Khulla Sanchar

Directions

Khulla Sanchar सूचना र मनोरञ्जन हामी सबैको लागि News Portal

08/10/2026

नेपाली कांग्रेस नगर अधिवेशनमा महामन्त्री कञ्चनचन्द्र वादेको विशेष सम्बोधन

07/10/2026

सामाजिक उत्तरदायित्वअन्तर्गत बालुवा सेकेन्डरी स्कुललाई शैक्षिक सामग्री हस्तान्तरण

नेपाल विद्युत प्राधिकरणअन्तर्गत तामाकोशी काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बालुवा सेकेन्डरी स्कुललाई विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।

कार्यक्रममा वडा नं. २ का अध्यक्ष श्री राजकुमार मल्लले विद्यालयका अध्यक्ष श्री कमल तामाङलाई ६५ थान कुर्सी, १ थान साउण्ड सिस्टम र १ थान प्रोजेक्टर हस्तान्तरण गर्नुभएको हो।

विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले उपलब्ध गराइएको उक्त सामग्रीले विद्यालयको पठनपाठन तथा अतिरिक्त शैक्षिक गतिविधिमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मण्डनदेउपुर_  नेपाली कांग्रेसको नियमित वडा अधिवेशनअन्तर्गत मण्डनदेउपुर नगरपालिका–३ मा सम्पन्न अधिवेशनबाट राजेन्द्र लामा ...
01/10/2026

मण्डनदेउपुर_ नेपाली कांग्रेसको नियमित वडा अधिवेशनअन्तर्गत मण्डनदेउपुर नगरपालिका–३ मा सम्पन्न अधिवेशनबाट राजेन्द्र लामा वडा सभापतिमा सर्वसम्मत चयन भएका छन्।

अधिवेशनबाट धावा तामाङ उपसभापति र कुमार बजगाईं सचिव मा चयन भएका छन्। पदाधिकारीसहित ९ सदस्यीय वडा कार्यसमिति समेत गठन गरिएको छ।

नवनिर्वाचित सभापति, पदाधिकारी तथा कार्यसमितिका सम्पूर्ण सदस्यहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको छ। नयाँ नेतृत्वले पार्टी संगठनलाई थप सुदृढ गर्दै स्थानीयस्तरमा जनताको भावना र आवश्यकतालाई केन्द्रमा राखेर संगठन विस्तार तथा सामाजिक सेवाका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

अधिवेशनले नेपाली कांग्रेसको वडा तहको संगठनलाई थप सक्रिय, एकताबद्ध र सशक्त बनाउने विश्वाससमेत व्यक्त गरिएको छ।

मण्डनदेउपुर–१ मा कांग्रेसको नयाँ नेतृत्व चयन, सभापतिमा अजय गहतराज निर्विरोधकाभ्रे ।नेपाली कांग्रेसको नियमित वडा अधिवेशनअ...
01/10/2026

मण्डनदेउपुर–१ मा कांग्रेसको नयाँ नेतृत्व चयन, सभापतिमा अजय गहतराज निर्विरोध

काभ्रे ।नेपाली कांग्रेसको नियमित वडा अधिवेशनअन्तर्गत मण्डनदेउपुर नगरपालिका–१ मा सम्पन्न वडा अधिवेशनले अजय गहतराजलाई सभापतिमा निर्विरोध निर्वाचित गरेको छ।

