KasthaMandu Online

KasthaMandu Online Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KasthaMandu Online, Rua Do Chibuto, Kathmandu.

विदेश पुगे पनि भाग्यले छोडेन सिड्नीमा कारको ठक्कर बाट बालिकाको मृ’त्यु २७ वर्षीय नेपाली युवक पक्राउअस्ट्रेलियाको सिड्नी ...
19/09/2026

विदेश पुगे पनि भाग्यले छोडेन सिड्नीमा कारको ठक्कर बाट बालिकाको मृ’त्यु २७ वर्षीय नेपाली युवक पक्राउ

अस्ट्रेलियाको सिड्नी स्थित अर्बन क्षेत्रमा भएको दुखद सडक दुर्घटनामा तीन वर्षीया बालिकाको ज्यान गएको छ। सेप्टेम्बर १५ मा नर्मनबी रोडस्थित सवारी प्रवेशमार्गमा गाडी प्रवेश गर्ने क्रममा बालिका लाई ठक्कर लागेको थियो। गम्भीर अवस्थामा उनलाई तत्काल वेस्टमीड अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनको मृ’त्यु भयो।

घटनापछि २७ वर्षीय नेपाली युवक सन्दीप अधिकारी लाई लापरवाहीपूर्वक गाडी चलाएर मृ’त्यु गराएको आरोपमा प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। उनी माथि लागेको आरोप हाल अदालतमा विचाराधीन रहेको जनाइएको छ।

19/09/2026

नेपालको बर्तमान संबिधानले राष्ट्रमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न र संबिधानमा ग्यारेण्टी गरीएका ३१ वटा मौलिक हक/अधिकारहरू कार्यान्वयन गर्न सक्यो ? जनताका न्यूनतम आबश्यकताहरू पुरा हुन सके? आजको दिनमा हामी सबैले समिक्षा गरौं।
संबिधान दिवसको शुभकामना।🇳🇵🙏

मेरो बिहे पछिको पहिलो तीजमा मेरो सासूआमाले मलाई मन नहुँदा नहुँदै पनि व्रत बस्न लगाउनुभयो। त्यति सम्म त ठिकै थियो, तर साँ...
19/09/2026

मेरो बिहे पछिको पहिलो तीजमा मेरो सासूआमाले मलाई मन नहुँदा नहुँदै पनि व्रत बस्न लगाउनुभयो। त्यति सम्म त ठिकै थियो, तर साँझ व्रत तोड्नु अघि मेरो लोग्नेको खुट्टाको जल खाएर मात्र व्रत तोड्नुपर्छ भन्नुभयो। यो सबै कुसंस्कार हो भन्ने बुझेकी मभित्र घृणा उम्लियो। मेरो लोग्नेले पनि आमाकै कुरामा साथ दिनुभयो। मैले केही गर्न सकिनँ।

म एउटा निजी बैंकमा साधारण क्लर्कको जागिर गर्थें। तलब धेरै थिएन, तर आफ्नै खुट्टामा उभिन सक्ने अवस्था भने थियो। मेरो श्रीमान् सुमन डाक्टर थिए।

बिहे हुँदा मलाई लाग्थ्यो, शिक्षित मान्छेहरूको परिवार भएकाले सोच पनि आधुनिक होला। तर बिहेपछि मैले बुझेँ, डिग्री ठूलो भएर मात्रै सोच ठूलो हुँदोरहेनछ।

तीजको दिन बिहानैदेखि घरमा पूजा, पकवान र चहलपहल थियो। घरभरि खुसीको माहोल देखिन्थ्यो, तर त्यो खुसीभित्र कतै मेरो इच्छाको ठाउँ थिएन।

"बुहारी, आजको दिन पानी पनि नखाई व्रत बस्नुपर्छ," शारदा आमाले भन्नुभयो।

म व्रतमा विश्वास गर्थिनँ। तर नयाँ बुहारी भएकाले घरको मन राख्न चुपचाप बसें।

साँझ भयो।

सबैले व्रत तोड्ने तयारी गर्दै थिए।

अचानक शारदा आमाले एउटा थालमा पानी ल्याउनुभयो।

"सुमन, खुट्टा यहाँ राख।"

म अचम्म परें।

"किन आमा?"

