Saharatimes

Saharatimes प्रत्येक महिना १ गते र १६ गते नियमित प्रकाशन हुँदै आएको सहारा टाइम्स ।
(1)

09/09/2026
08/09/2026
रसुवा भोटेकोशीमा आएको बाढीको क्षति बारे अर्थमन्त्रीको अपडेट
06/09/2026

रसुवा भोटेकोशीमा आएको बाढीको क्षति बारे अर्थमन्त्रीको अपडेट

05/09/2026

भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपाल-चीन सीमा क्षेत्रमा भौतिक संरचनाका साथै सीमा स्तम्भहरूसमेत बगेको थियो।
पछिल्लो तीन दिनको निरन्तर प्रयासपछि नेपाली सीमामा राष्ट्रिय झण्डा पुनर्स्थापना गरिएको छ।
बाढीको प्रभाव र कटान जारी रहेकाले नेपालतर्फबाट सीमा पहिचान गरी झण्डा गाड्न निकै असहज भएको थियो।
तर, जोखिमपूर्ण अवस्थाका बाबजुद सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको समन्वयमा नेपाली सीमा क्षेत्रमा पुनः नेपालको झण्डा फहराइएको छ।

05/09/2026

बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा जीवितै उद्धार गरिएकी बिदुर नगरपालिका–१० की चन्द्रिका श्रेष्ठ

05/09/2026

अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा), नेपालका संरक्षक, राष्ट्रिय सभा सदस्य तथा मधेसका सर्वमान्य नेता माननीय महन्थ ठाकुरको मुटुको ...
05/09/2026

जनता समाजवादी पार्टी (जसपा), नेपालका संरक्षक, राष्ट्रिय सभा सदस्य तथा मधेसका सर्वमान्य नेता माननीय महन्थ ठाकुरको मुटुको पेसमेकर सफलतापूर्वक परिवर्तन गरिएको छ। काठमाडौँस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उहाँको पेसमेकर प्रतिस्थापन गरिएको हो।

चिकित्सकहरूका अनुसार उपचार सफल भई ठाकुरको स्वास्थ्य स्थिति सामान्य रहेको छ र उहाँलाई आजै साँझ अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको छ। उहाँ आजै डिस्चार्ज हुने खबरले नेता तथा कार्यकर्ताहरूमा खुसीयाली छाएको छ।

यसैबिच, अस्पतालमा उपचाररत नेता ठाकुरको स्वास्थ्य अवस्था बुझ्न र शीघ्र स्वास्थ्यलाभको कामना गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू शहीद गंगालाल हृदयरोग निवारण केन्द्र पुग्नुभएको छ।

जसपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री माननीय उपेन्द्र यादवले अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। सो क्रममा पार्टीका महासचिव प्रकाश अधिकारी, सचिव एवं मधेस प्रदेशका पूर्वमन्त्री शैलेन्द्र साह र केन्द्रीय सदस्य भुवनेश्वर चौधरीको पनि उपस्थिति रहेको थियो।

त्यसैगरी, जसपा नेपालका सहअध्यक्ष एवं पूर्वमन्त्री शरद सिंह भण्डारी, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, जसपा नेपालका नेता एवं पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादव, उपाध्यक्ष गोविन्द चौधरी, उपमहासचिव एवं प्रदेश सांसद जयनुल राइन, राष्ट्रिय मुक्ति पार्टीका महासचिव अनिल कुमार महासेठ, तथा केन्द्रीय सदस्यहरू उदय चन्द्र मिश्र, रेणु झा, विमलेश कुमार झा र राकेश झा लगायतका नेताहरूले अस्पताल पुगेर उहाँको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Saharatimes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saharatimes:

Shortcuts

Share