्खनु को विकल्प रहेन
२०४६ सालको जनआन्दोलनले बहुदलीय व्यवस्था पुनःस्थापना गरेपनि लगतै २०५२ सालमा माओवादीले थालेको सशस्त्र द्धन्द्धमा हजारौं नागरिक शहादत भए । बहुदलीय व्यवस्थामा भित्रिएका बेथिति र माओवादीले चलाएको सशस्त्र द्धन्द्धको बिउबाट २०६०- २०६१ नपुग्दै राजाको प्रत्यक्ष शासन थोपरियो । त्यसैको परिणाम, नेपाली राजनीतिमा भएको ध्रुवीकरणले २०६२-०६३ सालको आन्दोलनको ज्वारभाटा सृजना गर्ने बाटोमा संसदीय मूलधारका पार्टी र सशस्त्र द्धन्द्धको बाटोमा रहेको माओवादीको मिलन गरायो । परिणाम,मुलुकबाट
राजतन्त्रको अन्त्य गणतन्त्रको स्थापना, संविधानसभाको निर्वाचन, नयाँ संविधानको घोषणा हुँदै संघीयताका कार्यान्वयनका लागि दुई पटकको आवधिक निर्वाचन सम्पन्न भए ।

राजनीतिक रुपको यो कायापलटले पनि पिँधमा रहेको वर्गको “काया” परिवर्तन गर्न सकेन । मुलुक आर्थिक रुपमा झन्झन्जर्जर बन्दै गयो । उत्पादनका मार्गहरु बढ्न सकेन । भएका उद्योगधन्दा रुग्ण बन्दै गए ।
निराशाको भट्टीमा जलेका युवा पाखुरी खाडीका मुलुकहरु, मलेशिया र कोरियामा जोखिमपूर्ण श्रम बेच्न बाध्य बनाइए । पौरखी पुस्ताहरु बाध्यकारी श्रममा हेलिँदा, बिचार बोक्नसक्नेयुवाहरु उच्च शिक्षाका नाममा युरोप, अमेरिका, अस्टेलियातिर “ब्रेन ड्रेन” का रुपमा भासिन विवश भए ।
यसरी मुलुक बृद्धाश्रमको बाटोमा हेलिँदा राज्य संयन्त्र बिचौलिया, दलाल, तस्कर, माफिया, भ्रष्टहरुको कब्जामा पर्दै गयो । सिंहदरबार, बालुवाटार सहितका शक्ति अखडाहरु तिनै वर्गको योजनामा भरिन थाल्यो संसारकै गरीब जनताले तिरेकोसंसारकै मंहगो करबाट दलतन्त्रका आसेपासे र बिचौलिया वर्ग पोषिँदा विकास निर्माण बजेट सकाउने मेलोमा अडकियो । विदेशका जोखिमपूर्ण श्रममा युवाले रगत पसिनासँग साटेको रेमिट्यान्स यहाँका केही भ्रष्टहरुको रजगज र जगजगी मच्चाउने बिर्ता बन्न पुगिरहेको छ ।
त्यसैले, अनेकन व्यवस्था परिवर्तनले पनि बदल्न नसकेको देश र नागरिकको अवस्था उल्ट्याउन अब बल भएका पाखुरी र विचार भएका दिमागी युवा एक ठाउँमा जोडिनुको विकल्पै छैन । देशभित्रका र विदेशमा
छरिएका तमाम युवालाई राष्ट्र निर्माणको महान्यज्ञमा हातेमालो गर्नका लागि हार्दिक आग्रह गर्दछु ।

"झिल्कोले लप्का हुँदै विशाल क्षेत्रलाई खरानी बनाउन सक्छ, यदि समयमा नै विद्यमान शासकहरू सचेत भएनन् भने।"
20/08/2024

"झिल्कोले लप्का हुँदै विशाल क्षेत्रलाई खरानी बनाउन सक्छ, यदि समयमा नै विद्यमान शासकहरू सचेत भएनन् भने।"

सन्दर्भ अन्तर्राष्ट्रिय युवा दिवसको, नेपाल निर्माणमा युवाहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ। युवाहरूको ऊर्जा, उत्साह, र ...
12/08/2024

