Nawapath

Nawapath Nawapath Nepal’s Digital Newspaper

22/08/2025

कोशी प्रदेश सभा सचिवालय अगाडि पत्रकारमाथि प्रहरीले धरपकड
विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजनामा शुक्रबार कोशी प्रदेश सरकारले ल्याएको संचार विधेयकविरुद्ध धर्ना दिन पुगेका पत्रकारमाथि प्रहरीले धरपकड गरेको छ।
विधेयकलाई अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भन्दै पत्रकार महासंघले प्रदेश सभा सचिवालय अगाडि विरोध प्रदर्शन गरेको थियो। सो क्रममा कार्यक्रममा सहभागी पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि हलचल भएको थियो।
पत्रकार महासंघले प्रहरीको बल प्रयोगप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रतामाथि धक्का दिने गरी सरकारले दमनकारी शैली अपनाएको टिप्पणी गरेको छ। नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा संचार विधेयकको विरोधमा कोशी प्रदेश सभा सचिवालय अगाडि धर्ना दिन पुगेका पत्रकारहरु माथि शुक्रबार प्रहरीले धरपकड गर्दै ।

सञ्चार विधेयकविरुद्ध पत्रकारको प्रदर्शन, प्रहरीले दुव्यवहार गरेको आरोपविराटनगर । कोशी प्रदेश सरकारले तयार पारेको सञ्चार ...
22/08/2025

सञ्चार विधेयकविरुद्ध पत्रकारको प्रदर्शन, प्रहरीले दुव्यवहार गरेको आरोप

विराटनगर । कोशी प्रदेश सरकारले तयार पारेको सञ्चार विधेयकविरुद्ध पत्रकारहरूले शुक्रबार विराटनगरमा प्रदर्शन गरेका छन् ।

पत्रकार र सञ्चार संस्थालाई समाचार लेखेका आधारमा जरिवाना गर्न सक्ने प्रावधान रहेको भन्दै नेपाल पत्रकार महासंघको अगुवाइमा प्रदेश सभा सचिवालय अगाडि विरोध प्रदर्शन गरिएको हो।

प्रदर्शनका क्रममा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी अनमोल खड्का नेतृत्वको टोलीले पत्रकारहरूसँग दुव्यवहार गरेको आरोप लगाइएको छ। पत्रकार महासंघले प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै सञ्चार विधेयक खारेज गर्न माग गरेको छ।

विराटनगर व्यापार खस्कँदै: सीमापार किनमेल, नीतिगत समस्या र युवाशक्ति पलायनप्रति - मन्त्रीदेखि उद्योगीहरूचिन्तितभोजराज घिम...
05/08/2025

विराटनगर व्यापार खस्कँदै: सीमापार किनमेल, नीतिगत समस्या र युवाशक्ति पलायनप्रति - मन्त्रीदेखि उद्योगीहरूचिन्तित
भोजराज घिमिरे, विराटनगर, साउन २०
मोरङ चेम्बर अफ कमर्सको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन समारोहमा सहभागी वक्ताहरूले विराटनगरको खस्कँदो व्यापारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सीमापार भारतीय बजारको आकर्षण, व्यापार नीतिको अस्पष्टता, र युवाशक्तिको तीव्र पलायनले आन्तरिक बजार धरासायी बन्दै गएको वक्ताहरूको निष्कर्ष थियो।

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशबाट सबैभन्दा बढी कफी निर्यात गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको जानकारी दिनुभयो। उहाँले निजी क्षेत्रसँग सहकार्य गरेर औद्योगिक विस्तारमा सरकार गम्भीर रहेको धारणा व्यक्त गर्नुभयो।

विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले सीमापार भारतीय बजारतर्फको आकर्षणले स्थानीय व्यापारमा प्रतिकूल असर परेको भन्दै नेपाली उत्पादन प्रवर्द्धनमा सरकार गम्भीर नबने अवस्था झन जटिल हुने चेतावनी दिनुभयो।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कोभिड–१९ र रुस–युक्रेन युद्धपछिको वैश्विक आर्थिक अस्थिरता, मौद्रिक नीतिको कठोरता र उच्च ब्याजदरका कारण मुलुकको समग्र अर्थतन्त्र नै संकटमा परेको बताउनुभयो। कोशी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउतले कृषिमा अपार सम्भावना रहेकाले राज्यले सो क्षेत्रमा पुँजी वृद्धिमा ध्यान दिनुपर्ने तर्क गर्नुभयो।

