Amazing Nepal

Amazing Nepal We update different kind of news, videos, photos, amazing tips and many more .

All member can enjoy our news daily.All members can give us suggest and review our page.Thank all for your cooperation.

रसुवाको बाढीपछि देखिएको यो दृश्यले फेरि सम्झायो—मानवता संकटमा परेका मानिसका लागि मात्र होइन, बोल्न नसक्ने जीवका लागि पनि...
30/08/2026

रसुवाको बाढीपछि देखिएको यो दृश्यले फेरि सम्झायो—मानवता संकटमा परेका मानिसका लागि मात्र होइन, बोल्न नसक्ने जीवका लागि पनि हो। 🇳🇵❤️
बाढीको बीचमा तिर्खाएको यो कुकुरलाई पानी पिलाउँदै उद्धारकर्मी… साँच्चै मन छुने दृश्य। 🐕🙏

त्रिशुली नदीमा आएको बाढीले नुवाकोटको सदरमुकाम विदुरस्थित एक माध्यामिक विद्यालय नै बगाएको छ।सदरमुकाम विदुरस्थित २००० सालम...
26/08/2026

त्रिशुली नदीमा आएको बाढीले नुवाकोटको सदरमुकाम विदुरस्थित एक माध्यामिक विद्यालय नै बगाएको छ।

सदरमुकाम विदुरस्थित २००० सालमा स्थापना भएको त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय बगाएको हो।

बिहानको प्रार्थना चलिरहेका बेला बाढीको सूचना पाएपछि केही शिक्षकहरु विद्यार्थी लिएर भागेको स्थानीयको भनाइ छ।

भाग्न सक्नेहरु भागेर ज्यान जोगाएको र भाग्न नसक्नेहरु बाढीमा परेको हुन सक्ने बताइएको छ। विद्यालयमा कति विद्यार्थी र कति शिक्षक उपस्थित थिए, कतिले ज्यान जोगाए भन्ने विवरण आइसकेको छैन।

26/08/2026

हेर्नुहोस् चीनतर्फको भयावह दृश्य 😢
अचानक आएको विनाशकारी बाढीले मानिसहरू र घरहरूलाई समेत एकैछिनमा बगाएर लगेको देखिन्छ। 💔
भोटेकोशी हुँदै आएको बाढीले नेपालतर्फ पनि ठूलो क्षति पुर्‍याएको छ।
🙏 नदी आसपासका क्षेत्रमा बसोबास गर्ने सबैजना उच्च सतर्कता अपनाउनुहोस् र सम्भव भएसम्म सुरक्षित स्थानतर्फ जानुहोस्।

बाढी आएको बेला खोलामा गएर फोटो-भिडियो खिचेर लाइक र भ्युजका लागि आफ्नो ज्यान जोखिममा नपार्नुहोला! 🙏
26/08/2026

बाढी आएको बेला खोलामा गएर फोटो-भिडियो खिचेर लाइक र भ्युजका लागि आफ्नो ज्यान जोखिममा नपार्नुहोला! 🙏

26/08/2026

सावधान! भोटेकोशीको ठूलो बाढी त्रिशूली नदीमा आइपुग्यो 😢
हेर्नुहोस्, चीनको तिब्बततर्फबाट आएको ठूलो बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा आइपुग्दा नदीको बहाव यसरी उर्लिएको छ। अहिले त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहनुभएका सबै जना तुरुन्त सुरक्षित र अग्लो स्थानमा जानुहोस्। 🙏
यो सूचना सकेसम्म धेरै जनासम्म पुर्‍याऔँ। ⚠️
स्रोत: सामाजिक सञ्जाल

26/08/2026

रसुवामा बाढीको विकराल रूप : चीनतर्फबाट उर्लिएको बाढीले भोटेकोशी–त्रिशूली क्षेत्रमा जोखिम बढाएको छ। तीव्र बहावसँगै नदीले लिएको भयावह रूप भिडियोमा हेर्नुहोस्।
समाचार स्रोत: सोसल मिडिया

24/08/2026

अपराधीले आफूले गरेको अपराध यति विस्तृत रूपमा स्वीकार गरिसक्दा पनि पीडित परिवारलाई केवल आश्वासन र सहमति दिएर पठाउनु पर्याप्त हुँदैन। फाँसीको कानुनी व्यवस्था नभए पनि, दोषीलाई कानुनअनुसार कडा र उदाहरणीय सजाय होस्, ताकि पीडित परिवारले न्यायको अनुभूति गर्न सकोस्। 🙏
गरिमा छोरीसँग भएको घटनाका अभियुक्तको बयान सबैले हेर्नुहोस्। यो विषय धेरैभन्दा धेरै मानिससम्म पुर्‍याऔँ र न्यायको आवाज अझ बलियो बनाऔँ। 🙏
अन्यायविरुद्ध आवाज उठाऔँ। गरिमा छोरीले न्याय पाउनुपर्छ। न्यायका लागि सबैले साथ दिऔँ। ❤️‍🩹🙏
#गरिमाकोन्याय #न्यायकोलागिआवाज #न्याय

