Dipa Simkhada

Dipa Simkhada Official Page Of Dipa Simkhada We have tried our best to make your visit worth. We are sure you will really enjoy browsing through some of them.

So here are some posts, videos and photos that you can find something of your taste. Please do not hesitate to Like and leave your comments. Be Happy, Be Bright and Be You!

पहिले पहिले के प्रेमपत्र पठाउँथे रे है  , एउटा चिठी पुग्न हप्ता दिन लाग्थ्यो रे जवाफ आउन फेरि अर्को हप्ता। अहिले त ओ हो ...
05/06/2026

पहिले पहिले के प्रेमपत्र पठाउँथे रे है , एउटा चिठी पुग्न हप्ता दिन लाग्थ्यो रे जवाफ आउन फेरि अर्को हप्ता। अहिले त ओ हो नि बरै ! मेसेज पठाएको ५ मिनेटमा Reply आएन भने, “के भयो ,कता गयो, कि अर्कै संग पो बेल्दै छ , अनलाइन त थियौ नि! भन्दै झगडा सुरु हुन्छ। हामि यति कम पेसेन्स भएको युगमा बाँचिरहेका छौ जहाँ मान्छेहरू २४ घण्टा अनलाइन छन्, तर भावनात्मक रूपमा अफलाइन। आजकल धेरै कपलहरू सँगै छन्, तर साँच्चै सँगै छैनन्। एउटा Reels हेरिरहेको हुन्छ, अर्को पनि मोबाईलमै हुन्छ। मोबाइल हेर्दै खाना खान्छन्। मोबाइल हेर्दै सुत्छन्।मोबाइल हेर्दै उठ्छन्।
स्टोरीमा हार्ट ❤️ रियाक्ट गर्छौ, तर छेउमै बसेको मान्छेको मुटु के कुराले भारी भएको छ भन्ने थाहा नै हुदैन या कतिलाई त वास्ता पनि हुदैन । दिनभरि एउटै घरमा हुन्छन्, तर दिनभरिमा १० मिनेट पनि मोबाईल छेउमा राखेर दुख सुखको कुरा भएको हुँदैन। अनि केहि बर्ष पछि भन्छन् खै के भयो भयो बाई ! हामी त धेरै टाढा भइसक्यौ। Sweetheart! टाढा त एकैदिनमा भएको होइन नि। यो दिनदिनै अलिअलि हुँदै गएका हो ।
फोनको काम नै तपाईलाई बाँधेर राख्नु हो। रिल्सको काम नै तपाईलाई अर्को रिल्स देखाइरहनु हो। त्यसले आफ्नो काम गरिरहेको छ। के तपाईले चाहि आफ्नो काम गरिरहनु भयको छ त ? नढाटि भन्नुस् त के तपाईलाई अस्ति हेरेको Reels याद छ ? सायद छैन। हिजो दिनभरि स्क्रोल गरेर हेरेका सयौँ भिडियोमध्ये एउटा पनि सम्झिन गाह्रो पर्छ। तर दुई महिना अगाडि आफ्नो Partner संग बसेर गरेको कुनै रमाइलो गफ, पेट दुख्ने गरी हाँसेको कुनै कुरा वा सँगै घुम्न जाँदा बिताएको समय भने आज पनि याद होला । किन याद हुन्छ थाहा छ ? किनकि रिल्सहरू आँखाले मात्रै हेरिन्छन्, तर ती पलहरू मनले बाँचिन्छन्। हो त्यस्तै अबको ५–१० वर्षपछि आज हेरेका हजारौ रिल्समध्ये एउटा पनि याद हुने छैन तर Partner संगको Real Moment याद हुन्छ किनकि मान्छेको दिमागले सूचना भन्दा बढी भावना सम्झेर राख्छ।
साँच्चै भन्नुपर्दा, हामी कहिलेकाही यति धेरै अरूको जीवन हेरिरहेका हुन्छौ कि आफ्नै जीवन छुटिसकेको हुन्छ।सँगै फोटो धेरै छन् , सँगै स्टोरी धेरै छन्। तर सँगै बितायका वास्तविक क्षणहरू भने कम हुँदै गइरहेका छन् । Trust Me एक दिन मात्र फोन साइडमा राखेर हेर्नुहोस्। सँगै फोन नहेरि खाना खानुहोस् , एकछिन वाकमा जानुहोस् , संगै meditation गर्नुस् , हरे कृष्ण जप्नुस् , दिनभरि के भयो भनेर सुनाउनुहोस् , सँगै हाँस्नुहोस् , कहिलेकाही सँगै चुपो लागेर बस्नु तर मोबाईल बिना .. अनि तपाईले पत्ता लगाउनुहुनेछ कि वास्तविक जीवनको एक घण्टा, रिल्सको सयौँ घण्टाभन्दा धेरै सुन्दर हुन्छ। अनि मलाई थाहा छ यो पोस्ट पनि तपाईले सोशल मिडियामै पढिरहनुभएको छ। म पनि यहीँ नै लेखिरहेकी छु। सोशल मिडिया छोड्नुपर्छ भन्ने होइन। रिल्स खराब होइन , सोसल मिडिया पनि खराब होइन। तर यदि संसारभरिका मानिसहरूको जीवन हेर्दाहेर्दै, आफ्नै जीवनको सबैभन्दा महत्त्वपूर्ण मान्छेलाई हेर्न छुट्यो भने, त्यो चाहिँ सोच्नुपर्ने कुरा हो है मायालु 😉।
अन्तत : तपाईलाई यो पढिरहदा , यो जिवन त मेरै हो जस्तो नलागोस् !! ❤️

