HulakiNews

HulakiNews This is official FB page of Hulakinews. The news are update 7days, 24 hours & 365 days a year.

Which is online news portal for all types of nepali National, International, Entertainment, Business, Sport, Culture etc.

तस्करीको सामान नछोडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह ! दबाब अस्वीकार गर्दै भन्सारमा बुझाइयो बरामद सामग्रीसप्तरी, ।  तस्करी...
12/08/2026

तस्करीको सामान नछोडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह ! दबाब अस्वीकार गर्दै भन्सारमा बुझाइयो बरामद सामग्री

सप्तरी, । तस्करीबाट बरामद भएको सामान कानुनी प्रक्रिया पूरा नगरी छाड्न अस्वीकार गरेपछि सप्तरी प्रहरीलाई बद्नाम गराउने उद्देश्यले केही तस्कर समूह सक्रिय भएको पाइएको छ । प्रहरीले नियन्त्रणमा लिएको तस्करीको सामान र त्यसको ढुवानीमा प्रयोग भएको मोटरसाइकल छुटाउन विभिन्न माध्यमबाट दबाब आएपनि प्रहरी त्यसबाट पछि नहटेपछि प्रहरीविरुद्ध भ्रमपूर्ण समाचारसहितका प्रचार र अफवाह फैलाउने प्रयास भएको प्रहरीको दाबी छ ।

सप्तरीको ‘बोदेबरसाइन नगरपालिका–५’ स्थित प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याइँदै गरेको मोबाइलका पार्टपुर्जासहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएपछि यो विवाद सतहमा आएको हो । साउन १८ गते शंकास्पद अवस्थामा रहेको मोबाइलका पार्टपुर्जा र ती सामग्री ओसारपसारमा प्रयोग भएको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्करहरु मोटरसाइकलसहितको सामान छाडेर फरार भएका थिए । तस्कर फरार भएपछि प्रहरीले बरामद सामग्रीलाई आवश्यक मुचुल्कासहित नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ । तर, सामान र मोटरसाइकल छुटाउन केही व्यक्तिहरू प्रहरी कार्यालयसम्म पुगेको तथा विभिन्न व्यक्तिबाट पटक–पटक फोनमार्फत दबाबसमेत आउँदा प्रहरी सामान नछाडेपछि प्रहरी विरुद्ध अफवाह फैलाउने कार्य गरिएको बताइएको छ ।

प्रहरीका अनुसार बरामद मोबाइलका पार्टपुर्जा ‘सुनिल मण्डल’ को भएको प्रारम्भिक जानकारी प्राप्त भएको थियो । घटनापछि मण्डल भने फरार रहेको बताइएको छ । यता, बरामद सामग्री छुटाउन देव यादव प्रहरी कार्यालय पुगेका थिए । तर उनलाई ‘प्रहरीले समातेर पछि छाडेको’ भनेर अफवाह तस्कर समूहले फैलाउन थाले । यादव सामान छुटाउन प्रहरी कार्यालय गएपनि उक्त सामान आफ्नो नभएको बताएपछि प्रहरीले सामान नछोडी यादवलाई फर्काएका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख ‘एसपी रुपक खड्का’का अनुसार प्रहरीले व्यक्तिको दबाब वा दाबीका आधारमा नभई प्रमाण र कानुनी प्रक्रियाका आधारमा मात्रै निर्णय गरिरहेको छ । यादवले समेत आफू उक्त घटनामा संलग्न नरहेको तथा बरामद सामग्री आफ्नो नभएको बयान दिएको प्रहरीले जनाएको छ । आवश्यक सोधपुछका क्रममा उनको संलग्नता पुष्टि हुने आधार नदेखिएपछि उनलाई छाडिएको सप्तरी प्रहरीको भनाई छ । तर, बरामद मोबाइलका पार्टपुर्जा र मोटरसाइकल भने प्रहरीले छाडेको छैन । कानुनी प्रक्रिया अगाडि बढिसकेकाले प्रमाणका रूपमा नियन्त्रणमा रहेका सामग्रीलाई आफूखुसी फिर्ता गर्न नमिल्ने प्रहरीको स्पष्ट अडान छ ।

