Mukti Khabar

Mukti Khabar Social Justice Self-esteem, Liberation Campaign for Human Rights, including Social Rights!

Continuous information message will flow through the online leaflets of liberation for the development, prosperity, good governance and financial prosperi,

चिलिमेमा फसेकाको खोजी गर्न एक्साभेटर लैजाने तयारी
05/09/2026

चिलिमेमा फसेकाको खोजी गर्न एक्साभेटर लैजाने तयारी

२० भदौ, काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनामा भोटेकोशी बाढीपछि फसेको आशंका गरिएका व्यक्तिको खोजी तथा उद....

रुकुम पूर्वमा ६७ वर्षीया वृद्धाको हत्या आरोपमा युवक पक्राउ
05/09/2026

रुकुम पूर्वमा ६७ वर्षीया वृद्धाको हत्या आरोपमा युवक पक्राउ

रुकुम पूर्व । भूमे गाउँपालिका–१ गरबाङकी ६७ वर्षीया कृष्णा घर्तीको हत्या आरोपमा प्रहरीले ३१ वर्षीय अर्जुन घर्ती ....

05/09/2026

बाढीले बगाएको घरबाट ११ दिनपछि जीवितै भेटिइन् चण्डिका

भोटेकोशी बाढी : सरकारी भवनदेखि जलविद्युत् आयोजनासम्म ठूलो क्षति
05/09/2026

भोटेकोशी बाढी : सरकारी भवनदेखि जलविद्युत् आयोजनासम्म ठूलो क्षति

रसुवा । भोटेकोशी नदीमा आएको बाढीले रसुवामा ठूलो भौतिक क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालयले यही १० गतेक...

05/09/2026

रुपन्देही। लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा २४औँ लिस्नु नकआउट फुटबल प्रतियोगिता–२०८३ आगामी भ...

https://muktikhabar.com/news/88093.html
02/09/2026

https://muktikhabar.com/news/88093.html

भैरहवा ।अखिल नेपाल महिला संघ सिद्धार्थनगर नगर कमिटीले बाढीपीडित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।...

https://muktikhabar.com/mukti-news/88090.html
31/08/2026

https://muktikhabar.com/mukti-news/88090.html

बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) फणिन्द्र प्रसाई गण्डकी प्रदेशको उत्कृष्ट प्रह.....

आईजीपी दान कार्कीद्वारा नवनियुक्त प्रहरी इन्सपेक्टरहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभितखुला प्रतियोगिताद्वारा जनपद प्रहर...
31/08/2026

आईजीपी दान कार्कीद्वारा नवनियुक्त प्रहरी इन्सपेक्टरहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित

खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १६ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

२०८२ मंसिर २६ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८३ भदौ ६ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १६ र खुलातर्फ १३ जना गरी कुल २९ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण हुनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८३ भदौ ९ गतेको निर्णयले भदौ १५ गतेदेखि लागू हुने गरी उहाँहरू प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको हो । साथै उहाँले खुलातर्फका १३ जना प्रहरी निरीक्षकहरूलाई नियुक्तिपत्र समेत प्रदान गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक कार्कीले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिनुका साथै नवप्रवेशी प्रहरी निरीक्षकहरूलाई प्रहरी संगठनमा स्वागत समेत गर्नुभयो । नवनियुक्त प्रहरी निरीक्षकहरूले प्रदर्शन गरेको समर्पण भाव, अथक परिश्रम र मेहनतको प्रतिफल स्वरूप यो सफलता हासिल भएको चर्चा गर्दै आगामी दिनमा विभागीय नीति, निर्देशन र संगठनको मूल्य मान्यता एवम् आदर्शलाई आत्मसात् गरी नागरिकलाई केन्द्रबिन्दुमा राखेर उच्च व्यावसायिकता, इमानदारीता र जिम्मेवारी बोधका साथ संगठनको श्रीवृद्धिमा योगदान पुग्ने गरी जिम्मेवारी वहन गर्न निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले बदलिँदो परिवेशमा देखा परेका सुरक्षा चुनौती, बहुआयामिक र तीव्र गतिमा परिवर्तनशील रहेको संगठित अपराध, साइबर अपराध, आर्थिक अपराध, प्रविधिको दुरूपयोगबाट सिर्जित अपराध लगायतका चुनौतीलाई सम्बोधन गर्न व्यक्तिगत ज्ञान, सिप, व्यावसायिक दक्षता तथा उच्च नैतिक आचरणका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । साथै विपद् व्यवस्थापनमा देखा परेका समस्या एवम् चुनौतीहरूको उचित सम्बोधन गर्दै नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी बोधका साथ कार्य गर्न समेत उहाँले निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो ।