✍️Dipa Simkhada

03/06/2026

मलाई माया गर्ने धेरै साथीहरूले चिन्ता गर्दै भन्नुहुन्छ भन्नुहुन् , तिमी अलि संवेदनशील छौ, अरूको यत्रो पीडा सुन्दा तिमीलाई कति गाह्रो हुन्छ होला, किन अरूको यत्रो दुःख सुन्ने तिमिलाई गार्हो होला । साँचो कुरा भन्नुपर्दा, सहि हो mesaanger हेरे पीडा र दुःखका कुराबाहेक केही देख्दिनँ। कति त रुदै रुदै पढेको छु । तर, जब कुनै पात्र वा दर्शकले मेसेज गर्नुहुन्छ 'म त आत्महत्याको प्रयास गरिसकेको मान्छे, तर तपाईँको शो देखेर बाच्ने रहर जाग्यो, मैले नयाँ जीवन पाएँ' तब लाग्छ, यी सबै दुःख सहनु र सुन्नु सार्थक भयो। मेरो यो सानो प्रयासले कसैको जीवन बचाएको छ। अरूको खुसी र बाँच्ने रहर भन्दा ठूलो खुसी अरू के नै हुन सक्छ र? यो सो पैसा वा आर्थिक सहयोगको लागि होइन, केवल हामी एकअर्काको सहारा बनौँ र मानिसहरूमा मानसिक ऊर्जा थप्न सकौँ भनेर सुरु गरेकी हुँ ।

जीवनको कुन सत्य तपाईले धेरै ढिलो बुझ्नुभयो? या जीवनले तपाईलाई सबैभन्दा ठूलो के सिकायो? एउटा वाक्यमा लेख्नुहोस् , सायद तप...
02/06/2026

जीवनको कुन सत्य तपाईले धेरै ढिलो बुझ्नुभयो? या जीवनले तपाईलाई सबैभन्दा ठूलो के सिकायो? एउटा वाक्यमा लेख्नुहोस्
, सायद तपाईको उत्तरले अरू कसैको जीवन बदल्न सक्छ 😉