सीमापार किनमेलले व्यापार ५० प्रतिशतले घट्यो

वक्ताहरूले विराटनगरको व्यापार करिब ५० प्रतिशतले घटेको उल्लेख गरे। जोगबनी बजारतर्फ नेपाली उपभोक्ता र व्यवसायीको आकर्षण बढेसँगै आन्तरिक बजार कमजोर बन्दै गएको उनीहरूको भनाइ थियो। मन्त्री मगरले “विराटनगरका टाठाबाठाहरू जोगबनी जान थालेपछि यहाँको व्यापार धरासायी हुँदै गएको हो,” भन्दै सीमापार किनमेलको गम्भीर असरबारे संकेत गर्नुभयो।

महानगर प्रमुख कोइरालाले पनि सीमामा नियन्त्रणको प्रयास गरे पनि व्यवसायीहरूको समर्थन अभावले अवस्था झनै बिग्रेको बताए।

उद्योगीहरूको जोड: औद्योगिक विस्तार र नीतिगत सुधार

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, मोरङ चेम्बरका पूर्व अध्यक्ष यादव पोखरेल लगायतले राज्यले औद्योगिक विकासलाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

यसै अवसरमा व्यवसायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै श्रीराम आयलका प्रदीप मुरारका, न्युरो अस्पतालका डा. वीरेन्द्र विष्ट, पल्स फेसनका निमेष प्रधान, क्वालिटी रिफाइनरीका घनश्याम कावरा, र नोबेल मेडिकल कलेजका लोकनाथ न्यौपानेलाई सम्मान गरिएको थियो।

समग्र विकासको अवधारणा: यादव पोखरेलको प्रस्तुति

पूर्व अध्यक्ष यादव पोखरेलले हिमाल, पहाड र तराईको विशिष्टता अनुसार क्षेत्रीय सन्तुलित विकासमार्फत समृद्धि सम्भव हुने उल्लेख गर्नुभयो। उहाँले जलस्रोत संरक्षण, साना जलविद्युत्, इको टुरिजम, कृषि–पशुपालन, जैविक उत्पादन, औद्योगिक विस्तार र भूमिसुधारमा लगानी आवश्यक रहेको धारणा राख्नुभयो।

नेपालमा स्रोतको अभाव नभए पनि वैज्ञानिक उपयोग हुन नसकेको भन्दै जडीबुटी, वनस्पति प्रणाली र हावापानीको प्रयोगमार्फत स्थानीय उत्पादनलाई विश्व बजारमा पुर्‍याउन सकिने तर्क पनि पोखरेलले गर्नुभयो।

युवाशक्ति पलायन र सरकारको उदासीनता

पोखरेलले युवाशक्ति तीव्र रूपमा विदेश पलायन भइरहेकाले देशभित्र मानव संसाधनको संकट उत्पन्न भइरहेको उल्लेख गर्दै, “गाउँ, विद्यालय, खेत–कारखानाबाट युवा हराउँदै गएको बेला सरकारले रेमिटेन्समा गर्व गर्नु विडम्बनापूर्ण हो,” भन्दै सरकारको सोचमाथि कटाक्ष गर्नुभयो।

कार्यक्रम समापन

कार्यक्रमको पहिलो सत्रको समापन मोरङ चेम्बरका उपाध्यक्ष शिवप्रसाद रिजालले गर्नुभयो। प्रमुख तथा विशिष्ट अतिथिहरूलाई धन्यवाद चेम्बरका महासचिव कृष्ण प्रसाद दाहाल र सचिव हरिबहादुर श्रेष्ठले व्यक्त गर्नुभयो। कोषाध्यक्ष मनोज कुमार मिश्राले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

पञ्चायत माविमा आशालाग्दो नतिजा, रेडस्टारबाट ३.९६ जीपीए ल्याउँदै नगरमै उच्च प्रदर्शनपथरी शनिश्चरे, २० साउनराष्ट्रिय परीक्...
05/08/2025

पञ्चायत माविमा आशालाग्दो नतिजा, रेडस्टारबाट ३.९६ जीपीए ल्याउँदै नगरमै उच्च प्रदर्शन

