Mukti Khabar

Mukti Khabar Social Justice Self-esteem, Liberation Campaign for Human Rights, including Social Rights!

Continuous information message will flow through the online leaflets of liberation for the development, prosperity, good governance and financial prosperi,

29/10/2025

स्थानीय सरकारको साथ सहयोग र मिहेनती स्थानीयको हातले प्राप्त गरेको सफलताको कथा:-

28/10/2025

मनाङमा हिउँ पन्छाउदै नेपाल प्रहरी

https://muktikhabar.com/mukti-news/84695.html
28/10/2025

https://muktikhabar.com/mukti-news/84695.html

रुपन्देही। नेपालमा पहिलोपटक जलपरीको प्रत्यक्ष प्रस्तुति देख्न पाइने ऐतिहासिक अवसर यही सातौँ लुम्बिनी महोत्सव ....

28/10/2025

रुपन्देही । वरिष्ठ अधिवक्ता डॉ. दिनेश त्रिपाठीले नेपाली नागरिकका सन्तानमाथि गोली चलाउने घटनामा संलग्न उच्च अधि.....

हालै सम्पन्न बढुवा समितिको निर्णयपछि प्रहरी संगठनभित्र असन्तोष फैलिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारील...
27/10/2025

हालै सम्पन्न बढुवा समितिको निर्णयपछि प्रहरी संगठनभित्र असन्तोष फैलिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई वरीयता सूचीमा पहिलो नम्बरमा रहेर पनि डिआइजीमा बढुवा नदिइएपछि प्रहरी वृत्तदेखि सर्वसाधारणसम्म गम्भीर प्रश्न उठेका छन्।

विवादको केन्द्रमा रहेको प्रश्न हो
अछामका स्थायी बासिन्दा अधिकारीलाई बढुवा सिफारिसबाट अन्तिम घडीमा हटाइनु केवल प्रशासनिक निर्णय होइन, सुदूरपश्चिमप्रतिको पुरानै राजनीतिक मानसिकताको निरन्तरता हो भन्ने टिप्पणी हुँदैछ।

संगठनभित्र उठेका प्रश्नहरू
• १ नम्बरमा रहेका अधिकारीलाई बढुवामा नपार्नु कस्तो चलखेल हो?
• काठमाडौं प्रहरी प्रमुख हुनु नै उनको दोष हो?
• आदेश दिने प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव लाई किन कारबाही भएन?
• केवल विश्व अधिकारीलाई मात्रै किन रोकियो?

सम्भावित कारण र सड्यन्त्रकाे आशंका :

आलोचकहरूका अनुसार, अधिकारी डिआइजी बनेपछि “निर्विकल्प आईजीपी” बन्न सक्ने सम्भावनाले नै उनीमाथि रोक लगाइएको हो।
उनी इन्स्पेक्टरदेखि एसएसपीसम्म हरेक बढुवामा पहिलो नम्बरमा रहँदै आएका, भिजनेरी अफिसर, “प्रहरी मेरो साथी” अभियानका परिकल्पनाकार, र स्वच्छ छविका नतिजामुखी नेताका रूपमा चिनिन्छन्।यही क्षमता र इमानदार छविले संगठनभित्रकै केही शक्तिहरूलाई असहज बनाएको बताइन्छ।

जनता र जेनजी पुस्ताको प्रश्न

जेनजी आन्दोलनमा जनतालाई अनुशासनमा राख्ने जिम्मेवारी लिएर काम गरेका अधिकृतमाथि मात्र कारबाही र रोक लगाइनु निष्पक्षता विपरीत रहेको भन्दै असन्तुष्टि बढ्दैछ।सोसल मिडियामा टिप्पणीहरू आएका छन् —“जहाँ नीति, नियम र मर्यादाको कदर हुँदैन, त्यहाँबाट बाटो परिवर्तन गर्नु नै इमानको सम्मान हो।”

अनेक सडयन्त्र र राजनीतिक प्रभावबीच पनि जनताको विश्वास जितेका अधिकारीलाई राजिनामा दिएर नयाँ बाटो कोर्नुहोस्, राजनीतिक नेतृत्वमा प्रवेश गरी प्रणाली सुधारका लागि अग्रसर बनौं भन्ने सुझावहरू पनि आइरहेका छन्।

एसएसपी विश्व अधिकारीको बढुवा विवादले फेरि एकपटक प्रहरी संगठनभित्रको राजनीतिक हस्तक्षेप, सुदूरपश्चिममाथिको उपेक्षा, र इमानदार अधिकारीहरूको असुरक्षा उजागर गरेको छ।यो केवल एक अधिकृतको कथा होइन —यो प्रश्न हो, नेपालमा इमानदार र सक्षम व्यक्ति प्रणालीभन्दा माथि उठ्न पाउँछ कि सधैं रोकिँदै रहन्छ?

