Earthwide Expose Time

Earthwide Expose Time Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Earthwide Expose Time, Newspaper, Kathmandu.

15/08/2024

हृदयविदारक घटना : ट्राफिक प्रहरीकै सामु भक्तपुरको गठ्ठाघरमा मालबाहक ट्रकले स्कुटर चालकलाई किचेपछि भक्तपुर गठ्ठाघरको स्थिति तनावग्रस्त बनेको छ । घटनामा ट्राफिक प्रहरीको गल्ती रहेको भन्दै स्थानीयबासी आक्रोशित छन् ।

ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई तिब्र गतिमा आएको ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको थियो ।

केही प्रत्यक्षदर्शीले सुरूमा खुट्टामा मात्र किचेको र पछि फेरि ब्याक गरेर किचेको दाबीसमेत गरेका छन् । मृतकको शव क्षतविक्षत अवस्थामा छ ।

आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । सँगै ट्राफिक प्रहरीलाई लखेटे । प्रदर्शनकारीले ट्रकमाथि आगजनीसमेत गरेका छन् । केहीबेरमा आगो भने निभाइएको छ ।

मृतक स्कुटर चालक महिलाको पहिचान खुल्न सकेको छैन ।





Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Earthwide Expose Time posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category