Jasu ads

Jasu ads Social work

09/05/2025

हरिनगर गाउँपालिकाबार हाजिहरु हज गर्नको लागि मक्का मदिना जान लाग्नु भएका हज यात्रीहरुलाई विदाई तथा सम्मान गरिएको छ। हरिनगर गाउँपालिका वडा नं - २ वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि हरिनगर गाउँपालिका वडा नं - २ का सम्पूर्ण हजयात्रीहरलाई गम्छा तोसाला ब्याग हस्तान्तरण गर्दै विदाई तथा सम्मान गरिएको हो।
Jasus Khabar

महेन्द्र राजमार्ग झापा काँकडभिट्टादेखि सुनसरीको इटहरी हुँदै लौकहीसम्म ‘फोरलेन’ बन्ने====================================...
09/07/2022

महेन्द्र राजमार्ग झापा काँकडभिट्टादेखि सुनसरीको इटहरी हुँदै लौकहीसम्म ‘फोरलेन’ बन्ने
========================================
एडीवीको सहयोगमा झापाको काँकरभिट्टा–लौकही सडक ‘फोरलेन’ बन्ने भएको छ । जसका लागि सरकारले टेण्डर समेत आह्वान गरेको छ । यो सडकखण्ड निर्माणका लागि कूल ४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

महेन्द्र राजमार्गमा पर्ने पूर्वको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक विस्तार नेपालका सडक परियोजनामध्ये अहिलेसम्मकै खर्चिलो हुने देखिएको हो । जसमा सडक, यस खण्डमा पर्ने पुलहरु र परामर्शदाताको शुल्क समेत सम्पूर्ण खर्च जोडिएको छ ।

कूल ९६ किलोमिटर सडक निर्माणका लागि प्रतिकिलोमिटर करिब ४७ करोड रुपैयाँ पर्ने देखिन्छ । यो लागत नेपालका कुनै पनि सडक परियोजनाहरुमध्ये महँगो हो । पुल र परामर्शदाताको शुल्कबाहेक भने यस सडकको निर्माणमा प्रतिकिलोमिटर खर्च साढे २३ करोड रुपैयाँ हुने आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख छ ।

चार लेनमा स्तरोन्नति गर्ने गरी अघि बढेको पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको काँकरभिट्टा–लौकही सडक खण्डको विस्तार कार्य शुरु भएको छ । सडक विस्तारका लागि ठेक्का आह्वान गरिएको आयोजना प्रमुख सुशीलबाबु ढकालले बताए ।

एसियाली विकास बैंक (एडीबीको) को ऋण सहयोगमा यो सडक खण्ड निर्माण गर्न लागिएको हो । आयोजना प्रमुख ढकालका अनुसार यसका लागि एडीबीले ३० करोड अमेरिकी डलर अर्थात् अहिलेको विनिमयदर अनुसार करीब ३८ अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ । यसबाहेक नेपालले पनि सडक निर्माणमा कम्तिमा ७ अर्ब रुपैयाँ लगानी गर्नेछ । सडक विस्तारको कूल लागतमा परामर्शदाताको शुल्क, निर्माण कार्यको लागत लगायतका सबै खर्चहरु समावेश रहेको ढकालले बताए । यस्तै वातावरण मूल्यांकन तथा डिजाइनहरु लगायत परामर्शदाताका लागि भनेर दुई अर्ब ८७ करोड रुपैयाँको अनुमानित लागत छुट्याइएको थियो । परियोजनाको ईआईएको काम सम्पन्न भइसकेको छ ।

सडक विस्तार कार्यलाई तीन खण्डमा विभाजन गरेर निर्माणका लागि ठेक्का आह्वान गरिएको छ, जसमा यस सडक खण्डमा पर्ने ६ वटा पुल निर्माण समेत रहेको छ । यसको पहिलो खण्डमा निन्दा, बिरीङ र कन्काई ब्रिज प्रमुख रहेका छन् । यस्तै, दोस्रो खण्डमा रतुवा, बक्रा र लोहान्द्रा ब्रिज निर्माणका लागि पनि ठेक्का आह्वान गरिएको छ ।

आयोजनाका अनुसार यो सडक विस्तार कार्य तीन वर्षमा सम्पन्न हुने बताइएको छ । ठेक्का पाउने निर्माण व्यसायीले सम्झौता भएको समयबाट ३६ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने र थप १२ महिना मर्मतसम्भारको समेत जिम्मा लिनुपर्ने छ । यस्तै, पुल निर्माणका लागि भने पाँच वर्ष समयावधि छुट्याइएको छ । त्यसपछिको थप २४ महिनासम्म मर्मत सम्भारको जिम्मा पनि निर्माण कम्पनीले लिनुपर्नेछ ।

यस सडक विस्तारमा पर्ने सम्पूर्ण जग्गा सरकारी नै भएकाले अधिग्रहण तथा मुआब्जा वितरणको झन्झट आयोजनाले व्यहोर्नुपर्ने छैन । सरकारी जग्गामा बनेका संरचनाहरु भत्काउनका लागि क्षतिपूर्ति मात्र प्रदान गरिने आयोजनाले जनाएको छ । त्यसका लागि करिब ३ करोड रुपैयाँ खर्च लाग्ने आकलन आयोजनाको छ । यो आयोजना सडक विभाग, आयोजना निर्देशनालय, एडीबी, सासेक हाइवे इम्प्रुभमेन्ट प्रोजेक्ट, प्रोजेक्ट प्रिपाराटोरी कन्सल्टट्यान्ट अन्तर्गत सञ्चालित छ ।

