Pratisamwad National Monthly

Pratisamwad National Monthly This is a Monthly Magazine published from Kathmandu Nepal......

22/11/2015

Yuwa Patrakar tatha Mahila adhikarkarmi Rishimaya Pokhrel "Pratiksha" ko Sampadan/Prakashan ma shighra Prakash*t Hudai chha Nyay ,Samanata ra Sahakarya ko Pratik PRATISAMWAD MONTHLY ma samagree pathai sahayog garnu huna binamra anurodh gardachhaun.....email: pokhrelpratik222yahoo.com

This is a Monthly Magazine published from Kathmandu Nepal......

मुम्बईका स्वँमसेवकहरु राहतमा सकृयललितपुर जेठ ८गते । मुलुकमा अचानक आएको दैवी प्रकोपको मारमा पिल्सिएका नेपालीहरुको आलो घाउ...
22/05/2015

मुम्बईका स्वँमसेवकहरु राहतमा सकृय
ललितपुर जेठ ८गते । मुलुकमा अचानक आएको दैवी प्रकोपको मारमा पिल्सिएका नेपालीहरुको आलो घाउमा मल्हम लगाउने तर्फ सँसारभरिकै मित्रराष्ट्रका स्वँमसेवकहरु जुर्मुराएको अवस्थामा छिमेकी मित्रराष्ट्रका भारतका केही स्वँयसेवकहरु नेपालमा सकृय रहेका छन् । लामो समयदेखि नेपालको पर्यटन ब्यवसायमा आबद्ध रहेका बिरेन्द्र सरावगीको आव्हानमा वर्धमान सँस्कार धाम मुम्बईका स्वँयसेवकहरु योगेश शाह, बिपिन शाह ,जे.पी.मेहतालगायत विभिन्न स्थानमा राहत बितरणमा सकृय रहेका छन् । नेपाल जैन परिषद ,भगवान महावीर जैन निकेतन, श्वेताम्वर जैन समाज ,तेरा पँथ जैन महिला मण्डल, जैन महिला मण्डल, अहिँसा यात्रा नेपाल र अनुव्रत जैन समितिको सहयोगमा सञ्चालित राहत कार्यक्रम अन्तर्गत दोलखा सिन्धुपाल्चोक गोरखा काभ्रेपलान्चोक भक्तपुर ललितपुरआदि स्थानहरुका भुकम्प पिडितहरुमा खाद्यान्न, कपडा, त्रिपाल ,औषधिआदि बितरण गर्दै आएका छन् । यसै क्रममा चलचित्र पत्रकार दिवसको अवसरमा हिजो जेठ ७ गते ललितपुरको गोदावरी स्थित क्रेसेन्ट एकेडेमी स्कूलको प्राँगणमा स्थानीय पिडितहरुलाई राहत सामाग्री बितरण गरिएको छ । उक्त राहत बितरण कार्यक्रममा सँस्थापक निर्देशक गोबिन्द पुरी ,प्रिन्सीपल अनु पुरी, युवा सँघ नेपालकी कार्यालय सचिव ऋषिमाया पाख्रेल प्रतिक्षा ,सरावगी टुर्स एण्ड टाभल्सकी दिलु अधिकारी, चलचित्र पत्रकार डी.पी.शाह चक्रवर्ती आदिको सकृय सहभागिता रहेको थियो । आगामी दिनहरुमा समेत राहत कार्यक्रमलाई निरन्तरता दिई नै रहने कुरा बिरेन्द्र सरावगीले बताएका छन् ।