एस.पी. खड्काले प्रहरीले बरामद भएको वास्तविक सामग्री मात्रै मुचुल्कामा उल्लेख गरेको र कानुनी प्रक्रिया पूरा नगरी कुनै पनि सामान छाड्न नसकिने बताए । उनका अनुसार बरामद सामग्री र त्यसलाई ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल सम्बन्धित भन्सार कार्यालयमा बुझाइसकिएको छ । प्रहरीका अनुसार सामान छुटाउन दबाब दिने प्रयास असफल भएपछि केही समूहले प्रहरीमाथि नै प्रश्न उठाउने, भ्रम सिर्जना गर्ने तथा नकारात्मक प्रचार गर्ने गतिविधि सुरु गरेको देखिएको छ । प्रहरीको दाबीअनुसार तस्करीमा संलग्न समूहका व्यक्तिहरूले आफ्नो स्वार्थ पूरा नभएपछि प्रहरीको कार्यशैलीमाथि गलत सूचना प्रवाह गर्ने प्रयास गरेका हुन् ।

यस घटनामा केही स्थानीय पत्रकारसमेत तस्करीसँग जोडिएका व्यक्तिहरूको पक्षमा सक्रिय भएको पाइएको छ । प्रहरी स्रोतका अनुसार बरामद सामान फिर्ता गराउन खोज्ने समूहको प्रयास असफल भएपछि प्रहरीविरुद्ध विभिन्न किसिमका अफवाह फैलाइएको हो । पछिल्लो समय सप्तरीका विभिन्न सीमावर्ती क्षेत्रबाट प्रहरीले लागूऔषध, गाँजालगायत तस्करीसँग सम्बन्धित सामग्री नियन्त्रणमा लिने क्रम बढाएको जनाएको छ । यही क्रममा मोबाइलका पार्टपुर्जा बरामद भएको घटनालाई अतिरञ्जित बनाएर प्रहरीको ध्यान अन्य तस्करीका घटनाबाट मोड्ने प्रयास भएको हुनसक्ने प्रहरी स्रोतको आकलन छ ।

सीमावर्ती जिल्लाका रूपमा सप्तरीमा भारतबाट भन्सार छली गरी विभिन्न वस्तु नेपाल भित्र्याउने प्रयास हुँदै आएको छ । यस्तो गतिविधि नियन्त्रण गर्न प्रहरीले सीमाक्षेत्रमा निगरानी बढाउँदै आएको जनाएको छ । प्रहरीका अनुसार भन्सार छलीबाट हुने कारोबार नियन्त्रण गर्नु प्रहरी, भन्सार प्रशासन र अन्य सुरक्षा निकायको कानुनी दायित्व भएकाले बरामद सामग्रीलाई प्रक्रिया पूरा नगरी छाड्ने प्रश्नै उठ्दैन । प्रहरीले बरामद भएको मोबाइलका पार्टपुर्जा र मोटरसाइकललाई सम्बन्धित निकायमा बुझाइसकेको अवस्थामा अब यसको स्वामित्व, ओसारपसारको उद्देश्य तथा भन्सार छली भएको वा नभएको विषयमा सम्बन्धित निकायबाट थप अनुसन्धान हुने जनाएको छ ।

प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान र भूमिकासमेत प्रमाणका आधारमा निर्धारण गरिने स्पष्ट पारेको छ । कुनै व्यक्तिको नाम जोडिँदैमा वा दबाबका आधारमा दोषी ठहर गर्नेभन्दा प्रमाणका आधारमा अनुसन्धान अघि बढाउने नीति रहेको एसपी खड्काको भनाइ छ । प्रहरीमाथि अफवाह फैलाइएको दाबीका विषयमा पनि प्रहरीले कानुनी आधारबिना गरिएको प्रचारलाई आफूहरूले अनुसन्धानको काम प्रभावित पार्ने प्रयासका रूपमा लिएको जनाएको छ । प्रहरीको भनाइमा, बरामद सामग्री नछाडेकै कारण आफूहरूमाथि गलत प्रचार गरिनु कानुनी प्रक्रिया कमजोर पार्ने प्रयास हुनसक्छ ।

अहिले बरामद मोबाइलका पार्टपुर्जा, मोटरसाइकल तथा घटनासँग सम्बन्धित व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको छ । प्रहरी उपरीक्षक खड्काले अनुसन्धानका लागि छानविन समिति गठन भएकोले समितिको प्रतिवेदनले घटनाको सत्य तथ्य बाहिर आउने बताए । तस्करी नियन्त्रणका क्रममा बरामद सामग्रीमाथि कुनै पनि किसिमको दबाब वा प्रभावका आधारमा सम्झौता नगर्ने प्रहरीको अडानले सप्तरीमा सीमापार अवैध कारोबार नियन्त्रणलाई थप कडाइ गर्ने संकेत दिएको छ । बरामद वस्तु कानुनी प्रक्रियामा गइसकेपछि फिर्ता गर्न अस्वीकार गरिएको घटनाले तस्करी नियन्त्रणमा प्रहरीको भूमिकामाथि उठेका प्रश्नभन्दा पनि बरामद सामान छुटाउन भएको भनिएको दब

