Himali Sandesh

Call Directions Website Contact the business

Himali Sandesh हिमाली भेगका भाषा, कला, संस्कृती, भेषभुषा, रहनसहन, चालचलन, पर्यटनलाई प्राथमिकतामा राखी यो अनलाइन समाचार पत्रिका सन्चालन गरिएको हो ।
(1)

हिमाली भेगका बिबिध गतिविधीलाई समेट्ने प्रयासका साथ आइ बिबि मिडिया ग्रुप प्रालीद्दारा २०१५ मा संचालन गरेको हिमाली संदेश डटकम एक अनलाइन पत्रिका हो ।
बिशेष हिमाली भेगका भाषा, कला, संस्कृती, भेषभुषा, रहनसहन, चालचलन, पर्यटनलाई प्राथमिकतामा राखी यो अनलाइन समाचार पत्रिका सन्चालन गरिएको हो ।

दावा शेर्पाको अध्यक्षतामा शेर्पा संघ दक्षिण कोरिया बुसान शाखा गठनबुसान, दक्षिण कोरिया । शेर्पा संघ दक्षिण कोरियाको बुसान...
25/09/2026

दावा शेर्पाको अध्यक्षतामा शेर्पा संघ दक्षिण कोरिया बुसान शाखा गठन

बुसान, दक्षिण कोरिया । शेर्पा संघ दक्षिण कोरियाको बुसान शाखा गठन भएको छ। दावा शेर्पाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।

शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ल्हाक्पा सोनाम शेर्पा, उपाध्यक्षमा फुरी शेर्पा र आङ छिरीङ शेर्पा, महासचिवमा ङिमा शेर्पा, सचिवमा ल्हाक्पा छोटिन शेर्पा, कोषाध्यक्षमा ङती शेर्पा तथा सहकोषाध्यक्षमा ल्हाक्पा शेर्पा चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा पसी शेर्पा, फुली शेर्पा, शर्मिला शेर्पा, पेमा शेर्पा, कुङ्गा शेर्पा, ल्हेमी शेर्पा र फुर्बा शेर्पा चयन भएका छन्। साथै प्रमुख सल्लाहकारमा जिग्मे शेर्पा, सल्लाहकारमा पासाङ तेम्बा शेर्पा र फूर्बा शेर्पा चयन गरिएको छ ।

नवगठित बुसान शाखाले बुसान आसपास तथा दक्षिण कोरियामा रहेका शेर्पा समुदायबीच आपसी एकता, सहकार्य, संस्कृति तथा पहिचान संरक्षण र सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Sherpa Association Of Nepal
Ang Kaji Sherpa
Nimnuri Khapa
Ang Dorchi Sherpa
शेर्पा संघ दक्षिण कोरिया।
Thutung Gelji Sherpa TG
Dorchee Sherpa
World Sherpa News
Dennis Sherpa
Himali Sandesh

सावधान ! अत्यन्त जरुरी सूचनाहुँगा खोला, महाकुलुङको २ र ४ वडा बीच बोदेल क्षेत्रमा पहिरो खसेर हुँगा खोला थुनिएको छ।दुधकोशी...
11/09/2026

सावधान ! अत्यन्त जरुरी सूचना

हुँगा खोला, महाकुलुङको २ र ४ वडा बीच बोदेल क्षेत्रमा पहिरो खसेर हुँगा खोला थुनिएको छ।

दुधकोशी नदिमा मिसिएर बग्ने, सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिकाको २ र ४ वडा बीच बोदेल क्षेत्रमा पहिरो खसेर हुँगा खोला थुनिएको छ। करिब १० मिटर गहिरो र १०० मिटर लामो पोखरी बनेको खबर, इलाका प्रहरी कार्यालय सोताङको प्रहरी निरीक्षक (इन्स्पेक्टर) एकनाथ भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार थुनिएको खोला अहिले
निकास भएर एकाछेउबाट बग्न शुरु गरेको छ। स्थानीय सरकार, प्रहरी प्रशासनबाट नदी तटीय क्षेत्रमा जोखिम कम भएको सम्बन्धि थप सूचना जारी नभए सम्मको लागि सचेत रहन सबैमा अनुरोध गरिएको छ।

विशेषगरी यसभन्दा तल्लो क्षेत्रमा पर्ने बुल्तोसुम, साद्दी, सोताङ तथा दुधकोशी नदीको तटीय क्षेत्रका बस्तीहरूका नागरिकहरू सतर्क रहनुहोला।