पथरी शनिश्चरे, २० साउन
राष्ट्रिय परीक्षा बोर्डद्वारा आइतबार साँझ प्रकाशित कक्षा १२ को परीक्षाफलमा मोरङको पथरी शनिश्चरेस्थित सार्वजनिक विद्यालय पञ्चायत माविले उल्लेखनीय सफलता हासिल गरेको छ।

नेपाल सरकारद्वारा निर्वाचन क्षेत्र स्तरीय नमुना विद्यालयको रूपमा घोषित पञ्चायत माविबाट विज्ञान संकायतर्फ युगलकिशोर दाहालले ३.८८ र सिभिल इन्जिनियरिङ संकायतर्फ दिपेश नेपालले ३.७५ जीपीए ल्याएर उत्कृष्ट प्रदर्शन गरेका छन्।

विद्यालयका प्रधानाध्यापक अर्जुन बुढाथोकीका अनुसार साधारण धारामा ६४.५६ प्रतिशत र प्राविधिक धारातर्फ ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। सार्वजनिक विद्यालयहरूमध्ये पञ्चायतको नतिजा सबैभन्दा उत्कृष्ट रहेको र केही संस्थागत विद्यालयहरूसँग पनि प्रतिस्पर्धात्मक देखिएको बुढाथोकीले बताए।

नगरकै संस्थागत विद्यालय रेडस्टारका चन्दन शाह र प्रविन कट्टेलले समान ३.९६ जीपीए ल्याएर नगरमै उच्चतम व्यक्तिगत नतिजा ल्याएका छन्। रेडस्टारले समग्रमा ९७.४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यो वर्ष पनि नगरमै उत्कृष्ट विद्यालयको स्थान कायम गरेको छ।

नगर शिक्षा विभाग प्रमुख नवीन खुलालका अनुसार अन्य संस्थागत विद्यालयहरूको उत्तीर्ण प्रतिशत यस प्रकार रहेको छ:

मोरङ मेरिगोल्ड: ९६.५५ %

न्यु प्यागोडा: ८६.६७ %

एभरेष्ट स्कुल: ८६.१७ %

अन्नपूर्ण: ८० %

बाल्मीकि मेमोरियल: ७१.१५ %

अरुणोदय: ६५ %

भूपू सैनिक स्कुल: ५५.५६ %

सार्वजनिक विद्यालयहरूमध्ये पञ्चायतपछि सिंहबाहिनी माविबाट ६३.१६ प्रतिशत, जनता माविबाट ४१.३ %, बुद्ध माविबाट ३८.६१ %, भागिरथ माविबाट ३०.३० % र अमरसिंह माविबाट २४.२४ % विद्यार्थी उत्तीर्ण भएका छन्।

कुल १,३२९ परीक्षार्थीमध्ये ९३४ जना उत्तीर्ण भएका छन्, जुन ७०.२९ प्रतिशत उत्तीर्ण दर हो। यो दर राष्ट्रिय औसत ६१.१७ प्रतिशतभन्दा धेरै भएकाले सन्तोषजनक रहेको शिक्षा विभाग प्रमुख खुलालले बताए।

23/06/2025
सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा भव्य सम्मान समारोह सम्पन्न
19/06/2025

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा भव्य सम्मान समारोह सम्पन्न

नवनिर्वाचित उद्योग संगठन मोरङका अध्यक्ष, प्रहरी उपरीक्षक र वरिष्ठ पत्रकार भोजराज घिमिरे सम्मानित विराटनगर, असा.....

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा भव्य सम्मान समारोह सम्पन्न..नवनिर्वाचित उद्योग संगठन मोरङका अध्यक्ष, प्रहरी उपरीक्षक...
19/06/2025