10/05/2015

For teachers and schools:
अागामी जेठ १ गते बाट भूकम्प प्रभावित जिल्लाका विद्यालय सञ्चालन हुँदैछन् । बैसाख १२ गतेकाे िदन त भाग्यले विदाकाे दिन परेकाे हुनाले विद्यालयमा हुनसक्ने मानवीय क्षतीबाट बचियाे । भूकम्प पछिकाे पराकम्पन अन्तर्गतका ससाना धक्काहरू अाइरहेकाे अहिलेकाे त्रासदीपूर्ण मानसिकताका साथ विद्यार्थी र शिक्षकरू विद्यालय जाँदै छन् । यस्तेा अवस्थामा शिक्षक, प्रधान अध्यापक र विद्रयार्थीकाे सानाे असावधानी वा लापरवाहीले पनि थप मानवीय क्षति हुन सक्ने संभावना त्यत्तिकै रहेकाे छ । त्यसैले विद्यालय जानु अघि र गइसके पछि अपनाउनु पर्ने केही सावधानीहरूलाइ पालना गराैँ । अन्यथा पछि पछुताएर केही हुन्न ।
विद्यालय खुल्नु भन्दा पहिले गर्नु पर्ने कुराहरू ।
१. विद्यालय खुल्नु भन्दा कम्तिमा १ दिन अघि प्रधान अध्यापक लगायत सबै शिक्षकहरू विद्यालयमा भेला भएर विद्यालयकाे राम्राेसँग निरीक्षण गरी सुरक्षित र असुरक्षित स्थानकाे पहिचान गर्ने र असुरक्षित स्थानतर्फ विद्यार्थी जान नसक्ने गरी डाेरी टाङ्ने वा बार लगाउने ।
२. जाेडिएका डेष्क बेन्च छन् भने तिनलाइ घुमाएर एउटाकाे वेञ्च र अर्काेकाे डेषक प्रयाेग गर्ने गरी बसाइ व्यवसथा मिलाउने । यसाे गर्दा दुइ राे भएकाे कक्षाामा दुइवटा बेञ्च बढी लाग्न सक्छ । तर विद्यार्थी अाेहाेर देाहाेर गर्दा डण्डिले छेक्दैन । केही गरी कक्षामा भाग दाैड चल्याे भने पनि बेञ्चकाे डण्डिमा अल्झेर च्यापिने संभावना रहँदैन ।
३. विद्यालयका भवनहरू प्राविधिकलाइ जचाएर शिक्षा विभागकाे हरियाे झण्डा वा स्टिकर पाएकाे भवन वा काेठामा मात्र विद्यार्थी राख्ने ।
४. हरियाे स्टिकर पाएकाे भवनमा पनि ससाना चिरा परेका भाग छन् भने त्यसलाइ लिप्ने वा टाल्ने ।
५. भवन नभएका विद्यालयले अस्थाइ सिकाइ केन्द्र TLC बनाउन शिक्षक, अभिभावक र ठुला विद्यार्थी समेतलाइ परिचालन गरेर निर्माणा गर्ने र कक्षाा सञ्चालन गर्ने । रूख मुनि, भत्कन लागेका घरकाे अाडमा, अग्लाे कान्लाे वा ढिस्काे वा भिरकाे छेउछाउमा विद्यार्थी राखेर नपढाउने । त्यसले थप दुर्ङटना निम्त्याउन सक्छ ।
६. सुररूका दिनहरूमा पुस्तक पढाउने नभइ बालबालिकालाइ मनाे सामाजिक विमर्श गरेर मात्र कक्षा अघि बढाउनु पर्ने भएकाे हुनाले त्यसका लागि अावश्यक सामग्री जस्तै , चित्र बनाउने पेन्सिल, रङ्रग, कागज, गीतका सिडिहरू, मादल, खेलाैना अादि जुटाउने ।
७. शिक्षकले पनि मनाे सामाजिक विमर्श लिने ।
८. कक्षा काेठा र कार्यालय, पुस्तकालय अादिका दराज तस्वीर, लगायतका गैर संरचनात्मक वस्तुहरूलाइ नखस्ने वा नढल्ने गरी मिलाउने वा हटाउने ।
विद्यालय खुले पछि गर्नु पर्ने कुराहरू ।
१. कक्षामा प्रवेश गर्दा ढुक्क भएर जाने , विद्यार्थीलाइ भूकम्पका बारेमा कुरा गर्ने माैका दिने । तर सके सम्म अाफूले भूकम्पका कुरा कम गर्ने र अन्य कुराहरू गरेर भूलाउने प्रयास गर्ने । सिधै विद्यार्थीलाइ कहा थियाै के गर्दै थियाै जस्ता प्रश्न नसाेध्ने ।
२. कक्षामा शिक्षणा गरिरहेकाे अवस्थामा भूकम्पका झट्का वा पराकम्पन अाएमा अाफू दाैडेर नभाग्ने नकराउने नअात्तिने । विद्यार्थीलाइ शान्त भएर बेञ्च मुनी बस्न वा डक कभर हाेल्डमा बस्न भन्ने । अाफू पनि त्यसै गर्ने । कुनै पनि विद्यार्थीलाइ भाग दाैड नगरी बस्न लगाउने । त्यसाे गर्दा हुन सक्ने दुर्घटनाका बारेमा जानकारी गराउने ।
विद्यार्थी र शिक्षक भाग दैड गर्दा थप दुर्घटना हुन सम्दछ । यसाे गर्दा विद्यार्थीहरू ढाेका, भर्रयाङ, बार्दली, प्यसेजमा च्यापिने वा लड्ने, थिचिने, हामफाल्ने जस्ता दुर्घटना हुन सक्दछ । यस बारेमा विद्यार्थीलाइ जानकारी गराउँदै भूकम्पका पराकम्पन अाएकाे बेला त्यसाे न गर्न र स्थिर एवं सुरक्षित स्थानमा शान्त भएर बस्न निर्देशन र परामर्श दिने ।
३ . परा कम्पनहरू भूकम्प पछिका अामान्य हुने क्रममा अाउने नकम्पन हाे भन्ने कुरामा विद्यार्थीलाइ अाश्वस्त पार्ने ।
४. भूकम्पकाे क्षतिका कारण कक्षा काेठा कम भएकाे अवस्थामा बहु कक्षाा शिक्षणगर्न सकिन्छ ।
५. धेरै तला भएकाे विद्यालय छ भने सुरूका केही दिन भूइ तला वा एक तला माथि सम्म मात्र विद्यार्थी राख्ने ।
६. विद्यालय खुलेकाे ७ दिन भित्र भूकम्पीय सुरक्षा याेजना र सुरक्षित स्थानान्तरण याेजना तथा नक्सा तयार पारी सबैलाइ जानकारी गराउने र सबैले देख्ने स्थानमा राख्ने ।
हाल सम्म भएकाे मानवीय क्षतिले जुन पिडा दिएकाे छ , त्यसमा थप क्षति हुन नदिन सबै शिक्षकहरू लागि पराैँ ।
अापत विपतमा धैर्य, विवेक र सावधानीका साथ अघि बढाैँ । हतास भएर थप जाेखिममा अाफू पनि नपराैँ र अरूलाइ पनि नपाराैँ ।