उहाँले मलाई हेर्दै भन्नुभयो,

"लोग्नेको खुट्टा धोएको जल खाएर मात्र व्रत तोड्ने। यही हाम्रो संस्कार हो।"

मलाई आफ्नै कानमा विश्वास लागेन।

"म यो गर्दिन।"

घर एक्कासि सुनसान भयो।

शारदा आमा रिसले काँप्न थाल्नुभयो।

"के भनिस्?"

"म श्रीमान्लाई सम्मान गर्छु। तर खुट्टा धोएको पानी खान सक्दिन।"

उहाँको स्वर झन् चर्कियो।

"हामीले पनि त्यसै गरेका हौं।"

मैले सुमनतिर हेरेँ।

मलाई लाग्यो, उनी मेरो साथमा बोल्नेछन्।

तर उनले शान्त स्वरमा भने,

"समीक्षा, कुरा नबढाऊ। आमाले पनि बाबाको खुट्टाको जल खाँदै आउनुभएको छ।"

"त्यसो भन्दैमा मैले पनि खानैपर्छ?"

"यो हाम्रो परम्परा हो।"

"अनि परम्पराको नाममा महिलाको सम्मान घटाउन मिल्छ?"

सुमनको अनुहार कठोर बन्यो।

"घरको मुख्य व्यक्ति पुरुष नै हुन्छ। सबै कुरा बराबरी बराबरी भन्दैमा समाज चल्दैन।"

त्यो वाक्य मेरो मुटुमा तीरझैं घुस्यो।

सुमन, जसलाई मैले सबैभन्दा धेरै बुझ्ने मान्छे ठानेकी थिएँ, उनी पनि त्यही सोच बोकेर बसिरहेका रहेछन्।

झगडा रातसम्म चल्यो।

सासूआमा रुनुभयो।

"आजसम्म यस्तो बुहारी देखेकी थिइनँ।"

ससुरा हरि चुपचाप बसिरहनुभयो।

म एक्लै परेँ।

अन्त्यमा मानसिक दबाब, अपमान र घरको शान्तिका लागि मैले त्यो पानी ओठमा लगाएँ।

त्यो पानी कति तीतो थियो, मलाई याद छैन।

तर त्यो अपमान आजसम्म बिर्सिएकी छैन।
........

त्यो रात म रोइरहेँ।

तर मलाई थाहा थिएन, केही महिनापछि यही घरमा सबै कुरा उल्टिनेवाला थियो।

तीजको घटनापछि म र सुमनबीच दूरी बढ्दै गयो।

बाहिरबाट हामी सामान्य जोडी जस्तै देखिन्थ्यौं।

भित्र भने चिसोपना बसिसकेको थियो।

त्यसैबेलामा सामाजिक सञ्जालमा एउटा बहस निकै भाइरल भयो।

"लोग्नेको खुट्टाको जल खानु संस्कार कि कुसंस्कार?"

कसैले पक्षमा लेखे।

कसैले विरोधमा।

मैले पनि एउटा पोस्ट सेयर गरें।

नाम कसैको लिएको थिइनँ।

तर भोलिपल्ट शारदा आमाले मोबाइल देखाउँदै भन्नुभयो,

"हाम्रो घरको कुरा लिएर दुनियाँमा पुर्याउने?"

"आमा, मैले कसैको नाम लेखेकी छैन।"

"सबैले बुझ्छन् यो कसको कुरा हो।"

सुमन फेरि आमाकै पक्षमा उभिए।

त्यो दिन म पहिलोपटक आफैंलाई यो घरमा अतिथि जस्तो महसुस गरेँ।
........

तीन महिनापछि एउटा फोन आयो।

म बैंकमा ग्राहकको पासबुक अपडेट गर्दै थिएँ।

फोन उठाएँ।

उता कसैले हतारिएको स्वरमा भन्यो,

"सुमनको गाडी दुर्घटना भएको छ। तत्काल अस्पताल आउनुहोस्।"

मेरो हात काँप्न थाल्यो।

पासबुक भुइँमा खस्यो।

संसार नै रोकिएझैं लाग्यो।

अस्पताल पुग्दा अवस्था गम्भीर थियो।

डाक्टरहरूले भने,

"टाउकोमा गम्भीर चोट लागेको छ। कोमामा जान सक्ने सम्भावना धेरै छ।"