संगठनलाई थप मजबुत, एकताबद्ध र जनमुखी बनाउने प्रतिबद्धतासहित सम्पन्न अधिवेशनबाट गहतराजको नेतृत्वमा नयाँ वडा कार्यसमिति चयन गरिएको हो। अधिवेशनले वडा तहमा पार्टीको संगठन विस्तारसँगै कार्यकर्ताबीचको एकता र समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा सानु तामाङ र दिलकुमारी रिजाल सचिवमा प्रशान्त तामाङतथा सहसचिवमा राम कुमार तामाङ र केशव स्याङबो चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा सुनिता तामाङ, सीता तामाङ, दीपक गहतराज, शेरबहादुर तामाङ, कलिराज बि. क., ज्वारलाल तामाङ, जिरी माया तामाङ, ठूली माया तामाङ, ईश्वरी तामाङ, सुमित्रा तामाङ, राम शरण गहतराज, डोल्मा तामाङ, सरोज तामाङ, विनिता तामाङ, मन कुमारी गहतराज, मोती कुमारी तामाङ, पोते तामाङ, कामी सिंह तामाङ, सविना तामाङ, केशव तामाङ, सुक बहादुर तामाङ, ईमान सिंह तामाङ, ल्माङ्गै तामाङ, तिउरु तामाङ र कुमार सिंह तामाङ चयन हुनुभएको छ।

अधिवेशनबाट निर्विरोध निर्वाचित नयाँ नेतृत्वलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नयाँ कार्यसमितिले वडा तहमा कांग्रेसको संगठनलाई थप गतिशील बनाउँदै स्थानीय जनताका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

नवनिर्वाचित सभापति अजय गहतराजसहित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएक...
29/09/2026

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो।

21/09/2026

ट्राफिकसँग चालकको भएको थियो वि'वाद !

19/09/2026

यसपालि तीजको गीतहरु यस्तो थिए। संस्कृति कि विकृति 🤔

कविता को शिर्षक : माटोको सुगन्धमाटोको सुगन्धहिमाल हाँसेको देश हो यो,नदी बगेको भेष हो यो।पसिनाले लेखिएको कथा,वीर नेपालीको...
08/09/2026

कविता को शिर्षक : माटोको सुगन्ध

माटोको सुगन्ध
हिमाल हाँसेको देश हो यो,
नदी बगेको भेष हो यो।
पसिनाले लेखिएको कथा,
वीर नेपालीको देश हो यो।
कान्लाकान्लामा धान फुल्दा,
पाखापाखामा फूल खुल्दा,
मादल बज्छ गाउँको चौतारो,
मन किन नाच्दैन गीत सुन्दा?
आमाको हातको भात मिठो,
बारीको सागको स्वाद मिठो।
परदेशका महलभन्दा पनि,
आफ्नै छानोको छायाँ मिठो।
हलोजुवा बोकेको काँध,
देश बनाउने बलियो बाँध।
यही माटोमा पसिना पोख्दा,
यहीँ फुल्छ सुनौलो साध।
युवाका आँखा सपनाले भरून्,
खाली खेतमा बीउहरू छरून्।
परिश्रमलाई पूजा मानी,
आफ्नै गाउँमा भविष्य गरून्।
मेची बोलोस्, महाकाली बोलोस्,
हिमालसँग तराई डोलोस्।
जाति, भाषा, भेष अनेक भए पनि,
नेपाली मन एउटै होस्।
झगडा होइन हातेमालो गरौँ,
अँध्यारो होइन दीप बालौँ।
अरूले बनाइदेला भनेर होइन,
आफ्नै हातले नेपाल सजाऔँ।
देश भनेको नक्सा मात्रै होइन,
माटो मात्रै, ढुङ्गा मात्रै होइन।
आमाको आँसु, बाबुको पसिना,
सन्तानको सपना—देश यही हो।
जति टाढा पुगे पनि मन,
नबिर्सियोस् आफ्नो आँगन।
जन्मभूमिको ऋण तिर्ने हो भने,
सत्य र श्रम बनोस् जीवन।

लेखक :- गोबिन्द राज ओझा (राजन)

"ग्रिन आर्मी" को दर्ता मिति : २०७८ साउन १२ गते
04/09/2026

"ग्रिन आर्मी" को दर्ता मिति : २०७८ साउन १२ गते

30/08/2026

चरौदी घ्याल्चोक जोड्ने अर्को पुल आज २०८३-०५-१४ गते त्रिसुलि नदिमा आएको बाढिले बगायो।

Address

Bagmati
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Khulla Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share