13/06/2024
दमक नगरपालिका नगर प्रमुख एवम उपप्रमुखद्वारा "उपप्रमुख सुरक्षित महिनावारी कार्यक्रम" एवम "आमा तथा बाल स्वास्थ्य पुस्तिका बिमोचन कार्यक्रम" सम्पन्न गरियो।
उपप्रमुख सुरक्षित महिनावारी कार्यक्रम अन्तर्गत अब दमक नगरपालिकाका सम्पुर्ण महिला दिदिबहिनिले महिनावारी स्वच्छताका लागि आवश्यक सेनिटरी प्याड नि:शुल्क पाउनुहुनेछ।
यो प्याड लिन आफ्नो नजिकैको सरकारी स्वास्थ्य संस्थामा मासिक रुपमा जाने तथा आफ्नो प्रजनन स्वास्थ्य जांच पनि हुने हुँदा यसको दोहोरो फाइदा छन्। पहिलो त नि:शुल्क प्याड पाउने, दोस्रो आफुलाइ भएको प्रजनन स्वास्थ्य समस्याबारे बेलैमा जानकारी हुने।
त्यसैगरी आमा तथा बाल स्वास्थ्य पुस्तिका गर्भवती अवस्थामा महिलाले ANC जांच गराउन आउँदा सरकारी स्वास्थ्य संस्थाबाट एक प्रती दिइन्छ। यो पुस्तिकामा महिला गर्भवती हुँदादेखि बच्चा २ बर्ष उमेरको होउन्जेल सम्म आवश्यक पर्ने पोशन, आराम, खोप, एवं वृद्धि नियमन गर्ने साथै आफुले लिएका सम्पुर्ण सेवाको अभिलेख पनि गर्न सकिने छ।
दमक नगरपालिकाका सम्पुर्ण स्वास्थ्य संस्था इन्चार्जको उपस्थितिमा गरिएको बिमोचन कार्यक्रममा परामर्शका लागि सन्दर्भ सामाग्रीको रुपमा पनि प्रयोग गर्न सकिने यो पुस्तिकाले आमा तथा बाल स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउने नगर प्रमुख एवम उपप्रमुखले जनाउनुभयो।