सम्माननीय प्रधानमन्त्री ज्यु ! 🇳🇵             यदि कतै मेरो बुझाइ गलत छ भने म सच्यिन तयार छु किनकि म राजनीतिक विश्लेषक हो...
01/06/2026

सम्माननीय प्रधानमन्त्री ज्यु ! 🇳🇵
यदि कतै मेरो बुझाइ गलत छ भने म सच्यिन तयार छु किनकि म राजनीतिक विश्लेषक होइन, नेता होइन, विज्ञ पनि होइन। म ती मान्छेहरूमध्ये हुँ, जसले चुनावको बेला मात्र राजनीति हेर्छन् अनि फेरि आफ्नो काममा लाग्छन्। तर एउटा विषय यस्तो छ, जहाँ राजनीति नबुझे पनि मन दुख्छ त्यो हो देशको सिमाना। आज म अलि भावुक भएरै केही कुराहरू राख्न चाहन्छु, किनभने यो देश मेरो पनि हो।
प्रधानमन्त्रीज्यू, तपाईको स्थान अहिले कहाँ छ, त्यो सायद तपाईलाई पनि थाहा छ। तपाईले लगाएको एउटा लुगा बजारमा खोजी हुन्छ। तपाईले प्रयोग गरेको शब्द गीत बन्छ।तपाईले खाएको कुनै सानो ब्रान्डको सामान अर्को दिन बजारमा सकिन्छ।यति प्रभाव भएको व्यक्तिले बोलेको वाक्य ,वाक्य मात्रै हुँदैन, त्यो सन्देश बन्छ। त्यो अभिलेख बन्छ। यस्तो अवस्थामा, सदनमा उभिएर "हामीले पनि भारतको जमिन मिचेका छौँ भन्दाखेरि तपाईले पक्का केहि त सोच्नुभयकै होला । सायद तपाईँसँग यसको पछाडि केही ठूलो कूटनीतिक सोच होला, मलाई थाहा छैन। तर सीमाना र माटोको कुरा आउँदा एउटा नागरिकको हिसाबले म चुप लागेर बस्नै सकिनँ।
हेर्नुस्, सत्य बोल्नु राम्रो कुरा हो, बुद्धको देशका हामी सन्तान हौ, हामीलाई झुट बोल्नु छैन। तर के यो कुरा त्यहाँ, त्यो मञ्चमा बोल्ने विषय थियो त? छिमेकी देशहरूको व्यवहार हामीलाई थाहै छ। उनीहरूले कहिल्यै कुनै कुरा सहजै स्वीकार गर्दैनन्। हाम्रो जस्तो सानो देशले, त्यसमाथि तपाईजस्तो आईकनले नै यस्तो बोलिदिँदा भोलि भारतले 'तेरा प्रधानमन्त्रीले आफैँ स्वीकार गरेको हो नि, मिचेको रहेछौ त' भनेर हामीमाथि दमन गर्न आयो भने, हामीले कहाँ उभिएर के जवाफ दिने?। त्यो बेला हामीसँग शिर निहुराउनु बाहेक अरू के विकल्प बाँकी रहन्छ?
तपाईले बुझ्नुपर्छ, अन्तर्राष्ट्रिय मिडियाले तपाईलाई एक-एक गरी हेरिरहेका छन्। कतिपय मिडिया त अरूको पकेटमा चलेका हुन्छन्। उनीहरूले "नेपालले भारतको जमिन मिच्यो" भनेर हेडलाइन बनाइदिए भने, भोलि हामीसँग त्यसको विरुद्ध लड्ने शक्ति के छ र? आफ्नो देशको कुरा बाहिर यसरी छताछुल्ल पार्नु कति सही हो? प्रधानमन्त्रीज्यू, म फेरि भन्छु, म सत्य लुकाउनुपर्छ भन्ने पक्षमा छैन। तर संसारमा केही सत्यहरू बोल्ने ठाउँ र समय पनि हुन्छ।घरमा बुबाआमाले सबै कुरा छिमेकीको अगाडि भन्ने गर्दैनन्। त्यसको मतलब उनीहरू झुटा हुन् भन्ने होइन। त्यसको मतलब उनीहरू घर जोगाउन जान्दछन् भन्ने हो । कूटनीति पनि सायद यस्तै कुरा होला।