त्यही रात सुमन कोमामा गए।

एक दिन।

दुई दिन।

एक हप्ता।

एक महिना।

उनी आँखा नखोली अस्पतालको बेडमा पल्टिरहे।

उपचार खर्च बढ्दै गयो।

घरको बचत सकियो।

सुमनको जागिर गयो।

धितो राख्न सकिने सबै कुरा धितो राखियो।

एक दिन घरको अन्तिम सुनको सिक्री पनि बेचियो।

त्यो दिन शारदा आमा कोठाभित्र बसेर धेरै बेर रोइरहनुभएको थियो।

घरमा कमाउने कोही थिएन।

म बाहेक।

एक सामान्य बैंक क्लर्क।

मेरो दिन बिहान ५ बजे सुरु हुन्थ्यो।

खाना पकाउने।

अस्पताल जाने।

बैंक पुग्ने।

बेलुका फेरि अस्पताल।

राति घर फर्केर खर्चको हिसाब मिलाउने।

कहिलेकाहीँ थकाइले बसिरहेको ठाउँमै निदाउँथेँ।

तर रोकिने विकल्प थिएन।

मैले रोकिएँ भने त्यो परिवार नै रोकिन्थ्यो।
............

एक दिन अस्पतालको बिल हेरेर शारदा आमा भक्कानिनुभयो।

"अब के गर्ने बुहारी? पैसा सकियो।"

म आफैं चिन्तामा थिएँ।

तर मैले मुस्कुराउने प्रयास गरें।

"केही न केही हुन्छ आमा।"

"हामीले तिमीलाई जहिल्यै सुमनभन्दा सानो ठान्यौं।"

म चुप लागेँ।

उहाँ रोइरहनुभयो।

"आज यो घर तिम्रो भरमा चलिरहेको छ।"

त्यो दिन उहाँको स्वरमा पहिलोपटक अहंकार थिएन।

पछुतो मात्रै थियो।

अझ ठूलो मोड त्यसपछि आयो।

एक साँझ अस्पतालबाट फर्कंदा मैले शारदा आमा र हरि बुवाको कुरा सुनेँ।

उहाँहरूले मलाई देख्नुभएको थिएन।

शारदा आमा रोइरहनुभएको थियो।

"जुन दिन मैले बुहारीलाई खुट्टाको जल खान बाध्य बनाएँ, त्यो दिन म कति अन्धी रहेछु।"

हरि बुवाले गहिरो सास फेर्नुभयो।

"जीवनले अहिले सिकाइरहेको छ, घर पुरुषले मात्र चलाउँदैन।"

मेरो आँखा भरिए।

म चुपचाप फर्किएँ।

उहाँहरूलाई थाहा नै भएन म त्यहाँ थिएँ।
...........

समय बित्दै गयो।

बैंकमा मेरो मेहनत सबैले देख्न थाले।

मलाई वरिष्ठ क्लर्कको जिम्मेवारी दिइयो।

तलब पनि केही बढ्यो।

त्यो कुनै ठूलो सफलता थिएन।

तर हाम्रो घरका लागि त्यो जीवनदान बराबर थियो।

लगभग आठ महिनापछि चमत्कार भयो।

एक बिहान सुमनका औँलाहरू हल्का चले।

डाक्टरहरू दौडिए।

शारदा आमा रोइन्।

म दौडेर बेडछेउमा पुगेँ।

बिस्तारै सुमनले आँखा खोले।

सबैले भगवानलाई धन्यवाद दिइरहेका थिए।

तर उनले सबैभन्दा पहिले मलाई खोजे।

कमजोर स्वरमा भने,

"समीक्षा..."

म झुकें।

उनको आँखाबाट आँसु झरिरहेको थियो।

त्यसपछि उनले भने,

"माफ गर।"

म स्तब्ध भएँ।

"केका लागि?"

