Jana Aawaaj Tv.

Jana Aawaaj Tv. Nepali Video content,Creation,Nepali Serial, Commedy,Short Movies,Shorts Films Clip, Interview

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन
23/05/2026

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

काठमाडौँ । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ । फक्ताङलुङ गाउँपालिक....

23/05/2026

#नेपाल

20/05/2026

🏛️ प्रतिनिधि सभा बैठक
📅 २०८३ जेठ ६ गते, बुधबार
⏰ विहान ११ : ०० बजे
🎙️ सम्माननीय सभामुखको अध्यक्षतामा बैठक बस्दै

देशका समसामयिक विषय, नीति तथा जनसरोकारका मुद्दामाथि छलफल हुने अपेक्षा गरिएको छ ।
तपाईंको विचार के छ ? 👇

#प्रतिनिधिसभा #संसदबैठक #नेपालसंसद #समाचार #नेपाल #जनआवाज

19/05/2026

🔴 प्रतिनिधि सभा बैठक, २०८३ जेठ ५ गते, मंगलबार, विहान ११:०० बजे
📌 बिषेश समय
🎙️ मा. श्रीराम न्यौपाने

प्रत्यक्ष प्रसारण हेर्नुहोस् ।
Like 👍 Comment 💬 Share ↗️ Follow ✅ गर्न नभुल्नुहोस्।

#प्रतिनिधिसभा #संसदबैठक #नेपाल #राजनीति
#नेपाल #संसद #राजनीति

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवद्र्धन गर्न ‘नेपाल फेस्टिभल’काठमाडौं । बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलाद...
16/05/2026

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवद्र्धन गर्न ‘नेपाल फेस्टिभल’
काठमाडौं । बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फेस्टिभल–२०२६’ आयोजना गरेको छ ।

नेपालको विविध सांस्कृतिक तथा पाक परम्पराको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवमा ‘फुड फेस्ट’ तथा सांस्कृतिक कार्यक्रम समावेश गरिएको थियो ।

त्यस अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले महोत्सवको उद्देश्य नेपालको संस्कृति र खानाका परिकारको विविधता तथा समृद्धिको प्रवद्र्धन गर्नुका साथै नेपाल र बङ्गलादेशबीच विद्यमान साङ्गीतिक, कलात्मक तथा पाक संस्कृतिको समानतालाई उत्सवका रूपमा मनाउनु हो भने ।

उनले साझा सांस्कृतिक सम्पदाले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको र जनस्तरको सम्बन्ध तथा आपसी समझदारीलाई निरन्तर मजबुत बनाइरहेको उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथि बङ्गलादेशका संस्कृति मामिलामन्त्री निताइ रोयचौधरीले महोत्सवको प्रशंसा गर्दै यसले नेपाल र बङ्गलादेशका जनतालाई अझ नजिक ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सांस्कृतिक तथा जनस्तरको आदानप्रदानमार्फत मित्रवत् सम्बन्धलाई थप सुदृढ गर्दै सहकार्यका नयाँ क्षेत्र पहिचान गर्न सकिने बताए ।

बङ्गलादेश शिल्पकला एकेडेमीका महानिर्देशक एसके रेजाउद्दिन अहमद, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल तथा बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीका अध्यक्ष मोसिउर अहमदले पनि मन्तव्य व्यक्त गरेका थिए ।

साथै, पोखरा प्रज्ञा प्रतिष्ठानका कलाकार, बङ्गलादेश शिल्पकला एकेडेमीका कलाकार तथा बङ्गलादेशमा अध्ययनरत नेपाली विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सोरठी, सङ्ख्या, लाठी, सालैजो–झ्याउरे तथा कौरालगायत नेपाली मौलिक नृत्य तथा सङ्गीत प्रस्तुत गरिएको थियो । बङ्गलादेशी कलाकारले नेपाली नृत्य र नेपाली गजलका साथै आफ्ना लोकनृत्य तथा साङ्गीतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।

महोत्सवमा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, संस्कृति तथा पाककला पारखी, नेपालका शुभेच्छुक, सञ्चारकर्मी तथा बङ्गलादेशस्थित नेपाली समुदायको सहभागिता थियो ।

15/05/2026
🥦 केरा दर्जनको २००!बजारमा तरकारी–फलफूलको मूल्य एकैपटक झट्किन थालेको छ।घरेलु उपभोक्ता चिन्तित, बजार अनुगमन भने कमजोर।अब अ...
10/12/2025

🥦 केरा दर्जनको २००!
बजारमा तरकारी–फलफूलको मूल्य एकैपटक झट्किन थालेको छ।
घरेलु उपभोक्ता चिन्तित, बजार अनुगमन भने कमजोर।
अब अन्य तरकारी र फलफूलको मूल्य कति पुगेका छन्?
👇 तपाईंको बजार अनुभव कमेन्टमा लेखिदिनुहोस्!

🔥 Viral Tags (FB Boost Version)

10/12/2025

🟣 “केपी ओलीले महिलाको अपमान गर्छन्” — अष्टलक्ष्मी शाक्य
उहाँले भनिन् — पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर अपमान गरेको, र समग्रमा महिलाप्रति उनको दृष्टिकोण नै नकारात्मक रहेको आरोप लगाइन।
महिलाको सम्मान र समानताको लागि सशक्त आवाज उठाउन आवश्यक — नेतृ-नेताहरु मात्र होइन, हामी सबैको दायित्व हो। ✊
कमेन्टमा तपाईंको विचार लेख्नुहोस् — “कसको पक्षमा? कहाँ सुधार चाहिन्छ?” 💬

:

04/11/2025

🌟 Harka Sangpang: A Revolution 🌟

नेपाली समाजमा नयाँ चेतना र परिवर्तनको आवाज!
यो केवल कथा होइन, यो एक आन्दोलन हो – न्याय, समानता र स्वतन्त्रताको लागि।

💥 संघर्षको कथा
💥 साहस र धैर्यको कथा
💥 हाम्रो भविष्य निर्माण गर्ने कथा

आज हामी इतिहासका पाना पल्टाउँदैछौं।
हाम्रो साथ हुनुहोस्, हाम्रो आवाज बनाउनुहोस्।

Address

Gokulganga 4 Ramechhap
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Jana Aawaaj Tv. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share