ADB Publication

ADB Publication A publication house to promote reading culture among Nepali community. Sister organization of Bulbul Publication.

पहेँलपुर उपन्यास । श्रव्य संस्करण भाग-२
12/04/2025

पहेँलपुर उपन्यास । श्रव्य संस्करण भाग-२

PAHELPUR [AUDIO BOOK PART-2]Vocal By - Achyut Ghimire BulbulWriter - GS PoudelIntro...

24/08/2024

तीन घुम्ती, नरेन्द्र दाइ, सुम्निमा, मोदिआइन, बाबुु, आमा र छोरा...विश्वेश्वरप्रसाद कोइरालाका यी ५ वटा उपन्यास मैले कुनै एचबीसी एफएम र कुनै उज्यालो रेडियोमा समेत वाचन गरिसकेको छु । तर उहाँकै उपन्यास #हिटलर_र_यहुदी मैैैले कसैगरी आफ्नो मस्तिष्कमा घुसाउनै सकेको थिइनँ - यी २४ वर्षभरि । तर यो पालि मैले कसरी कसरी आफूमा त्यो क्षमता बनाउने कोसिस गरेँ । ३ दिनदेखि मेरो मन हिटलरको ग्याँस च्याम्बरमा फनफनी घुमिरहेको छ । उपन्यास पढेर आज बिहानै सकाएँ तर दिनभरि कथाको नायकको मनस्थिति मभित्र प्रविष्ट छ !
बुलबुल कम्युनिकेसन च्यानलमार्फत बीपीको उपन्यास #हिटलर_र_यहुदी (श्रव्य पुस्तक) लिएर आएको छु । तपाईं फुर्सदमा युट्युबबाट सुन्न सक्नुहुन्छ ।
प्रेमियर हुँदैछ नेपाली समय अनुसार अहिले बेलुकी 9:15 बजे ।

वर्ष 2000 में, जब मैंने नेपाली कहानियाँ और उपन्यास सुनाना शुरू किया, तो लगभग 28-30 सप्ताह तक रेडियो पर मेरे श्रोता बहुत ...
19/07/2024

वर्ष 2000 में, जब मैंने नेपाली कहानियाँ और उपन्यास सुनाना शुरू किया, तो लगभग 28-30 सप्ताह तक रेडियो पर मेरे श्रोता बहुत कम थे। 32 सीरीज तक पहुंचने के बाद मैं ये तय कर पाया कि ये काम जारी रखा जा सकता है. आज जब मैंने हिंदी उपन्यास पढ़ना शुरू किया तो मैं उन्हीं दिनों में चला गया हुँ। कुछ उपन्यास पढ़े बिना श्रोताओं की संख्या बढ़ाना और अपनी क्षमताओं में सुधार करना संभव नहीं है। हरमन हेस की "सिद्धार्थ" रीडिंग के बाद, मैं आज से एक और उपन्यास रीडिंग सीरीज़ लेकर आया हूं।
शरतचंद्र चट्टोपाध्याय द्वारा लिखित #चरित्रहीन . इस उपन्यास को पढ़ते समय मुझे उतना ही आनंद आ रहा है जितना बीपी कोइराला के नेपाली उपन्यास "तिन घुमती" या "बाबु, आमा र छोरा" को पढ़ने में आ रहा है।
आज से हर सप्ताह 3 दिन शुक्रवार, सोमवार और बुधवार से शुरुआत हो रही है। रात 9:00 बजे प्रीमियर कर रहा हूं। सुनना न भूलें.

हां, चैनल बिल्कुल नया है. बुलबुल कम्युनिकेशन का तीसरा चैनल। मैंने नीचे टिप्पणी बॉक्स में लिंक छोड़ दिया है। मुझे उम्मीद है, आप इसे फलो करेंगे. शुभ रात्रि.

[सन् २००० मा मैले नेपाली कथा, उपन्यास वाचन शुरु गर्दा रेडियोमा झन्डै २८-३० हप्तासम्म मेरो श्रोताको संख्या अत्यन्त न्यून थियो । ३२ श्रृंखला पुगेपछि मैले यो कामलाई निरन्तरता दिन सकिन्छ भन्ने निर्णय गर्न सकेको थिएँ । आज हिन्दी उपन्यास वाचन शुरु गर्दा म आफ्ना तिनै दिनहरुमा फर्केको छु । केही उपन्यास वाचन नगरी श्रोता संख्या बढाउन पनि सकिन्न र आफ्नो क्षमता अभिवृद्धि गर्न पनि । हर्मन हेस्सेको "सिद्धार्थ" वाचन पछि मैले आजदेखि श्रृंखलाबद्ध रुपमा अर्को उपन्यास वाचन लिएर आएको छु । शरतचंद्र चट्टोपाध्यायको चरित्रहीन । यो उपन्यास वाचन गरिरहँदा मलाई बीपी कोइरालाको नेपाली उपन्यास "तीन घुम्ती" वा "बाबु,आमा र छोरा पढे" जत्तिकै आनन्द आइरहेको छ ।

