Manab Adhikar Sandesh

Manab Adhikar Sandesh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Manab Adhikar Sandesh, Magazine, Bagmati, Kathmandu.

22/02/2025
मानवअधिकार सन्देशको नयाँ अंक बजारमा
26/02/2019

मानवअधिकार सन्देशको नयाँ अंक बजारमा

15/05/2018

नेपालमा के गर्न खोज्दैछ ईयू ?

— लोकेन्द्र शाही

२०७४ मंसिर १०, २१ गते प्रदेश र प्रतिनिधिसभाको ऐतिहासिक पहिलो निर्वाचन सम्पन्न भएको चार महिनापछि युरोपियन युनियन निर्वाचन पर्यवेक्षक मिसनले निर्वाचन आयोगलाई बुझाएको प्रतिवेदन विवादमा परेको छ । प्रतिवेदनमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चौतर्फी आलोचना भएको छ । संसदमा समेत यसको चर्को विरोध भएको छ । ईयूले नेपालको शान्ति–प्रक्रिया, संविधानसभाको निर्वाचन र यो निर्वाचनमा समेत ठूलो सहयोग गरेको छ । ईयूले आफ्नो रिपोर्टमा विवादास्पद र क्षेत्राधिकार बाहिरको विषय समेट्नुले युरोपको धारणा थप प्रष्ट भएको छ । संविधान निर्माणको अवस्थामा जतिसुकै सहयोग गरे पनि उसको रणनीतिक उद्देश्य छर्लङ्ग भएको छ । संविधानमा धर्मनिरपेक्ष मुलुक रहने भने पनि आफूले चाहेजस्तो नभएकाले भारतको एजेन्डा मधेशमा दुई प्रदेश बनाउने र हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाइनुपर्ने विषयमा मधेसी दलमार्फत् संविधान संशोधन प्रस्ताव पेस भएको थियो । त्यो प्रस्तावलाई खुलेआम समर्थन मात्र गरेन त्यसको लविङमा समेत राजदूतहरु लागे । यसले के देखाउँछ भने पश्चिमाहरु विभिन्न बहानामा आफ्नो उपस्थिति चाहन्छन् । सदियौंदेखि मिलेर बसेका नेपालीहरुलाई जातजातिको बीच फाटो पारेर साम्प्रदायिक द्वन्द्व गराउने काममा लागेर शान्तिको नाउँमा नेपाल भूमिलाई क्रिडाभूमि बनाउने उसको उद्देश्य हो । यो उद्देश्य भनेको साम्राज्यवादी सिद्धान्तबाट प्रेरित छ ।

अर्को कुरा ठूला र शक्तिशाली राष्ट्रको दुई ध्रुव बीचमा नेपाल पर्दछ । पश्चिमाहरु र भारतको एउटै टिम भएकाले भारतको समर्थनले मात्र नेपालमा उनीहरुलाई गतिविधि गर्न सजिलो भएको छ । भारतको आफ्नै रणनीति उद्देश्य छ त्यसलाई पश्चिमाहरुले समर्थन गर्दछन् । पश्चिमा र भारतको साझा रणनीति छ जसले गदा पनि नेपालमा सजिलो भएको छ । जसरी पश्चिमाहरु र भारतले नांगो नाच नेपालमा गर्दछन् त्यसै तरिकाले चीनले गररेमा यो नेपाल खेलमैदान मात्र हुनेछ । चीनले त्यसरी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन । यसकारण पश्चिमाहरुका गतिविधि एकलौटी भएका छन् । त्यसको असली रुप भनेको निर्वाचन पर्यवेक्षक मिसनको प्रतिवेदन हो । संविधानलाई कार्यान्वयन गर्ने सबै प्रक्रियाको संवैधानिक व्यवस्थाअनुसार पूर्णता पाएपछि मात्र प्रतिवेदन आएको छ । यसले त के देखाउँछ भने नेपाललाई साँच्चीकै गृहयुद्ध गराएर सिरिया, युगान्डा जस्तै बनाउने र उपस्थिति जनाइराख्ने उद्देश्य देखिन्छ । युक्रेन, पाकिस्तान, कोरिया लगायतका देशहरुलाई विभाजन गर्नसम्मका खेल पश्चिमा राष्ट्रहरुले खेलेका थिए । ती दृष्टान्त हामीसामु छर्लङ्गै छन् । नेपालमा पनि तराई र पहाडलाई अलग्याउने भारतीय रणनीतिलाई साथ दिने काम भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको २०१५ को युरोप भ्रमणमा संयुक्त विज्ञप्ति जारी गरेर नेपालको संविधान संशोधनमा साथ दिएको थियो । यसलाई नेपालीले बुझ्नु जरुरी छ । व्यक्तिगत स्वार्थका लागि देशलाई कमजोर गर्ने काम नेपालीहरुबाट नै भएका छन् । एनजीओ र पार्टीलाई सहयोग गर्ने भएकाले पनि धेरैले सुनेको नसुनेझैं गर्दछन् । कतिले त खुलेआम समर्थन नै गर्दछन् । भनाइ छ भाई फुटे गवार लुटे । अर्को कुरा नेपालमा तिब्बतीयन शरणार्थीहरुले स्वतन्त्र तिब्बतको माग राखी गतिविधि सञ्चालन गर्छन् त्यसलाई पनि सहयोग पश्चिमाले गरेका छन् । नेपालबाट त्यो गतिविधि भएमा चीन नेपालसँग सशंकित हुन्छ अनि चीन र नेपालको सम्बन्ध बिग्रिन्छ र नेपाल आफ्नै पोल्टामा आउँछ जस्ता रणनीतिक उद्देश्य देखिन्छन् । नेपालको संविधानमा व्यवस्था भएको समानुपातिक समावेशी आधारलाई आरक्षण भनी अपव्याख्या गर्ने र खसआर्यलाई इङ्गीत गर्नुले जातीय साम्प्रदायिकतामा फसाउने र राजनीतिक स्थायित्व, शान्ति र समृद्धिको मार्गलाई रोक्ने अस्त्र फालेको देखिन्छ । सिल्भा लभिले भनेका थिए– “भारतले भोगेको युरोपेली देशको नियन्त्रण नेपालले भोक्न बाँकी छ ।” पश्चिमाहरु नेपाललाई किन खेलमैदान बनाउन चाहन्छन्, नेपालको उत्तर र दक्षिणमा उदाउँदा शक्ति राष्ट्र भारत र चीनको अध्ययन गर्ने उपयुक्त थलो नेपाल बन्न सक्छ । छोटो अवस्थामा विश्व बजारमा उनीहरुको उपस्थिति विस्तार हुनुले आपूmपछि पर्ने त्रासका कारण त्यो प्रगतिलाई रोक्ने उपायको अध्ययन गर्नका लागि नेपाल उपयोगी हुनेछ । त्यसका लागि नेपालमा आफ्नो मिसन सञ्चालन गर्नका लागि नेपालीको गरिबी र पछौटे सोचले साथ दिएको छ । उनीहरुलाई आर्थिक प्रलोभनमा फसाएर आपूm अनुकूल बनाउन, एनजीओ आईएनजीओ मार्फत् सामाजिक विकास र भौतिक विकास गर्ने बहानामा गरिबलाई हरियो घाँस देखाउने त्यही घाँस खान खोज्नेलाई आफ्नो एजेन्डा अनुसार उचाल्ने काम भइराखेका छन् । त्यसका साथसाथै धर्म प्रचार गर्ने, क्रिश्चिनिटी फैलाउन घरघरमा चर्चा बनाउन चाहिए जति खर्च वितरण गर्ने । दलित, जनजाति, मधेसी लगायतका जनतामा घुसेर पहाडी खसआर्य जातिका विरुद्ध उचाल्ने काम गरेका छन् । उनीहरु उचाल्ने र पछार्ने काममा माहिर छन् । जुन बहानामा पनि आफ्नो उपस्थिति चाहन्छन् । एउटा उखान छ आफै बोक्सी, आफै धामी भनेझैं ।