"तीजको दिनका लागि।"

कोठाभरि सन्नाटा छायो।

"म डाक्टर थिएँ। शिक्षित थिएँ। तर सोचमा अशिक्षित रहेछु।"

मेरो आँखा रसायो।

उनी बोलिरहे।

"जब म बेहोस थिएँ, सबैले मलाई तिम्रो बारेमा भने। यो घर कसरी चलेको थियो। कसले जोगाएको थियो।"

उनी रोए।

"जुन महिलालाई मैले बराबरी दिन सकिनँ, उनले मेरो सम्पूर्ण संसार बचाइन्।"

त्यो दिनपछि सुमन बदलिन थाले।

धेरै बदलिन थाले।

उनी स्वस्थ हुँदै गए।

घर फर्किए।

फेरि काम सुरु गरे।

तर अब उनी कसैको अगाडि महिला र पुरुषको श्रेष्ठताको कुरा गर्दैनथे।

अर्को तीज आयो।

मलाई फेरि त्यो पुरानो दिन सम्झियो।

तर यसपटक दृश्य फरक थियो।

शारदा आमा आफैं उठ्नुभयो।

सबैको अगाडि भन्नुभयो,

"आजदेखि हाम्रो घरमा कसैले कसैको खुट्टाको जल खाने छैन। श्रद्धा मनबाट हुनुपर्छ, अपमान गरेर होइन।"

मेरो आँखा भरियो।

त्यसपछि सुमन उठे।

उनले एउटा गिलास पानी लिए।

मलाई हेरे।

मौन बसेका सबै मानिसतर्फ फर्किए।

अनि भने,

"गत वर्ष मैले मेरी श्रीमतीलाई मेरो खुट्टाको जल खान लगाएँ। आज म सबैको अगाडि स्वीकार गर्छु, त्यो सम्मान थिएन, त्यो अहंकार थियो।"

घरभित्र पूर्ण सन्नाटा थियो।

"मलाई बचाएको व्रतले होइन। मलाई बचाएको समीक्षा ले हो।"

शारदा आमा रोइरहनुभएको थियो।

हरि बुवाले आँसु पुछ्दै टाउको झुकाउनुभयो।

केही समयपछि हामीले एउटा फेसबुक च्यानल सुरु गर्यौँ।

"सुखी परिवार, समान सम्मान"।

हामी त्यहाँ परिवार, सम्मान, सम्बन्ध र समानताको बारेमा कुरा गर्थ्यौँ।

हजारौं मानिसहरूले आफ्ना अनुभव लेख्न थाले।

कसैले परम्पराको पक्ष लिए।

कसैले परिवर्तनको।

तर एउटा कुरा सबैले स्वीकारे।

माया आदेशले टिक्दैन।

सम्मान दबाबले आउँदैन।

र परिवार त्यतिबेला मात्र बलियो हुन्छ,

जब कसैले आफूलाई भगवान र कसैलाई सेवक ठान्दैन।

किनभने जीवनले मलाई एउटा कठोर सत्य सिकाएको थियो।

जुन परिवारले "घरको मुख्य व्यक्ति पुरुष हो" भनेर मलाई लोग्नेको खुट्टाको जल खान बाध्य बनाएको थियो, केही महिनापछि त्यही घर मेरो सानो बैंक क्लर्कको तलबमा चलिरहेको थियो।

र त्यस दिनपछि कसैले पनि त्यो घरमा महिला र पुरुषमध्ये को ठूलो भन्ने प्रश्न सोधेन्। सबैले उत्तर देखिसकेका थिए।

🚨🇵🇹 अत्यन्तै जरुरी सूचना | पोर्तुगलमा ७० वर्षीया नेपाली आमा बेपत्तापोर्तुगलको Póvoa de Varzim, Porto क्षेत्रमा ७० वर्षीय...
18/09/2026

🚨🇵🇹 अत्यन्तै जरुरी सूचना | पोर्तुगलमा ७० वर्षीया नेपाली आमा बेपत्ता

पोर्तुगलको Póvoa de Varzim, Porto क्षेत्रमा ७० वर्षीया यासोदा खड्का हिजो दिउँसो करिब ३ बजेदेखि सम्पर्कविहीन हुनुभएको परिवारले जनाएको छ।

परिवारका अनुसार उहाँ सम्पर्कमा नआए पछि खोजी भइरहेको छ। Póvoa de Varzim, Porto वा आसपासमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उहाँलाई देख्नुभएमा वा कुनै जानकारी प्राप्त भएमा तत्काल परिवार लाई जानकारी गराइदिनुहुन अनुरोध छ। 🙏

📞सम्पर्क:- 920 492 200
रञ्जिता खड्का (छोरी)

कृपया यो सूचना धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्। 🙏

सन्तोष सेनले दिए टंक बुढाथोकी लाइ कडा जवाफ✍️तपाइ के भन्नुहुन्छ?सडकबाट उठाएर हिरो बनाएँ भनेर त्यो बच्चालाई जिन्दगीभर पुग्...
18/09/2026

सन्तोष सेनले दिए टंक बुढाथोकी लाइ कडा जवाफ✍️
तपाइ के भन्नुहुन्छ?

