17/05/2026
सैनामैनामा वडाले गर्याे रक्तदान कार्यक्रम।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ५ काे आयाेजना एव बुद्धनगर खानेपानीकाे समन्वय तथा नेपाल रेडक्रस सोसाइटी को प्राविधिक सहयोगमा बुदनगर खानेपानीकाे सभाहलमा वडास्तरीय वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रक्तदान आइतबार बिहान ८ बजेदेखि सञ्चालन भएको वडा नं ५ का वडा अध्यक्ष धन प्रसाद पाैडेलले जानकारी दिनु भएको छ ।बढ्दो रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गरिएको अध्यक्ष पाैडेलकाे भनाइ थियाे ।
कार्यक्रममा स्थानीय युवा, समाजसेवी, विभिन्न संघसंस्था तथा सर्वसाधारणलाई रक्तदान गर्न आग्रह गरिए अनुसार धेरै जनाकाे उत्साह जनक सहभागीतामा रगत संकलन भएको बुद्धनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष राम प्रसाद भुषालले बताउनु भयाे । आयोजकका अनुसार रक्तदान जीवनदान भएकाले मानवीय सेवाको भावनासहित कार्यक्रममा सहभागी भई रगतदान गर्न सबैलाई अनुरोध गरिएको अनुसार करिब ३० युनिट रगत संकलन भएको जनएकाे छ । जिल्लाका विभिन्न अस्पतालमा हुने रगत अभाव न्यूनीकरणमा कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।