YOUTV NEPAL

YOUTV NEPAL सबै नेपालीको एक मात्र चाहना सम्रिध ने? Youtv Nepal Youtube Channel is established on OCT 26, 2013.

We primarily started by providing content (Interview,Talk Show, Movie,Live Performance Program

गरिब हुनु अपराध होइन।तर गरिब भएकै कारण उपचारबाट वञ्चित हुनु—यो राज्यको असफलता हो।सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण स...
10/09/2026

गरिब हुनु अपराध होइन।
तर गरिब भएकै कारण उपचारबाट वञ्चित हुनु—
यो राज्यको असफलता हो।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको अत्यन्तै संवेदनशील र गम्भीर घटना….,

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिँदा फुटपाथमै एक महिलाले बच्चा जन्माएको ...
10/09/2026

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिँदा फुटपाथमै एक महिलाले बच्चा जन्माएको घटना संसद्मा प्रवेश गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

रास्वपा सांसद खगेन्द्र कर्णले पैसाको अभावका कारण उपचार नपाएपछि महिलाले अस्पताल कम्पाउन्ड बाहिर सडकमै बच्चा जन्माउनु परेको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे ।

विपन्न, दलित तथा गरिब नागरिकको भरोसाको केन्द्र मानिने सरकारी अस्पतालमै केही सय रुपैयाँको अभावमा सुत्केरी महिला सडकमा पुग्नुले राज्यको स्वास्थ्य प्रणाली र दाबीको वास्तविक कमजोरी उदांगो पारेको उनको भनाइ्र छ ।

कर्णले यस अमानवीय तथा संवेदनशील घटनाप्रति स्वास्थ्यमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदै घटनाको सत्य तथ्य विवरण तत्काल संसदमा जानकारी गराउन माग गरे ।

रास्वपाकै अर्की सांसद अंकिता ठाकुरले पैसा नभएकै कारण गरिब महिलाले सन्तान जन्माउने र आमा बन्ने अधिकारसमेत गुमाउनुपर्ने अवस्था आएको भन्दै आक्रोश व्यक्त गरिन् ।

प्रसव पीडाले छटपटाउँदै अस्पताल पुगेकी महिलालाई उपचार सुरु गर्नुको सट्टा अस्पताल प्रशासनले पैसाको मोलमोलाइ गरेको र पैसा नभएकै कारण चिसो र धुलाम्य सडकमा निकालिदिएको उनको भनाइ छ ।

ठाकुरले नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई नि:शुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको भए पनि गरिब जनताले सरकारी अस्पतालमै प्रसूति सेवा नपाएर सडकमा पुग्नुले संविधान र लोकतन्त्रकै उपहास भएको उल्लेख गरिन् ।

अस्पतालले भर्ना नलिएपछि बबिताकुमारी पासवानले फुटपाथमै बच्चा जन्माएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनको विरोध भइरहेको छ । अस्पताल प्रशाशनले भने उपचार गर्न आउनेको खर्च कर्मचारीले बेहोर्न नसक्ने जवाफ दिएको छ ।काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिँदा फुटपाथमै एक महिलाले बच्चा जन्माएको घटना संसद्मा प्रवेश गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

रास्वपा सांसद खगेन्द्र कर्णले पैसाको अभावका कारण उपचार नपाएपछि महिलाले अस्पताल कम्पाउन्ड बाहिर सडकमै बच्चा जन्माउनु परेको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे ।

विपन्न, दलित तथा गरिब नागरिकको भरोसाको केन्द्र मानिने सरकारी अस्पतालमै केही सय रुपैयाँको अभावमा सुत्केरी महिला सडकमा पुग्नुले राज्यको स्वास्थ्य प्रणाली र दाबीको वास्तविक कमजोरी उदांगो पारेको उनको भनाइ्र छ ।

कर्णले यस अमानवीय तथा संवेदनशील घटनाप्रति स्वास्थ्यमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदै घटनाको सत्य तथ्य विवरण तत्काल संसदमा जानकारी गराउन माग गरे ।

रास्वपाकै अर्की सांसद अंकिता ठाकुरले पैसा नभएकै कारण गरिब महिलाले सन्तान जन्माउने र आमा बन्ने अधिकारसमेत गुमाउनुपर्ने अवस्था आएको भन्दै आक्रोश व्यक्त गरिन् ।

प्रसव पीडाले छटपटाउँदै अस्पताल पुगेकी महिलालाई उपचार सुरु गर्नुको सट्टा अस्पताल प्रशासनले पैसाको मोलमोलाइ गरेको र पैसा नभएकै कारण चिसो र धुलाम्य सडकमा निकालिदिएको उनको भनाइ छ ।

ठाकुरले नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई नि:शुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको भए पनि गरिब जनताले सरकारी अस्पतालमै प्रसूति सेवा नपाएर सडकमा पुग्नुले संविधान र लोकतन्त्रकै उपहास भएको उल्लेख गरिन् ।