लड्दा लड्दै माओवादीको पासवर्ड मिलाएर माओवादी छोप्ने सिपाही प्रकाश द्त्त जोशी । जसले गर्दा जम्मा ३४ जना सिपाहीले हजारौँ म...
19/08/2026

लड्दा लड्दै माओवादीको पासवर्ड मिलाएर माओवादी छोप्ने सिपाही प्रकाश द्त्त जोशी । जसले गर्दा जम्मा ३४ जना सिपाहीले हजारौँ माओवादीलाई विफल बनाउँदै ३६ वटा शव त पेरिमिटरमै फेला पारे। सयौँ नाल हतियार बरामद गरे।
२०५८ साल पौष २४ गते भएको सल्यानको कपूरकोट घटना माओवादीले बिर्सन चाहन्छन । र कतै लेख रचनामा पनि त्यो उल्लेक गर्दैनन । गर्न परे पनि थोरै लेखेर तर्किन्छन ।
२०५८ साल मंसिर ८ गते दाङमा भएको सर्प्राइज हमलापछि माओवादीको मनोबल निकै बढेको थियो। त्यसबेला दाङमा भएको आक्रमणले राज्यको सुरक्षा संयन्त्रलाई समेत ठूलो चुनौती दिएको थियो। त्यसै क्रममा मंसिर १० गते सोलुखुम्बुको सल्लेरीमा पनि माओवादीले ठूलो हमला गर्‍यो। लगातारका यी घटनापछि माओवादीको आत्मविश्वास अझ बढ्दै गएको थियो। अब उनीहरुलाई एउटा असली सिपाहीको सामना गर्नु पर्नेदिन आउदै थियो ।
अब उनीहरूको नजर परेको थियो सल्यानको कपुरकोटमा रहेको सुरक्षा पोस्टतर्फ।
कपुरकोटको त्यो पोस्टमा त्यतिबेला श्री नरसिंहदल गुल्मका जम्मा ३४ जना सिपाही तैनाथ थिए। संख्या हेर्ने हो भने एकातिर करिब ३ हजारको संख्यामा माओवादी फौज, अर्कोतिर जम्मा ३४ जना सिपाही।
अर्थात्, संख्या मात्रै तुलना गर्ने हो भने अवस्था निकै असमान थियो।
तर ती ३४ जना सिपाहीसँग एउटा कुरा थियो आफ्नो पोस्ट नछोड्ने अठोट।
त्यतिबेला उनीहरूसँग आजको जस्तो अत्याधुनिक हतियार र ठूलो फायर सपोर्ट थिएन। न जीपीएमजी थियो, न ८१ एमएम मोर्टार। उनीहरूसँग मुख्य रूपमा टुइन्च मोर्टार, एलएमजी र उपलब्ध अन्य हतियारहरू थिए।
त्यसपछि सुरु भयो कपुरकोटको त्यो भीषण रात।
माओवादीले चारैतिरबाट पोस्टलाई घेरे। गोली चल्न थाल्यो। एकपछि अर्को फायरिङ हुन थाल्यो। रातको अँध्यारोमा चारैतिरबाट आएको गोली र विस्फोटको आवाजले कपुरकोटको वातावरण नै युद्धभूमिमा परिणत भयो।
घण्टा बित्दै गए। र भिडन्त झन् चर्किँदै गयो। तर ३४ जना सिपाही आफ्नो मोर्चामा अडिग रहे।
करिब १४ घण्टासम्म चलेको त्यो भीषण भिडन्तपछि अन्ततः माओवादीको हमला असफल भयो। सबैभन्दा उल्लेखनीय कुरा त्यहाँ तैनाथ ३४ जना सिपाहीमध्ये एकजनाले पनि ज्यान गुमाउनु परेन। सबै सकुशल रहे।
तर पोस्टको वरिपरि भने माओवादीतर्फ ठूलो क्षति भएको दृश्य देखियो। भिडन्तपछि पेरिमिटर आसपास ३६ वटा माओवादी शव फेला परेको बताइन्छ। हतियारहरू पनि ठूलो संख्यामा बरामद भए। विभिन्न विवरणमा एसएलआरलगायत सयौँ थ्री ओ थ्री राइफल समेत बरामद भएको उल्लेख पाइन्छ।