👉 खोला किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्नुहोस्।
👉 रातिको समयमा विशेष सावधानी अपनाउनुहोस्।
👉 सम्भावित जोखिम देखिएमा सुरक्षित तथा अग्लो स्थानतर्फ जान तयार रहनुहोस्।
👉 स्थानीय प्रशासन, प्रहरी, जनप्रतिनिधि र सुरक्षा निकायबाट आउने आधिकारिक सूचनालाई प्राथमिकता दिनुहोस्।

📢 सामाजिक सञ्जाल प्रयोग नगर्ने नागरिकहरू पनि धेरै हुनुहुन्छ। त्यसैले यस क्षेत्रका आफन्त, साथीभाइ तथा चिनजानका व्यक्तिहरूले फोन वा अन्य कुनै माध्यमबाट यो सूचना तत्काल सम्बन्धित बस्तीहरूमा पुर्‍याइदिनुहोस्।

सूचना फैलाऔँ—आतंक होइन, पूर्वसावधानी फैलाऔँ।
एक जनाको सावधानीले धेरैको ज्यान जोगिन सक्छ।

#सावधान
#हुँगाखोला
#महाकुलुङ
#सोताङ
#बुल्तोसुम
#साद्दी
#दुधकोशी
#पूर्वसावधानी
#बाढीपहिरो

शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३ लाख ४८ हजार ८८३ सहयोगनेपालमा आएको विनाशकारी ब...
30/08/2026

शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३ लाख ४८ हजार ८८३ सहयोग

नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपालीहरूको राहत तथा उद्धारका लागि शेर्पा संघ दक्षिण कोरियाले रु ३ लाख ४८ हजार ८८३ सहयोग गरेको छ। संघको कोष बाट १० लाख वन र बाकी रकम संस्थामा आबद्ध संरक्षक, सल्लाहकार, आजीवन सदस्य, साधारण सदस्य तथा कार्यसमितिका पदाधिकारीहरू बाट सङ्कलन गरेको थियो

विपद्को यस कठिन घडीमा पीडित नेपालीहरूको राहत तथा पुनर्स्थापनामा केही भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको हो।

मातृभूमिमा परेको विपद्मा परदेशबाट गरिएको यस सहयोगले नेपाली समुदाय बीच ऐक्यबद्धता, मानवीय भावना तथा सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाएको छ।
Sherpa Association Of Nepal Nepal Sherpa Bidhyarthi Sangh Ang Kaji Sherpa Dorjee Sherpa Thutung Gelji Sherpa TG Dorchee Sherpa Ang Dorchi Sherpa Sonam Sherpa Lama-koshish Ang Kaji Sherpa

29/08/2026
26/08/2026

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण उक्त क्षेत्रमा रहनुभएका सोलुखुम्बुका केही व्यक्तिहरू सम्पर्कविहीन भएको खबर प्राप्त भएको छ।
सम्पर्कविहीन हुनेहरूमा:
धनबहादुर तामाङ - सोलुदुधकुण्ड नगरपालिका–८
सुरेश मगर - सोलुदुधकुण्ड नगरपालिका–८
अनिस मगर - सोलुदुधकुण्ड नगरपालिका–८
पासाङ काजी तामाङ - सोलुदुधकुण्ड नगरपालिका–१०
दोर्जी तामाङ - सोलुदुधकुण्ड नगरपालिका–१०
रोजीत तामाङ - सोलुदुधकुण्ड नगरपालिका–१०
पासाङ तामाङ - सोलुदुधकुण्ड नगरपालिका–१०
छिरिङ तामाङ - सोलुदुधकुण्ड नगरपालिका–१०
सगर तामाङ - सोलुदुधकुण्ड नगरपालिका–१०
रिन्जी तामाङ - सोलुदुधकुण्ड नगरपालिका–१०
बाबुराम खत्री - थुलुङदुधकोशी गाउँपालिका, कांगेल
निमा शेर्पा - लिखुपिके –५
अर्जुन भुजेल - लिखुपिके –५
अम्बिर नछिरिङ - सोताङ गाउँपालिका
नुरू जाङ्बु शेर्पा - माप्य दुधकोशी –१
तुला बहादुर मगर - माप्य दुधकोशी –२
हर्क बहादुर मगर - माप्य दुधकोशी –२
ओमनाथ राई - माप्य दुधकोशी–४
बुध्दि तामाङ - ओखलढुंगा
उहाँहरू सबै सकुशल हुनुहुन्छ भन्ने सुखद् खबरको हामी सबैले प्रतीक्षा गरिरहेका छौँ।
उहाँहरूलाई उक्त क्षेत्रमा देख्नुभएका वा भेट्नुभएका व्यक्तिहरूले कृपया तत्काल सम्बन्धित परिवार वा आफन्तलाई खबर गरिदिनुहुन अनुरोध छ।
साथै, सोलुखुम्बुबाट विभिन्न पेशा, व्यवसाय वा यात्राका क्रममा उक्त क्षेत्रमा पुग्नुभएका र हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउन नसक्नुभएका अन्य व्यक्तिहरूको नाम वा जानकारी थाहा भएमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौँ।