तस्करलाई ‘लाइन’ दिएको आरोपमा बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवर हेडक्वार्टर तानिएबारा  । सीमावर्ती क्षेत्रमा तस्करी ...
09/08/2026

तस्करलाई ‘लाइन’ दिएको आरोपमा बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवर हेडक्वार्टर तानिए

बारा । सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह नगरेको तथा तस्करलाई खुला रूपमा गतिविधि गर्न छुट दिएको आरोप लागेपछि बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरलाई हेडक्वार्टर तानिएको बुझिएको छ।

बारा जिल्लाका विभिन्न सीमावर्ती नाकाबाट पछिल्लो समय तस्करीका गतिविधि बढेको भन्दै गुनासो आएपछि प्रहरी नेतृत्वको भूमिकामाथि समेत प्रश्न उठेको थियो। तस्करी नियन्त्रणमा प्रहरीको भूमिका कमजोर देखिएको तथा केही तस्करलाई सहज रूिपमा गतिविधि गर्न दिइएको आरोपपछि प्रहरी मुख्यालयले घटनाबारे चासो देखाएको स्रोतको भनाइ छ।

यसैक्रममा बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवर तथा प्रहरी निरीक्षक केडी साहलाई आवश्यक जानकारी र छानबिनका लागि हेडक्वार्टर बोलाइएको स्रोतले जनाएको छ। उनीहरूलाई हेडक्वार्टर तानिनुको कारणबारे प्रहरी मुख्यालयबाट औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

सीमावर्ती जिल्लामा तस्करी नियन्त्रण प्रहरी प्रशासनका लागि प्रमुख चुनौती रहँदै आएको छ। भारतसँग जोडिएका नाकाबाट हुने अवैध सामानको ओसारपसार नियन्त्रण गर्न स्थानीय प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ। तर प्रहरीकै संरक्षण वा मिलेमतोमा तस्करी हुने गरेको आरोप समय–समयमा लाग्दै आएको छ।

एसपी नरेन्द्र कुँवर र प्रहरी निरीक्षक केडी साहमाथि लागेको आरोपबारे प्रहरी मुख्यालयले आवश्यक छानबिन गर्ने बुझिएको छ। छानबिनपछि आरोप पुष्टि भएमा सम्बन्धित अधिकारीमाथि विभागीय पनि कारबाही हुन सक्नेछ।

30/07/2026

देशवासीको नाममा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन

28/07/2026
20/07/2026

कतारबाट धनुषाको कमला–४ का वडाध्यक्ष दीपक गोहिबारसहित तीन जनालाई गो*ली हान्ने योजना, अडियो सार्वजनिक
***nShah Nepal Police B***n

जानकी प्लास्टिक उद्योगका सञ्चालक नवल मुरारका पक्राउजनकपुरधाम। जानकी प्लास्टिक उद्योग मुजेलीया जनकपुरका सञ्चालक नवकृष्ण म...
16/07/2026

जानकी प्लास्टिक उद्योगका सञ्चालक नवल मुरारका पक्राउ

जनकपुरधाम। जानकी प्लास्टिक उद्योग मुजेलीया जनकपुरका सञ्चालक नवकृष्ण मुरारका (नवल मुरारका) पक्राउ गरेका छन् ।मार्वल कम्पनीको ट्रेड मार्क प्रयोग गरी नक्कली पाईप उत्पादन तथा बेचविखन गरेको अभियोगमा मुरारकालाई आज जनकपुरधाम उपमहानगरपालिका–मुजेलिया क्षेत्रबाट पक्राउ गरिएको हो।

प्रहरीले तीन दिनदेखि विशेष निगरानीमा राखेर उनीमाथि अनुसन्धान गरिरहेको थियो। मुजेलिया प्रहरी चौकी नजिक गाडीमा रहेका बेला उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।पक्राउपछि उनलाई प्रारम्भिक रूपमा जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रहरीले अर्को कम्पनीको ट्रेडमार्क अवैध रूपमा प्रयोग गरी नक्कली पाइप उत्पादन तथा बिक्री–वितरण गरेको आरोपमा मुरारकामाथि अनुसन्धान अघि बढाएको छ।

सीमा तस्करीको ‘चेन’ खुल्दै ! २ डीएसपीसहित ८ सशस्त्र प्रहरी अनुसन्धानको घेरामा, बयानले तल्लो तहदेखि माथिल्लो कमाण्डसम्मको...
16/07/2026

