Drishya katha

Drishya katha "Drishya Katha" broadcast documentaries, investigates stories, informative programs, public awarenes Drishya Katha is a Mandala Online Pvt Ltd.

It is a platform of informational news, broadcast documentaries, investigative stories, informative programs, public awareness messages.

प्रधानमन्त्री सुशीला कार्की र संघीय संसदका दुवै सदनका प्रमुखबीच बालुवाटारमा भेटवार्ता भएको छ ।भेटमा प्रतिनिधि सभाका सभाम...
03/11/2025

प्रधानमन्त्री सुशीला कार्की र संघीय संसदका दुवै सदनका प्रमुखबीच बालुवाटारमा भेटवार्ता भएको छ ।भेटमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे पनि हुनुहुन्थ्यो।

८ दलले गरे एकता सहमतिपत्रमा हस्ताक्षर   सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष म...
03/11/2025

८ दलले गरे एकता सहमतिपत्रमा हस्ताक्षर
सहमतिपत्रमा माओवादी केन्द्रका
अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत
समाजवादीका अध्यक्ष माधवकुमार
नेपाल, जनसमाजवादी पार्टी नेपालका
अध्यक्ष सुवासराज काफ्ले, नेपाल
समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय
यादव, नेकपा महासचिव चिरन पुन,
नेकपा समाजवादीका अध्यक्ष राजु
कार्की, नेकपा माओवादी समाजवादीका
अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा

03/11/2025
वायु सेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन | प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा नि...
02/11/2025

वायु सेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन |
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिनुभएको छ।
पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिनुभएको हो।

31/10/2025

क का कि की नेपाली चलचित्रको भुक देउराली, मोदी गाउपालिकमा छायाँकन समापन भएको अवसरमा स्थानियले कलाकारहरूलाई विदाइ गरेका छन् । यो चलचित्रका निर्देशक बिक्की अग्रवाल र श्रद्दा प्रसाइ हुन ।

म त्यसरी हिँड्दा देशलाई यस्तो अफ्ठ्यारो परेका बेला, देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो। ज...
30/10/2025

म त्यसरी हिँड्दा देशलाई यस्तो अफ्ठ्यारो परेका बेला, देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो। जेनजी युवाहरू मेरो घरैमा आएर अभिभावकत्व लिइदिन भन्नुभयो। प्रधानमन्त्री बन्नुपर्छ भनेर धरधरी रुनु पनि भयो।

म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान् थियौँ। मैले राजनीतिक नेता....

गृहमन्त्री परिवर्तनको हल्लाका बारेमा प्रधानमन्त्रीको स्वकीय सचिवालयले प्रेस विज्ञप्ति निकालेको छ । https://www.drishyaka...
30/10/2025

गृहमन्त्री परिवर्तनको हल्लाका बारेमा प्रधानमन्त्रीको स्वकीय सचिवालयले प्रेस विज्ञप्ति निकालेको छ । https://www.drishyakathaa.com/2025/10/3556/

*बालुवाटारमा बुधबार आयोजित त्रिपक्षीय संवादमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा व्यक्त समापन मन्तव्य*म यहाँ रहरले आएकी ह...
30/10/2025