सम्पर्क नं 9841344690

विपत्तिमा साथ दिऔँ, सहयोग सही ठाउँमा पुर्‍याऔँ। 🙏🇳🇵विपत्तिको घडीमा पीडित नागरिकलाई हाम्रो सानो सहयोग पनि ठूलो आशा बन्न स...
26/08/2026

विपत्तिमा साथ दिऔँ, सहयोग सही ठाउँमा पुर्‍याऔँ। 🙏🇳🇵

विपत्तिको घडीमा पीडित नागरिकलाई हाम्रो सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ। तर दुर्भाग्यवश, यस्ता संवेदनशील परिस्थितिलाई आफ्नो व्यक्तिगत वा समूहगत फाइदाका लागि प्रयोग गर्नेहरू पनि सक्रिय हुन सक्छन्।

त्यसैले तपाईं मानवीय सहयोग गर्न चाहनुहुन्छ भने, विश्वासिलो र आधिकारिक माध्यम रोजौँ।

तपाईंको सहयोग सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्दा राज्यको आधिकारिक संयन्त्रमार्फत विपद् प्रभावित नागरिकसम्म सहयोग पुर्‍याउने प्रक्रियामा योगदान पुग्छ।

👉 सहयोग गरौँ।
👉 सही माध्यम रोजौँ।
👉 विपत्तिलाई अवसर होइन, मानवताको परीक्षा बनाऔँ।

आज तपाईंले गरेको सहयोग, भोलि कुनै पीडित परिवारको जीवनमा आशाको किरण बन्न सक्छ।

🇳🇵 विपत्तिमा हामी सबै एकजुट बनौँ।
मानवता बचाऔँ, नेपाल बचाऔँ। 🙏

#प्रधानमन्त्रीराहतकोष #दैवीप्रकोपउद्धारकोष #विपद्मासहयोग #मानवता #नेपाल #सहयोगगरौँ

सोलुदुधकुण्ड नगरपालिका वडा नं ३ लेदिङमा बसोबास गर्ने शेर्पा समुदायको एक भेलाले 'लेदिङमा शेर्पा किदुक'को तदर्थ समिति गठन....
18/08/2026

सोलुदुधकुण्ड नगरपालिका वडा नं ३ लेदिङमा बसोबास गर्ने शेर्पा समुदायको एक भेलाले 'लेदिङमा शेर्पा किदुक'को तदर्थ समिति गठन...

सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं ३ लेदिङमा बसोबास गर्ने शेर्पा समुदायको एक भेलाले 'लेदिङमा शे.....

येस्तालाई तपाई के बन्नु हुन्छ ?...
09/08/2026

येस्तालाई तपाई के बन्नु हुन्छ ?...

काठमाडौं । शेर्पा समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको परम्परागत पोसाकलाई फेसनका नाममा तोडमोड त....

जुलाई ३० तारिखका दिन पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोले निर्मल "निम्स" पुर्जासहित दस जना आरोहीलाई बेपत्ता बना...
31/07/2026

जुलाई ३० तारिखका दिन पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोले निर्मल "निम्स" पुर्जासहित दस जना आरोहीलाई बेपत्ता बनाएको छ।

उद्धार प्रयासहरू जारी छन्, तर स्थानीय समयअनुसार शुक्रबार बिहानसम्म हिमालमा पुग्ने अपेक्षा गरिएको छैन।

Address

Kathmandu Boudhanath
Kathmandu
44602

Alerts

Be the first to know and let us send you an email when Himali Sandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himali Sandesh:

Shortcuts

Share