आजदेखि हप्तामा ३ दिन शुक्रवार, सोमवार र बुधबार । राती नेपाली समय अनुसार ९ः१५ बजे प्रेमियर गर्दैछु । सुन्न नबिर्सनुहोला ।

अँ, च्यानल नयाँ छ बिल्कुल । बुलबुल कम्युनिकेसनको "तेस्रो च्यानल" । लिंक तल comment box मा छोडेको छु । आशा छ, अरु बेला जस्तै माया गरेर subscribe गरिदिनुहुनेछ । शुभ रात्री ।]

छायाँदेवी–चेतनाथ गजल पुरस्कार २०७४ (आवाज शर्मा – इन्द्रेणी)छायाँदेवी–चेतनाथ गजल पुरस्कार २०७५ (टक गुरूङ – अनाहत)छायाँदेव...
19/07/2024

छायाँदेवी–चेतनाथ गजल पुरस्कार २०७४ (आवाज शर्मा – इन्द्रेणी)
छायाँदेवी–चेतनाथ गजल पुरस्कार २०७५ (टक गुरूङ – अनाहत)
छायाँदेवी–चेतनाथ गजल पुरस्कार २०७६ (प्रकृति प्रेमी – समीर)
छायाँदेवी–चेतनाथ गजल पुरस्कार २०७७ (पुष्प अधिकारी अञ्जली–हरियो ऐना)
छायाँदेवी–चेतनाथ गजल पुरस्कार २०७८ (वसन्त ओली वसन्ती – बोई)
छायाँदेवी–चेतनाथ गजल पुरस्कार २०७९ (प्रदीप रोदन – मफलर)
छायाँदेवी–चेतनाथ गजल पुरस्कार २०८० (???)

[३ प्रति पुस्तक पठाएर सहभागी हुन सक्नुहुनेछ । धेरै गजलकारहरुको अनुरोधमा हामीले यो वर्षदेखि निवेदन दिनुनपर्ने व्यवस्था गरेका छौं । लेखकको हस्ताक्षर वा प्रकाशकको अफिसियल छाप भएका ३ प्रति पुस्तक उपलब्ध गराइदिनुहोला ।]

बुलबुल कम्युनिकेसन (च्यानल 1 र 2 गरी) मा तपाईंले सुन्न सक्ने उपन्यास तथा अन्य पुस्तकहरु र संगसंगै ती श्रव्य पुस्तकको लिं...
13/07/2024

बुलबुल कम्युनिकेसन (च्यानल 1 र 2 गरी) मा तपाईंले सुन्न सक्ने उपन्यास तथा अन्य पुस्तकहरु र संगसंगै ती श्रव्य पुस्तकको लिंक पनि दिइएको छ :

नीलम कार्की निहारिकाको उपन्यास #योगमाया
https://www.youtube.com/watch?v=NzPJ-sU_tpg&t=3360s

निरु त्रिपाठीको उपन्यास #पेरिस्कानो
https://www.youtube.com/watch?v=PIrHbTrwFN8&t=211s

प्रदीप नेपालको उपन्यास #क्रान्तिवीरको_सपना
https://www.youtube.com/watch?v=9HuSwaNeVmI&t=3473s

खेमराज ओझाको उपन्यास #अपराजित
https://www.youtube.com/watch?v=qNk_pkWCL6M&t=9397s

शोभाराम ओलीको उपन्यास #सुलभ
https://www.youtube.com/watch?v=VePJ0-g4qJU&t=4s

सुमन ढकालको उपन्यास #प्रेमबिन्ती
https://www.youtube.com/watch?v=v4ondHQSkGs&t=8s

जगन्नाथ उपाध्यायको पुस्तक #गुणरत्नमाला
https://www.youtube.com/watch?v=5_dPSmG2q2A&t=7329s

गंगानाथ शर्माको पुस्तक #अर्पण_गीता
https://www.youtube.com/watch?v=fagiqEFclj0&t=8440s

हृदयचन्द्रसिंह प्रधानको उपन्यास िहान
https://www.youtube.com/watch?v=RKnMsaiTzP4&t=6s

शोभा भट्टराईको उपन्यास "अन्त्यहीन अन्त्य"
https://www.youtube.com/watch?v=8XJU33wP_F4&t=7264s

नगेन्द्र न्यौपानेको उपन्यास #दरबार_बाहिरकी_महारानी
https://www.youtube.com/watch?v=ujt1EOOOrFA&t=9182s