सडकबाट उठाएर हिरो बनाएँ भनेर त्यो बच्चालाई जिन्दगीभर पुग्ने भारी किन बोकाउनुहुनछ?

सडकमा अशोक मात्रै छैनन

अहिले पनि साँझको छाक टार्न सडकमा हात फैलाउन बाध्य धेरै छन्… कोही पानी बेचिरहेका छन्, कोही फूल बेचिरहेका छन्, कोही कलम बेचिरहेका छन्.. उनीहरूले हात फैलाएका होइनन् आफ्नो कर्म गरिरहेका हुन

अशोकले पनि सडकमा आफ्नो गलाको कला बेचेर कर्म गरिरहेका थिए.. त्यही सडकमा तपाईंले अशोकभित्र केही देख्नुभयो उसलाई लिएर आउनुभयो उसको कला लाइ साथ दिनुभयो…
आफ्नै छत्रछायामा राख्नुभयो.. त्यसका लागि धन्यवाद भन्नुपर्ने ठाउँमा कसैले धन्यवाद नदिएका होइन र छैनन पनि..।

तर साथ दिएको कुरा र जिन्दगीभर सुनाइरहने उपकारको कथा एउटै कुरा होईन…

अशोकको ‘मन बिनाको धन’ आउनुभन्दा अगाडि पनि तपाई का सयौँ गीत र सिर्जना थिए होलान्… तर ‘मन बिनाको धन’ आएपछि को परिवर्तन छुट्टै थियो .. तपाईंहरूलाई कार्यक्रम, महोत्सव र सांगीतिक कार्यक्रममा समय मिलाउन नै धौ–धौ परेको देखिन्थियो..

तपाईंले सडकको एउटा मान्छेलाई उद्धार गर्नुभएको होइन..
सडकमा एउटा यस्तो प्रतिभा देख्नुभयो जसलाई आफ्नो साथ र छत्रछायामा राखेर अगाडि लैजान सकिन्छ भन्ने देख्नुभयो….

नत्र सडकमा अझै पनि हजारौँ बालबालिका छन्…
पानी बेच्ने छन्…
फूल बेच्ने छन्…
कलम बेच्ने छन्…
काफल बेच्ने छन…
आफ्नो कला बेचेर बाँच्ने पनि धेरै छन्…

अचानक अशोक मात्रै तपाईंको नजरमा किन परे..?
किनकि अशोकमा प्रतिभा थियो…

यदि कुरा त्यही प्रतिभाको हो भने आज अशोकलाई त्यही प्रतिभाले चिनिन दिनुस्… बारम्बार ‘सडकबाट उठाएर हिरो बनाएको’ भनेर उसको विगत उसको काँधमा राखेर नहिँडाइदिनुस्…

सडक कुनै अपराध होइन…
गल्ली कुनै अपराध होइन…
गरिब भएर सडकमा आफ्नो कला बेच्नु कुनै अपराध होइन..

हामी सबै मानव हौँ.. सकिन्छ साथ दिने हो.. सकिन्छ अवसर दिने हो.. तर सकिँदैन भने पनि कसैलाई आफूभन्दा तलको महसुस हुने गरी बोल्ने होइन…

तपाईंलाई कसैले सडकबाट मान्छे उठाएर हिरो बनाउने जिम्मा दिएको पनि थिएन र त्योभन्दा अगाडि तपाईंले त्यही सडकबाट उठाएर धेरैलाई अवसर दिदै आएको मान्छे पनि होइन…
त्यसैले कसैलाई साथ दिनुभएको छ भने साथको सम्मान गर्नुस् तर त्यो साथलाई जीवनभरको ऋण नबनाइदिनुस्…

अशोक तपाईंको छत्रछायामा आएको हुन सक्छ..
तर उसको कला तपाईंले दिनुभएको होइन…
त्यो कला सडकमा हुँदा पनि उसको आफ्नै थियो..