म राजनीति बुझ्दिनँ, तर मैले बुझेसम्म केही कुरा बैठकको टेबलमा राम्रो सुनिन्छन्, केही कुरा सार्वजनिक मञ्चमा। केही कुरा दस्तावेजमा बलियो हुन्छन्, केही कुरा माइकमा कमजोर। त्यसैले यो विषय पनि सायद त्यही प्रकारको थियो कि जस्तो लाग्यो। म गलत पनि हुन सक्छु। सायद तपाईले हामीले नदेखेको धेरै टाढाको चित्र देख्नुभएको होला। सायद तपाईंसँग त्यस्तो तथ्य होला, जुन हामीसँग छैन। सायद तपाईंको कुनै दीर्घकालीन रणनीति होला। तर जनताले तपाईंलाई विश्वास गर्छन्।यति विश्वास गर्छन् कि तपाईंले दिउँसोको दुई बजे , अहिले रातिको बाह्र बज्यो भन्नुभयो भने पनि धेरैले घडी हेर्नुअघि तपाईलाई पत्याइहाल्छन्। किनभने उनीहरूलाई लाग्छ यो मान्छेले झुट बोल्दैन।
प्रधानमन्त्रीज्यू, तपाईँ त अरू पुराना नेताहरू जस्तो गफ हानेर हिँड्ने मान्छे होइन भनेर नै जनताले विश्वास गरेका हुन् । तपाईँले बोल्नुभएका कुराबाहेक हामीसँग अरू केही आधार छैन ।यदि त्यो कुरा सत्य हो भने, कृपया त्यो तथ्य पनि जनतालाई बताइदिनुहोस्। कुन ठाउँ? कति जमिन? कहिलेदेखि? कुन नक्साका आधारमा ? किनभने तपाईले बोलेको कुरा अब सामान्य गफ हुँदैन।तथ्य मान्छन् र त्यो तथ्य अब आउनपर्छ। किनभने यदि तथ्य आयो भने तपाईं अझ बलियो हुनुहुन्छ , भ्रम हट्छ। यदि तथ्य आएन भने प्रश्नहरू बाँकी रहन्छन र प्रश्न बाँकी रह्यो भने भोलि कसैले त्यसलाई आफ्नो अनुकूल प्रयोग गर्न सक्छ।
प्रधानमन्त्रीज्यू,यो चिट्ठी तपाईंको विरोधीले ,तपाईंलाई मन नपराउने मान्छेले लेखेको होइन। तपाईंबाट आशा राख्ने नेपालिले लेखेको हो।तपाईं सफल हुनुभएको हेर्न चाहने मान्छेले लेखेको हो।देशको सिमाना भन्ने विषय आउँदा हामी सबै भावुक हुन्छौँ त्यहाँ पार्टी हुँदैन। त्यहाँ समर्थक र विरोधी हुँदैनन्।त्यहाँ हामी सबै नेपाली मात्रै हुन्छौँ। त्यसैले आज मैले नागरिक भएर बोलेको हुँ। यदि कुनै दिन संयोगले यो पत्र तपाईंको आँखासम्म पुग्यो भने, यसलाई विरोधीको आवाज भनेर होइन, देश माया गर्ने एउटा सामान्य नागरिकको मनको कुरा भनेर बुझिदिनुहोला। अब तथ्यसहित आउनुहोस्, ताकि भोलि हामीले पनि छाती फुलाएर भन्न सकौँ हाम्रो प्रधानमन्त्रीले जे बोल्नुभयो, प्रमाणसहित बोल्नुभयो।

सम्मानसहित। 🇳🇵
— सीमाको रेखामा राजनीति होइन, भावनाहरू देख्ने एक नागरिक।

✍️ Dipa Simkhada

31/05/2026

My own earthly Krishna.