Good Job!!!
05/05/2015

Good Job!!!

Healtha camp Organized by Yuwa sangha,nepal.....at Boudhha...
05/05/2015

Healtha camp Organized by Yuwa sangha,nepal.....at Boudhha...

कलाकर्मीहरुबाट राजधानीमा साँकेतिक बिरोध प्रदर्शनकाठमाण्डौ,बैशाख १९ । माउण्ट फायर थिएटर ग्रुपको आयोजनामा राजधानी स्थित पु...
02/05/2015

कलाकर्मीहरुबाट राजधानीमा साँकेतिक बिरोध प्रदर्शन
काठमाण्डौ,बैशाख १९ । माउण्ट फायर थिएटर ग्रुपको आयोजनामा राजधानी स्थित पुतलीसडकमा चोकमा एक साँकेतिक प्रदर्शन गरिएको छ । भुकम्प पिडितहरुको राहत सम्बन्धित गाँउमा पुगेको छैन,लाशहरु उठाईएको छैन,राहतको नाममा भारतीय चलखेल बढेको छ,बिमानस्थलमा भारतीय वायुसेनाबाट अवरोध उत्पन्न भएको छ जस्ता प्लेकार्ड सहितको एक समूह झण्डै डेढ घन्टा जति प्रदर्शनमा उत्रिएका थिए । साँकेतिक प्रदर्शनमा चलचित्रकर्मि,रँगकर्मी,पत्रकार लगायत समाजका बिभिन्न पेशा र वर्गका व्यक्तिहरु स्वतःस्फुर्त सहभागि भएका थिए । थिएटर ग्रुपका अध्यक्ष सूरज अधिकारी,लेखक ÷ निर्देशक मोहन निरौला,निर्देशक सुभाष गजुरेल, निर्देशक बिश्वदिप घिमिरे कलाकारहरु अनल खड्का,प्रकाशबाबु के.सी.,कुमार सिँखडा,आदर्श घिमिरे सञ्चारकर्मीहरु डी.पी.शाह “चक्रवर्ती”, नवराज न्यौपाने,मोहन पन्त लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
–ऋषिमाया पाख्रेल “प्रतिक्षा” बाट ।