*बालुवाटारमा बुधबार आयोजित त्रिपक्षीय संवादमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा व्यक्त समापन मन्तव्य*
म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान् थियौँ। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, मेरो विधा परेन भनेकी थिएँ। म यतातिर लाग्दिनँ भनेर त्यहाँबाट हिँडेकी पनि हुँ।
म त्यसरी हिँड्दा देशलाई यस्तो अफ्ठ्यारो परेका बेला, देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो।
जेनजी युवाहरू मेरो घरैमा आएर अभिभावकत्व लिइदिन भन्नुभयो। प्रधानमन्त्री बन्नुपर्छ भनेर धरधरी रुनु पनि भयो।
मैले ती निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेको सम्झिएँ। ती घाइतेहरूको अनुहार हेरेँ। मेरो साथमा जनता छन्, मैले केही गर्नैपर्छ भन्ने लाग्यो र एउटा अठोटसाथ अगाडि आएँ।
हामी सहिद परिवार, घाइते र ती प्रत्येक परिवर्तनकामी नेपाली युवाको आवाज सम्बोधन गर्न लागिपरेका छौँ। र, बलिदानी दिने सहिदका परिवार अनि घाइतेलाई पनि अलपत्र पार्दैनौँ। बोलेको पु¥याउँछौँ।
हामी चुनावमा केन्द्रित छौँ। प्रत्येक दिन यसैगरी छलफल र गृहकार्य गर्छौँ। कामको प्रगतिविवरण लिन्छौँ। समस्याहरु फुकाउन लागिपरेका छौँ। अविश्वासहरू चिर्दै विश्वासको वातावरण बनाउँदै छौँ, आत्मविश्वास उठाउँदै छौँ।
प्रहरीको मनोबल पनि बढ्छ। भागेका कैदीबन्दीहरू पनि समातिन्छन्।
३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु। भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौँ? तर, हामी मनोबल उठाउन लागेका छौँ, उठ्छ। किनकि, हामी सपार्ने दिशामा छौँ।
अब यहाँ विदेशीको कुरा पनि आयो। विदेशीले हस्तक्षेप गर्छ, यो गर्छ, त्यो गर्छ भन्ने कुरा पनि आयो। तर, यो तर्साउने हतियार मात्र हो। यहाँ मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर र नगर भनेको छैन।
हामीहरू राजदूत सिंहदरबारमा भेट्छौँ, बालुवाटारमा भेटेका छैनौँ। अहिलेसम्म शिष्टाचार भेट मात्र भएको छ। काम विशेषले हुने भेट मन्त्रीज्यूहरूले गर्नुभएको छ। हामीलाई कुनै विदेशीले खोजेको पनि छैन। त्यसैले विदेशी हस्तक्षेपको कुरा गलत भाष्य हो।
अर्को कुरा यहाँको अनौठो चलन देखियो भने काम गर्न नदिने, अनि बातैपिच्छे काम गरेन भन्ने। हामी प्रयास गरिरहेका छौँ। हामी रोकिँदैनौँ। जतिसुकै बाधा र अवरोधहरू भए पनि फुकाउँदै अघि बढ्छौँ।
यहाँ न्यायाधीशका कुरा पनि उठे। संसद विघटनमा भएका निर्णयका पनि कुरा आए। के न्यायाधीशलाई सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न संविधानले रोकेको छ? न्यायाधीश भइसकेको व्यक्ति चुनाव लड्न पाउँदैन भनेर संविधानमा लेखेको छ? भारतमा न्यायाधीशहरू सांसद, मन्त्री भएका छन्। यहाँ यो असामान्य परिस्थितिमा हुँदा किन प्रश्न? अचम्म छ।
कहिलेकाहीँ त लाग्छ, हाम्रो नेपाली समाज कुरैकुरामा मात्र बाँचेको छ। काम गर्नु छैन। अरू देशमा राजनीति गर्नेले खेती पनि गर्छ। तर, यहाँ राजनीति मात्र गरेको छ। राजनीति गरेरै आर्यघाट जाने।
मैले गोली लागेका ती रक्ताम्य युवा देखेको छु। गोलीको वर्षा भइरहेको त्यो जनसागरबीच नारा लगाइरहेका ती युवाको त्यसबेलाको भावभंगी देखेको छु। म त्यही सम्झेर काम गर्छु। मेरो प्रतिबद्धता यही छ।
म पहिलादेखि लडाकु हुँ। मेरा परिवारका अरु सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ। हामी डराउँदैनौँ। भनेको पुर्याउँछौँ।
अनिलजी (अनिलकुमार सिन्हा) लाई अनुरोध गरेर ल्याएको (मन्त्री बनाएको) हुँ। उहाँजस्तो इमानदार र बझेको मान्छे हुँदा धेरै काम सहज भएको छ। हेर्दै जानुहोस्, हामीले केके गर्दै छौँ? हिजो थन्क्याएका फाइल खुलाउँदै छौँ। कति त समातिसकेका छन्। कतिलाई समात्दै छौँ। यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु। त्यो दृढताका साथ हामी अघि बढेका छौँ।

29/10/2025

सगरमाथा क्षेत्रको लोबुचेमा एयर अल्ट्च्यिुड हेकिप्टर दुर्घटना । पाइलट विवेक खड्का सुरक्षित

लेक लागेर मृत्यु वा घाइते हुने दर बढ्दै गएको स्थितिमा हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम वि...
27/10/2025

लेक लागेर मृत्यु वा घाइते हुने दर बढ्दै गएको स्थितिमा हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान एवं सोको आधारमा यस प्राधिकरणबाट प्रकाशन गरिने पूर्वसूचना एवं अलर्टबारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न, आवश्यक पूर्वतयारी गर्न एवं लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कन प्राधिकरण हार्दिक अपिल गर्दछ।

राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त...
26/10/2025

राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी सुधा शर्मा र बव्लु गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् |

26/10/2025

श्रममन्त्री बन्न लागेका दलित अभियन्ता खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट हटाइएको छ |

Address

New Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Drishya katha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Drishya katha:

Share

छोराकोलागि मृत्युसँग लड्ने आमाको कथा ।

छोराकोलागि मृत्युसँग लड्ने आमाको कथा । https://www.youtube.com/watch?v=MtP3B4MjHAk