सीमा तस्करीको ‘चेन’ खुल्दै ! २ डीएसपीसहित ८ सशस्त्र प्रहरी अनुसन्धानको घेरामा, बयानले तल्लो तहदेखि माथिल्लो कमाण्डसम्मको संलग्नतामाथि प्रश्न

काठमाडौं । सीमा क्षेत्रमा हुने तस्करीसँग सम्बन्धित आर्थिक लेनदेनको आरोपले सशस्त्र प्रहरी बलभित्र हलचल मच्चिएको छ। तस्करीबाट संकलित रकमको नियमित बाँडफाँट भएको आशंकापछि सशस्त्र प्रहरी बल (एपीएफ) ले दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित आठ जना सुरक्षाकर्मीलाई मुख्यालय हल्चोक तानेर विस्तृत छानबिन सुरु गरेको छ।

छानबिनमा तानिएका अधिकारीहरूमा यसअघि झापाको काँकडभिट्टामा कार्यरत रही हाल इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेती, सीमा सुरक्षा गुल्म हरिपुर, सुनसरीका डीएसपी शमशेर कार्की तथा बोर्डर आउट पोस्ट (बीओपी) लौकही, सुनसरीका इन्स्पेक्टर नरेन्द्र चन्द रहेका छन्। उनीहरूलाई प्रारम्भिक अनुसन्धानका क्रममा आएका बयान र सूचनाका आधारमा मुख्यालय बोलाइएको स्रोतले जनाएको छ।

यसअघि नै नं. ३८ रिजर्भ गणका हवल्दार हरि मगर र केशव गुरुङ, नं. २ गण झापाका हवल्दार विश्वास राजवंशी, पूर्व क्षेत्रीय अस्पताल सुनसरीमा कार्यरत सई गणेश खड्का तथा नं. ४ गण सुनसरीका जवान पारस यादव लाई पनि अनुसन्धानका लागि मुख्यालय तानिएको थियो।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार प्रारम्भिक बयानका क्रममा तल्लो तहका केही सुरक्षाकर्मीले तस्करीबाट उठाइएको रकम मासिक रूपमा माथिल्लो तहका अधिकृतसम्म पुग्ने गरेको दाबी गरेका छन्। विशेषगरी सई गणेश खड्का लगायतले दिएको बयानपछि डीएसपी र इन्स्पेक्टर तहका अधिकृतहरूको नामसमेत अनुसन्धानको दायरामा आएको बताइएको छ। यही आधारमा मुख्यालयले अनुसन्धानको दायरा विस्तार गर्दै सम्बन्धित अधिकृतहरूलाई पनि हाजिर गराएको हो।

यदि अनुसन्धानबाट आरोप पुष्टि भएमा यो घटना केवल केही व्यक्तिको अनुशासनहीनतामा सीमित नरही सीमा सुरक्षाको संरचनामै गम्भीर प्रश्न उठाउने विषय बन्न सक्ने विश्लेषण भइरहेको छ। किनभने नेपाल–भारत सीमामा तस्करी नियन्त्रण गर्ने प्रमुख जिम्मेवारी सशस्त्र प्रहरी बलकै काँधमा रहेको छ। त्यही संयन्त्रभित्रबाट तस्करीलाई संरक्षण पुगेको आशंका स्थापित भए त्यसले सुरक्षा प्रणालीको विश्वसनीयतामाथि प्रत्यक्ष असर पार्नेछ।

नेपाल–भारत खुला सीमाका झापा, सुनसरी, मोरङ, पर्सा, बाँके, रुपन्देही, कपिलवस्तु लगायतका नाकाबाट लामो समयदेखि विभिन्न उपभोग्य सामग्री, लत्ताकपडा, विद्युतीय सामग्री, कृषि उत्पादन तथा अन्य वस्तुको अवैध ओसारपसार हुने गरेको गुनासो बेलाबेलामा सार्वजनिक हुँदै आएको छ। विभिन्न स्थानमा तस्करीका सामान बरामद हुने क्रम जारी रहँदा तस्करी नियन्त्रणमा खटिएका सुरक्षा निकायकै केही सदस्यमाथि संरक्षण दिएको आरोप पनि पटक–पटक उठ्ने गरेको थियो।

यसपटक भने आरोप केवल सार्वजनिक चर्चामै सीमित नरही संस्थाभित्रै औपचारिक अनुसन्धानको चरणमा पुगेको देखिन्छ। प्रारम्भिक बयानका आधारमा उच्च तहसम्म अनुसन्धान विस्तार गरिनुले सशस्त्र प्रहरी नेतृत्वले घटनालाई गम्भीर रूपमा लिएको संकेत गरेको छ।