तर यो घटनाको सबैभन्दा रोचक र अविश्वसनीय प्रसंग भने भिडन्तको अन्त्यतिर भयो।
बिहानपख।
अँध्यारो अझै पूर्ण रूपमा हटिसकेको थिएन।
अचानक एकजना माओवादीले पोस्टतर्फबाट पासवर्ड पुकार्‍यो।
उसले भन्यो “मेची!” अब पोस्टभित्र रहेका सिपाहीले के जवाफ दिने?
संयोग पनि कस्तो!
त्यहाँ रहेका एकजना सिपाही, जसको घर महाकालीतिर थियो, उनले तत्काल जवाफ दिए—
“महाकाली!”
पासवर्ड मिल्यो।
बाहिरबाट आएको माओवादीले सायद सोच्यो हाम्रो साथीहरूले पोस्ट कब्जा गरिसकेछन्।
त्यसैले ऊ अझ ढुक्क हुँदै पोस्टभित्र पस्न खोज्यो।
तर उसलाई के थाहा?
उसले आफ्नो पक्षको पोस्ट ठानेर अघि बढेको ठाउँमा त नेपाली सेनाका सिपाहीहरू नै मोर्चा सम्हालेर बसेका थिए।
सिपाहीहरूले उसलाई जिउँदै नियन्त्रणमा लिने प्रयास गरे। उता अर्को पोस्टका सिपाहीहरूले भने माओवादीलाई भित्र पस्न खोजेको देखेपछि उसको तिघ्रामा गोली हाने।
अन्ततः उनलाई जिउँदै नियन्त्रणमा लिन सफल भए।
त्यसपछि सुरु भयो सोधपुछ।
उनीबाट पो थाहा भयो माओवादीको ठूलो फौज कपुरकोटमा आएको रहेछ।
त्योभन्दा अघिल्लो दिन नै उनीहरूको टोलीले क्षेत्रमा रेकी गरेको रहेछ।
उनीहरूको योजना के थियो?
छिट्टै पोस्ट कब्जा गर्ने।
भित्र रहेका सिपाहीहरूलाई नियन्त्रणमा लिने।
र त्यसपछि आफ्नो नियन्त्रणमा लिएर लैजाने।
तर ३४ जना सिपाहीले उनीहरूको त्यो योजना सफल हुन दिएनन्।
बरु त्यही एकजना जिउँदै पक्राउ परेका माओवादीबाट सिपाहीहरूले आफूहरूमाथि आक्रमण गर्न आएको फौजको वास्तविक संख्या पनि थाहा पाए करिब ३ हजार!
यो कुरा सुनेपछि ती ३४ जना सिपाही आफैँ पनि छक्क परे।
किनकि उनीहरूले रातभरि चारैतिरबाट हमला भइरहेको त देखेका थिए, तर आफ्नो सानो पोस्टमाथि यति ठूलो संख्यामा माओवादी फौज आएको छ भन्ने कुरा उनीहरूलाई त्यतिबेला पूर्ण रूपमा थाहा थिएन।
सोच्नुहोस् त
एकातिर करिब ३ हजारको फौज।
अर्कोतिर जम्मा ३४ जना सिपाही।
न ठूलो फायर सपोर्ट।
न भारी हतियार।
तर १४ घण्टासम्म मोर्चा नछोडेर उनीहरूले त्यो हमला असफल बनाए।
त्यो केवल एउटा सैन्य भिडन्त थिएन।
त्यो साहसको परीक्षा थियो।
कर्तव्यप्रतिको निष्ठाको परीक्षा थियो।
र आफ्नो पोस्टको रक्षा गर्न जस्तोसुकै परिस्थितिमा पनि पछि नहट्ने सैनिक अठोटको एउटा उदाहरण थियो।
त्यसै भिडन्तमा सहभागी सिपाहीहरूले पछि भेट्रानको पदवी पाए, कतिपयले शान्ति सेनामा जाने अवसर समेत पाए।
तर कपुरकोटको त्यो रात उनीहरूका लागि केवल एउटा युद्धको घटना थिएन। त्यो उनीहरूको सैनिक जीवनको कहिल्यै नबिर्सने अध्याय बन्यो। #नेपालीसेना #साहसीसिपाही #नेपालकोइतिहास