13/04/2015

ऋषि र मोहनबाट स्वरसम्राट रोधी क्लवको उद्घाटन
काठमाण्डौ चैत्र २९ । चावहिल चोकमा एक भव्य समारोह बिच रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमला र परिवर्तन नेपालका अध्यक्ष,निर्देशक मोहन निरौलाबाट स्वरसम्राट रोधी क्लवको उदघाटन सम्पन्न भएको छ । रात्री ब्यवसायका महिलाहरुको समस्यामा आधारित नेपाली कथानक चलचित्र नाईट क्विनको निर्माता समेत रहनु भएका क्लवका सञ्चालक नविन बुढाथोकीले आमन्त्रित सञ्चारकर्मि तथा कलाकाररुलाई खादा र टीकाले सम्मानित गर्नु भएको थियो । बैशाख ११ गते रिलिज हुने चलचित्र जन्मभूमिका नायक बिनोद श्रेष्ठ लगायत सञ्चारकर्मीहरु डी.पी.शाह चक्रवर्ती,सबिन शाक्य,निलम भटटराई, पारस पौडेल, कलाकारहरु भूमिका गिरी,जेरी,प्रदिप रोका,अर्जुन खडका,मधु क्षेत्री,प्रेम नेपाली,नायिका सोफिया ठकुरी,बालकलाकार एनी भट्टराई लगायतको सहभागितमा यो ठेट रोधी क्लवको आरम्भ भएको हो । सानै उमेर देखि नेपाली कला सँस्कृतिलाई माया गर्ने भएकोले यसै क्षेत्रका कलाकारहरुको सहभागितामा बिशुद्ध तथा पृथक लोकदोहोरीको स्थापना गरेको बताउदै सञ्चालक नविन बुढाथोकीले सम्राट रोधी क्लवमा राजधानीकै अत्याधुनिक प्रविधि ,सेवा सहित पुर्णतया साउण्ड प्रुफ बनाएर स्टुडियो कै स्तरमा लोकलयमा आधारित गीत सँगीत सुन्न सकिने कुरामा जोड दिदै यस क्लवले नेपाली लोक सँगीतमा अहोरात्र योगदान पुर्याउदै आउनु भएका कलाकारहरुका सन्तानहरुलाई छात्रवृत्तिको योजना बनाएको घोषणा गर्नु भएको थियो । रेडियो पर्यावरण १०४.२ मेगाहर्जबाट बाट प्रत्यक्ष प्रसारण गरिएको उदघाटन समारोहको दृश्य सहितको प्रस्तुति युट्युब मार्फत सँसार भरि हेर्न र सुन्न सकिने कुरा आयोजकले बताएका थिए । –प्रतिक्षा पोख्रेलबाट

This is a Monthly Magazine published from Kathmandu Nepal......

ऋषि र मोहनबाट स्वरसम्राट रोधी क्लवको उद्घाटनकाठमाण्डौ चैत्र २९ । चावहिल चोकमा एक भव्य समारोह बिच रिपोर्टर्स क्लवका अध्यक...
13/04/2015

ऋषि र मोहनबाट स्वरसम्राट रोधी क्लवको उद्घाटन
काठमाण्डौ चैत्र २९ । चावहिल चोकमा एक भव्य समारोह बिच रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमला र परिवर्तन नेपालका अध्यक्ष,निर्देशक मोहन निरौलाबाट स्वरसम्राट रोधी क्लवको उदघाटन सम्पन्न भएको छ । रात्री ब्यवसायका महिलाहरुको समस्यामा आधारित नेपाली कथानक चलचित्र नाईट क्विनको निर्माता समेत रहनु भएका क्लवका सञ्चालक नविन बुढाथोकीले आमन्त्रित सञ्चारकर्मि तथा कलाकाररुलाई खादा र टीकाले सम्मानित गर्नु भएको थियो । बैशाख ११ गते रिलिज हुने चलचित्र जन्मभूमिका नायक बिनोद श्रेष्ठ लगायत सञ्चारकर्मीहरु डी.पी.शाह चक्रवर्ती,सबिन शाक्य,निलम भटटराई, पारस पौडेल, कलाकारहरु भूमिका गिरी,जेरी,प्रदिप रोका,अर्जुन खडका,मधु क्षेत्री,प्रेम नेपाली,नायिका सोफिया ठकुरी,बालकलाकार एनी भट्टराई लगायतको सहभागितमा यो ठेट रोधी क्लवको आरम्भ भएको हो । सानै उमेर देखि नेपाली कला सँस्कृतिलाई माया गर्ने भएकोले यसै क्षेत्रका कलाकारहरुको सहभागितामा बिशुद्ध तथा पृथक लोकदोहोरीको स्थापना गरेको बताउदै सञ्चालक नविन बुढाथोकीले सम्राट रोधी क्लवमा राजधानीकै अत्याधुनिक प्रविधि ,सेवा सहित पुर्णतया साउण्ड प्रुफ बनाएर स्टुडियो कै स्तरमा लोकलयमा आधारित गीत सँगीत सुन्न सकिने कुरामा जोड दिदै यस क्लवले नेपाली लोक सँगीतमा अहोरात्र योगदान पुर्याउदै आउनु भएका कलाकारहरुका सन्तानहरुलाई छात्रवृत्तिको योजना बनाएको घोषणा गर्नु भएको थियो । रेडियो पर्यावरण १०४.२ मेगाहर्जबाट बाट प्रत्यक्ष प्रसारण गरिएको उदघाटन समारोहको दृश्य सहितको प्रस्तुति युट्युब मार्फत सँसार भरि हेर्न र सुन्न सकिने कुरा आयोजकले बताएका थिए । –प्रतिक्षा पोख्रेलबाट