धेरै जनाले मलाई कथा कसरी पठाउने? भनेर सोधिरहनुहुन्छ। तपाईंहरूलाई सजिलो होस् भनेर मैले केही कुराहरू यहाँ लेखिदिएको छु, जस...
31/05/2026

धेरै जनाले मलाई कथा कसरी पठाउने? भनेर सोधिरहनुहुन्छ। तपाईंहरूलाई सजिलो होस् भनेर मैले केही कुराहरू यहाँ लेखिदिएको छु, जसलाई ध्यानमा राखेर मात्र कथा पठाउनुहोला।
1. १००% साँचो कथा: तपाईको कथा शतप्रतिशत सत्य हुनुपर्छ। "मेरो कथा पूर्ण रूपमा साँचो हो" भनी तपाईले हस्ताक्षर र ल्याप्चे लगाउनुपर्ने हुन्छ।
2. कानुनी र योग्यता: तपाई १८ वर्ष वा सोभन्दा माथिको हुनुपर्छ। हाल कुनै मुद्दा-मामिला चलिरहेको हुनुहुँदैन ,विगतमा टुङ्गिसकेका केसहरू भने स्वीकार्य हुनेछन्
3. हामी त्यस्ता सफलताका कथाहरू खोजिरहेका छौँ, जहाँ सफलताको अर्थ पैसा वा नाम कमाउनु होइन, तपाईले कुनै पीडा वा मानसिक वेदनालाई जितेर आज खुसीसाथ बाँच्न सक्नु नै सफलता हो। यदि तपाईले त्यस्तो कुनै पीडालाई जितेर अर्कै जीवन बिताइरहनुभएको छ भने, त्यस्ता प्रेरणादायी कथाहरू पठाउनुहोस्।
4. हाम्रो शोको मर्म गोपनीयता र सम्मान हो। हामी तपाईको मात्र होइन, कथामा जोडिएका अन्य पात्रहरू भिलेन वा नकारात्मक पात्रहरू को समेत सम्मान गर्छौ । उनीहरूको परिचय वा विवरण हामी कहिल्यै सार्वजनिक गर्दैनौ।त्यसैले कसैलाई होच्याउन वा प्रतिशोध साध्न हाम्रो मञ्चको प्रयोग नगर्नुहोला। हामी कहिल्यै पनि तपाईको कथालाई मिडियामा अतिरञ्जित गर्ने छैनौ।
5 . यो शो आर्थिक सहयोगका लागि होइन। हामी कसैसँग पनि पैसा उठाउँदैनौ। यदि तपाई आफूले भोगेको संघर्षबाट अरूलाई उत्प्रेरित , Heal गर्न चाहनुहुन्छ भने मात्र हामीलाई सम्पर्क गर्नुहोस्।
यदि तपाई यी सबै बुँदामा मन्जुर हुनुहुन्छ भने, मेरो फेसबुक अफिसियल पेज Dipa Simkhada वा मेरो टिकटक मा Message पठाउन सक्नुहुनेछ र आफ्नो फोन नम्बर छोड्नुहोला। म आफैँ तपाईलाई सम्पर्क गर्नेछु। 🙏
नोट: कृपया फेक अकाउन्टबाट मेसेज नगर्नुहोला। त्यस्ता अकाउन्टबाट आएका मेसेजहरू पढिने छैनन् र ती हाम्रो प्राथमिकतामा पर्ने छैनन्।
-दिपा सिम्खडा
निर्माता , D-story

31/05/2026

के छ खबर? D-story को अर्को एपिसोड , भाग ४ को काम भइरहेको छ, त्यसैले केही समय पर्खिदिनुहोला है। यसपालि म तपाईहरू माझ एउटा यस्तो व्यक्तिको कथा लिएर आउँदैछु, जो हाम्रो देशको एकदमै उच्च ओहोदा र सम्मानजनक पेशामा हुनुहुन्छ। D-story हेरेपछि तपाईहरूले जिन्दगीलाई यति सकारात्मक ढङ्गले हेरेको र मोटिभेटेड भएको देख्दा मलाई साँचिक्कै खुसी लाग्छ! छिट्टै आउँदैछु नयाँ मोटिभेसनल एपिसोड लिएर। Ready हुनुहुन्छ ?