  भएको स्क्रिनशट देखाएर १५ हजारको सामान र ३ हजार नगद लिएको र आफूलाई मोडल बताउने युवतीले ठ'गी गरेका छन अहिले कुरा उठिरहेक...
13/08/2026

भएको स्क्रिनशट देखाएर १५ हजारको सामान र ३ हजार नगद लिएको र आफूलाई मोडल बताउने युवतीले ठ'गी गरेका छन

अहिले कुरा उठिरहेको युवतीले आफूलाई मोडलिङ गर्ने बताउँदै हाम्रो पसलभन्दा दुई स्टेप पर रहेको कुर्ता पसलबाट करिब १५ हजार रुपैयाँ बराबरको सामान लिएको बताइएको छ। घ #ट #ना २०८३ साल साउन २५ गतेको हो।

पसलमा सामान लिएपछि उनले थप ३ हजार रुपैयाँ नगदसमेत मागेको र आफूसँग क्यास नभएकाले कुल १८ हजार रुपैयाँ स्क्यान गरेर भुक्तानी गर्ने बताएको पसल सञ्चालकको भनाइ छ। उनले १८ हजार रुपैयाँ भुक्तानी गरेको देखिने स्क्रिनसट/स्टेटमेन्टसमेत देखाएपछि पसलका कर्मचारीले विश्वास गरेर सामान दिएको बताइएको छ।

पसलमा ग्राहकको भीड हुने भएकाले प्रत्येक डिजिटल भुक्तानी तुरुन्तै खातामा आए–नआएको जाँच गर्न नसकिएको र ग्राहकले देखाएको स्टेटमेन्टकै आधारमा सामान दिने अवस्था हुने पसल सञ्चालकको भनाइ छ।

तर पछि खातामा रकम नआएको थाहा भएपछि पसलका व्यक्तिहरूले ती युवतीलाई सम्पर्क गर्न खोजेका थिए। फोन गर्दा उनले पटक–पटक फोन काटेको वा रिसिभ नगरेको बताइएको छ।

अझ रोचक कुरा, अर्को दिन ती युवती त्यही आसपासको क्षेत्रमा लस्सी खाइरहेको अवस्थामा भेटिएपछि पसलका व्यक्तिहरूले अघिल्लो दिनको घटनासँग सम्बन्धित हुनसक्ने आशंका गरेका थिए। त्यसपछि उनलाई सोधपुछका लागि लगिएको र घट'नाबारे प्रश्न गर्दा उनले तत्काल कुनै स्पष्ट जवाफ नदिएको बताइएको छ।

यद्यपि, यो घट'नासम्बन्धी आरोपको आधिकारिक पुष्टि सम्बन्धित निकायको अनुसन्धानबाट हुन बाँकी छ।

सबैलाई अनुरोध छ—यस्ता घ'टनाबाट सचेत रहनुहोस्। डिजिटल भुक्तानी गर्दा स्क्रिनसट वा स्टेटमेन्ट मात्र हेरेर विश्वास नगरी आफ्नो खातामा रकम वास्तवमै जम्मा भएको पुष्टि गरेपछि मात्र सामान हस्तान्तरण गर्नुहोस्।

😮आजका बच्चाहरू मोबाइलमा व्यस्त हुन्छन् तर यी सानी नानी भने बाख्रा चराउँदै किताबमा भविष्य खोजिरहेको दृश्य ले सबैको मानव छ...
12/08/2026

😮आजका बच्चाहरू मोबाइलमा व्यस्त हुन्छन् तर यी सानी नानी भने बाख्रा चराउँदै किताबमा भविष्य खोजिरहेको दृश्य ले सबैको मानव छोएको छ❤️

अहिलेको जमाना इन्टरनेटको जमाना हो। साना–साना बच्चाको हातमा मोबाइल छ। फुर्सद पायो कि मोबाइल चलाउने, भिडियो हेर्ने, गेम खेल्ने र घुम्न जाने… पढाइभन्दा मोबाइलमै धेरै समय बिताउने बच्चाहरू हामी वरिपरि प्रशस्तै देख्छौँ।

तर यी सानी नानीको जीवन भने अर्कै छ।
बाख्रा चराउन डाँडाकाँडा पुग्नुपर्छ। घाम लागोस् वा पानी परोस्, आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ। तर त्यही जिम्मेवारीबीच पनि नानीले किताब छोडेकी छैनन्।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनी बाख्रा चराउँदै, छाता ओढेर किताब पढिरहेको देखिन्छिन्। वरिपरि बाख्रा छन्, हातमा छाता छ, अगाडि किताब छ… अनि आँखामा छ एउटा ठूलो सपना।

सायद आजको पुस्ताले मोबाइलमा रमाउँदै बिताउने केही घण्टा यी नानीले किताबका पानामा बिताइरहेकी छन्।
हामीमध्ये धेरैका लागि पढ्ने समय निकाल्न गाह्रो हुन्छ, तर यी नानीका लागि पढ्नु भनेको समय निकाल्ने कुरा होइन, समय चोरेर पढ्ने कुरा रहेछ।

उनको हातमा आज बाख्राको डोरी होला, काँधमा छाता होला, तर आँखामा भने भोलिको सुन्दर भविष्यको सपना छ। ❤️

नानीको यो किताबसँगको यात्रा एक दिन सफलताको यात्रामा बदलियोस्।
आज बाख्रा चराउँदै पढेकी यी नानी भोलि यही किताब बोकेर आफ्नो परिवार र गाउँको नाम चिनाउने बनून्। 🙏❤️

Address

Kalanki
Kathmandu
44600

Telephone

+9779860193658

Website

Alerts

Be the first to know and let us send you an email when Amazing Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share