एसपी फणिन्द्र प्रसाई गण्डकी प्रदेश भरिमै उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत हुन सफल जिल्ला प्रहरी कार्यालय बागलुङका प्रह...
31/08/2026

एसपी फणिन्द्र प्रसाई गण्डकी प्रदेश भरिमै उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत हुन सफल

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) फणिन्द्र प्रसाई गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।

एसपी प्रसाई २०८३ साल श्रावण महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित हुनुभएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले संगठनको नीति निर्देशनअनुसार प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमानदार, बफादार र कर्तव्यनिष्ठ भई उच्च सुझबुझका साथ सम्पादन गरेको भन्दै प्रसाईलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

श्रावण महिनामा बागलुङ जिल्लामा भएका फरक–फरक घटनामा २ जना व्यक्तिको हत्यामा संलग्न ५ जना अभियुक्त, ६ जना फरार प्रतिवादी, अवैध वन पैदावारअन्तर्ग काठसहित २ जना, जबरजस्ती चोरीमा संलग्न ३ जना तथा अवैध लागुऔषध गाँजासहित २ जना पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रसाईले नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रसाईलाई प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीद्धारा हस्ताक्षरित प्रमाणमत्र प्रसाईलाई प्रदान गरिएको हो । प्रहरीले हरेक महिना उत्कृष्ट प्रहरी घोषण गर्ने गरेको छ । Phanindra Prasai

इन्स्पेक्टर बनिन् ब्याडमिन्टन खेलाडी निता लम्साल, आईजीपी दान कार्कीले लगाइदिए दर्ज्यानी चिन्ह१३औँ दक्षिण एसियाली खेलकुद ...
31/08/2026

इन्स्पेक्टर बनिन् ब्याडमिन्टन खेलाडी निता लम्साल, आईजीपी दान कार्कीले लगाइदिए दर्ज्यानी चिन्ह

१३औँ दक्षिण एसियाली खेलकुद (साग) की पदक विजेता तथा राष्ट्रिय ब्याडमिन्टन खेलाडी निता लम्साल नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा नियुक्त भएकी छन्।

खुलातर्फ प्रतिस्पर्धा गर्दै लोकसेवा प्रक्रिया पार गरेपछि लम्साल प्रहरी निरीक्षक पदमा नियुक्त भएकी हुन्। खेलकुद क्षेत्रमा आफ्नो पहिचान बनाएकी उनले अब नेपाल प्रहरीको जिम्मेवारीसमेत सम्हाल्ने भएकी छन्।

विराटनगरकी लम्साललाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह (फुली) सुशोभन गराउँदै नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।

१३औँ सागमा पदक जितेकी लम्साल राष्ट्रियस्तरकी चर्चित ब्याडमिन्टन खेलाडीसमेत हुन्। खेलकुदसँगै सुरक्षा सेवामा प्रवेश गरेकी उनको यो उपलब्धिलाई खेलकुद र प्रहरी दुवै क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

ब्याडमिन्टन कोर्टबाट अब प्रहरी सेवाको मैदानमा निता लम्सालको नयाँ यात्रा सुरु भएको छ।

Address

Chabahil
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Mukti Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mukti Khabar:

Shortcuts

Share