यद्यपि हालसम्म अनुसन्धान निष्कर्षमा नपुगेकाले आरोपित अधिकारीहरू दोषी ठहर भइसकेका भने छैनन्। अनुसन्धान प्रक्रियाले संकलन गर्ने प्रमाण, आर्थिक कारोबारको विवरण, बयान तथा अन्य तथ्यका आधारमा मात्रै उनीहरूको संलग्नता पुष्टि वा खण्डन हुनेछ।

यस विषयमा सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्की ले केही सुरक्षाकर्मीलाई अनुसन्धानका लागि मुख्यालय तानिएको पुष्टि गरेका छन्। तर अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनले सम्बन्धित व्यक्तिहरूको नाम सार्वजनिक गर्न नमिल्ने बताएका छन्।

उनका अनुसार अनुसन्धान पूर्ण रूपमा आन्तरिक संयन्त्रमार्फत अगाडि बढिरहेको छ र आवश्यक परे थप व्यक्तिलाई पनि बयानका लागि बोलाउन सकिनेछ।

सुरक्षा विश्लेषकहरूका अनुसार कुनै पनि सुरक्षा संगठनको विश्वसनीयता कायम राख्न आन्तरिक शुद्धीकरण अपरिहार्य हुन्छ। आरोप लागेका व्यक्तिलाई निष्पक्ष अनुसन्धानको दायरामा ल्याउनु सकारात्मक पक्ष भए पनि अन्तिम निष्कर्ष प्रमाणका आधारमा मात्रै निकालिनुपर्ने उनीहरूको धारणा छ। दोषी देखिए कडा कारबाही र निर्दोष प्रमाणित भए प्रतिष्ठा पुनःस्थापित गर्ने दुवै दायित्व संस्थाको हुने उनीहरू बताउँछन्।

सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि राज्यले ठूलो जनशक्ति, स्रोत–साधन र बजेट परिचालन गरिरहेको अवस्थामा तस्करीबाट उठेको रकम सुरक्षाकर्मीबीच बाँडफाँट हुने आरोपले गम्भीर प्रश्न खडा गरेको छ। यस अनुसन्धानले केही व्यक्तिको जिम्मेवारी मात्रै निर्धारण गर्ने होइन, सीमा सुरक्षामा रहेको सम्भावित कमजोर कडी र संस्थागत सुधारको आवश्यकता पनि उजागर गर्ने अपेक्षा गरिएको छ।
I
अब सबैको नजर मुख्यालयको अनुसन्धान प्रतिवेदनतर्फ केन्द्रित छ। अनुसन्धानले आरोप पुष्टि गर्छ वा आरोपित अधिकारीहरू निर्दोष सावित हुन्छन् भन्ने निष्कर्ष आउन बाँकी रहे पनि, यो घटनाले सीमा सुरक्षा प्रणालीभित्र पारदर्शिता, जवाफदेहिता र आन्तरिक निगरानीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता पुनः एकपटक स्पष्ट पारेको छ।

धनुषा सीमा नाकामा सशस्त्र प्रहरीमाथि ‘लाइन दिएको’ आरोपजनकपुरधाम । गृहमन्त्री सुदन गुरुङ दोस्रो पटक पदबहाली भएपछि केही दि...
14/07/2026

धनुषा सीमा नाकामा सशस्त्र प्रहरीमाथि ‘लाइन दिएको’ आरोप

जनकपुरधाम । गृहमन्त्री सुदन गुरुङ दोस्रो पटक पदबहाली भएपछि केही दिनका लागि सुस्ताएको धनुषाको सीमावर्ती तस्करी गतिविधि फेरि पुरानै लयमा फर्किएको आरोप स्थानीय व्यवसायी र सीमावर्ती बासिन्दाले लगाएका छन्। विशेषगरी महिनाथपुर, देवडिया, महेन्द्रनगरलगायतका नेपाल–भारत सीमा नाकाबाट पछिल्ला केही दिनयता संगठित रूपमा चोरी–तस्करी बढेको भन्दै सम्बन्धित निकायको भूमिकामाथि प्रश्न उठ्न थालेको छ।