मान्छेलाई उठाउनु ठूलो कुरा हो….
तर उठाइसकेपछि उसलाई जिन्दगीभर ‘मैले उठाएको मान्छे’ भनेर चिनाइरहनुचाहिँ ठूलो कुरा होइन…

काठमाडौको जडिबुटीमा नेपाली कांग्रेस दोलखाको महाधिवेशन प्रतिनिधि उर्मिला कार्की को मोटरसाइकल दुर्घ!टनामा परि मृ त्यु भएको...
18/09/2026

काठमाडौको जडिबुटीमा नेपाली कांग्रेस दोलखाको महाधिवेशन प्रतिनिधि उर्मिला कार्की को मोटरसाइकल दुर्घ!टनामा परि मृ त्यु भएको छ ।मृतक उर्मिला कार्की प्रती हार्दिक श्रद्धाञ्जली । 😢

18/09/2026
18/09/2026

मन लाएर सबैलाई गुण लाए पनि
वचन लगाउनेहरु को भने कहिलै कमी भएन यो समाजमा ।।

संघीय राजधानी काठमाडौं लाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष...
18/09/2026

संघीय राजधानी काठमाडौं लाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा नयाँ ट्रयाक खोली दुईतर्फी सडक सञ्चालनमा आएको छ। १० भदौमा रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीको केही दिनपछि त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि कृष्णभिरमा सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा आवागमन मात्र प्रभावित भएन, दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत प्रत्यक्ष असर परी उपभोक्तासम्म पुग्ने सामग्रीको मूल्यमा समेत चाप परेको थियो। हाल नयाँ ट्रयाकमार्फत सडक दुईतर्फी सञ्चालनमा आउनु विपदबाट प्रभावित जनजीवन र आपूर्ति व्यवस्थालाई सहज बनाउन महत्वपूर्ण उपलब्धि हो। तर, कृष्णभिर क्षेत्रको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधानतर्फ पनि तत्कालै काम अघि बढाउन आवश्यक छ। विज्ञबाट विस्तृत भौगर्भिक अध्ययन गराई सुरक्षित र दिगो सडक संरचनाको व्यवस्था गर्नुपर्छ। साथै, सम्भावित जोखिमका बेला वैकल्पिक सडकको पहिचान गरी आवश्यक स्थानमा निर्माण कार्यलाई पनि प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ। मुलुकले ठूलो विपद्को सामना गरिरहेको कठिन समयमा सडक सुचारु गर्न अहोरात्र खटिनुभएका भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग, नौबिसे–मुग्लिङ सडक आयोजना, स्थानीय तहका जनप्रतिनिधि, निर्माण व्यवसायी, सुरक्षाकर्मी, प्राविधिक तथा श्रमिकलगायत सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। प्रतिकूल मौसम, जोखिमयुक्त भूगोल र निरन्तर चुनौतीका बाबजुद फिल्डमै रहेर काम गर्नुहुने सडक विभागका प्राविधिक तथा कर्मचारी, नौबिसे–मुग्लिङ सडक आयोजनाका टोली, निर्माण व्यवसायी तथा श्रमिकहरू, सुरक्षाकर्मी, स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीयवासीहरूको निरन्तर प्रयास प्रशंसनीय छ। विपद्का बेला समयमै जुट्ने यस्तै सामूहिक प्रयासले कठिन परिस्थितिमा नागरिकलाई ठूलो राहत र भरोसा प्रदान गर्छ। सबैको निरन्तर समन्वय, सक्रियता र प्रतिबद्धताबाट बाँकी प्रभावित सडक तथा पूर्वाधारहरू पनि यथाशीघ्र सुरक्षित रूपमा सञ्चालनमा आउने विश्वास छ। साथै बट्टारदेखि वेत्रावति हुंदै धुन्चे स्याप्रुवेसीसम्म मोटर बाटो छिटो संचालनमा ल्याउन संवन्धित निकायको ध्यानाकर्षण पनि गर्दछु ।

सडक बाट उठाएर हिरो बनाएँ भनेर त्यो बच्चालाई जिन्दगीभर पुग्ने भारी किन बोकाउनुहुन्छ…?सडकमा अशोक मात्रै छैनन्…अहिले पनि सा...
18/09/2026

सडक बाट उठाएर हिरो बनाएँ भनेर त्यो बच्चालाई जिन्दगीभर पुग्ने भारी किन बोकाउनुहुन्छ…?

