
06/07/2025
सिजन मिडियाले अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै !!!
काठमाडौँ । नेपालमा आफ्नो काम र लगनका कारण विशिष्ट संस्थाका रुपमा सिजन मिडियाले आफ्नो अहम भूमिका स्थापित गरेको तथ्य सुनाउन पाउँदा हामी गौरवान्दित छौ । लामो समयदेखि सामाजिक र सास्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले व्यवसायीक, शैक्षिक ,सामाजिक, सास्कृतिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई विभिन्न अवसरमा सम्मान र अवार्ड वितरण गर्दै आएको छ । यसबाट उनीहरुको कार्यक्षमता र उपलव्धीलाई थप उर्जा प्रदान गर्दै आएको छ ।
सिजन मिडिया आफ्नो १७ औं स्थापना दिवसको विशेष अवसर पारेर भाद्र दोस्रोे साता काठमाडौंमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५’ छैटौं संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको घोषणा गरेको हो ।
सामाजिक, राजनीतिक , साँस्कृतिक ,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तित्वको कामको उपलव्धी र योगदानको उच्च मुल्याङ्कन गर्दै उहाँहरुको क्षमतालाई हौसला प्रदान गर्ने उद्देश्य राखि यस पटक पनि विशेष सम्मान तथा अवार्ड कार्यक्रम गर्न लागिएको हो ।
देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा उहाँहरुले गर्नु भएको काम तथा व्यवसायीक योगदानलाई शब्दमा परिभाषित असम्भव तुल्य हुन्छ । समाजका ती विशेष व्यक्तिलाई यस पटक संस्थाले एशियन मुलुकमा विभिन्न पेशा व्यवसायमा कार्यरत सफल व्यक्तिलाई अवार्ड प्रदान गरी उहाँहरुको काम गर्ने सोच, व्यवसायीक क्षमताको सम्मान साथै सामाजिक दायित्वलाई प्रोत्साहन गर्न लागिएको हो ।
विगत ५ वर्ष देखि उक्त कार्यक्रम नेपाल लगायत एशियन मुलका सफल व्यवसायीक व्यत्तित्वहरुलाई नेपालमा आमन्त्रण गरी कार्यक्रम गर्दै आइरहेको छ ।
सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले विभिन्न व्यवसायीक क्षेत्रमा एक दशक भन्दा वढी लामो समय निरन्तर काम गरि सफलता आर्जन गर्नु भएका र हाल पनि आफ्नो व्यवसाय तथा विभिन्न काममा क्रियाशील रहिरहनु भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिनु भयो । यसले अग्रज पुस्तालाई सम्मान र नयाँ पुस्तालाई व्यवसायीक क्षेत्रमा निरन्तर सफलता साथै कर्म प्राप्तीको लागि प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं” उहाँले भन्नुभयो ।
यस वर्ष इभेन्टस् नेपाल अस्तेलिया र हिमाली कल्चर ग्रुपको सहयोगमा सेप्टेम्वरमा अस्टेलियाको मेलवर्नमा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको हो । अस्टेलियामा विगत लामो समय देखि निरन्तररुपमा विभिन्न पेशा व्यवसायमा आवद्ध रहेर सफलता हासिल गर्नु भएका नेपाली सफल व्यवसायी तथा सामाजिक, सास्कृतिक शैक्षिक साथै राजनैतिक अभियन्ताहरुको महत्वपूर्ण उपलव्धी र विशिष्ट योगदानको कदर स्वरुप उहाँहरुको सम्मानमा पनि अवार्ड वितरण गर्ने जानकारी दिनु भयो ।
आयोजक
सिजन मिडिया,नेपाल
कमलादी काठमाडौं