स्थानीय स्रोतका अनुसार गृहमन्त्री परिवर्तनसँगै सुरक्षा संयन्त्र केही समय कडाइमा उत्रिएपछि तस्करी गतिविधि करिब एक सातासम्म प्रभावित भएको थियो। त्यस अवधिमा सीमामा निगरानी बढेको देखिए पनि अहिले भने पुरानै शैलीमा तस्करी फेरि सञ्चालन हुन थालेको दाबी गरिएको छ।सीमावर्ती क्षेत्रमा व्यवसाय गर्दै आएका व्यापारीहरूका अनुसार पछिल्ला दिनमा भारतीय बजारबाट लत्ताकपडा, किराना सामग्री, खाद्यान्न, इलेक्ट्रोनिक्स, कस्मेटिक्स तथा अन्य उपभोग्य वस्तुहरू रातको समयमा विभिन्न अनधिकृत बाटो प्रयोग गरी नेपाल भित्र्याउने क्रम बढेको छ। उनीहरूका अनुसार संगठित समूहले योजनाबद्ध रूपमा तस्करी गरिरहेको भए पनि साना कारोबारी वा भरियाको सामान मात्रै नियन्त्रणमा लिएर ठूलो गिरोहलाई उन्मुक्ति दिने प्रवृत्ति कायमै रहेको छ।

स्थानीय व्यवसायीहरूको आरोप अझ गम्भीर छ। उनीहरूका अनुसार सीमाको सुरक्षा तथा चोरी–तस्करी नियन्त्रणको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले प्रभावकारी नियन्त्रण गर्न नसकेको मात्र होइन, केही ठूला तस्करलाई संरक्षण दिएको आशंका समेत बढेको छ। उनीहरूको भनाइमा बेला–बेला केही बोरा सामान वा साना परिमाणका सामग्री बरामद गरी कारबाही भएको प्रचार गरिए पनि ठूलो परिमाणमा हुने संगठित तस्करी भने रोकिएको देखिँदैन।

सीमावर्ती बासिन्दाहरू पनि यस्तै अनुभव सुनाउँछन्। उनीहरूका अनुसार राति र बिहानको समयमा समूहगत रूपमा सामान ओसारपसार भइरहेको दृश्य सामान्य बन्दै गएको छ। अनधिकृत नाकाबाट हुने यस्ता गतिविधिले स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाएको उनीहरूको भनाइ छ।व्यापारीहरू भन्छन्, वैधानिक रूपमा भन्सार तिरेर व्यवसाय गर्नेहरू सबैभन्दा बढी मारमा परेका छन्। तस्करी भएर आएका सस्ता सामान बजारमा खुलेआम बिक्री हुँदा कानुनी व्यवसायी प्रतिस्पर्धामा टिक्न कठिन भएको उनीहरूको गुनासो छ। यसले सरकारको राजस्वमा समेत ठूलो क्षति पुगिरहेको उनीहरूको दाबी छ।

सुरक्षा स्रोतहरूका अनुसार पछिल्लो समय केही स्थानमा सामान बरामद र केही व्यक्तिलाई नियन्त्रणमा लिने कार्य भए पनि त्यसले संगठित तस्करी सञ्जालमा उल्लेखनीय प्रभाव पार्न सकेको देखिँदैन। बरु मुख्य योजनाकार र आर्थिक रूपमा शक्तिशाली तस्करहरू कानुनी दायराभन्दा बाहिरै रहेको आरोप स्थानीय स्तरमा निरन्तर उठ्दै आएको छ।धनुषा भारतसँग जोडिएको संवेदनशील सीमावर्ती जिल्ला भएकाले यहाँ हुने अवैध आयात–निर्यातले केवल स्थानीय बजारलाई मात्र होइन, समग्र राष्ट्रिय अर्थतन्त्रलाई समेत असर पार्ने विज्ञहरूको धारणा छ। तस्करीका कारण राज्यले राजस्व गुमाउने, वैधानिक व्यापार कमजोर हुने तथा संगठित अपराधलाई आर्थिक आधार मिल्ने जोखिम बढ्दै जाने उनीहरूको विश्लेषण छ।

स्थानीय नागरिक तथा व्यवसायीहरूले सीमामा तैनाथ सुरक्षा निकायको कार्यशैलीमाथि निष्पक्ष छानबिन गर्न, अनधिकृत नाकाहरूमा प्रभावकारी निगरानी बढाउन तथा साना भरिया मात्र होइन, तस्करीको मुख्य सञ्जाल सञ्चालन गर्ने व्यक्तिहरूसम्म पुगेर अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्।यद्यपि, यी आरोपहरूबारे सम्बन्धित सुरक्षा निकायको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी रहेकाले सम्बन्धित निकायको धारणा आउनु आवश्यक देखिन्छ। यदि स्थानीयले उठाएका प्रश्नहरूमा सत्यता छ भने सीमामा हुने संगठित तस्करी नियन्त्रणका लागि वर्तमान रणनीति पुनरावलोकन गर्दै जिम्मेवार निकायमाथि आवश्यक छानबिन र कारबाही अघि बढाउनुपर्ने आवश्यकता थप बलियो बनेको छ।
नव जनप्रहार साप्ताहिकबाट साभार

