Jana Aawaaj Media Network

Jana Aawaaj Media Network News ,Video content, Serial, Commedy, Short Movies, Interview And Song Producer.
(12)

01/12/2025

Bhunti 294 || Upcoming Episode Prediction By US || Bhunti New Episode Today serial prediction by us
bhunti nepali serial today
bhunti naya bhag
bhunti new bhag
bhunti serial
bhunti bhupendra divorce
jerry angry with bhupendra
jerry and bhupendra love story

01/12/2025
01/12/2025

जनताले खोजेको वैकल्पिक शक्ति एक ठाउँमा 🔥 रास्वपा र विवेकशील–साझा पार्टी एकीकरण

यो कुन भगवतीको फोटो हो ? कमेन्ट् गर्नुहोस् !
01/12/2025

यो कुन भगवतीको फोटो हो ? कमेन्ट् गर्नुहोस् !

01/12/2025

Pashupatinath temple 🙏

01/12/2025

manosambad

01/12/2025

Bhunti 294 || Upcoming Episode Prediction By US || Bhunti New Episode Today

हङकङ आगलागी: मृत्यु हुनेको संख्या १४६ पुग्योहङकङ प्रहरीले आइतबार नोभेम्बर २६ मा आवासीय परिसरमा ठुलो आगलागीबाट मृत्यु हुन...
01/12/2025

हङकङ आगलागी: मृत्यु हुनेको संख्या १४६ पुग्यो
हङकङ प्रहरीले आइतबार नोभेम्बर २६ मा आवासीय परिसरमा ठुलो आगलागीबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको पुष्टि गरेको छ । ७९ जना घाइते भएको बताइएको छ ।

प्रेस ब्रिफिङमा बोल्दै, हङकङ प्रहरी बलको दुर्घटना अनुसन्धान इकाईका प्रभारी त्साङ शुक–यिनले पहिले बेपत्ता भएका १५९ बासिन्दाहरूको सुरक्षा दुर्घटना अनुसन्धान इकाईले पुष्टि गरेको बताए ।

हाल १०० वटा घटनालाई पत्ता लगाउन नसकिने रूपमा वर्गीकृत गरिएको छ । जसको कारण पूर्ण जानकारी नहुनु, वाङ फुक अदालतमा बसोबास नगर्ने व्यक्तिहरू वा हराएका व्यक्तिहरूको ठेगाना नभएको सूचना दिने व्यक्तिहरू छन् ।

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थपभूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाज...
01/12/2025

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ ।

विभागले यही मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो । यसअघि विभागले गत असोज १३ गते सूचना प्रकाशित गर्दै आवेदनका लागि सार्वजनिक आह्वान गरेको थियो ।

घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने मालपोत ऐन, २०३४ मा भएको व्यवस्था बमोजिम सरकारले राजपत्रमा सूचना प्रकाशित गरी घरजग्गा कारोबार गर्ने कम्पनीका हकमा कार्यक्षेत्र समेत तोकेको थियो । विभागले पहिलो चरणमा महानगरपालिका र उपमहानगरपालिकालाई कार्यक्षेत्रका रुपमा परिभाषित गरेको थियो ।

एक पटकमा रु तीन करोड भन्दा बढीको कारोबार गर्ने इच्छुक फर्म, कम्पनी वा संस्थाले आवेदन दिन सकिने प्रबन्ध गरेको थियो । घरजग्गाको व्यवसायलाई पारदर्शी, मर्यादित एवम् वैज्ञानिक बनाउने उद्देश्यका साथ कारोबारलाई व्यवस्थित गर्न लागेको जनाइएको छ ।

विभागले गत शुक्रबारदेखि लागू हुने गरी आवेदनको म्याद थप गरिएको जनाएको हो । विभागले पहिलो चरणमा छ वटा महानगर र ११ उपमहानगपालिकामा घर जग्गा कारोबारलाई व्यवस्थित बनाउने उद्देश्यका साथ कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रकाशित सूचनाअनुसार न्यून सङ्ख्यामा आवेदन परेकाले म्याद थप गरिएको हो ।