सन्दर्भ अन्तर्राष्ट्रिय युवा दिवसको,
नेपाल निर्माणमा युवाहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ। युवाहरूको ऊर्जा, उत्साह, र सिर्जनशीलताले मुलुकको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा ठूलो योगदान पुर्‍याउन सक्छ। नेपाललाई समृद्ध मुलुक बनाउन आवश्यक विभिन्न राष्ट्रिय मुद्दाहरूलाई राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, रोजगार, र प्रशासकीय जस्ता विभिन्न क्षेत्रहरूमा विभाजन गरेर बुझ्न सकिन्छ। यी मुद्दाहरूमा युवाहरूको सक्रिय सहभागिता र नेतृत्व अत्यावश्यक छ, जसले मुलुकको दीर्घकालीन विकासमा ठोस परिवर्तन ल्याउन सक्छ।
१. राजनीतिक मुद्दाहरू:
-राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागी शासकीय स्वरुपमा परिवर्तन
-स्थानीय सरकारहरूको क्षमता विकास
-युवाको राजनीतिक सहभागिता र सशक्तीकरण
-समावेशीता र सामाजिक न्यायको प्रवर्द्धन
-भ्रष्टाचार नियन्त्रण र सुशासन
२. सामाजिक मुद्दाहरू:
-शिक्षा प्रणालीमा सुधार र गुणस्तरयुक्त शिक्षा
-स्वास्थ्य सेवाहरूको पहुँच र गुणस्तर सुधार
-लैङ्गिक समानता र महिला सशक्तीकरण
-सामाजिक सुरक्षा र बाल संरक्षण
-प्रविधिको पहुँच र डिजिटल साक्षरता
-युवा सशक्तीकरण र रोजगारी सिर्जना
३. आर्थिक मुद्दाहरू:
-उद्यमशीलता र स्टार्टअप्सको प्रवर्द्धन
-श्रम बजार सुधार र स्वरोजगार सिर्जना
-गरिबी न्यूनीकरण र समृद्धि प्रवर्द्धन
-आर्थिक संरचनाको विविधीकरण
-वित्तीय पहुँच र बैंकिङ्ग सेवा विस्तार
४. सांस्कृतिक मुद्दाहरू:
-सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन
-विविधता र समावेशी संस्कृतिको प्रवर्द्धन
-साहित्य, कला, र संगीतको विकास
-भाषा र परम्परागत ज्ञानको संरक्षण
-युवा सृजनशीलता र नवप्रवर्तन
५. रोजगार मुद्दाहरू:
-युवा स्वरोजगार र उद्यमशीलताको प्रवर्द्धन
-प्रवासी कामदारहरूका अधिकार संरक्षण
-रोजगारीका अवसरहरूको वृद्धि
-व्यावसायिक तालिम र सीप विकास
-श्रमिकहरूको अधिकार र सुरक्षा
६. प्रशासकीय मुद्दाहरू:
-सार्वजनिक सेवा सुधार र प्रविधिको प्रयोग
-भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन
-स्थानीय सरकारहरूको क्षमता विकास
-जनताको सेवा पहुँचमा वृद्धि
-आपतकालीन व्यवस्थापन र विपद् व्यवस्थापन
यी सबै मुद्दाहरूमा युवाहरूको सक्रियता र सशक्तीकरण नेपाललाई समृद्ध मुलुक बनाउने दिशामा निर्णायक कदम हुन्।

न लाज न  घिन मेरो देशको चरम दोहन अब सकिँदैन पटक्कै  सकिँदैन देश लुटपाट गरेको हेर्न एउटा प्रदेश सरकारमा यत्रो जम्बो लुटेर...
07/08/2024

न लाज न घिन
मेरो देशको चरम दोहन
अब सकिँदैन पटक्कै सकिँदैन देश लुटपाट गरेको हेर्न
एउटा प्रदेश सरकारमा यत्रो जम्बो लुटेराहरु

-बंगलादेशी प्रधानमन्त्री हसिनाले दिइन् राजीनामा, सेनाको हेलिकप्टरमार्फत भारतमा शरण-करिब तिन वर्षको अवधिमा दक्षिण एशियाली...
05/08/2024

-बंगलादेशी प्रधानमन्त्री हसिनाले दिइन् राजीनामा, सेनाको हेलिकप्टरमार्फत भारतमा शरण-
करिब तिन वर्षको अवधिमा दक्षिण एशियाली मुलक अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे र आज बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो देश छाडेर अर्को मुलुकमा शरण लिन बाध्य भएका छन् । यो लहर यत्तिकै नरोकिन सक्छ र यसको बाछिटाले अन्य दक्षिण एशियाली देशहरुमा पनि हान्न सक्छ ।
हेक्का रहोस शक्ति र सत्ता सधैँ स्थिर हुदैँन र मान्छेको स्वतन्त्रता यो वा त्यो बहानामा खुम्चिन/सीमित हुन सक्दैँन । तसर्थ बिद्रोहको लक्काले जो कोहिलाई जुन कुनैबेला पोल्न सक्छ ।

23/05/2024

कूटनीतिक निकायका आ-आफैँ नीति, मापदण्ड, नजिर र संवेदनशीलता हुन्छ भिडले न नीति परिवर्तन हुन्छ न विधी निर्धारण हुन्छ।

Address

Kathmandu
44600

Telephone

977-9851090241

Website

Alerts

Be the first to know and let us send you an email when नागरिक विद्रोह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नागरिक विद्रोह:

Share

Our Story

Tourism Headline is one of the leading tourism news portal in Nepal to explore, promote and extend of horizon of tourism industry in Nepal as for example mountaineering, trekking, travels, tours, hotels, jungle safari, paragliding, hiking, airlines, bungee jumping etc. We have daily more than 31 thousand visitors so, we have faith and confidence that we will able to brand and promote any companies or organizations through www.tourismheadline.com related to tourism industry. This portal is regulated by Project Media Pvt.Ltd. which is registered in company register office Tripureshwar having registration number 133203/071/072 and also register in TAX office Putalisadak having VAT 602482800.