RUJU FactCheck

RUJU FactCheck RUJU FactCheck is an independent fact-checking initiative from Nepal started to Fight Against Misinformation.

05/08/2026

Fact Check: पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निर्मल पुर्जाको निधन भएको लगत्तै सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो भ्रामक छ । उक्त भिडियो सन् १९९६ मा अमेरिकी नागरिक टड जोन्स हिमपहिरोमा परेको पुरानो दृश्य हो ।

Fact Check: तराई–मधेशमा देखिएको तनावका बिच प्रधानमन्त्री वालेन्द्र साह हिन्दु राष्ट्र घोषणा गर्ने योजना गरेको भन्दै सामा...
01/08/2026

Fact Check: तराई–मधेशमा देखिएको तनावका बिच प्रधानमन्त्री वालेन्द्र साह हिन्दु राष्ट्र घोषणा गर्ने योजना गरेको भन्दै सामाजिक सञ्जालमा एउटा पोस्ट गरिएको छ । तर यो नक्कली स्क्रिनसट हो ।

22/07/2026

Fact Check: के अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मन्त्री पदबाट पदमुक्त भएका हुन्? भाइरल सामग्रीको सत्यता

15/07/2026

Fact Check: आशिका तामाङले आफ्नो एक महिनाको तलब गणेश नेपालीको परिवारलाई दिने घोषणा गरेको भन्ने भिडियो भाइरल छ। तर यस्तो कुनै आधिकारिक घोषणा भएको छैन। साथै, भाइरल भिडियो AI-generated हो।

09/07/2026

🚨 FACT-CHECK: के साँच्चै सुपा देउरालीमा बाढी आएको हो त? 🤔

पछिल्लो समय Social Media मा अर्घाखाँचीको सुपा देउराली मन्दिर क्षेत्र बाढीले जलमग्न भएको एउटा तस्बिर निकै भाइरल भइरहेको छ। Monsoon को बेला यस्तो तस्बिर देख्दा धेरै जना त्रसित हुनुभएको छ र यात्रा सुरक्षालाई लिएर चिन्ता व्यक्त गरिरहनुभएको छ।

तर नआत्तिनुहोस्! ✋ हामीले गरेको Fact-Check अनुसार यो तस्बिर १००% AI-Generated (नक्कली) हो। सुपा देउरालीमा त्यस्तो कुनै ठूलो बाढी आएको छैन।

मनसुनको समयमा यस्ता भ्रामक तस्बिर र हल्लाहरू एकदम छिटो भाइरल हुन्छन्। त्यसैले सत्य तथ्य नबुझी जथाभावी Share नगरौँ!

भिडियो पूरा हेर्नुहोस् र यो सत्य जानकारी सबैसामु पुर्याउन Share गर्नुहोला। ✅
👇

08/07/2026

Fact Check: के साँच्चै साउनदेखि ६० वर्ष पुगेका आमाबुवालाई मासिक ६ हजार रुपैयाँ वृद्ध भत्ता मिल्ने भएको हो?

ज्येष्ठ नागरिकलाई ७० वर्ष उमेर पुगेपछि मात्र मासिक ४ हजार रुपैयाँ भत्ता दिइन्छ । ६० वर्षमै ६ हजार दिने दाबी पूर्ण रूपमा झुटो हो

वृद्ध भत्ताको उमेर घटाउने वा रकम बढाउने निर्णय कुनै नेताले टिकटक भिडियोमार्फत गरेर हुँदैन। यस्तो निर्णय सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत मात्र पारित हुन्छ।

06/07/2026

FactCheck: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दक्षिण भारतीय अभिनेता प्रभासको निधन भएको भन्दै श्रद्धाञ्जली दिएको पोस्ट भाइरल भइरहेको छ।

'रुजु फ्याक्टचेक' को जाँचमा अभिनेता प्रभासको निधन भएको भन्ने दाबी पूर्ण रूपमा भ्रामक पुष्टि भएको छ।

अभिनेता प्रभासको निधन भएको सम्बन्धमा कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय विश्वसनीय सञ्चारमाध्यम (Mainstream Media) ले कुनै समाचार प्रकाशित गरेका छैनन्।

अभिनेता प्रभास आफ्नो आगामी चलचित्रहरूको काममा व्यस्त छन् र उनी पूर्ण रूपमा सुरक्षित छन्। सामाजिक सञ्जालमा फैलिएको यो खबर केवल एउटा 'डेथ होक्स' (निधनको झूटो हल्ला) मात्र हो।

05/07/2026

Fact Check: केपी ओलीलाई 82 केजीको माला लगाइएको हो? बुझ्नुहोस् भाइरल तस्बिरको वास्तविकता !

04/07/2026

Fact Check: सामाजिक संजालमा फैलिरहेको संसद भवन भित्र नाचगान गरेको दृश्य जस्तो देखिने भिडियो AI Generated र Edited हो। त्यसैले यसलाई वास्तविक घटना भनेर विश्वास नगर्नुहोस् ।

Fact Check: वास्तवमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत १६ असारमा कुमार थापाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को ...
03/07/2026

Fact Check: वास्तवमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत १६ असारमा कुमार थापाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को उपदफा (२) बमोजिम जन्मकैदको सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता मात्र गरेको हो र यसको अन्तिम फैसला हुन बाँकी नै छ।

त्यसैले उक्त घटनामा आरोपीलाई जन्मकैदको सजाय भइसकेको भन्ने दाबीमा कुनै सत्यता छैन । सामाजिक सञ्जालमा फैलिने यस्ता भ्रामक सूचनाहरूले समाजमा अनावश्यक डर र भ्रम सिर्जना गर्छन्। त्यसैले, सत्य र तथ्य नबुझी कुनै पनि सामग्री सेयर नगरौँ

Address

New Baneshwar
Kathmandu
4400

Alerts

Be the first to know and let us send you an email when RUJU FactCheck posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RUJU FactCheck:

Shortcuts

Share