विभागका अनुसार गत कात्तिकमा घरजग्गा कारोबारबाट रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ बराबरको राजस्व सङ्कलन भएको थियो । त्यसैगरी सेवा कर रु २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिष्टे«शन शुल्क रु एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४, पूँजीगत लाभकर रु ९९ करोड ७८ लाख ४४ हजार ३९२ बराबर सङ्कलन भएको थियो ।

गीता जयन्ती पर्व मनाइँदै वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण ...
01/12/2025

गीता जयन्ती पर्व मनाइँदै
वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ ।

वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो ।

पाँच हजार १३३ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रूपमा पृथ्वीमा जन्म लिएका कृष्णले अर्जुनमार्फत् कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रही आएको छ । भगवान्ले नै अर्जुनमार्फत् हामीलाई गीताको ज्ञान दिएका हुन् ।

कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ गीता भएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।

‘त्यसबेला कौरवका ११ अक्षयोनी सेना थिए, पाण्डवका सात अक्षयोनी सेना, भगवान् कृष्ण पाण्डवका पक्षमा हुनुहुन्थ्यो, अर्जुनको सारथीका रूपमा, कौरवका पक्षमा हजुरबा भीष्मपितामह नै सेनापति देखेपछि अर्जुनले युद्ध गर्ने विषयमा शङ्का गरे, विश्वस्त बनाउन उपदेशका रूपमा गीता सुनाइएको हो,’ उनले भने ।

चार वेदका एक हजार १३१ शाखामध्ये हाल १२ वटामात्र अस्तित्वमा रही अरु लोप भएजस्तो गीताको ज्ञान लोप नहोस् भनी जनचेतनाका लागि कार्यक्रम आयोजना गर्ने गरिएको जियर शैक्षिक प्रतिष्ठानका अध्यक्ष कुमार अधिकारीले बताए ।

‘ऋग्वेदका २१ शाखामध्ये हाल दुई, यजुर्वेदका १०१ शाखामध्ये चार, सामवेदका एक हजार शाखामध्ये चार, अथर्ववेदका नौ शाखामध्ये दुई शाखामात्र हाल उपलब्ध छन्, अरु लोप भइसके, गीताले पनि यस्तै नियति भोग्नु नपरोस् भनी जनजागरण गर्न गीता जयन्ती कार्यक्रम मनाउन सुरु गरिएको हो’ उनले भने ।

प्रतिष्ठानले ११ वर्षअघिदेखि मोक्षदा एकादशी अर्थात् आजका दिन गीता जयन्ती मनाइँदै आएको छ । यसैगरी गीता मन्दिर स्वयम्भूमा पनि आज कार्यक्रम आयोजना गरिने जनाइएको छ । विश्व हिन्दू महासङ्घ र यसका विभिन्न शाखाले पनि गीता जयन्तीकै अवसरमा आज राजधानीमा कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।

यस अवसरमा विभिन्न मन्दिरमा गीता पाठलगायत कार्यक्रमसमेत गरिने भएको छ । गीतामा भक्ति, ज्ञान र वैराग्य योगका विषयमा चर्चा गरिएको छ ।

आजको धमाका मूल्यसूची:🥒 घिरौँला — 150/kg (जस्तै त सुन-जस्तै!)🍅 गोलभेडा — 100/kg (टमाटर अब लक्जरी!)🥔 आलु — 60/kg (सस्तो भन...
01/12/2025

आजको धमाका मूल्यसूची:
🥒 घिरौँला — 150/kg (जस्तै त सुन-जस्तै!)
🍅 गोलभेडा — 100/kg (टमाटर अब लक्जरी!)
🥔 आलु — 60/kg (सस्तो भन्दै नखानु, बढ्दै छ!)
🧅 प्याज — 80/kg (रोउला कि काटौला?)
🌶️ खुर्सानी — 250/kg (खानुभन्दा देखेर जलेला!)
🍆 भण्टा — 110/kg (भन्टा पनि VIP!)
🥦 ब्रोकली — 200/kg (डाइट प्लान नै बिग्रिने!)

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Jana Aawaaj Media Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share