30/05/2026

धेरैले मलाई कसरी सक्नुभयो यस्तो एपिसोड सुट गर्न? भनेर सोध्नुहुन्छ, त्यसैले यो नराखिएको दृश्य (Deleted Scene) राख्दैछु। आखिर म पनि त मान्छे नै हुँ, यो सुट गर्दा म एउटा होस्ट हुँ र मैले प्रश्न सोधिरहेकी छु भन्ने कुरा समेत पूर्ण रूपमा बिर्सिएकी थिए। भावनाहरू यसरी ओइरिए कि म आफैंलाई सम्हाल्नै सकिन। यसरी सुट भएको थियो यो एपिसोड।

एउटा खुला पत्र: शिक्षकहरूको नाममा...       म एउटा एकदमै अचम्मको र मनै स्तब्ध बनाउने कुरा सेयर गर्न जाँदै छु। मेरो show क...
29/05/2026

एउटा खुला पत्र: शिक्षकहरूको नाममा...
म एउटा एकदमै अचम्मको र मनै स्तब्ध बनाउने कुरा सेयर गर्न जाँदै छु। मेरो show को लागि मैले मेरो inbox मा स्टोरीहरू चेक गरिरहेकी थिएँ। त्यहाँ एउटा यस्तो म्यासेज आयो, जसले मलाई धेरै बेर सोचेको सोच्यै बनायो र कता कता दुख्यो पनि । एउटा ८ कक्षामा पढ्ने सानो बच्चाले मलाई लेख्नुभयको रहेछ "दिदी, मलाई मेरो स्कुलमा टिचरले धेरै कुट्नुहुन्छ, पिट्नुहुन्छ। त्यही डरले म रातभरि निदाउनै सक्दिनँ। मलाई कसैले बुझेनन्। परिवारलाई भनौँ भने पनि नपढेपछि कुटाई खाईस् त भन्नुहुन्छ। मलाई एकदम गाह्रो भयो दिदी। तपाईलाई सेयर गरेपछि मन अलि हल्का हुन्छ कि भनेर मात्र म्यासेज गरेको । मैले त्यो बच्चालाई सोधे कि म तपाईको बुवामम्मीसँग कुरा गरुँ? तर ऊ डरायो होइन , दिदी! Daddy Mummy लाई केही नभनिदिनुस्, झन् धेरै पिट्नुहुन्छ। मलाई मात्र मन शान्त पार्नु थियो र तपाईलाई पठाएको। एकछिन त मेरा हातहरू नै बाँधिए जस्तो लाग्यो किनकि मैले सुन्न बाहेक गर्न सक्ने केहि भयन तर केहि बेर सोचे पछि लाग्यो उ जस्तै कति धेरै बच्चाहरू होलान् जो हरेक दिन यस्तै मानसिक तनाव र ट्रमामा बाँचिरहेका छन्! हो, तिनै बच्चाहरूको आवाज बनेर म आज यो पत्र लेख्दै छु। यदि तपाईको घरमा बच्चा छ, वा तपाई विद्यालयमा पढाउनुहुन्छ भने कृपया यो पत्र अन्तिमसम्म पढिदिनुहोला।
हाम्रो समाजमा एउटा भयंकर ठुलो भ्रम छ जुन स्कुल कडा छ, जसले विद्यार्थीलाई कुट्छ ,थ्काउछ त्यो स्कुल राम्रो! ए बाबा! विद्यार्थी भनेको त सिक्न गएको बच्चा हो नि, अपराधी हो र? होमवर्क गरेन? झापड हान्! हल्ला गर्‍यो? क्लासबाट निकालेर घाममा उभ्याइदे! बदमासी गर्‍यो? लौरीले निलडाम बस्ने गरी कुट! अनि मात्रै बच्चा