गोठालो जेठा मिलनको पुस्तक #सम्झनाको_सन्दुक
https://www.youtube.com/watch?v=T7jw9QXbZns&t=6263s

खेमराज ओझाको अर्को उपन्यास #छोक्रा
https://www.youtube.com/watch?v=iX1HXBH9UYM&t=23s

नबराज घिमिरेको उपन्यास #बेस_क्याम्प
https://www.youtube.com/watch?v=gi_vLXBlbbI&t=3232s

प्रकाश कोविदको उपन्यास #साहेब
https://www.youtube.com/watch?v=iBh_dk8Mihg&t=6162s

आकास बरालको उपन्यास #स्पर्श
https://www.youtube.com/watch?v=ufQ4zXUQEJk&t=15823s

लीलाध्वज थापाको उपन्यास #मन
https://www.youtube.com/watch?v=8peDGwpW3TY

डा. प्रमोद ढकालको पुस्तक #पूर्वीय_दर्शनको_पुनर्व्याख्या
https://www.youtube.com/watch?v=zeVNNItPdIY&t=5395s

ओम रिजालको उपन्यास #हटारु
https://www.youtube.com/watch?v=7ucNnhYOBRk&t=1454s

हर्मन हेस्सेको उपन्यास #सिद्धार्थ (हिन्दी भाषामा वाचन)
https://www.youtube.com/watch?v=s7vCDJrlfds&t=6108s

नोवल पुरस्कार विजेता हर्मन हेसकी चर्चित उपन्यास सिद्धार्थ (हिन्दी अनुवाद - निलाभ) के श्र.....

मिलनसार र असल व्यक्ति Khim KC जी को गजल संग्रह विमोचन भोलि । विमोचनका लागि अतिथिहरु उस्तै असल, मिलनसार अनि चर्चित । दाङ ...
07/07/2024

मिलनसार र असल व्यक्ति Khim KC जी को गजल संग्रह विमोचन भोलि । विमोचनका लागि अतिथिहरु उस्तै असल, मिलनसार अनि चर्चित । दाङ बाहिर हुनेहरुलाई पनि कार्यक्रममा पुग्न अनुरोध गर्दछु, दाङभित्रै हुनेहरुलाई त पक्कै भनिरहनै पर्दैन । आफ्नो गृह जिल्लाको कार्यक्रम पक्कै छोड्नु हुनेछैन । कार्यक्रमबारे विवरण यसै फोटोमा छ ।

01/07/2024


नमस्ते सम्पुर्णमा, म नवराज न्यौपाने। आफ्नो आर्थिक अवस्था सुधार्न कुवेत पुगेको म आज दुई वर्ष भयो रक्त क्यान्सर (AML) जस्तो प्राण घातक रोगको शिकार भई लाचार लडिरहेकोछु। जति सक्दो छिटो बोनम्यारो प्रत्यारोपण गर्नको लागि सुझाव चिकित्सकहरुको छ। समय निकै कम छ। बोनम्यारो प्रत्यारोपण नभएसम्म केमो थेरापी चलाइरहन पर्छ जसका लागि म आफैले पनि आफै पुस्तक लेखी केही रकम जोहो गर्ने प्रयास गरिरहेको छु तर त्यो पर्याप्त छैन। जति बाँच्छु त्यति समयका लागि केमो गर्नका लागि पनि मेेरो आर्थिक स्थिति नाजुक अवस्थामा छ, प्रति महिना केमोको खर्च ५०-६० हजार सम्म पुग्छ। त्यसमाथि बोनम्यारो प्रत्यारोपण जुन अझ खर्चिलो छ ! झन् मेरो केसमा प्रत्यारोपणको लागि मेडिकल रिपोर्ट donor specific antibodies (DSA) प्रतिकूल बन्दियो, परिस्थिती एकदम जटिल अनि नाजुक छ। आशा गर्छु हजुरहरुले मलाई सकेको आर्थिक सहयोग गर्नु हुनेछ।
Account holder: Nawa Raj Neupane
Bank Name: Prabhu Bank Limited
Branch: Kumaripati Lalitpur
Account nbr: 0660115894500011
Swift Code: PRVUNPKA

कहिलेकाँही उट्पटयाङ गर्न रहर लाग्छ । दुई हप्ता अघि यस्तै लहर चलेका बेला आफूसँग भएको पुरानो पुस्तक "गुणरत्नमाला" वाचन गरे...
22/06/2024