अस्पतालले भर्ना नलिएपछि बबिताकुमारी पासवानले फुटपाथमै बच्चा जन्माएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनको विरोध भइरहेको छ । अस्पताल प्रशाशनले भने उपचार गर्न आउनेको खर्च कर्मचारीले बेहोर्न नसक्ने जवाफ दिएको छ ।

काठमाडौं । कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गमा भदौभित्रै यातायात सञ्चालनमा आउने भएको छ । सरकारले भदौ महिनाभित्र...
10/09/2026

काठमाडौं । कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गमा भदौभित्रै यातायात सञ्चालनमा आउने भएको छ ।

सरकारले भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र पारेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधनका क्रममा बताएअनुसार भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गरी यातायात सहज बनाउने लक्ष्यका साथ काम अघि बढाइएको हो।
कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ।

सशस्त्र प्रहरी बल, नेपालले निर्माण क्षेत्रमा फ्लडलाइट जडान गरिदिएको छ, जसका कारण रातको समयमा समेत गरी दैनिक १२ देखि १४ घण्टासम्म काम भइरहेको छ।

नयाँ ट्रयाकसँगै पहिरो रोकथामका लागि माथि र तल दुवैतर्फ तीव्र गतिमा काम भइरहेको छ भने यस मार्गका अन्य पाँच स्थानमा गएको पहिरो पन्छाउने र दुईतर्फी यातायात खुलाउने काम पनि साथसाथै भइरहेको छ।

भदौ १० गते बाढीका कारण कृष्णभीर क्षेत्रको सडक कमजोर बनेको थियो। त्यसपछि फेरि भदौ १४ गते भोटेकोशीको बाढीले सडक भासिएपछि सोही दिन सरकारी टोलीद्वारा स्थलगत निरीक्षण गरिएको थियो ।

प्रधानमन्त्री तथा पूर्वाधारमन्त्रीबीच तत्काल मर्मतबारे छलफल भएको थियो। यसै क्रममा सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकहरूले चार दिनसम्म द्रुत अध्ययन गरी कृष्णभीरको पहाड काटेर २५० मिटर नयाँ ट्रयाक बनाउने पहिलो विकल्प सुझाएका थिए। सोहीअनुसार ट्रयाक खोलिसकिएको छ ।

रौतहट २५ भदौ । पर्सामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित ७० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर...
10/09/2026

रौतहट २५ भदौ । पर्सामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित ७० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–४ भथौरा निवासी दुखि महतो रहेका छन्।

उनको घरबाट प्रहरीले प्लास्टिकसहित १८ किलो ४०० ग्राम र प्लास्टिक हटाउँदा १७ किलो ७०० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार महतोले घरमै गाँजा लुकाएर राखेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले बिहीबार महतोको घरमा खानतलासी गर्दा लुकाइराखेको अवस्थामा गाँजा फेला पारेको हो। बरामद गाँजासहित महतोलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

10/09/2026

काठमाडौं । फेसन तथा इन्टेरियर डिजाइन शिक्षामा सक्रिय Valentino International College of Fashion & Interior Design का विद्यार्थीहरूले Face of Nepal 2026 को प्रति.....

10/09/2026

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवज्यूले आज प्रधानमन्त्री बालेन शाह ज्यु समक्ष राजिनामा बुझाउनु भएको छ ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपा...
09/09/2026

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन अगाडि सुरु गरेको एक्रो ब्रिज जडानको कार्य केही बेर अघि सम्पन्न भएको छ। सेनाको टोलीले निरन्तर खटिएर पुल जडान पूरा गरेको हो।

नयाँ पुल जडान भएसँगै भोलिदेखि पैदलयात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने पर्सिदेखि सवारी साधनहरू समेत सञ्चालनमा आउने छन्।

​यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।

सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ।

पार्क उद्घाटनमा सहभागी हुन पुगेका शहीदका आफन्तहरूले वास्तविक व्यक्तिको अनुहारसँग सालिक नमिलेको भन्दै आपत्ति जनाएका छन् ।
09/09/2026

पार्क उद्घाटनमा सहभागी हुन पुगेका शहीदका आफन्तहरूले वास्तविक व्यक्तिको अनुहारसँग सालिक नमिलेको भन्दै आपत्ति जनाएका छन् ।

08/09/2026

काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको भन्ने रिपोर्टहरू आइरहेका छन् !!

जेन्जि सहिद स्मृति दिवसमा गृहमन्त्री सुधन गुरुङ सहभागी
08/09/2026

जेन्जि सहिद स्मृति दिवसमा गृहमन्त्री सुधन गुरुङ सहभागी

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when YOUTV NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to YOUTV NEPAL:

Shortcuts

Share