27/10/2025

जेन्जी आन्दोलनका उत्तेजकलाई कारबाही हुन्छ : रास्वपा कार्यबाहक सभापति अर्याल

नेपाल प्रहरीका ५ एसएसपी डिआईजी बढुवाको लागि सिफारिस🇳🇵👮!
26/10/2025

नेपाल प्रहरीका ५ एसएसपी डिआईजी बढुवाको लागि सिफारिस🇳🇵👮!

https://muktikhabar.com/mukti-news/84688.html
23/10/2025

https://muktikhabar.com/mukti-news/84688.html

काठमाडौं । पानीपोखरी युवा क्लबको वार्षिक साहित्यिक प्रकाशन धरणीको चौथो अङ्क पिताजी कृष्णप्रसाद कोइरालाको पुर्....

बालेन शाह लेख्छन् : तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,यो देश विदेशीले बिगार्यो,Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ...
22/10/2025

बालेन शाह लेख्छन् : तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,
यो देश विदेशीले बिगार्यो,

Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ ,
अरुलाई एजेन्ट भन्छौ !!!

आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ ,
काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ !

चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !

लाज लाग्दैन ? - B***n Shah

https://muktikhabar.com/mukti-news/84682.html
17/10/2025

https://muktikhabar.com/mukti-news/84682.html

काठमाडौं । २०७२ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीका बेला अत्यावश्यक वस्तुहरूको अभावले सर्वसाधारणको जीव.....

राैतहट र धनुषामा एसपी परिवर्तन प्रहरी प्रधान कार्यालयले मधेस प्रदेशका दुई जिल्लाका प्रहरी प्रमुख (एसपी)परिवर्तन गरेको छ।...
16/10/2025

राैतहट र धनुषामा एसपी परिवर्तन

प्रहरी प्रधान कार्यालयले मधेस प्रदेशका दुई जिल्लाका प्रहरी प्रमुख (एसपी)परिवर्तन गरेको छ।

प्रधान कार्यालयले बिहीबार मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरलाई धनुषा प्रहरी प्रमुख र एसपी रविन कार्कीलाई रौतहट प्रहरी प्रमुखको जिम्मेवारीमा खटाएको हो।

रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरी र धनुषा प्रहरी प्रमुख एसपी नरहरि रेग्मीलाई फिर्ता बोलाइएको प्रवक्ता डीआईजी विनोद घिमिरेले बताए।

उनका अनुसार गृह मन्त्रालयमा कार्यरत एसपी मुकुन्द रिजाललाई बागमती प्रदेश प्रहरी कार्यालयमा र एसपी विश्वराज खड्कालाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले काटेश्वर चोकमा दुई घण्टा सडकमै उभिएर ट्राफिक व्यवस्थापनमा ...
16/10/2025

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले काटेश्वर चोकमा दुई घण्टा सडकमै उभिएर ट्राफिक व्यवस्थापनमा सहकार्य गरे। दैनिक जाम र चाप घटाउने उद्देश्यले फील्डमा उत्रिएका उनले ट्राफिक प्रहरीसँगै डण्डा समाते। प्रहरीकर्मीहरूलाई उत्साह र सन्देश दिँदै अधिकारीले सडकमै उनीहरूसँग संयुक्त खाना पनि खाए। उनको यो व्यवहारले प्रहरीबीच आत्मबल र सहकार्य बढाएको छ। स्थानीय र सवारीचालकले “नेता अग्रपंक्तिमा हुँदा संगठन फरक देखिन्छ” भन्दै प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमा उनका फोटो र भिडियो भाइरल बन्दैछन्। —
उच्च सम्मान ।।

Address

Chabahil
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Mukti Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mukti Khabar:

Share

MuktiKhabar

Social Justice Self-esteem, Liberation Campaign for Human Rights, including Social Rights! Continuous information message will flow through the online leaflets of liberation for the development, prosperity, good governance and financial prospery,