27/07/2025
विकृति विरुद्ध संयुक्त नागरिक पार्टीले गर्यो खबरदारी कार्यक्रम
आज मिति २०८२ साउन ११ आइतवार (27 July 2025, Sunday), माइतीघर मण्डालमा मुलुक तथा अन्तर्राष्ट्रिय जगतमा समेत जल्दोबल्दो बहसका रूपमा रहेका समलिङ्गी विवाह, लिङ्ग परिवर्तन तथा गर्भपतन जस्ता विकृति विरुद्ध सर्वपक्षीय खबरदारी कार्यक्रममा आयोजना भएको थियो ।
संयुक्त नागरिक पार्टीको मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभागको संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक संसघसंस्था, संघमहासँघका प्रतिनिधिहरू, सामाजिक अभियन्ताहरू, नागरिक सरोकार नेपालका प्रतिनिधिहरू, धार्मिक समुदायका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू तथा यस विषयमा चिन्ता र सरोकार राख्ने आम जनसमुदायको समेत व्यापक उपस्थिति रहेको थियो ।
स्मरण रहोस्, अघिल्लो साल पनि यस्तै प्रकृतिका कार्यक्रमहरू २०८१ भदौ २० (Sept. 5) र २०८१ कार्तिक १४ (October 30) मा महिला हिंसा, धार्मिक समुदायमाथि दमन, जातीय विभेद लगायत आज सम्बोधन गरिएका गम्भीर नैतिक विषयहरूमा शान्तिपूर्ण कोणसभाका साथ सरकार र सरोकारवालाहरूलाई चेताउनी र खबरदारी गरिएको थियो ।
आजको कार्यक्रममा केही प्रतिनिधिमूलक नाराहरू लगाइएका थिएः
१. नाराहरूः नागरिक बने होसियारः होसियार होसियार ! !
सरोकारवाला खबरदारः खबरदार खबरदार ! !
२. स्वेच्छाचारिता चाहिँदैनः चाहिँदैन, चाहिँदैन ! !
लिङ्ग परिवर्तन गराउन पाइँदैनः पाइँदैन, पाइँदैन ! !
३. जीवन रोजौँ: जीवन रोजौँ, जीवन रोजौँ ! !
४. मानव अधिकारः सबैको सरोकार, सबैको सरोकार ! !
५. निमुखाहरूको साथीः संयुक्त नागरिक पार्टी, संयुक्त नागरिक पार्टी ! !
त्यसपछि सनापाका महासचिव प्रेमबहादुर कार्कीले विषयवस्तुको जानकारी साथ स्वागत भाषण गरेका थिए, अनि क्रमश वक्ताहरूबाट विभिन्न अनैतिक एजेन्डाबारे सरोकार प्रकट गर्दै सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएका थिए ।
अन्त्यमा कार्यक्रम आयोजक पार्टीका अध्यक्ष दल मर्दन कामीद्वारा संक्षिप्त सम्बोधनसाथ सभा समापन गरिएको थियो ।
सनापा प्रवक्ता विदुर अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा जन्मसिद्ध रूपमा तेस्रोलिङ्गी वा एकै व्यक्तिमा पुरूष र स्त्रीका शारिरीक संरचना लिएर जन्मेका व्यक्तिहरूका बारेमा वा विरूद्धमा यो अभियानकदापि होइन भन्ने कुरा स्पष्ट पारिएको थियो । कहिले स्त्री, कहिले पुरूष, कहिले अन्य, कहिले ६-६ महिनामा लैंगिक पहिचान बदल्दै राज्य र अभिलेख राख्ने निकायहरूलाई खेलौना बनाउने कार्यप्रति हाम्रो खबरदारी हो , उपमहासचिव तथा मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभाग प्संरमुख समेत रहेका अधिकारीले बताएका थिए । त्यसैगरी, विवाह जस्तो अति पवित्र, घरपरिवार रचाउने बसाउने संस्था र शब्दलाई अन्यथा अर्थ लगाउने एजेन्डाप्रति पनि हाम्रो गम्भिर विमति छ, साथै सबैभन्दा कमजोर अल्पसंख्यक, निमुखा, आफ्नो जीवनरक्षाको पक्षमा आवाज निकाल्न नसक्ने व्यक्ति, अर्थात् गर्भका बालबालिकाको पक्षमा हाम्रो आवाज हो, उनले थप बताए ।
Some slogans:
Marriage is between a Man and a Woman!
Same S*x Attraction is not Marriage! You can’t deny your DNA!
Don’t mutilate our children! Life is sacred from the Womb to the Tomb!
Choose life. Your mom did! Human rights begin in the womb!
We are the voice of the voiceless! Rights begin when life begins!
Life begins at conception, not perception! Babies are people too!
Everyone deserves a birthday! Abortion is not healthcare!