सुध्रिन्छ, अनि मात्रै यसले धेरै मार्क्स ल्याउँछ र जान्ने हुन्छ। के जादुको छडी हो र लौरी? म शिक्षक पेसालाई र गुरु भन्ने शब्दलाई बहुत सम्मान गर्छु किनकि सच्चा गुरु त भगवान् नै हुन् भन्ने सुनेर हुर्केको हु । तर माफ गर्नुहोला शिक्षकज्यू यदि तपाई कक्षाकोठामा छिरेर विद्यार्थीमाथि हात उठाउनुहुन्छ भने नि म तपाईलाई शिक्षक भन्नै सक्दिनँ! तपाई शिक्षक हुनै सक्नुहुन्न।
बच्चा त सिक्न गएको हो, सिक्ने बेलामा मान्छेले गल्ती गर्छ। उनीहरूलाई सबै कुरा पहिले नै थाहा हुन्थ्यो भने तपाईको अगाडि बेन्चमा किन बस्थे? तपाईमा पढाउने क्षमता र सम्झाउने धैर्यता छैन भने आजै, अहिल्यै यो पेसा छोडिदिनुस् र घर बस्नुस्! तर सर/म्याम भन्ने त्यो पवित्र कुर्सीमा बसेर कसैको कलिलो बच्चामाथि आफ्नो रिस पोख्ने अधिकार तपाईलाई कसैले दिएको छैन। फूल जस्ता बच्चाको गालामा बजार्ने तेस्ता कुर्र हातहरु शिक्षकको हुनै सक्दैन ।
तपाईहरू भन्नुहोला , हामी त विद्यार्थी सुधार्न कुट्छौ ! यो तपाईको महामूर्खता हो! सजाय नै दिनु छ भने संसारमा कति धेरै रचनात्मक तरिकाहरू छन् । कुटेर, पिटेर र साथीहरूको अगाडि बेइज्जत गरेर आजसम्म संसारमा कोही सुध्रेको इतिहास छैन। तपाईले उसलाई सुधारेको होइन । उसको जिन्दगीभरिको शान्ति खोसेर उसलाई डिप्रेसन र एन्जाइटीको खाल्डोमा धकेल्नुभएको हो। गुरुलाई यसो भन्दा मलाई पाप लाग्ला है तर बच्चालाई कुट्नुहुन्छ भने तपाई शिक्षक होईन , अपराधी हो किनकि बच्चाको आत्मसम्मानमा यसरी चोट पुर्‍याउनुलाई कानुनी रूपमा पनि अपराध नै मानिन्छ । बच्चाले जस्तै ठुलो गल्ती गरोस्, उसलाई कुट्ने अधिकार ब्रह्माण्डको कुनै पनि टिचरसँग छैन।
आज हामी जो-जो यहाँसम्म आइपुग्यौँ नि, एकपटक सोधौँ त आफैँलाई। हामीलाई पशुलाई जस्तो कुट्ने टिचर हाम्रो जिन्दगीमा कहिल्यै फेभरेट बन्यो? कहिल्यै बनेन नि ! याद राख्नुस्, यदि तपाईले आज कुनै बच्चालाई पशुलाई जस्तै कुटेर, पिटेर र थर्काएर पढाउनुभएको छ भने नि, त्यो विद्यार्थी भोलि गएर यो देशको प्रधानमन्त्री नै किन नबनोस्, उसले आफ्नो सफलताको श्रेय दिँदा तपाईलाई कहिल्यै पनि माया र आदरले सम्झिने छैन! मलाई त्यो सरले कुटेर म आज प्रधानमन्त्री भएँ भनेर कसैले गर्व गर्दैन। तपाई त उसको जिन्दगीको त्यो कुरुप पाना बन्नुहुनेछ, जसलाई उसले सधैँ भुल्न चाहनेछ। विद्यार्थीले त जहिले पनि गल्ती गर्दा ढाडमा धाप मार्ने र मायाले सम्झाउने शिक्षकलाई मात्र जिन्दगीभर सम्झिन्छन् ।