कहिलेकाँही उट्पटयाङ गर्न रहर लाग्छ । दुई हप्ता अघि यस्तै लहर चलेका बेला आफूसँग भएको पुरानो पुस्तक "गुणरत्नमाला" वाचन गरेर रेकर्ड गरौं गरौं लाग्यो । गुगल गर्दा यो पुस्तकको खासै श्रव्य संस्करण पनि आएको भेटिनँ । कोसिस गरौं न त भनेर हप्ता दश दिन लगाएर रेकर्ड सकाएँ । पछि सुन्दा आफैंलाई अनुभूत भयो मैले पद्यमा वाचन गर्न महिनौं मिहिनेत गर्न बाँकी नै छ । तर दुःखसँग यति रेकर्ड गरिसकेपछि लय नसुने पनि शब्द सुन्न रहर गर्नेहरुसम्म पुर्याउनै पर्छ जस्तो लागेर युट्युबमा अपलोड गरेको छु । लय वाचनमा अब बडो मिहिनेत गर्नेछु भन्ने लक्ष्य यही पुस्तकले थपिदिएको छ । तपाईंले पनि केही गालीहरु कमेन्टमार्फत थपिदिनुभयो भने मलाई अझै इख लाग्नेछ र साँच्चै नै बढी मिहिनेत गर्नेछु । :D

लिंक तल छ । आज राती ९ः३० बजेपछि प्रेमियर शुरु हुनेछ Bulbul Communication 2 (Shruti Sambeg) मा।

अँ, तपाईं मध्ये कसैलाई राम्रो लाग्यो भने जस तपाईंको कानलाई, नराम्रो लाग्यो भने अपजस मेरो आवाजलाई !!!

17/06/2024

नबराज घिमिरेको उपन्यास #बेस_क्याम्प को पालो है आज #बेस_क्याम्प । सातौं भाग पुग्यो ।

01/04/2024

कहिलेकाँही आइपर्ने संयोग हुन् अथवा वियोग पनि अनौठा हुन्छन् ! उहाँले मेरो आवाजमा आफ्नो कथा सुनाइदिन अनुरोध गरेर मलाई फोन गर्नुभयो अनि sms पनि गर्नुभयो । मैले "हुन्छ" भनेपछि मेरो इमेलमा कथाहरु पठाइदिनुभयो,queue मा राखेँ पनि । तर करिब ३ हप्तापछि समाचार पढेँ - कथाकार विश्वम्भर चञ्चल यो धर्तीमा रहनुभएन ! मलाई त्यो दिन अत्यन्तै गाह्रो महशुश भइरह्यो । व्यक्त गर्न नसकिने एउटा गह्रुँगो बोझ बोकेर हिंडिरहँदा विश्वम्भर सर बित्नुभएको करीब २ वा ३ हप्तापछि नचिनेको एउटा नम्बरबाट फोन आयो । उहाँको छोरा हुनुहुन्थ्यो । बुवाले पठाउनुभएको फाइल मैले नै इमेल गरेको हुँ त्यतिबेला । "कुन कथा गर्दै हुनुहुन्छ ?" उहाँले सोध्नुभयो । "म चाँडै गरेर सुनाउँछु है" भनेको थिएँ । हिजो बेलुकी #सुनको_माला शीर्षकको श्रृंखलामा विश्वभर चञ्चलको कथा #मूर्दाघर वाचन गरेर आज उहाँलाई link पठाएँ । उहाँले दिनुभएको "धन्यवाद" पनि विश्वम्भर चञ्चलकै जस्तो लागिरह्यो । त्यतिबेला गह्रुँगो भएको मन, आज थोरै हलुका भएको महशुश गरेको छु । कुनै दिन उहाँका कथाहरुको एउटा छुट्टै folder तयार गर्नेछु बुलबुल कम्युनिकेसन च्यानलभित्र । जीवनका अन्तिम घडीसम्म पनि नेपाली साहित्यप्रति लगाव राखिरहने र त्यसैमा सक्रिय रहनुभएका दिवंगत चञ्चल सरप्रति हार्दिक श्रद्धाञ्जलीसहित यो कथाको link तलको पहिलो comment मा राखेको छु ।

30/03/2024

आज शनिवारको दिन कसरी बिताउँदैहुनुहुन्छ ?
केही सुन्दै काम गर्दै मन छ भने, लामो यात्रामा हुनुहुन्छ र समय बिताउन मन छ भने अडियो बुक तपाईंका लागि महत्वपूर्ण हुन सक्छ । केही पुस्तकहरु पूर्ण रुपमा सुन्नका लागि तयार भएका छन् ।
कमेन्टमा दिइएको लिंक अनुसार आफूलाई मन परेका विभिन्न पुस्तकको श्रव्य संस्करण सुन्न सक्नुहुन्छ ।

The time has started :)
12/03/2024

The time has started :)

#सम्झनाकोसन्दुक #आत्मपरकनिबन्ध #गोठालोजेठामिलन #अच्युत घिमिरे ब...

Address

Dillibazar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when ADB Publication posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ADB Publication:

Share