
15/07/2025
"हामीले फालेको त्यो चम्मर,
शरीरलाई बचाउने प्राकृतिक वरदान थियो..."
हामी मकै खान खान्छौं
तर मकैको त्यो सुनौलो डाँठको टुप्पोमा टाँसिएको
केशजस्तै चम्मरलाई हेप्छौं, फ्याल्छौं,
र त्यसको मूल्य बुझ्दैनौं।
तर थाहा छ?
त्यही चम्मर – तपाईंको शरीरको
भित्रभित्रै मौन रूपमा भइरहेका रोगहरूको
शान्त र सरल उपचार हो।
यसलाई वैज्ञानिक भाषा, आयुर्वेद र पुराना ज्ञान अनुसार बुझ्ने हो भने,
मकैको चम्मर कुनै फोहोर होइन –
यो त प्रकृतिले दिएको अमूल्य औषधि हो।
🔬 मकैको चम्मरका औषधीय गुणहरू:
१. 🍵 मूत्र रोगको रामवाण उपचार:
– मूत्रको जलन, संक्रमण, पिसाब बारम्बार लाग्ने समस्या
वा पिसाब रोकिने समस्यामा चम्मरको पानी अत्यन्त लाभदायक हुन्छ।
२. 💧 किड्नी (मिर्गौला) सफा गर्ने प्राकृतिक औषधि:
– चम्मरको पानीले किड्नीमा जम्मा हुने विषाक्त पदार्थ सफा गर्छ
र किड्नी स्टोन (पथ्थरी) को रोकथाम गर्न सहयोग पुर्याउँछ।
३. ❤️ रक्तचाप नियन्त्रणमा:
– उच्च रक्तचाप भएका मानिसहरूले नियमित
चम्मरको पानी पिउँदा रक्तचाप सन्तुलनमा रहन्छ।
४. 🌿 शरीरको सूजन घटाउने:
– आन्तरिक सूजन (Inflammation) घटाउने गुणले
गाठो, दुखाई र थकान कम गर्छ।
५. 🌸 छाला र पाचन सुधारमा:
– छाला सफा पार्ने, डन्डिफोर, चायाँपाँतो घटाउने
र पाचन प्रणाली सुधार गर्ने गुण हुन्छ।
✅ कसरी प्रयोग गर्ने त?
1. सुकाएको वा ताजै चम्मर लिने।
2. सफा पानीमा १०–१५ मिनेट उमाल्ने।
3. पानी छानेर मनतातो वा चिसो पारेर पिउने।
4. दिनमा १–२ पटक नियमित सेवन गर्न सकिने।
⚠️ कसले प्रयोग गर्दा फाइदा हुन्छ?
✅ मिर्गौला/किड्नी समस्या भएका व्यक्तिहरू
✅ पिसाबमा जलन वा बारम्बार पिसाब लाग्ने
✅ उच्च रक्तचाप पीडित
✅ महिलाको मासिक धर्म गडबडी भएको
✅ शरीरमा थकान, सुजन वा ग्यास, एसिडिटीको समस्या भएको
⏰ कहिले र कसरी खाने?
☀️ बिहान खाली पेट वा बेलुका सुत्नुभन्दा १ घण्टा अघिको समय उत्तम।
🫖 चिया जस्तो बनाई (तर बिना दूध/चिनी) सेवन गर्न सकिन्छ।
❤️🔥 अब बुझौं…
हामीले जसलाई ‘झिंगा लाग्छ’ भन्दै फाल्दछौं,
त्यो नै हाम्रो शरीरभित्रको विष हटाउने
सस्तो, सहज र प्राकृतिक औषधि हो।
चम्मर — त्यो सुनौलो रेशाजस्तो देखिने वस्तु,
तपाईंको शरीरको भीत्री अव्यवस्थालाई
शान्त, सफा र स्वस्थ बनाउन
प्रकृतिको मौन सन्देश हो।
👉 अब जब तपाईं मकै किन्नुहुन्छ,
त्यस चम्मरलाई हेपे–फ्याले नगर्नुहोस्।
त्यसलाई बचाउनुहोस्, उमाल्नुहोस्,
र आफ्नो शरीरलाई यो
"प्राकृतिक अमृत" को स्वाद दिनुहोस्।
✍️ देवीलाल पाण्डे