कठुवा

कठुवा Where there is will there is way

लिङ्मो, वाक्साको अवसरमा हङ सिली ! शशम्भु , ललितपुर
01/06/2025

लिङ्मो, वाक्साको अवसरमा हङ सिली ! शशम्भु , ललितपुर

 #कठुवा
17/02/2025

#कठुवा

05/10/2024

मूलतः म कविता लेख्ने मान्छे हो । तर, मैले नलेखेको धेरै भयो । मैले गरिराखेका कामहरु याक्थुङ लिम्बूको मुन्धुम सम्बन....

25/09/2024

कविता त हिंस्रक नै लेख्ने हो ।

कविता - देश खाने बा
कवि- वसन्त बायुङ राई
……………………………………..
एउटा लास देश बोकी
घाट जानु पर्ने बा
शंख फुक्दै सिंहदरबार जान्छ
जहाँ देश पोल्ने शवदाह भित्रै छ
जनता गाड्ने चिहान
मन्त्रलयै पिच्छे फायलका फायल छन
भष्ट्रचारी र दलाल उसको बोडीगार्ड छन

बा बोक्छ देश
काजीहरु दाउरा ।
संसद जान्छ मलामी
छिमेकी बोक्छ झन्डा
र, दिन्छन देशलाई क्रुर दागबत्ती

देश गनाई सक्यो बा
राष्ट्र, महाराष्ट्र तिर
पोल्ने काम छोडिदेऊ
आधी देश जले पनि
बाँकी देश नजलाऊ
हामी जनता सुघ्न चाहन्नौ।
…………
…………

छैटौँ १२खरी कथा आह्वान गरिएको छ । यो वर्ष पनि कथा तयार गर्दै छु । तपाईहरू पनि कथा तयार गर्न होला । कथा कात्तिक ५ सम्म पठ...
16/09/2024

छैटौँ १२खरी कथा आह्वान गरिएको छ । यो वर्ष पनि कथा तयार गर्दै छु । तपाईहरू पनि कथा तयार गर्न होला । कथा कात्तिक ५ सम्म पठाई सक्नु पर्ने छ ।

04/09/2024

कथा #रगम्य
एउटा प्रेमिले प्रेमिकालाई अर्थात प्रेमिकाले प्रेमिलाई असीम प्रेम बगाएका हुन्छन । याँसम्म कि एकै चिहान बन्छन कोही । एउटा अर्कोलाई धोका दिएपछि एउटाले विभर्स आत्महत्या गर्छ । यसरी आत्महत्या भएको आत्मले जीउदो प्रेमि वा प्रेमिकलाई बाचुन्जेल पछ्याइ रहन्छ रे । उसले त्यस्तै नराम्रो मृत्युको मुखमा पुराउछ रे ।
के यो सत्य हो ? मुन्दुममा केही भनिएको छ ।
यस्तै घट्नामा आधारित एउटा इन्डियन मूभि हेरेको थिए । जहाँ एउटा मेन हाइवेको चोक हुन्छ । त्यहाँ No turn Right लेखिएको हुन्छ । केही अगाडि गएर turn गर्नु होला लेखिएको हुन्छ । मान्छेलाई जहिल्यै हतार अगाडि नगई no right turn लेखिएको ठाउँबाटै Right turn गर्छन । त्यसरी नियन फलो नगर्ने अधिकांशको रोडमै मृत्यु हुन्छ ।
जहाँ मृत्यु हुनेहरूको नामलिस्ट university बाट अध्यानको लागि गएको केटीको डाइरिमा बाइक वा गाडी नम्बर हुन्छ । त्यसपछि अनुसन्धानको केटी गिरफतार हुन्छ । केटीले आफू दुर्घटनाको बारेमा अध्यान गरेको हुँ । नियोजित छैन भन्छ । पुलिसले सोध्छ- तिमीले टिपेको नम्बर जस्ति साधन चढ्ने सबै मरेका छन किन ?
केटी थाहा छैन भन्छ । यसको ठुलो अनुसन्धान हुन्छ । तर पत्ता लाग्दैन । अन्तिममा एउटा तान्त्रिक शक्ति भएको मान्छे कहाँ यो घटना पुग्छ । उसले भन्छ- नियमलाई मिच्नु मृत्यु हो । नियम पालना नगेर त्यहाँ निकै पहिला एक जना मान्छेको ज्यान गयो । उसकै आत्माले त्यसरी हत्तार हिँड्ने मान्छेलाई पछ्याउछ । र मृत्युको लोकमा पुराउछ ।
त्यो अनुसन्धानले अवार्ड पाउछ । भनेपछि मरेको मान्छे सहि लोकमा नगए त्यसले खान्छ । भन्न सकिन्छ ।
अब तपाईहरूको / तपाईहरूले बुझेको केही छ भने मेसेज तथा कमेन्ट गरिदिनु होला ।