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा भव्य सम्मान समारोह सम्पन्न..
नवनिर्वाचित उद्योग संगठन मोरङका अध्यक्ष, प्रहरी उपरीक्षक र वरिष्ठ पत्रकार भोजराज घिमिरे सम्मानित विराटनगर, असार ४ गते — “समुदाय र सुरक्षाबीच सशक्त सहकार्य” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनी, विराटनगरको आयोजनामा एक भव्य र गरिमामय सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई औपचारिक रूपमा सम्मान गरियो।
समारोहमा उद्योग संगठन मोरङका नवनिर्वाचित अध्यक्ष तथा सामुदायिक सेवा केन्द्रका सल्लाहकार नन्दकिशोर राठी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नारायण प्रसाद चिमरीया र नेपाल पत्रकार महासंघ कोशी प्रदेश परिषद सदस्य तथा केन्द्रका सचिव भोजराज घिमिरेलाई विशेष सम्मान प्रदान गरियो।
कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीकी अध्यक्ष मिना जोशीले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा उपस्थित हुनु भएका एसपी नारायण प्रसाद चिमरीयाले वर्तमान समयमा शान्ति सुरक्षाको सुधारमा सामुदायिक प्रहरीको भूमिकालाई विशेषरूपमा प्रशंसा गर्नुभयो।
उहाँले भन्नुभयो,
“सुरक्षामा प्रहरी मात्र होइन, समुदायको सक्रिय सहभागिता आवश्यक छ। अघिल्लो वर्षहरूमा मोटरसाइकल चोरीजस्ता घटना प्रशस्त थिए, तर हाल ती घटनामा उल्लेखनीय कमी आएको छ। सामुदायिक प्रहरी सेवा केन्द्रले जनचेतना अभिवृद्धिमा खेलेको भूमिका अत्यन्तै सकारात्मक छ।"
कार्यक्रममा विशेष अतिथिका रूपमा मोरङ चेम्बर अफ कमर्स का अध्यक्ष ,केन्द्र का सल्लाहकार तथा समाजसेवी यादव पोखरेल, समाजसेवी चम्पालाल राठी, बैरा माविकी प्रधानाध्यापक मिनु अधिकारी, समाजसेवी राजेन्द्र रिजाल, शिक्षिका रमा रिजाल, प्रभु बैंकका प्रबन्धक अजय मण्डल, केन्द्रका सल्लाहकार विजय शर्मा, कोषाध्यक्ष सन्तोष बाहेती, सदस्य पद्मा पौडेल , हिरा थापा बिराटनगर माहानगर पालिका वडा न.
२ का वडा सदस्य केन्द्र का सदस्य शेर सिङ दुगड,केन्द्र का सदस्य सुशील मुन्द्रा लगायत को समेत उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको स्वागत मन्तव्य पुर्बप्रहरी उपरीक्षक केन्द्र का उपाध्यक्ष बिधानन्द माझीले राख्नुभएको थियो। उहाँले सामुदायिक प्रहरी सेवा केन्द्रले स्थापना कालदेखि नै समाजमा सुरक्षा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा गर्दै आएको क्रियाशीलतालाई उजागर गर्नुभयो। अध्यक्ष मिना जोशीले संस्थाले सुरक्षा, सहयोग र चेतनामूलक गतिविधि सञ्चालन गर्दै आइरहेको र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता जनाइन्।
समारोहमा नवनिर्वाचित उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले आफूलाई प्रदान गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै भन्नुभयो,
“सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यशैली प्रशंसनीय छ। हामी उद्योग क्षेत्रमा मात्रै होइन, समाज सेवामा पनि जोड दिन्छौं। आगामी दिनमा केन्द्रसँग अझै घनिष्ठ सहकार्य हुनेछ।”
यसै अवसरमा समाजसेवी हरु चम्पालाल राठी , नन्दु ताबडिया , पवनकुमार पुरोहित र समाज सेबि देवकी शर्माको पहलमा बैरा माध्यमिक विद्यालयलाई चार वटा पंखा प्रदान गरिएको थियो। उक्त सामग्री विद्यालयकी प्रधानाध्यापक मिनु अधिकारी र शिक्षिका रमा रिजाललाई सामुदायिक प्रहरी सेवा केन्द्रमार्फत हस्तान्तरण गरिएको थियो।
कार्यक्रमको सन्चालन केन्द्रकी पदेन सदस्य तथा प्रहरी हलदार तुलसा खड्काले गरेकी थिइन् भने सहायक हलदार कल्पना कटेलले सहयोगी भूमिका निर्वाह गरेकी थिइन्।
सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीले आयोजना गरेको यो सम्मान समारोहले समाजमा सकारात्मक उर्जा प्रवाह मात्र गरेको छैन, सुरक्षा र सामाजिक सेवा दुबै क्षेत्रका प्रतिनिधिहरूबीच सशक्त सहकार्यको सन्देश पनि दिएको छ।

सामुदायिक प्रहरी सेवा केन्द्र विराटनगरतीनपैनीमा प्रहरी जवान प्रशिक्षार्थीको अध्ययन भ्रमणविराटनगर, जेठ २८ — कोशी प्रदेश प...
12/06/2025