‘हात मिलाउन बन्द, नमस्ते अनिवार्य’ : ट्राफिक प्रहरीको नयाँ आदेशले के लुकायो ? शिष्टाचार कि शंकाको संकेत ?काठमाडौं । काठम...
25/06/2026

‘हात मिलाउन बन्द, नमस्ते अनिवार्य’ :
ट्राफिक प्रहरीको नयाँ आदेशले के लुकायो ? शिष्टाचार कि शंकाको संकेत ?

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले अब सवारी चालकसँग हात मिलाउने छैन। सेवाग्राहीलाई सम्मान व्यक्त गर्ने पुरानो शैलीलाई विस्थापित गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘नमस्ते संस्कृति’ लागू गर्ने निर्णय गरेको छ। कार्यालयले मातहतका सबै ट्राफिक प्रहरी इकाइलाई सर्कुलर जारी गर्दै ड्युटीका क्रममा सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात नमिलाई टाढैबाट नमस्ते गरेर अभिवादन गर्न निर्देशन दिएको छ।

पहिलो दृष्टिमा यो निर्णय नेपाली संस्कृति संरक्षण र व्यावसायिक मर्यादा प्रवर्द्धनको प्रयास जस्तो देखिन्छ। तर यसले ट्राफिक प्रहरी र सेवाग्राहीबीचको सम्बन्ध, विगतमा उठेका विवाद, तथा संगठनभित्रको सुधार अभियानसँग जोडिएका अनेक प्रश्नहरू पनि जन्माएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हात मिलाउनु भन्दा नमस्ते गर्नु नेपाली मौलिक संस्कृतिसँग बढी मेल खाने व्यवहार हो। सर्कुलरमा स्पष्ट रूपमा ड्युटीका बेला कुनै पनि ट्राफिक प्रहरीले सवारी चालक वा सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्ण रूपमा त्याग्नुपर्ने उल्लेख गरिएको छ। त्यसको सट्टा टाढैबाट नमस्कार गर्दै सम्मान व्यक्त गर्न भनिएको छ।

तर प्रश्न उठ्छ– के यो केवल सांस्कृतिक निर्णय हो, वा यसभित्र अन्य कारणहरू पनि लुकेका छन् ?

नेपालमा ट्राफिक प्रहरी संगठन लामो समयदेखि विभिन्न विवाद र आलोचनाको केन्द्रमा रहँदै आएको छ। विशेष गरी सडकमा चालक र ट्राफिक प्रहरीबीच हुने प्रत्यक्ष सम्पर्कलाई लिएर समय–समयमा घुस लेनदेन, अनुचित प्रभाव, व्यक्तिगत चिनजानको प्रयोग तथा नियम कार्यान्वयनमा विभेद भएको आरोप लाग्ने गरेको छ।

सामाजिक सञ्जालमा भाइरल भएका कतिपय भिडियो तथा तस्बिरहरूले पनि ट्राफिक प्रहरी र चालकबीचको निकट सम्बन्धमाथि प्रश्न उठाउने गरेका थिए। कतिपय अवस्थामा हात मिलाउने शैलीलाई सामान्य अभिवादनभन्दा बाहिर गएर ‘विशेष सम्बन्ध’ को संकेतका रूपमा समेत व्याख्या गरिन्थ्यो।

यही पृष्ठभूमिमा हेर्दा कार्यालयको नयाँ निर्देशन केवल संस्कृतिको प्रवर्द्धन मात्र नभई ट्राफिक प्रहरी र सेवाग्राहीबीच आवश्यक व्यावसायिक दूरी कायम गर्ने रणनीतिका रूपमा पनि बुझ्न सकिन्छ।

विगत केही वर्षयता नेपाल प्रहरीले संगठन सुधारका विभिन्न अभियान सञ्चालन गरिरहेको छ। ट्राफिक प्रहरीको छवि सुधार, भ्रष्टाचार नियन्त्रण, डिजिटल प्रविधिको प्रयोग विस्तार तथा सेवा प्रवाहलाई पारदर्शी बनाउने प्रयास भइरहेका छन्। ट्राफिक नियम उल्लंघनमा डिजिटल चालान प्रणाली, सीसीटीभी निगरानी र मोबाइल एपमार्फत सेवा विस्तारका कदमहरू पनि यही सुधार अभियानका हिस्सा हुन्।