सडकमा अशोक मात्रै छैनन्…
अहिले पनि साँझको छाक टार्न सडकमा हात फैलाउन बाध्य धेरै छन्… कोही पानी बेचिरहेका छन्, कोही फूल बेचिरहेका छन्, कोही कलम बेचिरहेका छन्.. उनीहरूले हात फैलाएका होइनन् आफ्नो कर्म गरिरहेका हुन्…

अशोकले पनि सडकमा आफ्नो गलाको कला बेचेर कर्म गरिरहेका थिए.. त्यही सडकमा तपाईंले अशोकभित्र केही देख्नुभयो उसलाई लिएर आउनुभयो उसको कला लाइ साथ दिनुभयो…
आफ्नै छत्रछायामा राख्नुभयो.. त्यसका लागि धन्यवाद भन्नुपर्ने ठाउँमा कसैले धन्यवाद नदिएका होइन र छैनन पनि..।

तर साथ दिएको कुरा र जिन्दगीभर सुनाइरहने उपकारको कथा एउटै कुरा होईन…

अशोकको ‘मन बिनाको धन’ आउनुभन्दा अगाडि पनि तपाई का सयौँ गीत र सिर्जना थिए होलान्… तर ‘मन बिनाको धन’ आएपछि को परिवर्तन छुट्टै थियो .. तपाईंहरूलाई कार्यक्रम, महोत्सव र सांगीतिक कार्यक्रममा समय मिलाउन नै धौ–धौ परेको देखिन्थियो..

तपाईंले सडकको एउटा मान्छेलाई उद्धार गर्नुभएको होइन..
सडकमा एउटा यस्तो प्रतिभा देख्नुभयो जसलाई आफ्नो साथ र छत्रछायामा राखेर अगाडि लैजान सकिन्छ भन्ने देख्नुभयो….

नत्र सडकमा अझै पनि हजारौँ बालबालिका छन्…
पानी बेच्ने छन्…
फूल बेच्ने छन्…
कलम बेच्ने छन्…
काफल बेच्ने छन…
आफ्नो कला बेचेर बाँच्ने पनि धेरै छन्…

अचानक अशोक मात्रै तपाईंको नजरमा किन परे..?
किनकि अशोकमा प्रतिभा थियो…

यदि कुरा त्यही प्रतिभाको हो भने आज अशोकलाई त्यही प्रतिभाले चिनिन दिनुस्… बारम्बार ‘सडकबाट उठाएर हिरो बनाएको’ भनेर उसको विगत उसको काँधमा राखेर नहिँडाइदिनुस्…

सडक कुनै अपराध होइन…
गल्ली कुनै अपराध होइन…
गरिब भएर सडकमा आफ्नो कला बेच्नु कुनै अपराध होइन..

हामी सबै मानव हौँ.. सकिन्छ साथ दिने हो.. सकिन्छ अवसर दिने हो.. तर सकिँदैन भने पनि कसैलाई आफूभन्दा तलको महसुस हुने गरी बोल्ने होइन…

तपाईंलाई कसैले सडकबाट मान्छे उठाएर हिरो बनाउने जिम्मा दिएको पनि थिएन र त्योभन्दा अगाडि तपाईंले त्यही सडकबाट उठाएर धेरैलाई अवसर दिदै आएको मान्छे पनि होइन…
त्यसैले कसैलाई साथ दिनुभएको छ भने साथको सम्मान गर्नुस् तर त्यो साथलाई जीवनभरको ऋण नबनाइदिनुस्…

अशोक तपाईंको छत्रछायामा आएको हुन सक्छ..
तर उसको कला तपाईंले दिनुभएको होइन…
त्यो कला सडकमा हुँदा पनि उसको आफ्नै थियो..

मान्छेलाई उठाउनु ठूलो कुरा हो….
तर उठाइसकेपछि उसलाई जिन्दगीभर ‘मैले उठाएको मान्छे’ भनेर चिनाइरहनुचाहिँ ठूलो कुरा होइन…

Address

Rua Do Chibuto
Kathmandu
1800-057

Website

Alerts

Be the first to know and let us send you an email when KasthaMandu Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share