यस्तो छ सडक विस्तार योजना

पूर्व–पश्चिम महेन्द्र राजमार्ग चार लेन विस्तारअन्तर्गत हाल ठेक्का आह्वान गरिएको यो सडक खण्ड झापाको काँकरभिट्टादेखि सुनसरीको कोशी गाउँपालिकाको लौकहीसम्म कूल लम्बाइ ९६ किलोमिटर रहेको छ । यो सडक एसियन स्ट्यान्डर्ड मापदण्डको बन्नेछ ।

सडकको चौडाइ २४ मिटरदेखि ५० मिटरसम्म हुनेछ । सडकको अधिकार क्षेत्र (राइट अफ वे) केन्द्र भागबाट २५–२५ मिटर हुने छ । आवश्यकता अनुसार सडकखण्डका विभिन्न भागमा साना पुलहरु पनि निर्माण हुने भए पनि ६ वटा ठूला पुलहरु यसमा पर्नेछन् ।

यो सडक खण्ड आयोजना प्रदेश १ को झापा, मोरङ र सुनसरी जिल्लामा पर्नेछ । यो सडकमा चिया बगान क्षेत्र, कृषि जमिन र वन क्षेत्र समेत पर्दछ । यस सडकले चारआलीमा मेची राजमार्ग र इटहरीमा कोशी राजमार्गलाई जोडेको छ ।काँकरभिट्टा–लौकही राजमार्गले ७१ खोलाहरु पार गर्नुपर्नेछ । ती सबैमा पुलहरु निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ ।

जसमा ३९ आरसीसी टी–बीम पुल, २३ आरसीसी स्ल्याब पुल, दुईवटा बक्स पुल, सातवटा भेन्टेड पाइप ब्रिजहरु रहेका छन् । सर्भिस रोड पनि दुवै साइटमा निर्माण गरिनेछ । शहरी क्षेत्रमा भने साइकल लेन, फुटपाथ तथा आकाशेपुल वा अन्डरपास पनि निर्माण हुनेछ ।

जनावरहरुको आउजाउका लागि वन क्षेत्रमा वन्यजन्तुमैत्री क्रसिङ ब्रिज, ड्रेनेजहरु, स्लोप प्रोटेक्सन तथा अफ रोड सेफ्टीहरु निर्माण हुनेछन् । शहरी क्षेत्रमा क्यारिज–वे चार लेनको दुवैपट्टि ७.५/७.५ मिटरको हुनेछ भने फुटपाथ तथा साइकल लेन दुवैपट्टि ५.५०/५.५० मिटरको निर्माण गरिनेछ । यस्तै सर्भिस लेन सडकको दुवैतिर ६.५०/६.५० मिटरको रहेको छ । शहरी क्षेत्रमा सडक फुटपाथसहित ६ लेनमा विस्तार गरिनेछ ।

यस्तै, ६ वटा पुल भने ल्यान्डमार्क ब्रिजका रुपमा निर्माण हुने बताइएको छ । यसका लागि भने आयोजनाले ठेक्का आह्वान गरेको छ । यी पुलको लम्बाइ ३१८ मिटरदेखि ७०३ मिटरसम्म हुनेछ । जसमा निन्दा ब्रिज ३१८ मिटर, बिरिङ ब्रिज ३९८ मिटर, कन्काई ब्रिज, ७०३ मिटर, रतुवा ब्रिज ५८२ मिटर, बक्रा ब्रिज ३१८ र लोहेन्द्रा ब्रिज ३८४ मिटर लम्बाइको हुनेछन् ।

यसैगरी, सडकखण्डमा आकाशे पुल १० र साना खालका अन्डरपास २० वटा निर्माण हुने जनाइएको छ । सडक विस्तार गर्न निर्माण कम्पनीले निर्माण सामग्रीहरु स्थानीय स्रोतबाट खरिद गर्नुपर्ने शर्त राखिएको छ । १२ वटा ठाउँमा आयोजनाका लागि क्याम्प निर्माण गरिनेछ । आयोजनाका अनुसार साइट क्लियर भएपछि सन् २०२३ मा ठेकेदारलाई निर्माण कार्यका लागि जिम्मा दिइनेछ । आयोजनाका अनुसार यो सडक विस्तार कार्य २०२६ सम्ममा पूरा भएर सञ्चालनमा आउनेछ ।

यस सडक परियोजनाबाट १२ लाखभन्दा बढी मानिसहरु लाभान्वित हुनेछन् ।सडक विस्तारका क्रममा ३६७ धरधुरीको ३७७ वटा निजी संरचनाहरुलाई प्रत्यक्ष रुपमा असर गर्ने देखिएको छ ।

यस्तै, २६९ वटा सामुदायिक संरचनाहरु, १४२ वटा चौतारी, २२ वटा मठमन्दिर, ४० प्रहरी चौकी लगायतका निजी तथा सार्वजनिक संरचनाहरुलाई असर गर्नेछ । यसैगरी यस आयोजनामा वन क्षेत्रबाट चार हजार ३५३ र अन्य रोडसाइडबाट आठ हजार १९५ वटा रुख काट्नु पर्नेछ ।
-timesofpradesh

असार १५ धान दिवसको शुभकामना ❣️  िसान
29/06/2022

असार १५ धान दिवसको शुभकामना ❣️ िसान

हिजो एक्टिङ कस कसले हेर्नु भयो । सारे राम्रो होला 😂😂😂😂
14/05/2022

हिजो एक्टिङ कस कसले हेर्नु भयो । सारे राम्रो होला 😂😂😂😂

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Jasu ads posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share