यस्तो अवस्थामा हात मिलाउने अभ्यास अन्त्य गर्नु पनि संगठनलाई अझ औपचारिक, मर्यादित र निष्पक्ष बनाउने प्रयासको निरन्तरता हुन सक्ने विश्लेषकहरूको बुझाइ छ।

यद्यपि यस निर्णयलाई सबैले एउटै दृष्टिकोणबाट हेरेका छैनन्। कतिपयले यसलाई नेपाली मौलिक संस्कृतिको सम्मानका रूपमा स्वागत गरेका छन्। उनीहरूको तर्क छ कि नमस्ते नेपाली समाजको पहिचान हो, जसले सम्मान, शिष्टाचार र सभ्यतालाई झल्काउँछ। पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गएको अवस्थामा राज्यका निकायले नमस्तेलाई प्राथमिकता दिनु सकारात्मक सन्देश भएको उनीहरू बताउँछन्।

तर अर्कोतर्फ केहीले यो निर्णयलाई प्रतीकात्मक सुधार मात्र भएको टिप्पणी गरेका छन्। उनीहरूका अनुसार हात मिलाउन रोक लगाउँदैमा ट्राफिक प्रहरीप्रतिको जनविश्वास स्वतः बढ्दैन। सेवामा पारदर्शिता, निष्पक्षता, भ्रष्टाचार नियन्त्रण तथा नागरिकमैत्री व्यवहार जस्ता मूलभूत पक्षमा सुधार भए मात्र वास्तविक परिवर्तन देखिनेछ।

विशेषज्ञहरूका अनुसार सार्वजनिक सेवामा कार्यरत सुरक्षाकर्मीले सेवाग्राहीसँग सम्मानजनक दूरी कायम गर्नु अन्तर्राष्ट्रिय अभ्यास पनि हो। यसले व्यक्तिगत निकटताभन्दा संस्थागत व्यवहारलाई प्राथमिकता दिन मद्दत गर्छ। तर व्यवहारिक रूपमा नागरिकले सेवा पाउने क्रममा सहजता, सम्मान र समान व्यवहार महसुस गर्न सकेनन् भने केवल अभिवादनको शैली परिवर्तनले अपेक्षित परिणाम दिन सक्दैन।

ट्राफिक प्रहरी र नागरिकबीचको सम्बन्ध सधैं संवेदनशील विषय रहँदै आएको छ। सडकमा नियम कार्यान्वयन गर्ने क्रममा ट्राफिक प्रहरी राज्यको अनुहारका रूपमा देखिन्छ। त्यसैले उनीहरूको व्यवहार, भाषा, शैली र प्रस्तुतिले सम्पूर्ण प्रहरी संगठनको छविमा प्रभाव पार्ने गर्दछ।

यसै कारण काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको ‘हात नमिलाउने, नमस्ते गर्ने’ निर्देशनलाई सामान्य प्रशासनिक निर्णयभन्दा पनि संगठनात्मक सन्देशका रूपमा हेरिएको छ। यसले ट्राफिक प्रहरीलाई व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर संस्थागत मर्यादा र व्यावसायिकतामा केन्द्रित हुन संकेत गरेको देखिन्छ।

अब यो निर्णय कागजमा सीमित रहन्छ वा व्यवहारमा पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने कुरा महत्वपूर्ण हुनेछ। किनभने नागरिकको दृष्टिमा ट्राफिक प्रहरीको मूल्यांकन हात मिलाउने वा नमस्ते गर्ने शैलीले मात्र होइन, सडकमा देखिने व्यवहार, निष्पक्षता र सेवाको गुणस्तरले निर्धारण गर्नेछ।

त्यसैले ट्राफिक प्रहरीको नयाँ ‘नमस्ते अभियान’ केवल अभिवादन परिवर्तनको विषय होइन, यो संगठनको छवि, नागरिकसँगको सम्बन्ध र व्यावसायिक सुधारको परीक्षण पनि हो। यदि यससँगै व्यवहारिक सुधारका अन्य कदमहरू पनि प्रभावकारी रूपमा अघि बढे भने यो निर्णयले सकारात्मक सन्देश दिन सक्छ। अन्यथा, यो केवल एउटा औपचारिक सर्कुलरमा सीमित हुने जोखिम पनि उत्तिकै छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when HulakiNews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HulakiNews:

Shortcuts

Share