National TV HD

National TV HD Science Facts | Interesting News | History
(4)

 पहिचान नखुलेका शवका तस्बिर सार्वजनिक !!𝗖𝗼𝗺𝗺𝗲𝗻𝘁 मा रहेको 𝐋𝐢𝐧𝐤 क्लिक गरी हेर्नुहोस्।Photo बीभत्स😢 छन् ।सावधानीपूर्वक हेर्...
29/08/2026


पहिचान नखुलेका शवका तस्बिर सार्वजनिक !!
𝗖𝗼𝗺𝗺𝗲𝗻𝘁 मा रहेको 𝐋𝐢𝐧𝐤 क्लिक गरी हेर्नुहोस्।
Photo बीभत्स😢 छन् ।
सावधानीपूर्वक हेर्नुहोस्।🙏

29/08/2026

"तिमी जे सोच्छौ, त्यही बन्छौ। तिमी जे महसुस गर्छौ, त्यही आकर्षित गर्छौ।" — बुद्ध

29/08/2026

27/08/2026

कतै तपाईंलाई यस्ता लक्षणहरु त देखा परेका छैनन् ? Be aware - This could be a sign of Broken Heart Syndrome!

Source : Nepal Police
27/08/2026

Source : Nepal Police

विपत्तिमा हराएको मानवता !चीनतर्फबाट आएको भीषण बाढीले रसुवा लगायत नेपालका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ...
27/08/2026

विपत्तिमा हराएको मानवता !
चीनतर्फबाट आएको भीषण बाढीले रसुवा लगायत नेपालका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । खोला–खाल्सा र लेदोमा बेपत्ता तथा मृतकको खोजीमा उद्धारकर्ता निरन्तर खटिरहेका छन्। हालसम्म १६५ जनाको शव भेटिएको र सयौँ अझै बेपत्ता रहेको बताइएको छ ।

तर यही पीडाको बीचमा सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले मानवताको संवेदनशीलतामाथि नै प्रश्न उठाएको छ । भिडियोमा उद्धारका क्रममा फेला परेको शवलाई सुरक्षित रूपमा निकाल्नुको सट्टा केही व्यक्तिले शव ओल्टाइ–पल्टाइ गर्दै कानमा लगाइएको सुनका मुन्द्रा तानिरहेको देखिन्छ ।

एकातिर आफन्त आफ्ना प्रियजनको शवको पर्खाइमा आँसु झरिरहेका छन्, अर्कोतिर मृत शरीरबाट गहना लुट्ने यस्तो अमानवीय दृश्यले विपत्तिभन्दा पनि ठूलो पीडा दिएको छ । कतै ग्यास सिलिन्डरको लुट्नेको तँछाडमछाड त कतै लासको सुन चोर्नेसम्मको यो नीच मानसिकता, खै मानवीयता ?

चीनले पूर्वसूचना नदिएको खबर भ्रामक भएको चिनियाँ दूतावासको दाबी !ग्यारोङ–रसुवागढी सीमा क्षेत्रमा भएको विनाशकारी विपद्बारे...
27/08/2026

चीनले पूर्वसूचना नदिएको खबर भ्रामक भएको चिनियाँ दूतावासको दाबी !

ग्यारोङ–रसुवागढी सीमा क्षेत्रमा भएको विनाशकारी विपद्बारे गलत प्रचार भइरहेको भन्दै ध्यानाकर्षण गराइएको छ । ‘चीनले पूर्वसूचना नदिँदा वा चिनियाँ क्षेत्रको बाँध भत्किँदा नेपालतर्फ क्षति भएको’ भन्ने दाबी तथ्यहीन भएको चिनियाँ दूतावासले जनाएको छ ।
चिनियाँ दूतावासका अनुसार सन् २०२६ अगस्ट २६ को बिहान नेपालतर्फ नै भूकम्प वा सोसरहको हिमनदी भत्किँदा लेदोसहितको ठूलो पहिरो खसेको थियो ।
सोही पहिरोका कारण सीमाका दुवै तर्फ (नेपाल र चीन) ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिसहरू बेपत्ता भएका हुन् ।
विपद्को यो कठिन समयमा दोषारोपणले कसैको हित नगर्ने भन्दै, आपसी सहकार्यले मात्र ज्यान बचाउन सक्ने चिनियाँ दूतावासले जनाएको छ ।

27/08/2026

Update :
रसुवा बाढी र राष्ट्रव्यापी विपद्: १६५ को मृत्यु, ८२६ अझै बेपत्ता !

रसुवामा आएको भीषण बाढी र देशका विभिन्न भूभागमा भएका विपद्कामा परि ज्यान गुमाउनेको सङ्ख्या १६५ पुगेको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार बिहान सवा ८ बजेसम्म दिएको जानकारी अनुसार अझै ८२६ जना बेपत्ता छन् ।

बेपत्ता हुनेहरूको विवरण
सुरक्षाकर्मी (८५ जना) : नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना ।
पर्यटक (५७९ जना) : ४६६ विदेशी र ११३ नेपाली पर्यटक ।
स्थानीय नागरिक (१६२ जना) : रसुवा र नुवाकोटका बासिन्दा ।

विपद्मा परेका १०४ जनाको सकुशल उद्धार गरिएको छ, जसमध्ये नुवाकोटका ५८, र आधिकारिक विवरण अनुसार रसुवाका ४३ र धादिङका ३ जना रहेका छन् । फेला परेका १६५ शवहरूमध्ये धेरैजसो क्षतविक्षत अवस्थामा रहेको जनाइएको छ ।

27/08/2026

मायाले मानिसको शरीरमा यतिसम्म असर गर्छ !

Update: बाढीको वितण्डा : हालसम्म १५७ जनाको शव फेला !काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १५७ जनाको शव फेला परेको ...
26/08/2026

Update:
बाढीको वितण्डा : हालसम्म १५७ जनाको शव फेला !
काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १५७ जनाको शव फेला परेको छ भने ४१ जना घाइते भएका छन्। उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि ३,३१८ जना प्रहरी परिचालन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। बाढीमा परी मृत्यु भएकामध्ये रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासीका नागरिक रहेका छन्।घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उद्धार, खोजी तथा राहत कार्य जारी रहेको प्रहरीले जनाएको छ।
Source:Nepal Police

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when National TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share