03/08/2025
दुई दाजुभाइसँग एउटै महिलाको विवाह -
भारतको हिमाञ्चल प्रदेशको शिलाई गाउँमा हट्टी जनजातिका दुई दाजुभाइ प्रदीप र कपिल नेगीले सुनिता चौहानसँग परम्परागत रूपमा तीन दिनसम्म धुमधामसाथ विवाह गरेका छन् । हट्टी समुदायमा प्रचलित ‘जोडिदारा’ परम्परा अनुसार एक महिलाले दुई वा बढी दाजुभाइसँग विवाह गर्ने चलन पनि रहेको पाइन्छ । यस परम्पराको मूल कारण पैतृक सम्पत्ति नबाँडिने परिपाटी मानिन्छ । ट्रान्स - गिरि क्षेत्रका केही गाउँहरूमा अझै पनि बहुपतित्व प्रचलित रहेको पाइएको छ ।
- इन्डिया डटकमको सहयोगमा