युरोप फुटाउ र साम्राज्य चलाउको सिद्धान्तबाट विचलित छैन भन्ने कुरा उसका गतिविधिले देखाएको छ । मानवअधिकारको नारा उसका लागि फुटाउने अस्त्र भएको छ । यो कस्तो खालको मानव अधिकार हो । संयुक्त राष्ट्र संघको वडापत्रको धारा २ को उपचार ४ मा कुनै पनि राष्ट्रको आन्तरिक मामलामा हस्तक्षेप गर्न नहुने भनिएको छ । अन्तर्राष्ट्रिय मानवीय कानुनलाई समेत बेवास्ता गर्नु के साँच्चीकै मानवअधिकारको रक्षा गर्नु हो ? यो त सरासर मानवअधिकार हनन् हो । त्यसैले अब उप्रान्त यस्ता क्रियाकलापमा लाग्नु भनेको स्वयम् पश्चिमाहरु उधोगतितिर धकेलिनु हो । चरम पूँजीवादलाई पार गर्दै समाजवादको दिशामा पुगेर पनि पछाडि फर्कनु भनेको प्रगतिको लक्ष्य भन्दा उल्टो हिंड्ने काम हुन्छ । यो कुराको बारेमा सायद युरोप अनविज्ञ छैन । साँच्चीकै युरोप आपूmलाई शान्ति मानव अधिकारको पक्षपाती ठान्दछ भने यस्ता खालका गतिविधि गर्न छोड्नुपर्छ । नेपाल लामो द्वन्द्वबाट शान्तिपूर्ण राजनीतिकमा अवतरण गरेको यसबेला जातीय कुरालाई उचाल्ने कामले गर्दा पश्चिमाहरु नेपालमा शान्ति चाहँदैनन् भन्ने कुराको छनक दिन्छ । यसबाट मुक्त हुन युरोपले सक्नुपर्छ । पुरानो मिसन फेल भइसकेको छ । अब साम्राज्यको एउटा केन्द्र मात्र छैन दुई वटा केन्द्र भइसके यसमा त युरोप अनविज्ञ छैन होला । रुसबाट कुटनीतिज्ञलाई निकाल्ने अवस्था त्यसै आएन होला । अनावश्यक चलखेलकै कारण रुसबाट पश्चिमा देशका कुटनीतिज्ञ निकालिएका छन् । यो अवस्था आउनु राम्रो संकेत होइन । यसको दुरगामी असर पर्नसक्छ । भूराजनीतिक अवस्थाले गर्दा नेपाल खेल मैदान बन्नसक्छ । पश्चिमा, भारत, चीनको खिचातानीले गर्दा नेपालको विकास र समृद्धिको सपना साकार हुनका लागि अवरोध खडा हुन्छ । यसकारण नेपाललाई समृद्धि नेपाल बनाउनका लागिसम्भव छ । विदेशीको चलखेल बन्द हुनु जरुरी छ । यसका लािग सबै सचेत होऊँ ।

Address

Bagmati
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Manab Adhikar Sandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category