सामुदायिक प्रहरी सेवा केन्द्र विराटनगरतीनपैनीमा प्रहरी जवान प्रशिक्षार्थीको अध्ययन भ्रमण

विराटनगर, जेठ २८ — कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा तालिमरत प्रहरी जवान प्रशिक्षार्थीहरूको टोलीले सामुदायिक प्रहरी सेवा केन्द्र, तीनपैनी, विराटनगर २ मा अध्ययन तथा अवलोकन भ्रमण गरेका छन्।
कोशी प्रहरी तालिम केन्द्रबाट प्राप्त जानकारीअनुसार, २०८२ बैशाख २७ गतेदेखि सुरु भएको तालिम अध्ययन भ्रमण कार्यक्रमअन्तर्गत २०१ जना प्रशिक्षार्थीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। पहिलो दिन १०१ जना र दोस्रो दिन १०० जना प्रशिक्षार्थीहरूलाई सामुदायिक प्रहरी सेवा केन्द्रको गतिविधि, कार्यशैली तथा प्रहरी र नागरिकबीचको सहकार्यको अभ्यासबारे जानकारी दिइने कार्यक्रमको उद्देश्य रहेको छ।

जेठ २८ गते १०१ जना प्रशिक्षार्थीहरूको टोलीले सामुदायिक प्रहरी सेवा केन्द्र, तीनपैनीको कार्यालयमा भ्रमण गरेका थिए। उक्त कार्यक्रममा केन्द्रकी अध्यक्ष मिना जोशीले अध्यक्षता गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक प्रभात लिम्बूले प्रशिक्षार्थीहरूलाई सामुदायिक प्रहरी सेवासम्बन्धी व्यवहारिक ज्ञान र अनुभव दिलाउने यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने धारणा व्यक्त गरे। साथै, उनले केन्द्रका अध्यक्ष मिना जोशी, सचिव भोजराज घिमिरे तथा सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई सफल कार्यक्रम व्यवस्थापनका लागि धन्यवाद ज्ञापन गरे।

अध्यक्ष मिना जोशीले सामुदायिक प्रहरी साझेदार प्रणालीको महत्त्व र त्यसको प्रभावकारी कार्यान्वयनबारे जानकारी दिनुभयो। कार्यक्रममा स्वागत मन्तव्य सचिव किरण कुमार श्रेष्ठले राख्नुभएको थियो भने कार्यक्रम संचालन सचिव भोजराज घिमिरेले गर्नुभएको थियो।
केन्द्रका पदेन सदस्य प्रहरी हल्दार तुलसा खड्का र सहायक हल्दार कल्पना कटेलले कार्यालय खातासम्बन्धी अभिलेख तथा विवरणहरूबारे प्रशिक्षार्थीहरूलाई जानकारी गराएका थिए।
कार्यक्रम व्यवस्थापनमा केन्द्रका कार्यसमिति सदस्य पद्मा पौडेल, सेरसिंह दुगड, बिजय शर्मा र कोषाध्यक्ष सन्तोष बाहेतीको सक्रिय भूमिका रहेको थियो।
कार्यक्रम व्यवस्थापनमा केन्द्रका कार्यसमिति सदस्य सेरसिंह दुगड र कोषाध्यक्ष सन्तोष बाहेतीको सक्रिय भूमिका रहेको थियो। सहयोगी दाताको रूपमा मनोज बिक्रम शाहा, प्रबिन अग्रवाल, ज्ञानु खड्का, र पबन पुरेतले योगदान पुर्‍याएका थिए। कार्यक्रमको समन्वयका लागि प्रहरी नायब उपरीक्षक गुरु प्रसाद तिम्सिना लाई सम्पर्क अधिकारी तोकिएको तालिम केन्द्रले जनाएको छ।

सामुदायिक प्रहरी सेवा केन्द्र , बिराटनगर तीनपैनीले प्रशिक्षार्थीहरूलाई आवश्यक सहयोग प्रदान गर्न सदैव तत्पर रहेको प्रतिवद्धता जनाएको छ।

26/05/2025

निर्मल भट्टराईद्वारा व्यवसायी सदस्य राहत कोषमा ५१ हजार सहयोग - Red FM 101 MHz

26/05/2025

Address

Shantinagar, Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nawapath posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nawapath:

Share