जेलमा बसेको कडा अपराधीलाई त कानुनले कुटपिट गर्न मिल्दैन, सुध्रिने मौका दिइन्छ भने त्यो त एउटा अबोध बच्चा हो! मैले कतिपय टिचरहरू देखेकी छु घरमा बुढाबुढीसँग झगडा पर्‍या छ, मुड अफ छ, वा आफ्नै जिन्दगीको फ्रस्ट्रेसन छ भने त्यो सबै रिस स्कुलमा गएर तिनै निर्दोष बच्चाहरूमाथि पोख्छन्। लौरीले बजार्छन्। शिक्षक पेसा भनेको रिस पोख्ने ठाउँ होइन, मायाले सम्झाउने पेसा हो।
भविष्यमा जब म आफैँ आमा बन्नेछु, र मेरो बच्चालाई कुनै स्कुलमा पठाउनेछु नि, म त्यो स्कुलको प्रिन्सिपलको आँखामा आँखा जुधाएर प्रेमले भन्नेछु , यदि मेरो बच्चामाथि तपाईको कुनै पनि शिक्षकको हात उठ्यो भने, म यहाँ तपाईसँग झगडा गर्न वा रुन-कराउन आउँदिनँ। म सिधै पुलिस थाना जान्छु र बालहिंसाको मुद्दा हालेर हतकडी लगाइदिन्छु। किनकि मैले बच्चा पढाउन पठाएको हो, कुटाई खान होइन। सायद तपाईहरूलाई थाहा नै होला कि म सधैँ प्रेमको भाषा लेख्छु,। तर आज मलाई साह्रै चित्त दुखेको छ। मेरो जिन्दगीको एउटा सिद्धान्त छ बच्चा, वृद्ध र पागल, यी तीन जनामाथि कसैले अन्याय गर्छ भने म त्यो कुरा मरे पनि सहन सक्दिनँ! र मलाई लाग्छ, यो क्रुरताको विरुद्धमा यस्तै आक्रामक भाषा नै उपयुक्त छ। जो शिक्षकहरू साँच्चै राम्रो र आदरणीय हुनुहुन्छ, उहाँहरूको अगाडि यो शिर सधै झुक्छ ।
अन्तत: म आफैँ पनि सिद्धार्थ बनस्थली इन्स्टिच्युट जस्तो ऐतिहासिक स्कुलमा पढेर हुर्किएँ, जहाँ डा. सन्दुक रुइत , गगन थापा, झरना बज्रचार्य , राजु लामा , करुणा श्रेष्ठ, भवन भट्ट जस्ता हजारौँ देशको उच्च स्थानमा पुगेका महान् व्यक्तित्वहरू पढे । मलाई गर्व छ कि मेरो स्कुलमा हामीलाई कहिल्यै कुटपिट गरिएन, मात्र माया र ज्ञानले सिञ्चित गरियो। मलाई आज यो स्थानसम्म पुर्‍याउने र दिपा सिम्खडा बनाउने श्रेय तिनै मेरा आदरणीय गुरुहरू र मेरो स्कुललाई जान्छ मेरा ती सम्पूर्ण आदरणीय गुरुहरूमा मेरो शिर निहुराएर कोटी-कोटी नमन!
स्कुललाई डरको अखडा होइन, ज्ञानको सुन्दर बगैँचा बनाऔँ।
✍️ Dipa Simkhada

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dipa Simkhada posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share