17/07/2026
आज अर्थात, २०८३ श्रावण १ देखि लागू हुने करका दरहरु !!!
(१) शैक्षिक कर: निजी शैक्षिक संस्थाहरूले लिने शुल्कमा ३% शिक्षा समता शुल्क थप हुनेछ।
(२) बिरामी उपचार कर: निजी स्वास्थ्य संस्थाहरूको उपचार सेवा शुल्कमा ३% स्वास्थ्य समता शुल्क थप हुनेछ।
(३) गहना बिक्री कर: सुन, चाँदी तथा गहना बिक्री गर्दा उपभोक्ता मूल्यमा ०.५% सीप प्रवर्द्धन शुल्क थप हुनेछ।
(४) विद्युत कर: घरायसी प्रयोजनमा ५० युनिटभन्दा माथि खपत गर्ने ग्राहकका लागि ५% मूल्य अभिवृद्धि कर (VAT) थप हुनेछ। विद्युत शुल्क पनि नयाँ निर्धारण भएको छ।
(५) राइड सेयरिङ सेवा: पठाओ, इनड्राइभर जस्ता राइड सेयरिङ सेवाको भाडामा ५% मूल्य अभिवृद्धि कर (VAT) थप हुनेछ।
(६) सेयर पुँजीगत लाभकर (१ वर्षभन्दा बढी): सेयर १ वर्षभन्दा बढी अवधि होल्ड गरेर बिक्री गरेमा ७.५% लाग्नेछ।
(७) सेयर पुँजीगत लाभकर (१ वर्षभन्दा कम): सेयर १ वर्षभन्दा कम अवधिमा बिक्री गरेमा १०% लाग्नेछ।
(८) घरजग्गाको पुँजीगत लाभकर:
स्वामित्व ५ वर्ष वा सोभन्दा बढी भएमा: ७.५%
स्वामित्व ५ वर्षभन्दा कम भएमा: १०%
(९) वार्षिक करयोग्य आय र आयकरको दर:
रु. १० लाखसम्म: १% (सामाजिक सुरक्षा कोष - SSF मा आबद्ध कर्मचारीलाई यो १% कर पूर्ण छुट हुनेछ)
रु. १० लाख १ देखि १५ लाखसम्म: १०%
रु. १५ लाख १ देखि २५ लाखसम्म: २०%
रु. २५ लाख १ देखि ४० लाखसम्म: २७%
रु. ४० लाखभन्दा माथि: २९%
#उदाहरण: यदि तपाईंको वार्षिक करयोग्य आय रु. १२ लाख हुन्छ भने:
क) सामाजिक सुरक्षा कोष (SSF) मा आबद्ध नभएकाको हकमा:
पहिलो १० लाखमा १% = रु. १० हजार
बाँकी २ लाखमा १०% = रु. २० हजार
जम्मा बुझाउनुपर्ने आयकर = रु. ३० हजार
ख) सामाजिक सुरक्षा कोष (SSF) मा आबद्ध कर्मचारीको हकमा:
पहिलो १० लाखमा १% = रु. ० (छुट)
बाँकी २ लाखमा १०% = रु. २० हजार
जम्मा बुझाउनुपर्ने आयकर = रु. २० हजार !