सिधा हेर्दा टाउको झुन्डाएको छ । यद्यपी यति मिठो कथा यहाँ ।  #हङ
04/09/2024

सिधा हेर्दा टाउको झुन्डाएको छ । यद्यपी यति मिठो कथा यहाँ । #हङ

खोज तथा अनुसन्धान आज मैले पुतलीको अनुसन्धान गरेर कठिनता र सफलतालाई हेरे ।समान्यतया लार्भा किराको लागि उपयुक्क मौसम बर्खा...
29/08/2024

खोज तथा अनुसन्धान

आज मैले पुतलीको अनुसन्धान गरेर कठिनता र सफलतालाई हेरे ।
समान्यतया लार्भा किराको लागि उपयुक्क मौसम बर्खा याम रहेछ । जहाँ ९५% पानीको चाहिने रहेछ । र उपयुक्क खाना झारपात नै रहेछ । जुन बर्खा याममा धेरै पलाउछ । जब जमिनबाट एउटा लार्भा निस्किन्छ । त्यो लार्भा झारपातमा निर्भर हुन्छ । जहाँ पानीको उपस्थितिमा झारपात सजिलै खान सक्छ । एउटा लार्भा सामान्यत महिनादिन घाँसमा निर्भर हुन्छ । त्यसपछि लार्भा काँचुली फेरि कुनै उँधोमुन्टे कुनै उँभोमुन्टे हुन्छ । जहाँ काँचुली फेरिएको लार्भालाई १७ डिग्रीको तापक्रम उपयुत्त हुन्छ । त्योभन्दा बढी भए काँचुली फेरेको लार्भा मर्छ । सामान्यतय काँचुली फेरेको ९ देखि १० दिनमा पुतली निस्किन्छ । ९, १० दिन काँचुली फेरेको लार्भाले पहिलै खाएको खानालाई सञ्चित गरि शरीरलाई चाहिने पोष्टिक तत्व सन्चय गरेको हुन्छ । त्यही सन्चय भएको तत्वबाट काँचुली फेरेको लार्भा पुतली नभईजेल बाच्छ । जब काँचुली फेरेको लार्भा पुतली बन्छ । त्यसपछिको जीवन एक विकसित संसार हो । जहाँ घस्रिएर देखेको संसार उडेर हजार माएल पार गर्दै सुन्दर फूलहरूको पुङ्केसर चुस्छन । र अन्त्य हुन्छन ।
मैले पुतली अध्यान गरेर आफ्नो जीवन हेरेको म त बुढो लार्भा नै रहेछ ! 😂

अर्को पटक #अदुवा को खोज तथा अनुसन्धान लेख आउछ ।

09/08/2024

कविता - अधुरो सपना
कलम- नाम्दुलु

तिम्रो प्रेमको अलिखित किताब
हृदयको झोलाभित्र बोक्छु
जहाँ गयल हुँदा तिम्रो प्रेम
आफै हाजिरी गरिदिन्छु ।

थाहा छैन
कसरी किने तिम्रो एक आनाको प्रेम
कुन समयले मेटाइदिने होला
केवल एउटा लगानी मात्र देख्छु
दुईचार यादको पैताला मात्र टेक्छु
खैँ, किन हो
रानी कापीमा तिम्रो प्रेमको अलिखित कथा हेर्छु

तिम्रो प्रेमको शिलालेख खोप्दा खोप्दै
माइती सरेछ परित्यग तिम्रो माया
अचानक यसरी हरायो
तिम्रो मायाको ठेगाना
म नै छक्क परे
पत्तै पाइन मायाको ढोका
सायद कसैले छिरिसकेको होला
जहाँ म बन्द हुँदा पुगे ।

02/08/2024

“गोर्खा भर्तीको सांस्कृतिक असर” मध्ये धर्म परिवर्तन मुख्य देखियो । साथै हिन्दुकरणमा लाहुरेलाई शुद्ध पार्ने र चोख्याउने अथवा “पानी पतिया” गराई धर्म परिवर्तन गराउने ठुलो षड्यन्त्र देखियो । अहिले “गोर्खा भर्तीको सांस्कृतिक असर” बाहेक राजनैतिक असर ! आर्थिक असर र पारिवारिक असर पनि उत्तिकै डरलाग्दो देखिन्छ ।

नाटक “मेषी दण्ड” आदिम खुराक ।  #नाम्दुलु
02/08/2024

नाटक “मेषी दण्ड” आदिम खुराक । #नाम्दुलु

नाटक ‘मेषी दण्ड’ चुलाको पूजाबाटै गजब सुरुवात देखिन्छ । सुरुमै चुलाको पूजा किन त ? नाटक हेरिसकेका र हेर्न पुग्नु हु...

Address

Kathmandu
<<NOT-APPLICABLE>>

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00

Telephone

+9779864260207

Alerts

Be the first to know and let us send you an email when कठुवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कठुवा:

Share