Nepal Communist party , Kaski Kathmandu Samparka Mancha In Action!!!!!
12/04/2015

Nepal Communist party , Kaski Kathmandu Samparka Mancha In Action!!!!!

सम्पर्क मञ्चले गर्‍यो विविध कार्यक्रम काठमाण्डौ । नेकपा एमाले,कास्की– काठमाण्डौ सम्पर्क मञ्चको आयोजनामा बर्ष भरि नै बिभि...
12/04/2015

सम्पर्क मञ्चले गर्‍यो विविध कार्यक्रम
काठमाण्डौ । नेकपा एमाले,कास्की– काठमाण्डौ सम्पर्क मञ्चको आयोजनामा बर्ष भरि नै बिभिन्न सेवामूलक तथा रचनात्मक कार्यक्रमहरु सम्पन्न हुने क्रममा गत शनिवार धापासीमा बर्ष कै अन्तिम कार्यक्रम स्वरुप शुभकामना आदान–प्रदान,ज्येष्ठ नागरिक सम्मान,मुखपत्र बिमोचन लगायतका कार्यक्रहरु भएको छ । सम्र्पक मञ्चका अध्यक्ष जगन्नाथ अधिकारीको सभापतित्वमा सुदिप सापकोटाले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका उप–महासचिव घनश्याम भुसालले मञ्चको मुखपत्र बिमोचन गर्नुकासाथै ज्येष्ठ नागरिकहरु तर्फ ८५ बर्षिय देवीलाल अधिकारी लगायत दुई दर्जन जति महिला तथा पुरुषहरुलाई सम्मान–पत्र तथा दोसल्लाले सम्मानित गरिएको थियो । यसै क्रममा मञ्चले बर्षभरि गरेका गतिविधिहरु समेटिएको श्रव्य दृश्य सामाग्रीका परिकल्पनाकार बरिष्ठ चलचित्र पत्रकार डी.पी.शाह चक्रवर्ती र दृश्य सम्पादक प्रेम शर्मा पौडेललाई समेत सम्माति गरिएको थियो । यस अघि मञ्चकै आयोजनामा शुक्रवार राजधानीमा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा बिजयीहरु तर्फ कास्की क्षेत्र नम्वर ४ का रामहरी घिमिरे र बिश्वास सापकोटालाई सिभिल ट्रेड सेन्टरको तर्फबाट रु.१५सय बराबरको टिकट सहित प्रमाण पत्र र दोसल्लाले पुरस्कृत गरिएको थियो । कार्यक्रममा कास्की–काठमाण्डौ सम्पर्क मञ्चका सल्लाहकार परिषद अध्यक्ष पुष्प आचार्य, नेकपा एमाले केन्द्रिय सदस्य बिजय गुरुड, गण्डकी–काठमाण्डौ सम्पर्क मञ्चका कार्यवाहक अध्यक्ष अर्जुन पाण्डे, सम्पर्क मञ्चका पुर्व अध्यक्षहरु श्रीकान्त बराल,राजुराम अधिकारी र राजेन्द्र आचार्य लगाययतका वक्ताहरुले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए । यसै गरि शुक्रवार सम्पन्न बाग्मति एकयबद्धता कार्यक्रममा समेत मञ्चको सकृय सहभागिता देखिएको थियो ।
–प्रतिक्षा पाख्रेलबाट

Pratiksha Pokhrel in Samwad VS Pratismwad National Monthly.....Nyay Samanata ra sahakarya ko Pratik ......
25/01/2015

Pratiksha Pokhrel in Samwad VS Pratismwad National Monthly.....Nyay Samanata ra sahakarya ko Pratik ......

Address

Bagbazar
Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Pratisamwad National Monthly posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share