Kent Nepal Tv

Kent Nepal Tv Kent Nepal Tv is a prominent media outlet that focuses on delivering news and entertainment content.

१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका ७ जना पक्राउ परेका छन् । जि...
28/03/2026

१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले सिंहदरबारको दक्षिण गेटबाट ७ जनालाई पक्राउ गरेको हो ।
उनीहरू अहिले परिसरको हिरासतमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
‘हामीले ७ जनालाई नियन्त्रणमा लिएर राखेका छौं, निषेधित क्षेत्रमा पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो,’ भट्टराईले अनलाइनखबरसँग भने ।
प्रदर्शनकारीहरू माइतीघर पुगेर कोणसभा गरेका थिए ।
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।
त्यसबेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन शुरु गरेको हो

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kent Nepal Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share